• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
मंगलबार, साउन २६, २०८३ Tue, Aug 11, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
नेपाल लाइभ विशेष

क्रसर डनको आतंक : टिन ठटाएर सीडीओ लखेट्नेदेखि एसपी सरुवा गराउनेसम्मका खेल !

64x64
नारायण अधिकारी शुक्रबार, साउन २७, २०७९  १८:३५
1140x725

काठमाडौं– २०७६ कात्तिक २८ मा लमजुङका तत्कालीन प्रहरी जिल्ला अधिकारी (सीडीओ) डिजन भट्टराईले अवैध रुपमा सञ्चालित लमजुङ क्रसर एन्ड कन्स्ट्रक्सन र त्रिवेणी रोडा ढुंगा एन्ड ब्लक उद्योग बन्द गराए। अवैध रुपमा सञ्चालन भएका क्रसर उद्योग बन्द नगराउन चौतर्फी दबाब आएपनि सीडीओ भट्टराईले बन्द गराएरै छाडे।

त्यसको एक महिना नपुग्दै क्रसर बन्दको 'साइड इफेक्ट' देखियो। मंसिर १७ गते नै भट्टराईको अध्यागमन विभागमा सरुवा भयो। सीडीओ भट्टराईको सरुवा भएको एक साता पनि नपुग्दै मंसिर २३ गते भट्टराईले बन्द गराएका क्रसर उद्योग स्थानीय सरकारले सञ्चालन गर्न दिने निर्णय गर्‍यो। त्यसपछि क्रसर उद्योग निर्वाध सञ्चालनमा आए।

२०७७ असोज ताका त नुवाकोट प्रशासनले अवैध क्रसर उद्योग बन्द गराएपछि सीडीओलाई नै टिन ठटाएर लखेट्नेसम्मका सार्वजनिक धम्की नै आएको थियो। तत्कालीन सीडीओ झंकनाथ ढकालले अवैध क्रसर बन्द गराउन थालेपछि नुवाकोटका जनप्रतिनिधिले नै सीडीओलाई लखेट्ने धम्की दिएका थिए।

विदुर नगरपालिकाका मेयर सञ्जु पण्डितले सीडीओ ढकाललाई भनेका थिए, ‘पहिला नि हामीले एक जना सीडीओलाई टिन ठटाएर जिल्लाबाट लखेटेका हौं। तपाईं पनि याद गर्नुहोला।’

जिल्ला–जिल्लामा खोलिएका अवैध क्रसर बन्द गराउन खोज्दा सीडीओसम्मको सरुवा गर्ने सार्वजनिक धम्की आएका विषय नौला होइनन्। 'क्रसर डन' ले सीडीओ सरुवा गराउने धम्की मात्रै होइन सरुवा नै गराएका धरै उदाहरणहरु छन्।

विभिन्न शक्ति केन्द्रको आडमा अवैध रुपमा खोलिएका क्रसरहरुलाई मापदण्डभित्र ल्याउन तथा बन्द गराउन खोज्दा क्रसर डन, स्थानीय जनप्रतिनिधिदेखि सीडीओ र प्रहरीसम्मको शीतयुद्ध चल्ने र सरुवा गर्नेसम्मको खेलहरु हुँदै आएका छन्। 

स्थानीय जनप्रतिनिधि कै लगानी क्रसरमा हुने र उनीहरुकै पहुँचमा प्रहरीदेखि सीडीओसम्मको सरुवा हुने गरेको नेपाल प्रहरीका पूर्व एआईजी राजेन्द्र सिंह भण्डारी बताउँछन्।

क्रसर डन अनुकूल काम नगरे चौकी इन्चार्जदेखि जिल्ला इन्चार्जसम्मका प्रहरी र सीडीओहरुको सरुवा हुँदै आएको छ। यस्तै घटनाको उदाहरण हुन् प्रहरी नायब निरीक्षक (सई) टिकाराम न्यौपाने।

nimb
nimb
Ncell 2
Ncell 2

कास्कीको मादी गाउँपालिका, याङ्जाकोट प्रहरी चौकीको प्रमुख थिए सई न्यौपाने। एक वर्षअघि २०७८ वैशाख तेस्रो साता मादीकै वडा ४ र ५ जोड्ने पुल नजिक अवैध उत्खनन् भएको देखेपछि सई न्यौपानेले उत्खननमा संलग्न ट्रयाक्टरलाई रोके। 

पुल नजिकको ढुंगा लान नपाइने र ढुंगा लिनका लागि अनुमतिपत्र चाहिने भन्दै मागे। तर, उत्खननमा संलग्न भएका व्यक्तिले अनुमतिपत्र देखाउन सकेनन्। उनीहरुले वडाअध्यक्ष सत्यराज सापकोटाको निर्देशनमा उत्खनन् गरेको बताए।

सई न्यौपानेले ट्रयाक्टर नियन्त्रणमा लिए। बदलामा वडा अध्यक्ष सापकोटाले सईलाई फोन गरेर तथानाम गाली गरे। वडा अध्यक्ष सापकोटाले जागिर खाइदिनेसम्मको धम्की दिएको एक हप्ता नबित्दै न्यौपानेको सरुवा भयो। 

यतिमात्रै होइन देशको संघीय राजधानी काठमाडौंमा समेत अवैध उत्खनन् रोक्न खोज्दा इन्सपेक्टरकै सरुवासमेत भएको थियो। कपन क्षेत्रमा भएको अवैध बालुवाखानीको उत्खनन् रोक्दा इन्सपेक्टर सुरक्षा केसीको २०७७ को बैशाखमा सरुवा भएको थियो।

यस्तै, २०७७ साउन ४ गते क्रसर उद्योगमाथि कारबाही गरेपछि तनहुँका तत्कालीन सीडीओ बद्रिनाथ अधिकारीको पनि सरुवा भएको थयो। जिम्मेवारी सम्हालेको ४ महिना पुग्दानपुग्दै क्रसर व्यवसायीकै दबाबका कारण उनी तनहुँबाट सरुवा भएका थिए। 

यो त क्रसर डनका कारण प्रहरी र सीडीओहरु सरुवा भएका उदाहरण हुन्। अझ अवैध क्रसर उद्योग सञ्चालन गर्न दिए बापत आउने कमिशनमा  कुरो नमिल्दा एसपी र सीडीओबीच नै चर्काचर्की समेत हुने गरेको छ। 

२०७६ असोजमा गोरखामा यस्तै घटना भएको थियो। सीडीओ नारायणप्रसाद भट्टराई र एसपी विमल बस्नेतबीच विवाद भयो। विवादको जड थियो क्रसर। क्रसर सञ्चालन गर्न दिए वापत आउने कमिशनमा उनीहरुबीच कुरो नमिलेपछि विवाद भएको थियो। यो विवादले उग्र रुप दिएपछि गृहमन्त्रालयले दुबै जनाको त्यतिबेला सरुवा गरेको थियो। 

यता गृहमन्त्रालयको कमाण्ड सम्हाल्ने बित्तिकै हरेक जसो गृहमन्त्रीले अवैध क्रसर उद्योगहरु बन्द गराउने भन्दै सार्वजनिक अभिव्यक्ति दिँदै आएका छन्। तर पनि निरन्तर अवैध क्रसर उद्योग सञ्चालन हुने गरेका छन्। 

गृहमन्त्रालयका प्रवक्ता फणिन्द्रमणि पोखरेल भने अवैध क्रसर उद्योग बन्द गराउन भन्दै गृहले सबै जिल्ला प्रशासन कार्यालयलाई निर्देशन दिएको र सो अनुसार कामसमेत भइरहेको दाबी गर्छन्। अध्ययन गर्दा अवैध देखिएको अवस्थामा त्यस्ता क्रसर सञ्चालनमा रोक लगाउने गरिएको उनको दाबी छ।

स्वार्थ नमिल्दा सीडीओ–एसपी लखेट्छन् : पूर्वडिआईजी हेमन्त मल्ल
क्रसरका धेरैजसो कामहरु गैर कानूनी छन्। यसमा जति पनि मान्छेहरु संलग्न भएका छन् ती व्यक्तिहरुलाई राजनीतिक संरक्षण छ। राजनीतिक संरक्षण हुने भएपछि उनीहरुलाई सुरक्षा दिनका लागि आफ्नो स्वार्थ अनुकूल (सीडीओ, एसपी) आफ्नो जिल्लामा लैजाने गर्छन्। 

क्रसरवालाहरुको गैरकानुनी काममा सबैभन्दा बढी अवरोध गर्ने भनेको स्थानीय प्रशासनले हो। अर्को प्रहरी। यी दुबैलाई हात लिएपछि आफू अनुकूल काम गर्न पाइयो। क्रसरवालाको यो स्वार्थमा सफल भएपछि नेतालाई पनि फाइदा, प्रशासनदेखि प्रहरीलाई पनि फाइदा। त्यसैका लागि आफू अनुकूलको सीडीओ, प्रहरी प्रमुख क्रसरवालाहरुले लैजाने गरेको देखिन्छ। 

अर्को पाटो भनेको आफैं लैजाने मात्रै होइन सरुवा (आफनो जिल्लाबाट लखेट्ने) गर्नेसम्मको घटनाहरु पनि क्रसरवालाहरुले गर्ने गरेको देखिन्छ। 

मानौं भैरहवामा क्रसरको ठूलो चलखेल हुन्छ। एक किसिमका मान्छे पैसा नखाने चुप लागेर बस्ने हुन्छन् भने केही क्रसरवालाहरुसँगै घुलमिल हुँदै पैसा खाने पनि हुन्छन्।

अब पैसा पनि नखाने, चुप पनि लागेर नबस्ने प्रहरी तथा सीडीओहरु भने क्रसरवालाहरुको टार्गेटमा पर्छन्। अनि सरुवा गराउनेसम्म हैसियत क्रसरवालाहरुले राख्छन्। अर्को भनेको लिइरहेको पैसाभन्दा थप माग्न खोज्दै दु:ख दिने पनि हुन्छन्। त्यस्ता व्यक्तिहरु पनि क्रसरवालाहरुको टार्गेटमा पर्ने भएकाले उनीहरुको पनि सरुवा भएको देखिन्छ।

यस्ता स्वार्थको मूल्य भने सिंगो देशले बेहोर्दै आएको छ। यसको कारक र कारण दुवै क्रसरवालाहरु नै हुन्। बाढी, पहिरोको जोखिम मात्रै हैन, क्रसरवालाहरुले खनेका खाल्डामा जमेकाे पानीमा परेर बालबालिकाको मृत्यु पनि हुने गरेको छ। 

यो पनि पढ्नुहोस

मापदण्ड विपरीत क्रसर उद्योगः वातावरण र बस्ती जोखिममा, दुर्घटना भए ‘दैवी प्रकोप’को नाम

यो पनि पढ्नुहोस

क्रसरको पीडा: ४ वर्षदेखि न्यायका लागि लड्दै महतो परिवार, उल्टै अभियुक्तहरुको धम्की र मुद्दा 

यो पनि पढ्नुहोस

ढुंगा, गिट्टी उत्खननसम्बन्धी मापदण्ड संशोधनसँगै बस्ती छिर्दै क्रसर

यो पनि पढ्नुहोस

क्रसरहरू कानुनभन्दा माथि हो?

 

प्रकाशित मिति: शुक्रबार, साउन २७, २०७९  १८:३५

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नारायण अधिकारी
नेपाल लाइभका वरिष्ठ संवाददाता अधिकारी सुरक्षा तथा अपराध बिटमा रिपोर्टिङ गर्छन्।
लेखकबाट थप
भिजिट भिसामा सेटिङ : फरार ६ अध्यागमन अधिकृत सुटुक्क अदालत उपस्थित हुँदै धरौटीमा छुटे
सुन तस्करी प्रकरण : जाँचबुझ आयोगले कृष्णबहादुर महराको मोबाइल डीएफएलमा पठायो
जीबी-रवि जोडिएको सूर्यदर्शन सहकारी प्रकरण : सीआईबीको टोलीले पोखरा पुगेर सुरु गर्‍यो अनुसन्धान
सम्बन्धित सामग्री
दशक ७० मा राजनीति : संविधान, नाकाबन्दीदेखि संसद् विघटनसम्म नेपालले राजनीतिक रुपमा यो दशक कसरी पार गर्‍यो? कस्ता उतारचढाबहरू बेहोर्नुपर्‍यो? त्यसको आकलन गर्न सहज हुने गरी नेपाल लाइभले यस दशकका... मंगलबार, चैत २८, २०७९
०८ सालयताका प्रधानन्यायालयको फैसला उतारिरहेका दिनेशराज पन्त अक्षरहरू ‘गुँथिए’ झैँ लाग्ने पुराना नेपाली कागज टेबलमा राखिएका छन्। हत्तपत्त ठम्याउन नसकिने शब्दहरूलाई उनी पावरवाल चस्माको सहारामा ह... बिहीबार, फागुन १८, २०७९
बबई पुल कसका कारण भयो अलपत्र? सर्वोच्च पुग्यो पप्पु, सडक विभाग नयाँ बोलपत्रको हिम्मत नै गर्दैन पप्पु कन्स्ट्रक्सन प्रालिले निर्माण गरेको उक्त पुल भासिनुमा सडक विभाग निर्माण कम्पनीलाई दोष दिएर पन्छिँदै आएको छ भने निर्माण कम्पनील... सोमबार, फागुन १५, २०७९
ताजा समाचारसबै
पत्रकारसँग प्रचण्डका १० कुरा : बालेनदेखि रवि, संविधान संशोधनदेखि वाम–लोकतान्त्रिक सहकार्यसम्म सोमबार, साउन २५, २०८३
सुनसरी घटनामा ज्यान गुमाएका रवीन्द्र मेहतालाई सहिद घोषणा गरिने, भयो ७ बुँदे सम्झौता सोमबार, साउन २५, २०८३
कुशल भूर्तेल ‘ए’ टोलीमा सोमबार, साउन २५, २०८३
राइड सेयरिङ सेवामा ५ प्रतिशत अतिरिक्त शुल्क, यात्रुको भाडा बढ्ने सोमबार, साउन २५, २०८३
विद्रोही पक्षको दबाबले छोएन, महाधिवेशनको तयारी थाल्ने कांग्रेसको निर्णय सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
फिल्मका लागि घर बोलाएर नशालु पदार्थ खुवाई बलात्कार, भिडियोसमेत बनाएर ब्ल्याकमेल, ७३ वर्षीय निर्देशक शकील नूरानी पक्राउ सोमबार, साउन २५, २०८३
रविका ‘राइट ह्यान्ड’ दीपक बोहोराले गरिरहेको संकेत के हो ? सोमबार, साउन २५, २०८३
घट्यो सुनको मूल्य, हेर्नुस् कतिमा हुदैछ कारोबार ? सोमबार, साउन २५, २०८३
‘सिंहदरबार’ नाममाथि बहस चल्दा शङ्कर पोखरेलले सम्झाए सिंहका ६ विशेषता सोमबार, साउन २५, २०८३
काठमाडौं विश्वविद्यालयको कुलपतिका लागि तीन जनाको नाम सिफारिस सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
राजनीतिक दल र आदिवासी आन्दोलनले नयाँ पुस्तालाई सम्बोधन गर्न नसक्दा ‘विद्रोह’ भयो : पर्शुराम तामाङ नेपाल लाइभ
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
नेपाल महिला संघको अबको भूमिका के? डा. डिला संग्रौला
नेपालको राजनीति: दलगत विभाजनभन्दा माथि उठेर जनमुखी राजनीति कहिले? सुरेश गिरी
भारतीय लोकतान्त्रिक इतिहासको कालो दिन: अवैध निर्वाचित गान्धीले किन लगाइन् आपतकाल नेपाल लाइभ
रावणका दश शिर र नेपालको शासन प्रणाली: एकल सोचले देश बन्दैन सुरेश गिरी
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
प्रधानमन्त्री बालेनविरुद्ध उत्रिएका सांसदलाई कडाइ गर्दै रास्वपा शुक्रबार, साउन २२, २०८३
बिहानै जागे प्रधानमन्त्री बालेन, देखाए सरकारकाे उपलब्धि शनिबार, साउन २३, २०८३
लेनदेनका लिखत प्रमाणित गर्दा दुई रुपैयाँ मात्रै शुल्क लिन स्थानीय तहका नाममा परमादेश जारी आइतबार, साउन २४, २०८३
जेलमुक्त पत्रकार खेम भण्डारीले के भने ? (भिडियो) शनिबार, साउन २३, २०८३
किशोरीको डिम्ब निकालेको घटना : प्रहरी बयानमा के भनिन् डा नुतनले? आइतबार, साउन २४, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्