• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शुक्रबार, माघ ९, २०८२ Fri, Jan 23, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
अर्थ समाचार

एकपछि अर्को मुद्दाले रोकियो काठमाडौं प्लाजाको नयाँ भाडा सम्झौता

64x64
उत्तम काप्री बिहीबार, असोज ८, २०७७  १२:५७
1140x725

काठमाडौं–नेपाल ट्रष्टको स्वामित्वका रहेको कमलादीस्थित काठमाडौं प्लाजाको नयाँ भाडा सम्झौता एकपछि अर्को मुद्दाका कारण हुन सकेको छैन। नेपाल ट्रष्टको कार्यालयले काठमाडौं प्लाजा काठमाडौं महानगरपालिकालाई दिने निर्णय गरेसँगै सर्वोच्च र उच्च अदालत पाटनमा परेका मुद्दाले दुई पक्षीय सम्झौता हुन नसकेको हो। 

ट्रष्टको कार्यालयले काठमाडौं महानगरपालिकालाई ६० लाख ५० हजार रुपैयाँ मासिक भाडा तिर्ने गरी काठमाडौं प्लाजा दिने निर्णय गरेको थियो। २०५० सालमा कन्सेप्ट डेभलपर्ससँग भएको २७ वर्षको सम्झौता सकिएपछि उक्त भवन काठमाडौं महानगरपालिकालाई दिने निर्णय ट्रष्टले गरेको थियो।

पुरानो सम्झौता २०७७ असार ३ गतेबाट सकिएको हो। त्यसपछि पनि भवन आफैंले भाडमा पाउनुपर्ने भन्दै कन्सेप्ट डेभलपर्सले सर्वोच्चमा मुद्दा दर्ता गराएको थियो। 

उक्त मुद्दामा प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको इजलाशले व्यवसायीलाई फाइदा हुनेगरी अन्तरिम आदेश दिएका थिए। तर, पछि पुनः साउन ११ गते सर्वोच्चले उक्त अन्तरिम आदेश खारेज गरिदिएको थियो। त्यसपछि पुनः काठमाडौं प्लाजामा व्यवसाय गर्दै आएका ४० व्यवसायीले उच्च अदालत पाटनमा मुद्दा दायर गरेका थिए। उक्त मुद्दामा पनि पहिलो चरणमा व्यवसायीकै पक्षमा अन्तरिम आदेश जारी भएको थियो। तर, पछि पुनः उच्चबाट अन्तरिम आदेश खारेज भएको थियो। त्यसपछि पुनः ट्रष्ट कार्यालयले काठमाडौं महानगरपालिकासँग दुई पक्षीय सम्झौताको प्रक्रिया अगाडि बढाएको थिए।

यो पनि पढ्नुहोस्

काठमाडौं प्लाजा भाडा प्रकरण : सर्वोच्चको अन्तरिम आदेश खारेज, काठमाडौं महानगरलाई दिन बाटो खुलाआइतबार, साउन ११, २०७७

प्रक्रिया अगाडि बढेसँगै पुनः प्लाजामै व्यवसाय गर्ने  दुई जनाले उच्च अदालत पाटनमा रिट दायर गरेका थिए। रिटउपर उच्च अदालतले पुनः अन्तरिम आदेश दिएको थियो। त्यससँगै पुनः दुई पक्षीय सम्झौता रोकिएको थियो। अन्तरिम आदेशकै विषयमा छलफलका लागि उच्च अदालत पाटनले  असोज ७ गते बुधबारका लागि पेसी तोके पनि हेर्न नभ्याउने भन्दै स्थगित भएको छ।

यता नेपाल ट्रष्टको कार्यालयले दुई दिनअघि पुनः भवन खाली गरिदिन भन्दै काठमाडौं प्लाजाको भवनमा २१ दिने सूचना टाँसेको छ। तर, कन्सेप्ट डेभ्लपर्सले पत्र नबुझेको ट्रष्ट कार्यालयका प्रवक्ता बाबुराजा श्रेष्ठले नेपाललाइभसँग बताए।

यो पनि पढ्नुहोस्

नेपाल ट्रष्टको जग्गामा व्यवसायीको रजाइँ, काठमाडौं प्लाजाको मासिक भाडा सवा ६ लाखमात्रै बिहीबार, पुस ३, २०७६

‘मासिक ६० लाख ५० हजार रुपैयाँमा काठमाडौं महानगरपालिकालाई भवन भाडामा दिने निर्णय भइसकेको छ। अब भवन उसैले पाउँछ,’ उनले भने, ‘तर, एक पछि अर्को मुद्दा दर्ता हुँदा सम्झौता हुने सकेको छैन।’

सम्झौता हुन नसक्दा नेपाल ट्रष्टले पाउनुपर्ने भाडा कन्सेप्ट डेभ्लपर्सले नै तिर्नु पर्ने उनको भनाइ छ। अहिले भवन सोही कम्पनीले नै भोगचलन गरिरहेकाले नेपाल ट्रष्टको कार्यालयले महानगरपालिकालाई जुन दरमा भाडामा दिन लागको हो त्यसैअनुसार उसले भाडा तिर्नु पर्ने श्रेष्ठ बताउँछन्। 

Ncell 2
Ncell 2

के भन्छ महानगरपालिका ?
काठमाडौं महानगरपालिकाले पनि काठमाडौं प्लाजाको भवन भाडामा लिने  निर्णय भए पनि दुई पक्षीय सम्झौता नभएको जनाएको छ। महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत एकनारायण अर्यालले नेपाल ट्रष्टको काठमाडौं प्लाजाको भवन भाडामा लिने निर्णय भए पनि अदालतमा मुद्दा रहेका कारण सम्झौता हुन नसकेको जानकारी दिए।

ट्रष्टविरुद्ध परेका सबै मुद्दा किनारा लागेपछि मात्रै काठमाडौं महानगरपालिकाले दुई पक्षीय सम्झौता गर्ने  उनको भनाइ छ।

कसरी पाएको थियो काठमाडौं प्लाजा महानगरले?
सरकारले असारको पहिलो साता नेपाल ट्रष्टको जग्गामा निर्मित काठमाडौं प्लाजा काठमाडौं महानगरपालिकालाई मासिक ६० लाख ५० हजार रुपैयाँमा भाडामा दिने निर्णय गरेको थियो। नेपाल ट्रष्टको सञ्चालक बोर्डबाट पारित गर्दै ट्रष्टको कार्यालयले गरेको सिफारिसका आधारमा काठमाडौं प्लाजा महानगरपालिकालाई दिने निर्णय मन्त्रिपरिषदले गरेको थियो।

यो पनि पढ्नुहोस्

साढे ६० लाख मासिक भाडामा 'काठमाडौं प्लाजा' काठमाडौं महानगरलाई दिने सरकारको निर्णयबुधबार, असार १०, २०७७

मन्त्रिपरिषद् बैठकले काठमाडौं प्लाजाको भवन अफिसियल प्रयोजनका लागि काठमाडौं महानगरपालिकालाई लागि दिने निर्णय गरेको थियो। महानगरपालिकाले उक्त भवनलाई व्यापारिक प्रयोजनमा लगाउन नपाउने गरी मासिक ६० लाख ५० हजार रुपैयाँ भाडामा दिने निर्णय गरेको थियो। महानगरपालिकालाई झन्डै ६ महिना अगाडि नै नेपाल ट्रष्टको कार्यालयले उक्त भवन भाडामा लिने भए प्रस्ताव पेस गर्न भनेको थियो।

महानगरपालिकाले पनि निर्णय गरेर मासिक ६० लाख ५० हजार रुपैयाँमा उक्त भवन भाडामा लिनसक्ने प्रस्ताव ट्रष्टको कार्यालयमा पठाएको थियो। सोही आधारमा नेपाल ट्रष्टको कार्यालयले स्वतन्त्र निकायबाट मासिक ५९ लाख रुपैयाँसम्म भाडामा उक्त भवन दिन सक्ने भन्दै रिपोर्टका आधारमा महानगरपालिकासँग प्रस्ताव मागेको थियो।

महानगरपालिकाले पनि स्वतन्त्र अध्ययन गरी तोकेको भाडाबारे राय पठाएको थियो। सोभन्दा बढी भाडा महानगरपालिकाले दिने भए पनि ट्रष्टले निजी क्षेत्रलाई दिएर विवादमा पर्नुभन्दा महानगरपालिकालाई दिने गरी मन्त्रिपरिषदमा प्रस्ताव पठाएको थियो। त्यसैआधारमा मन्त्रिपरिषद्ले उक्त भवन मासिक ६० लाख ५० हजार रुपैयाँमा दिने तर, दुई वटा काम गर्न भने नपाउने भन्दै निर्णय गरेको थियो।

मन्त्रिपरिषद्ले उक्त भवन अफिसियल प्रयोजनमा नै लगाउनुपर्ने र भवनभित्रको लिफ्ट प्रविधि पनि परिर्वतन गर्न नपाउने सर्तसहित काठमाडौं महानगरपालिकालाई उसैले प्रस्ताव गरेको रकममा भाडामा दिने निर्णय गरेको थियो। ट्रष्टको कार्यालयले काठमाडौं वडा नम्बर ३२ कमलादीस्थित काठमाडौं प्लाजाको भवन महानगरपालिकालाई दिने तयारी गरेसँगै असार २ गते पुरानो सम्झौताअनुसार व्यवसाय गरिरहेका कम्पनीलाई खाली गर्न भन्दै सूचना प्रकाशन गरेको थियो।

यो पनि पढ्नुहोस्

नेपाल ट्रष्टको कार्यालयले भन्यो- काठमाडौं प्लाजा भवन खाली गरी हस्तान्तरण गर्नूमंगलबार, असार २, २०७७

५ रोपनी २ दाम क्षेत्रफलको जग्गा कन्सेप्ट डेभलपर्सलाई दिने गरी २०५० असार ३ गते सम्झौता भएको थियो।उक्त जग्गा भाडामा दिने काम तत्कालीन राजदरबारले गरेको थियो। तर, पछि राजा वीरेन्द्र र रानी ऐश्वर्यको निधनपछि सो जग्गा नेपाल ट्रष्टमा ल्याउने काम भएको थियो। नेपाल ट्रष्टको नाममा जग्गा आएसँगै २०६६ पुस २३ गते पुनः लिज सम्झौता नवीकरण गर्दै २०६७ असार ३ गतेदेखि २०७२ असार ३ गतेसम्मको वार्षिक भाडा ६१ लाख र यसपछि सुम्झौता अवधि रहने समय २०७७ असार ३ गतेसम्मको वार्षिक भाडा ७५ लाख तोकिएको थियो। उक्त सम्झौता अवधि असार २ गतेबाट सकिएको हो।
 

प्रकाशित मिति: बिहीबार, असोज ८, २०७७  १२:५७

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
उत्तम काप्री
नेपाल लाइभका वरिष्ठ संवाददाता काप्री पर्यटन तथा उड्डयन, सुशासन, सूचना प्रविधि लगायतका अर्थसँग सम्बन्धित बीटमा रिपोर्टिङ गर्छन्।
लेखकबाट थप
गैरकानुनी रूपमा कब्जा गरिएको सम्पत्ति खोज्न थालेपछि नेपाल ट्रष्टका सहसचिव भुसालको साढे ४ महिनामै सरूवा
१२ जिल्लामा नेपाल ट्रष्टको साढे २१ हजार रोपनी जग्गा, कुन जग्गामा कसको रजाइँ?
गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल : सञ्‍चालनमा ३ अवरोध, परीक्षण उडानमा हतार
सम्बन्धित सामग्री
सुनकाे मूल्य प्रतितोला ३ लाख नाघ्याे बिहीबारको तुलनामा आज प्रतितोला सुन रु नौ हजार २०० र चाँदी रु ३२० ले बढेको छ । शुक्रबार, माघ ९, २०८२
सुनचाँदीको मूल्य घट्यो महासंघका अनुसार बिहीबार छापावाल सुन प्रतितोला २ लाख ९२ हजार २०० रुपैयाँमा कारोबार भइरहेको छ । यो अघिल्लो दिनको तुलनामा प्रतितोला २ ह... बिहीबार, माघ ८, २०८२
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १४६ रुपैयाँ ४२ पैसा र बिक्रीदर १४७ रुपैयाँ २ पैसा निर्धारण गरिएको छ । बिहीबार, माघ ८, २०८२
ताजा समाचारसबै
महावीर पुनलाई त्रिभुज चुनाव चिह्न प्रदान शुक्रबार, माघ ९, २०८२
राष्ट्रियसभामा तीन अध्यादेश पेस शुक्रबार, माघ ९, २०८२
यस्ता छन् मन्त्रिपरिषद् बैठकका ९ निर्णय (सूचीसहित) शुक्रबार, माघ ९, २०८२
गगन थापालाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने कांग्रेसको निर्णय शुक्रबार, माघ ९, २०८२
प्रतिनिधि सभा निर्वाचन : देशभर ४९ जनाले फिर्ता लिए उम्मेदवारी शुक्रबार, माघ ९, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
सुनकाे मूल्य प्रतितोला ३ लाख नाघ्याे शुक्रबार, माघ ९, २०८२
मनाङमा एमाले र राप्रपाका उम्मेदवारले फिर्ता लिए उम्मेदवारी शुक्रबार, माघ ९, २०८२
यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णयहरू बिहीबार, माघ ८, २०८२
ओखलढुंगामा सन्त तामाङद्वारा उम्मेदवारी फिर्ता, नेकपाका अमिरबाबु गुरुङलाई समर्थन शुक्रबार, माघ ९, २०८२
कांग्रेस केन्द्रीय कार्यालयका मुख्य सचिव पौडेलले दिए राजीनामा बिहीबार, माघ ८, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
न बदलिएको समाज सुरेश गिरी
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
के बच्चा जन्माउनाले महिलाको आयु घट्छ ? नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
टिकट नपाएपछि विष्णु रिजालको असन्तुष्टि: ‘मालपानीका लागि हात नपसार्नु मेरो कमजोरी’ आइतबार, माघ ४, २०८२
सुदूरपश्चिमका अधिकांश जिल्लामा टुङ्गायो नेकपाले उम्मेदवार, यी हुन् नाम शनिबार, माघ ३, २०८२
निर्वाचन आयोगले दियो गगन थापा नेतृत्वको कांग्रेसलाई आधिकारिकता शुक्रबार, माघ २, २०८२
बालेनले राजीनामा नदिने आइतबार, माघ ४, २०८२
कांग्रेसले अहिलेसम्म टुंग्याएको उम्मेदवारहरु मंगलबार, माघ ६, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्