• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
आइतबार, असोज ४, २०८३ Sun, Sep 20, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
नेपाल लाइभ विशेष

क्रसरको पीडा: ४ वर्षदेखि न्यायका लागि लड्दै महतो परिवार, उल्टै अभियुक्तहरुको धम्की र मुद्दा 

64x64
नेपाल लाइभ शुक्रबार, साउन २७, २०७९  १२:३१
1140x725

काठमाडौं– ‘भदौ ३० गते मुद्दाको पेसी छ तर, फेरि पनि सुनुवाइ हुन दिँदैनन्। उनीहरुले सारेको सार्‍यै गरेका छन्। यस्तो मुद्दा सार्न मिल्दैन भनिन्छ, तरपनि किन हो हरेक पटक सार्ने निवेदन दिन्छन् अनि अदालतले पनि सार्छ’, दिलीप महतोकी बहिनी संगमकुमारी महतोले भनिन्, ‘अब त सुनुवाइ होला अनि छिट्टै फैसला होला भन्ने आस नै मर्न लागिसक्यो।’

यसरी सुनुवाइप्रति दिक्दारी र न्याय माग्दामाग्दै थोकेकी संगम तिनै दिलीप कुमारको मुद्दा लडिरहेकी छन् जसलाई अवैध क्रसर रोक्न माग गर्दा निर्मम तरिकाले हत्या गरियो। 

२०७६ साल पुस २५ गते घर पछाडिको खोलामा लोडर र टिपर गुडेको अवाज सुनेपछि दिलीप त्यसलाई रोक्न भन्दै उक्त स्थानमा पुगेका थिए। दिलीपको ना ७ ख ६४१३ टिपरका चालक महोत्तरी बर्दिबास–९ का ३४ वर्षीय मुनिन्द्र महतोले किचेर हत्या गरेको आरोप लागेको थियो। औराही खोलामा अवैध क्रसर रोक्न पुगेका उनलाई सुरुमा नियन्त्रणमा लिएर लिभरले शरीरभरी प्रहार गरेर पछि बाटोमा लगेर टिपरले किचिएको प्रहरीको अनुसन्धानमा पाइएको थियो। 

भारतको भोपालमा इन्जिनियरिङ पढ्दै गरेका मिथिला नगरपालिका–५ श्रीपुरका २४ वर्षीय ओमप्रकाश महतो (दिलीप) त्यसको दुई साताअघि मात्र कलेज बिदामा घर फर्केका थिए।

महतो बिटेक इन्जिनियरिङको अन्तिम सेमेस्टर पढ्दै थिए उनले आफू पास भएको खवर आफूले सुन्न पाएनन् भने परिवारलाई पनि खुसी बाँड्न पाएनन्। यो घटना स्थानीय मात्र भएन। यसले राष्ट्रिय चर्चा पायो। एक महिनाको अनुसन्धानपछि  २०७६ माघ २२ मा जिल्ला अदालत धनुषामा मुद्दा दर्ता भयो।

सरकारी वकिलको कार्यालयले विनोद महतो, मुनिन्द्र महतो, सत्यनारायण महतो, जितेन्द्र कुमार महतो, विपिनकुमार महतो, रोसनकुमार यादव र शत्रुधन महतोलाई विपक्षी बनाउँदै मनसायपूर्वक हत्या गरिएको अभियोगमा मुद्दा दायर गर्‍यो। 

अभियोगपत्रमा दिलीपलाई यातना दिइ क्रुरतापूर्वक मारेको भन्दै सात जनालाई मुलुकी अपराध संहिता २०७४ को दफा ४१ बमोजिम जीवित रहेसम्म कैद सजाय माग गरिएको थियो। जिल्ला न्यायाधीश केशवप्रसाद घिमिरेको एकल इजलासले उद्योग सञ्चालक विपिन तथा कर्मचारीहरू मुनिन्द्र र रञ्जितलाई मात्रै पुर्पक्षका लागि थुनामा पठायो। अदालत पेस भएका रोशनकुमार, सत्यनारायण र शत्रुधनलाई २५ हजार रुपैयाँ धरौटीमा रिहा गर्‍यो। 

एक वर्ष फरार रहेर अदालतमा हाजिर भएका उद्योगका अर्का सञ्चालक विनोद महतो साधारण तारेखमै २०७७ असोज २६ मा जिल्ला अदालतबाटै छुटे। 

Ncell 2
Ncell 2
nimb
nimb

जिल्लाको आदेशविरुद्ध सरकारी वकिलको कार्यालय जनकपुरले उच्च अदालतमा निवेदन दियो। यसअघि नै थुनामा रहेकाहरुले धरौटीमा रिहाइको माग गर्दै निवेदन दिइसकेका थिए। उच्च अदालतका न्यायाधीशद्वय हरिप्रसाद बगाले र रमेश ढकालले २०७७ पुस २ मा जिल्ला अदालतका सबै आदेशलाई सदर गर्ने निर्णय सुनाएपछि उनीहरु थुनामै रहेका छन्। 

अभियुक्तहरुको धम्की, त्रास र मुद्दा 
अहिले दिलीपको परिवारको काम नै अदालतमा मुद्दाको पेसीमा धाउने भएको उनकी बहिनी लक्ष्मीले बताइन्। ‘हामीहरुको काम नै अहिले जिल्ला र उच्च धाउने मात्रै भएको छ’,उनले भनिन्, ‘कहिल्यै मुद्दाको झमेलामा नपरेको आफ्नो परिवारलाई दाइ गुमाउनुको पीडासँगै आरोपितहरुले एकपछि अर्को अदालतमा मुद्दा दायर गरेर दु:ख दिइरहेका छन्।’ 

अदालतको आदेशपछि निष्फिक्री घुमिरहेका उद्योग सञ्चालक विनोदले उल्टै २०७७ चैत २० मा जनकपुर उच्च अदालतमा मुद्दा हाले। उनले आफ्नो चुरियामाई बालुवा प्रशोधन उद्योगमा हस्तक्षेप गरेको भन्दै दिलीपका बुबा रामजीवन, आमा चन्द्रकलादेवी र दुई बहिनी संगमकुमारी (२२ वर्ष) र लक्ष्मी (२० वर्ष) विरुद्ध मुद्दा दायर गरेका थिए। ‘हामीहरुलाई कमाएर पठाउने र विवाह गरिदिने मानिस पनि छैन, भएको अभिभावक दाइ गुमायौं’, संगमले भनिन्, ‘हाम्रो परिवारमाथि चोरी मुद्दा पनि हालियो। क्रसरमा आगो लगाएको,चोरी गरेको अनि सञ्चालन गर्न नदिएको भनि मुद्दा दायर भयो।’ 

क्रसर मालिकले आफूहरुमाथि गलत मुद्दा लगाएपछि झन् समस्यामा परेको उनले सुनाइन्। सरकारी वकिलले लडिरेहको मुद्दामा फेरि निजी कानुन व्यवसायी राख्नुपर्ने अवस्था सिर्जना भएको उनले बताइन्। 

अदालतले रोक्का राखेको टिपर पनि मिलेमतो गरेर सञ्चालकले लगेको अनि आफूहरुमाथि चोरीको आरोप लगाएको उनको भनाइ छ। तर उच्चले भने उनीहरुविरुद्ध कारण देखाउ आदेश जारी गर्‍यो। त्यसको जवाफ उनीहरुले दिइसकेका छन्।  मुद्दाबाहेक अन्य दु:ख दिने काम भइरहेको उनको दाबी छ। 

उनीहरुले अहिले पनि खोलामा उत्खनन गरिरहेको तर प्रहरी तथा नगरपालिकालाई यसबारे जानकारी गरेर बोलाउँदा कसैले पनि नसुन्ने गरेको भन्दै उनले आक्रोश पोखिन्। बोलाउँदा मिलेमतो गरेर भगाउने र नाम मात्रको अनुगमनको नाटक हुने गरेको उनको दाबी छ। 

न्याय प्राप्तिको लडाइँसँगै दिलीपका बहिनीहरू संगम र लक्ष्मीले दाइको अभियान पनि अघि बढाइरहेका छन् । उनीहरुले दु:ख पाए पनि आफूहरुले अभियान जारी राख्ने र हरेश नखाने जनाए। 

घरमा वृद्ध हजुरबुबा, हजुरआमा, बुबा, आमा, थप दुई बहिनी र एक भाइको जिम्मेवारी बाकेर उनीहरु अहिले अभियानमा सक्रिय छन्। यसका साथै उनीहरु स्नातकोत्तरको अध्ययनको तयारीमा रहेका छन्। 

Dilip_Mahato1660217496.jpg
दिवंगत दिलीप महतो

उनले आफ्नो दाजुको मुद्दा कमजोर बनाउन शुरुमा प्रयास गरेको अनि त्यसमा असफल भएपछि मुद्दा सारिरहेको बताइन्। ‘लिभरले जिउभरी हिर्काएको देखिन्थ्यो। मलाई छोड्दिनु भनेर कति चिच्चाउनु भयो रे! तर, उनीहरुले चल्न नसक्नेगरि कुटेपछि सडकमा राखेर टिपरले घिसारेरर मारे ’ उनले उक्त दिनको सम्झना गरिन् ‘वडा अध्यक्ष र प्रहरीलाई पनि फोन गरेको थियो, मलाई बचाउनुस् भनेको थियो। तर कसैले सुनेनन्।’ 

क्रसरमा लगेर मार्नुका कारण चैं हत्याको अभियोग नलागोस् र कम सजायमै उन्मुक्ति पाइने सवारी ज्यान मुद्दा बनाउने योजना अन्तर्गत भएको संगमको भनाइ छ। 

‘उनीहरुले सकेसम्म्म दुर्घटना बनाउन खोजेका थिए’,उनले भनिन्,‘भोलिपल्ट हामीहरु घटनास्थलमा पुग्दा रगत नै रगत थियो। उनीहरुले रगत मेटाउन पेट्रोल पनि खन्याएका थिए।’ तर सरकारी वकिलहरुले आफूहरुलाई साथ दिएकाले मुद्दा जिल्ला अदालतसम्म पुर्‍याएको तर अन्तिम फैसला नै गराउन नसक्दा आफूहरु निरास र अन्योलमा परेको उनले बताइन्।  

उनले यसरी उक्त स्थानमा मानिसको हत्या गरेर पनि क्रसर सञ्चालन भइरहँदा दु:ख लागेको संगम बताउँछिन्। 
‘दिलीपले वातावरण संरक्षण र खोला नखनियोस् भनि ज्यान दिए तर, अहिले पनि अवस्था उस्तै छ’, उनले भनिन्, ‘हामीले यही खोला भनेर परिवारको अभिभावक नै गुमायौं। आर्थिक रुपमै समस्यामा परेका छौं। पढाइदेखि घरसम्म समस्या भएको छ।’अब घर खेत पनि गुमाउने अवस्थामा रहेको उनले बताइन्। 

अदालतमा मुद्दाको पेसी चढ्छ तर,  हेर्न भ्याइँदैन  
२०७६ माघ १० गते जिल्ला अदालतमा दर्ता भएको मुद्दामा हालसम्म तीन पटक आदेश भएको छ भने ६ पटक स्थगित भएको छ। तीन वर्षमा ११ पटक पेसी चढेको मुद्दामा ९ पटक न्यायाधीशको इजलास तोकियो। मुद्दा दर्ता भए लगत्तै न्यायाधीश केशवप्रसाद घिमिरेको इजलासले पुर्पक्षको आदेश गरेको थियो।

त्यसपछि २०७८ असोज ७ गते न्यायाधीश धुव्रकुमार कार्कीको इजलासले साक्षी बुझ्ने आदेश गर्‍यो। त्यसपछिका हरेक पेसीमा मुद्दा स्थगित भए। एकै पटक २०७८ फागुन २५ गते न्यायाधीश तीर्थराज केसीको इजलासले पुन: साक्षी बुझ्ने आदेश गर्‍यो। यसपछि जिल्ला अदालतमा पनि गोला प्रथाबाट पेसी तोकिने हुन थालेपछि मुद्दा सुनुवाइ हुने भन्दा स्थगित हुने धेरै भयो।

उक्त पेसीपछि न्यायाधीशहरु भिष्मराज प्रसाई, परशुराम भट्टराई र श्रीप्रसाद उप्रेतीको इजलासमा पेसी पर्‍यो तर सुनुवाइ हुन सकेन। बीचमा एक पटक बयान/वकपत्र नभएको भन्दै उक्त प्रक्रिया पूरा गरेर पेस गर्न भनियो। हालै मात्र न्याय परिषदले जिल्ला न्यायाधीशको सरुवा गरेकाले उक्त अदालतमा नयाँ न्यायाधीशहरु गएका छन्।

अब उनीहरुले अर्को पेसीपछि तीन वर्ष पुरानो मुद्दा भएकाले प्राथमिकता दिएर हेर्ने जिल्ला अदालत धनुषाले जनाएको छ। हाल उक्त अदालतमा तीन जना न्यायाधीश रहेका छन्।  दिलीपकी बहिनी लक्ष्मीको गुनासो पनि अदालतमा मुद्दा सधैं पालो नआउने छ। ‘आज पेसी हुन्छ, पालो आउँला भनेर गयो अनि मुद्दा सार्छन्। कहिल्यै पनि किन पालो आउँदैन’, उनले प्रश्न गरिन्, ‘किन न्यायाधीशले मुद्दाको सुनुवाइ गर्दैनन्। अरु अरुको मुद्दा त सुनुवाइ हुन्छ हाम्रो किन हुँदैन? ’ उनले यही कुरा न्यायाधीशलाई इजलासमै प्रश्न गरेको बताइन्। तर कुनै उत्तर नपाएको उनको गुनासो छ। 

अबको सुनुवाइमा यसलाई अन्तिम फैसला होस् भन्ने आफ्नो र परिवारको इच्छा रहेको भए पनि होला भन्नेमा ढुक्क भने नभएको बताइन्। 

आफूहरुले दाजु गुमाएको भए पनि अरु कसैले यस्तो पीडा भोग्न नपरोस् र अदालतको चक्करमा पर्न नपरोस् भन्ने आफूहरुको चाहना भएको उनले बताइन्। 


यो श्रृङ्खलाका थप सामग्रीहरु:

मापदण्ड विपरीत क्रसर उद्योगः वातावरण र बस्ती जोखिममा, दुर्घटना भए ‘दैवी प्रकोप’को नाम

ढुंगा, गिट्टी उत्खननसम्बन्धी मापदण्ड संशोधनसँगै बस्ती छिर्दै क्रसर

प्रकाशित मिति: शुक्रबार, साउन २७, २०७९  १२:३१
  • ##मापदण्ड विपरीत क्रसर

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
राष्ट्रिय परिषद् बैठक बोलाउने एमाले कार्यदल बैठकको निर्णय
रसुवा बाढी पहिरोबारे सरकारको काम समीक्षा गर्न नेकपाले बोलायो केन्द्रीय संयोजन समिति बैठक
परराष्ट्र मन्त्रालयमा वातावरण कूटनीति शाखा स्थापना
सम्बन्धित सामग्री
दशक ७० मा राजनीति : संविधान, नाकाबन्दीदेखि संसद् विघटनसम्म नेपालले राजनीतिक रुपमा यो दशक कसरी पार गर्‍यो? कस्ता उतारचढाबहरू बेहोर्नुपर्‍यो? त्यसको आकलन गर्न सहज हुने गरी नेपाल लाइभले यस दशकका... मंगलबार, चैत २८, २०७९
०८ सालयताका प्रधानन्यायालयको फैसला उतारिरहेका दिनेशराज पन्त अक्षरहरू ‘गुँथिए’ झैँ लाग्ने पुराना नेपाली कागज टेबलमा राखिएका छन्। हत्तपत्त ठम्याउन नसकिने शब्दहरूलाई उनी पावरवाल चस्माको सहारामा ह... बिहीबार, फागुन १८, २०७९
बबई पुल कसका कारण भयो अलपत्र? सर्वोच्च पुग्यो पप्पु, सडक विभाग नयाँ बोलपत्रको हिम्मत नै गर्दैन पप्पु कन्स्ट्रक्सन प्रालिले निर्माण गरेको उक्त पुल भासिनुमा सडक विभाग निर्माण कम्पनीलाई दोष दिएर पन्छिँदै आएको छ भने निर्माण कम्पनील... सोमबार, फागुन १५, २०७९
ताजा समाचारसबै
राष्ट्रिय परिषद् बैठक बोलाउने एमाले कार्यदल बैठकको निर्णय आइतबार, असोज ४, २०८३
रसुवा बाढी पहिरोबारे सरकारको काम समीक्षा गर्न नेकपाले बोलायो केन्द्रीय संयोजन समिति बैठक आइतबार, असोज ४, २०८३
परराष्ट्र मन्त्रालयमा वातावरण कूटनीति शाखा स्थापना आइतबार, असोज ४, २०८३
देवानगञ्ज घटना : युवतीको विवादले गोली प्रहार भएको खुल्यो, शल्यक्रिया गरेर निकालियो आइतबार, असोज ४, २०८३
क्षेत्रगत विज्ञको राष्ट्रिय रोस्टर तयार गर्दै महिला मन्त्रालय, असोज ८ सम्म आवेदन दिन आह्वान आइतबार, असोज ४, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
राजनीतिक विश्लेषक भरत दाहाल पक्राउ आइतबार, असोज ४, २०८३
बंगालको खाडीमा बनेको विकसित न्यून चापी प्रणालीको असर नेपालमा, मौसम विभागले जारी गर्‍यो चेतावनी आइतबार, असोज ४, २०८३
देवानगञ्जमा गोलीकाण्ड : घाइते युवकको पहिचान खुल्यो, गोली चलाउनेको खोजीमा प्रहरी शनिबार, असोज ३, २०८३
चक्कु प्रहारबाट एक युवकको मृत्यु, तीन जना पक्राउ आइतबार, असोज ४, २०८३
देवानगन्ज घटना: प्रहरीले सार्वजनिक गर्‍यो पक्राउ परेका दुई जना, गोली चलेको विषयमा मौन शनिबार, असोज ३, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
द ग्रेजोनको प्रतिवेदन र भूराजनीतिक दाउपेच गणेश अम्गाई
जलबायू न्यायका लागि नेपालले के गर्ने ? प्राध्यापक डा सूर्यप्रसाद सुवेदी
‘इजोत’को ज्योति प्रज्वलित गर्ने ॐको स्मृति धर्मेन्द्र विह्वल
विपत्तिको पीडाले फिक्का बनाएको तीज प्रमिला कार्की
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
करदाता प्रोत्साहन उपहारमा ३२ विजेता घोषणा, दुई जनाले जिते १०–१० लाख बिहीबार, असोज १, २०८३
४२ उपसचिवको सरुवा, प्रमुख प्रशासकीय अधिकृतसहित को कहाँ पुगे ? शुक्रबार, असोज २, २०८३
प्रधानमन्त्रीसँग बैठक बसेलगत्तै सिंहदरबारबाट किन पक्राउ परे किस्माङ गाउँपालिका अध्यक्ष ? सोमबार, भदौ २९, २०८३
गौरीघाटमा बागमती नदीले सतर्कता तह पार गर्‍यो सोमबार, भदौ २९, २०८३
चाबहिल र कपनबाट १५ हजार बढी पिस हुक्काको फ्लेभर बरामद शुक्रबार, असोज २, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्