काठमाडौँ– राष्ट्रपति रामचन्द्र पौडेलले शुक्रबार तीन वटा विधेयक प्रमाणीकरण गरेका छन्।
शीतल निवासले एक विज्ञप्तिमार्फत संविधानको धारण ११३ को उपधारा २ बमोजिम विधेयक प्रमाणीकरण भएको जानकारी गराएको छ।
प्रमाणीकरण भएका विधेयकहरूमा ‘आर्थिक वर्ष २०८२/८३ को सेवा र कार्यका लागि संघीय सञ्चित कोषबाट रकम विनियोजन र खर्च गर्ने सम्बन्धमा व्यवस्था गरेको विधेयक’, ‘नेपाल सरकारको अर्थ सम्बन्धी प्रस्तावलाई कार्यान्वयन गर्न बनेको विधेयक’ र ‘राष्ट्र ऋण उठाउने अधिकारको व्यवस्था गर्न बनेको विधेयक’ रहेका छन्।
संघीय संसदको दुवै सदनको बैठकबाट पारित भई पेस भएका उक्त विधेयक राष्ट्रपतिले प्रमाणीकरण गरेको प्रवक्ता शैलजा रेग्मी भट्टराईले जारी गरेको विज्ञप्तिमा उल्लेख छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।