काठमाडौँ - बंगलादेशको एक अदालतले पूर्वप्रधानमन्त्री शेख हसिनालाई शक्ति दुरुपयोग लगायतका आरोपमा २१ वर्षको जेल सजाय सुनाएको छ।
बीबीसी न्युज बंगलाका अनुसार उनकी छोरी साइमा वाजेद र छोरा सजीब वाजेदलाई पाँच-पाँच वर्षको जेल सजाय सुनाइएको छ।
फैसला सुनाउँदै अदालतले शेख हसिना र उनको परिवारलाई कुनै पनि आवेदन बिना नै आफ्नो क्षेत्राधिकार बाहिर जग्गा बाँडफाँड गरिएको बताएको छ।
यो फैसला ढाकाका पाँचौँ विशेष न्यायाधीश मोहम्मद अब्दुल्लाह अल मामुनले दिएका हुन्।
यसअघि बंगलादेशको अन्तर्राष्ट्रिय अपराध न्यायाधिकरणले पूर्वप्रधानमन्त्री शेख हसिनालाई मृत्युदण्डको सजाय सुनाएको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।