• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
मंगलबार, असोज १३, २०८३ Tue, Sep 29, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
अनुसन्धान

सर्वोच्च अदालतको त्यो अन्तरिम आदेश, जसले काठमाडौं प्लाजाबाट प्राप्त हुने करोडौं रकम गुम्यो

64x64
दुर्गा दुलाल बिहीबार, पुस २८, २०७९  ०८:१०
1140x725

कठमाडौं- काठमाडौंको कमलादीमा अवस्थित व्यापारिक भवन काठमाडौं प्लाजाको मूल गेटमा ताला झुन्डिएको छ। तीन वर्षदेखि गतिविधि ठप्प हुँदा यहाँका संरचनामा झार उम्रिन थालेको छ भने भवन खण्डहर जस्तै बनेको छ।

एकातिर भवनमा ताला लाग्दा काठमाडौं प्लाजाको आलिसान भवन थोत्रिँदै गएको छ भने अर्काेतिर सरकारले भाडावापत प्राप्त गर्ने करोडौं रकम पनि गुमिरहेको छ। नेपाल ट्रस्टको उक्त भवनको भाडा विवाद सम्बन्धी मुद्दा सर्वोच्च अदालतमा विचाराधीन हुँदा भवन बेवारिसे बनेको हो।

अदालतमा भाडा विवादको मुद्दा  
२०७७ असार २२ गते कन्सेप्ट डेभलपर्स प्रालिका तर्फबाट सुनिलभक्त श्रेष्ठले काठमाडौं महानगरपालिका समेतलाई विपक्षी बनाएर काठमाडौं प्लाजाको भाडा विषयमा पुन: सम्झौता हुनुपर्ने भन्दै रिट दायर गरे। उक्त रिटमा पहिलो सुनुवाइ गर्दै २०७७ असार २३ गते तत्कालीन न्यायाधीश चोलेन्द्रशमशेर राणाले अन्तरिम आदेश जारी गर्दै छलफलमा बोलाए।

321749826_1591643867964333_2239112283712004420_n1673243932.jpg

उक्त आदेशपछि दोस्रो पेसीमा २०७७ साउन ११ गते न्यायाधीशद्वय अनिलकुमार सिन्हा र हरिप्रसाद फुयाँलको इजलासले अन्तरिम आदेश खारेज गर्ने निर्णय गर्‍यो।

२०७७ असोज २३ गते अर्को रिट दायर भयो। सुवासराज काफ्लेले दायर गरेको उक्त रिटसँगै मुद्दा अर्केे बाटोमा प्रवेश गर्‍यो। उक्त रिट निवेदन सुरुमा राणाले आफ्नै इजलासमा पेसी तोके। २०७७ असोज २९ गते राणाले आफ्नै एकल इजलास गठन गरेर उक्त मुद्दा आफैंलाई पेसी तोकेका थिए। तर राणाको बेञ्च बस्न भ्याएन।

२०७७ कात्तिक १८ गते उक्त मुद्दा प्रकाशकुमार ढुङ्गानाको इजलासमा पेसी तोकियो। उक्त इजलासले अन्तरकालीन आदेश जारी गर्‍यो। २०७७ माघ ५ गते यो मुद्दा पुराना मुद्दासँगै जोडियो। दुवै मुद्दा साथै राखेर सुनुवाइ गर्ने आदेश भयो। दुवै मुद्दा एकै विषय र प्रकृतिको भएकाले साथै राखेर सुनुवाइ गर्दा समयको बचत र छिट्टै फैसला हुनुपर्नेमा ३ वर्षदेखि उक्त मुद्दा सुनुवाइ हुन सकेको छैन।

पछिल्लो पटक उक्त मुद्दा २०७८ चैत १० गते न्यायाधीशद्वय टंकबहादुर मोक्तान र नहकुल सुवेदीको इजलासमा पेसी परेको थियो। २२ नम्बरमा परेको पेसी हेर्न नभ्याउने हुँदै स्थगित भयो। 

Ncell 2
Ncell 2
nimb
nimb

३७ न्यायाधीशको इजलासमा मुद्दा, ३५ पटक पेसी तर हुँदैन फैसला 
हालसम्म उक्त मुद्दा एकल र संयुक्त गरी ३७ न्यायाधीशको इजलासमा पेसी तोकिएको छ। ३५ पटक मुद्दा तारेखमा परेपछि मुस्किलले ३ पटक आदेश भएको छ। एक पटक अन्तरिम आदेशका लागि छलफलमा बोलाएको छ भने एक पटक निर्णय झिकाउने आदेश गरेको छ। दुई पटक अन्य आदेश गर्दै इजलासले मुद्दा पन्छाएको छ। एक पटक सबै मुद्दा सँगै राखेर सुनुवाइ गर्ने आदेश गरेको थियो। 

321411681_701695981554936_4981346036611970924_n1673243932.jpg

यो मुद्दामा हरेक पटक पेसी तोकिने तर सुनुवाइ नहुने हुँदै आएको छ। मुद्दाको पछिल्लो पेसी पुस २८ गते तोकिएको छ। तर उक्त दिन पनि पालो आउने सम्भावना न्यून रहेको एक सरकारी वकिलले बताए। 

‘तीन वर्षदेखि यही दैनिकी चल्दै आएको छ। पेसी तोकिन्छ तर सुनुवाइ हुँदैन,’ ती सरकारी वकिलले भने, ‘तीन वर्षअघि नै प्रतिस्पर्धा गरेर भाडामा दिनु भनी आदेश गर्नुपर्नेमा अदालतले अन्तरिम आदेश जारी गरेर रोक्दा सरकारले ३० करोड बराबर गुमाएको छ। एक प्रकारले अदालतको एउटा आदेशका कारण सरकारले महिनामै करोड गुमाइरहेको छ।’

Xtrem

Xtrem

नेपाल ट्रष्टका कर्मचारी पनि अदालतमा मुद्दा सरेर हैरानी खेपिरहेका छन्। हरेक पटक मुद्दा सुनुवाइ हुने अनि भाडामा लगाउने भन्ने तयारी गरेर आफूहरुले तीन वर्ष गुजारेको नेपाल ट्रष्टका एक कर्मचारीले बताए। राज्यको सम्पत्ति भएकाले अदालतले प्राथमिकता दिनुपर्ने तर कहिल्यै पालो नआएको उनीहरुको गुनासो छ। 

के-हो काठमाडौं प्लाजाको भाडा विवाद? 
२०५० साल असार ३ गते तत्कालीन राजदरबारका तर्फबाट राजकीय सम्पत्ति कोष विभागका तत्कालीन सह-सचिव शंकरराज विष्ट र काठमाडौं महानगरपालिका वडा नम्बर ७, चाबहिलका सुवासराज काफ्लेबीच पाँच रोपनी २ पैसा जग्गा व्यापारिक प्रयोजनका लागि आधुनिक भवन निर्माणमा सम्झौता भएको थियो। 

सम्झौताको अवधि २०७७ असार २ सम्म कायम रहने र प्रचलित कानुन संशोधन भई उक्त सम्झौतासँग नबाझिएको हदसम्म पछि कुनै कानुन संशोधन भए पनि त्यही सम्झौता कायम रहने उल्लेख गरिएको थियो। 

भवनमा उक्त कम्पनीको स्वामित्व सकिएपछि नेपाल ट्रष्टले काठमाडौं महानगरपालिकालाई भाडामा दिने प्रयास गरेको थियो। तर अहिले उक्त कम्पनीले पुनः सम्झौताको माग गर्दै अदालतको ढोका ढक्ढक्याएपछि यो भवन विवादमा पर्‍यो। 

321134995_907450237290456_5430950793606290515_n1673243932.jpg

‘सम्झौताको दफा २ (ग) मा खण्ड (ख) बमोजिम कन्सेप्ट डेभलपर्सले सम्झौताको समाप्तिमा चालु अवस्थामै सो भवन प्रथम पक्षलाई हस्तान्तरण गर्नेछ भन्ने प्रष्ट उल्लेख गरेको छ,’ ती सरकारी वकिलले भने, ‘सम्झौता सकिएपछि कानुन बमोजिम स्वतः नेपाल ट्रष्टलाई भवन हस्तान्तरण गर्नुपर्ने दायित्व कन्सेप्ट डेभलपर्सको देखिन्छ।’

कन्सेप्ट डेभलपर्स प्रालिसँगको २७ वर्षे सम्झौता सकिएपछि ट्रष्टले प्राविधिक अध्ययन टोली नै खटाएर भवनको न्यूनतम मूल्यांकन गरेको थियो। प्राविधिक अध्ययन टोलीले भवनको न्यूनतम मूल्यांकन प्रतिमहिना ५९ लाख १८ हजार तोकेको थियो।

कन्सेप्ट डेभलपर्सले ८ लाख मात्र प्रस्ताव गरेको थियो। जसका कारण सो कन्सेप्ट डेभलर्पसलाई पुनः सम्झौता गर्न नसकिने निर्णय गरी सोको  जानकारी ट्रष्टले कम्पनीलाई गराएको थियो। 

ट्रष्टले प्रतिमहिना ६० लाख ५० हजारमा काठमाडौँ महानगरपालिकालाई लिज/भाडामा दिने सम्झौता गर्ने निर्णय गरेको छ। पहिलो पाँच वर्षपछि १० प्रतिशत बढाउने सम्झौतामा भनिएको थियो।  

ट्रष्ट स्रोतका अनुसार २०७६ वैशाख १ गते कन्सेप्ट डेभलपर्सले पुन: सम्झौता गरिपाउँ भनी निवेदन दिएको थियो। तर ट्रष्टको सञ्चालक समितिको २०७६ कात्तिक ७ को ४८औँ बैठकले प्रस्तावित रकम न्यून रहेको भन्दै अस्वीकृत गरेको थियो।

त्यसैगरी नेपाल ट्रष्टको कार्यालयले २०७६ साल पुस १५ गते नै कन्सेप्ट डेभलपर्स प्रालिलाई सम्झौता अवधि थप नहुने जानकारी गराएको थियो।

पटक-पटकका छलफलमा पनि कन्सेप्ट डेभलपर्सले ट्रष्टले प्रस्ताव गरेको न्यूनतम मूल्याकन रकम दिन नचाहेपछि ट्रष्टले अन्यलाई लिजमा दिने प्रक्रिया अघि बढाएको थियो।

काठमाडौं महानगरपालिकाले २०७६ माघ २० मा काठमाडौँ प्लाजा लिज/भाडामा उपलब्ध गराइपाउँ भनी प्रस्ताव पठाएको थियो। ट्रष्ट सञ्चालक समितिको ५३औं बोर्ड बैठकले त्यसलाई सकारात्मक रुपमा लिई आर्थिक प्रस्ताव माग गरेको थियो।

महानगरपालिकाले प्रतिमहिना ६० लाख ५० हजार र पाँच वर्षपछि १० प्रतिशत भाडा वृद्धि गर्ने गरी लिजमा लिने र सामान्य मर्मत-सम्भार, रंगरोगन र लिफ्टको व्यवस्था आफैंले गर्ने प्रस्ताव ट्रष्टलाई पठाएको थियो।

320736937_562007229129436_5818973244833812349_n1673243931.jpg

सोमध्ये लिफ्ट जडान गर्दा लाग्ने खर्च रकम काठमाडौँ महानगरपालिकाले तिर्ने मासिक भाडादरमा कट्टा गर्ने प्रस्ताव गरेको थियो। सोही प्रस्ताव समेतलाई आधार मानी काठमाडौँ प्लाजा लिजमा लिन सम्झौता गर्ने तयारीमा नेपाल ट्रस्ट पुगेको अवस्थामा अदालतमा मुद्दा सुरु भयो। 

मन्त्रिपरिषद्को २०७७ असार २ गते सम्पन्न बैठकले पनि काठमाडौँ महानगरपालिकालाई लिज/भाडामा दिने निर्णय पनि गरेको थियो।

ट्रष्टको प्राविधिक टोलीको अध्ययनले प्रतिमहिना ५९ लाख १८ हजार ८ सय ९३ रुपैयाँ भवनको न्यूनतम मूल्यांकन गरेको थियो। 

कसरी दिइँदै थियो, काठमाडौं प्लाजा महानगरलाई?
सरकारले असारको पहिलो साता नेपाल ट्रष्टको जग्गामा निर्मित काठमाडौं प्लाजा काठमाडौं महानगरपालिकालाई मासिक ६० लाख ५० हजार रुपैयाँमा भाडामा दिने निर्णय गरेको थियो। नेपाल ट्रष्टको सञ्चालक बोर्डबाट पारित गर्दै ट्रष्टको कार्यालयले गरेको सिफारिसका आधारमा काठमाडौं प्लाजा महानगरपालिकालाई दिने निर्णय मन्त्रिपरिषद्ले गरेको थियो।

मन्त्रिपरिषद् बैठकले काठमाडौं प्लाजाको भवन अफिसियल प्रयोजनका लागि काठमाडौं महानगरपालिकालाई दिने निर्णय गरेको थियो। महानगरपालिकाले उक्त भवनलाई व्यापारिक प्रयोजनमा प्रयोग गर्न नपाउने गरी मासिक ६० लाख ५० हजार रुपैयाँ भाडामा दिने निर्णय गरेको थियो।

महानगरपालिकालाई झन्डै ६ महिना अगाडि नै नेपाल ट्रष्टको कार्यालयले उक्त भवन भाडामा लिने भए प्रस्ताव पेस गर्ने भनेको थियो। महानगरपालिकाले पनि निर्णय गरेर मासिक ६० लाख ५० हजार रुपैयाँमा उक्त भवन भाडामा लिन सक्ने प्रस्ताव नेपाल ट्रष्टको कार्यालयमा पठाएको थियो।

सोही आधारमा नेपाल ट्रष्टको कार्यालयले स्वतन्त्र निकायबाट मासिक ५९ लाख रुपैयाँसम्म भाडामा उक्त भवन दिन सक्ने भन्दै रिपोर्टको आधारमा महानगरपालिकासँग प्रस्ताव मागेको थियो।

महानगरपालिकाले पनि स्वतन्त्र अध्ययन गरी तोकेको भाडाबारे राय पठाएको थियो। सोभन्दा बढी भाडा महानगरपालिकाले दिने भए पनि ट्रष्टले निजी क्षेत्रलाई दिएर विवादमा पर्नुभन्दा महानगरपालिकालाई दिने गरी मन्त्रिपरिषद्मा प्रस्ताव पठाएको थियो। सोही प्रस्तावको आधारमा मन्त्रिपरिषद्ले उक्त भवन मासिक ६० लाख ५० हजार रुपैयाँमा दिने तर, दुई वटा काम गर्न भने नपाउने भन्दै निर्णय गरेको थियो।

मन्त्रिपरिषद्ले उक्त भवन महानगरपालिकाले अफिसियल प्रयोजनमा नै लगाउनुपर्ने र भवनभित्र रहेको लिफ्ट प्रविधि पनि परिर्वतन गर्न नपाउने सर्तसहित काठमाडौं महानगरपालिकालाई उसैले प्रस्ताव गरेको रकममा भाडामा दिने निर्णय गरेको थियो।

ट्रष्टको कार्यालयले काठमाडौं- ३२, कमलादीस्थित काठमाडौं प्लाजाको भवन महानगरपालिकालाई दिने तयारी गरेसँगै असार २ गते पुरानो सम्झौताअनुसार व्यवसाय गरिरहेको कम्पनीलाई खाली गर्न भन्दै सूचना प्रकाशन गरेको थियो।

कार्यालयले २०५० असार ३ गते भएको काठमाडौं प्लाजा रहेको जग्गा भाडाको लिज सम्झौता सकिएसँगै काठमाडौं महानगरपालिकालाई ६० लाख ६० हजार रुपैयाँ दिने प्रस्ताव मन्त्रिपरिषद्बाट निर्णय गराएको हो। नेपाल ट्रष्टको कार्यालयको नाममा रहेको ५ रोपनी २ दाम क्षेत्रफलको जग्गा कन्सेप्ट डेभलपर्सलाई दिने गरी २०५० असार ३ गते सम्झौता भएको थियो।

उक्त जग्गा भाडामा दिने काम तत्कालीन राजदरबारले गरेको थियो। तर पछि राजा वीरेन्द्र र रानी ऐश्वर्यको निधनपछि सो रकम नेपाल ट्रष्टमा ल्याउने काम भएको थियो। नेपाल ट्रष्टको नाममा जग्गा आएसँगै २०६६ पुस २३ गते पुनः लिज सम्झौता नवीकरण गर्दै २०६७ असार ३ गतेदेखि २०७२ असार ३ गतेसम्मको वार्षिक भाडा ६१ लाख र यसपछि सुम्झौता अवधि रहने समय २०७७ असार ३ गतेसम्मको वार्षिक भाडा ७५ लाख तोकिएको थियो। उक्त सम्झौता अवधि असार २ गतेबाट सकिएको हो।


सम्बन्धित सामग्री:

काठमाडौं प्लाजा भाडा प्रकरण : सर्वोच्चको अन्तरिम आदेश खारेज, काठमाडौं महानगरलाई दिन बाटो खुला

साढे ६० लाख मासिक भाडामा 'काठमाडौं प्लाजा' काठमाडौं महानगरलाई दिने सरकारको निर्णय

नेपाल ट्रष्टको जग्गामा व्यवसायीको रजाइँ, काठमाडौं प्लाजाको मासिक भाडा सवा ६ लाखमात्रै 

नेपाल ट्रष्टको कार्यालयले भन्यो- काठमाडौं प्लाजा भवन खाली गरी हस्तान्तरण गर्नू

नेपाल ट्रष्टले १० महिनापछि आफ्नो नियन्त्रणमा लियो काठमाडौं प्लाजा

काठमाडौं प्लाजा भाडा प्रकरण : १० महिनासम्म पनि भएन भवन खाली

कन्सेप्ट डेभलपर्सलाई एक सातामा काठमाडौं प्लाजा खाली गरेर हस्तान्तरण गर्न नेपाल ट्रष्टको सूचना

एकपछि अर्को मुद्दाले रोकियो काठमाडौं प्लाजाको नयाँ भाडा सम्झौता

प्रकाशित मिति: बिहीबार, पुस २८, २०७९  ०८:१०
  • #सर्वोच्च अदालत
  • #काठमाडौं प्लाजा

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
दुर्गा दुलाल
नेपाल लाइभका चिफ रिपोर्टर दुलाल कानुन तथा सुशासन बिटमा रिपोर्टिङ गर्छन्।
लेखकबाट थप
सुन तस्करी प्रकरण : उच्च तहका राजनीतिक व्यक्तिहरु तस्करसँग पटक–पटक सम्पर्कदेखि केहीलाई पुन: अभियोगपत्र दर्ता गर्नसम्म सिफारिस 
अब्बल न्यायाधीशको बहिर्गमन : सबै फाँटमा खरो उत्रेका न्यायाधीश खतिवडाको अवकाश
गिरिबन्धु टि-स्टेटको जग्गा विवाद : केपी ओलीको समयमा भएकाे  ‘नीतिगत भ्रष्टाचार’ मा न्यायाधीश खतिवडाको अन्तिम फैसला
सम्बन्धित सामग्री
`सेटिङ´ दाबी गर्ने मल्ल पक्राउ, अडियोमा जोडिएका चौधरी किन पक्राउ परेनन्? मल्ल पक्राउ पर्नुअघि सार्वजनिक भएको एउटा अडियोले उनको नाम फेरि चर्चामा ल्याएको थियो। केही दिनअघि जनआस्थाले सार्वजनिक गरेको उक्त अडिय... सोमबार, असोज १२, २०८३
गरिमा चौधरी हत्याको अनुसन्धानमा कुनै कसर बाँकी राखेको छैन : नेपाल प्रहरी गरिमालाई न्याय दिलाउनुपर्ने माग गर्दै विभिन्न आन्दोलनहरु भइरहेको सन्दर्भमा प्रहरीले अनुसन्धानमा कुनै कसर बाँकी नराखेको जनाएको हो । शनिबार, भदौ ६, २०८३
आईजीपी र सांसद सुनारबीच किन चर्किदैछ विवाद ? विगत लामो समयदेखि अख्तियारले पोशाक खरिदमा भएको भ्रष्टाचारबारे अनुसन्धान गरिरहेको छ । यो प्रकरणमा सोझै भ्रष्टाचार भएको भन्दा पनि घुमा... बिहीबार, भदौ ४, २०८३
ताजा समाचारसबै
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर, कसको कतिमा हुँदैछ खरिद बिक्री? मंगलबार, असोज १३, २०८३
प्रतिनिधिसभाको बैठक बस्दै, यस्तो छ सम्भावित कार्यसूची मंगलबार, असोज १३, २०८३
वर्षाले रोक्यो क्वार्टरफाइनल, श्रीलंकासँग खेल्न नपाई नेपाल बाहिरियो मंगलबार, असोज १३, २०८३
लोकसेवाको परामर्श समावेश नगरी मन्त्रिपरिषद्मा पेश हुँदै निजामती सेवा विधेयक, छुट्टै पठाउने तयारी सोमबार, असोज १२, २०८३
रिमा श्रेष्ठको ‘चुलबुले नानी’मा आशिष अविरल र रचना रिमालको स्वर सोमबार, असोज १२, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
लोकसेवाको परामर्श समावेश नगरी मन्त्रिपरिषद्मा पेश हुँदै निजामती सेवा विधेयक, छुट्टै पठाउने तयारी सोमबार, असोज १२, २०८३
चोलेन्द्रका छोराले मागे थप सुरक्षा, परिवारको ज्यान जोखिममा परेको दाबी सोमबार, असोज १२, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
एक सचिवका लागि तीन सहसचिवको नाम सिफारिस, को होला प्राविधिकतर्फको सचिव? सोमबार, असोज १२, २०८३
दुर्गा प्रसाईं भक्तपुरस्थित निवासबाट पक्राउ सोमबार, असोज १२, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सडक दुर्घटना कहिलेसम्म समाचार मात्रै बन्ने? कमल सापकोटा
भोटेकोशी बाढीः चीन र भारतबाट लिनुपर्छ क्षतिपूर्ति रेनुका पौडेल
सबै हेर्नुहोस
ब्लग
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
चोलेन्द्र पक्राउसँगै बालेनले ताकेका तीन तीर आइतबार, असोज ११, २०८३
निजामती सेवामा ३०–५५ वर्ष लागू गर्ने बालेनको योजनामा लोकसेवाको ब्रेक, रामेश्वर खनाल भन्छन्– ‘पजनी विधि कदापि उपयुक्त होइन’ शनिबार, असोज १०, २०८३
५५–३० प्रावधानमा लोकसेवाको राय सरकारलाई, १३ हजार कर्मचारीको अवकाशको बाटो खुल्ला? शुक्रबार, असोज ९, २०८३
कुटपिट र घर निकालाको दाबी गर्दै हर्क साम्पाङकी जेठी पत्नी अदालतमा: यस्तो छ वास्तविकता आइतबार, असोज ११, २०८३
तीन जिल्लाका ६ पालिकामा भारी वर्षाको पूर्वानुमान शुक्रबार, असोज ९, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्