काठमाडौँ– मंगलबार एकैदिन सुनको मूल्य तोलामा २ हजार २०० रुपैयाँ बढेको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार तोलामा २ लाख ४२ हजार ७०० रुपैयाँ कायम भएको छापावाल सुनको मूल्य मंगलबार बढेर तोलामा २ लाख ४७ हजार ९०० रुपैयाँ हो।
यस्तै चाँदीको मूल्य पनि बढेको छ। सोमबार तोलामा ३ हजार ११५ रुपैयाँ कायम भएको चाँदीको मूल्य मंगलबार बढेर ३ हजार २०० रुपैयाँ पुगेको महासंघको भनाइ छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।