काठमाडौं– एनपीलमा आजको खेलमा पोखरा एभेन्जर्सलाई सुदूरपश्चिम रोयल्सले १९४ रनको चुनौतीपूर्ण लक्ष्य प्रस्तुत गरेको छ ।
टस हारेर पहिले ब्याटिङको निम्तो पाएको सुदूरले निर्धारित २० ओभरमा सात विकेट गुमाउँदै १९३ रन बनाएको हो ।
सुदूरपश्चिमका लागि जोश ब्राउनले सर्वाधिक ६८ रन बनाए । ३५ बल खेलेका उनले ६ चौका र पाँच छक्का हिर्काए । यस्तै विनोद भण्डारीले ४२ बलमा ४३ रन बनाए ।
क्रिश लेनले १३ बलमा चार चौका र २ छक्का प्रहार गर्दै ३१ बनाउँदा कप्तान दीपेन्द्र सिंह ऐरीले १० बलमा १५ रन बनाए । अन्य ब्याटरहरुले दोहोरो अंकमा रन बनाउन सकेनन् ।
पोखरा एभेन्जर्सका लागि बलिङमा जेम्स निसमले ३ विकेट लिँदा आकाश चन्दले २ र डान दुथ्थवाइटले २ विकेट लिए ।
पोखरा आजको खेल जित्दै कमब्याक गर्न चाहन्छ । पहिलो खेलमा विराटनगर किङ्ससँग पराजित पोखरा आज दबाबमा छ । यता सुदूरपश्चिम भने पहिलो खेलमा जित सहित दोस्रो जितको खोजीमा छ ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।