काठमाडौं– कालीगण्डकी नदीमाथि गैरकानुनी प्राकृतिक दोहन भएको पाइएको छ। यसरी गैगरकानुनी रुपमा दोहन गरेर सीमित व्यक्तिहरुले प्रकृतिमाथिको हस्तक्षेप गरेको ‘कालीगण्डकी बचाऔं अभियान’का अभियन्ताहरुले बताएका छन्।
‘कोही व्यक्तिको व्यक्तिगत स्वार्थ र फाइदाका लागि यो विशिष्ट सम्पदा नाशिनु कसैलाई पनि स्वीकार्य छैन’ उक्त अभियानको अभियन्ता आरके अतृप्त गिरि भन्छन्, ‘यो हाम्रो मानव सभ्यतामाथिको आक्रमण हो।’
भन्छन्- ‘यस्तै स्थिति भइरहने हो भने कालीगण्डकीको अस्तित्व केही वर्षमा समाप्त हुनेछ । त्यसैले कोही पनि मूकदर्शक नबसौं । यो सभ्यताको लडाइँमा जुटौं, आवाज चौतर्फी बुलन्द गरौं।’
‘ढुंगा, गिट्टी, बालुवा उत्खनन्, बिक्री तथा व्यवस्थापनसम्बन्धी मापदण्ड, २०७७’ अनुसार नदि तथा खोला किनारबाट ५ सय मिटर टाढा मात्रै ढुंगा, गिट्टी, बालुवा उत्खनन् गर्न पाउँछ। तर कालीगण्डकी नदीमाथिको गैरकानुनी दोहन गरी सीमित मानिसको स्वार्थ पुरा गर्ने गरी भइरहेको दोहन रोकिनुपर्ने उनी बताउँछन्।
नदीमा लामाे समयदेखि अवैध तरिकाले दाेहन गर्ने क्रम चलिरहेकाे छ। यसलाई राेक्नुपर्ने आवाज लियाे बन्दै गइरहेकाे अभियन्ताहरुले बताएका छन्।
1663163438.jpg)
1663163439.jpg)
1663163440.jpg)
1663163438.jpg)
1663163439.jpg)
1663163439.jpg)
1663163440.jpg)
तस्बिर : आरके अतृप्त गिरि
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।