काठमाडौं– हङकङको ताई पो जिल्लामा रहेको एक हाउजिङ कम्प्लेक्समा आगलागी हुँदा ४४ जनाको मृत्यु भएको छ। २७९ जनाको अवस्था अज्ञात छ।
स्थानीय समयअनुसार बुधवार २ बजेर ५१ मिनेट जाँदा वाङ फुक कोर्टमा आगलागी भएको थियो।
बीबीसीका अनुसार आगलागीमा परी ४४ जनाको मृत्यु भएको छ भने ४५ जनाको गम्भीर अवस्थामा उपचार भइरहेको छ।
हङकङको अग्निशमन सेवा विभागले आगलागीलाई ‘लेभल–फाइभ अलार्म’ घोषणा गरेको छ।
सबैभन्दा गम्भीर श्रेणी मानिने ‘लेवल–फाइभ’ आगलागी हङकङमा १७ वर्षपछि भएको बताइएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।