• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बुधबार, कात्तिक १९, २०८२ Wed, Nov 5, 2025
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
नेपाल लाइभ विशेष

क्रसरको पीडा: ४ वर्षदेखि न्यायका लागि लड्दै महतो परिवार, उल्टै अभियुक्तहरुको धम्की र मुद्दा 

64x64
नेपाल लाइभ शुक्रबार, साउन २७, २०७९  १२:३१
1140x725

काठमाडौं– ‘भदौ ३० गते मुद्दाको पेसी छ तर, फेरि पनि सुनुवाइ हुन दिँदैनन्। उनीहरुले सारेको सार्‍यै गरेका छन्। यस्तो मुद्दा सार्न मिल्दैन भनिन्छ, तरपनि किन हो हरेक पटक सार्ने निवेदन दिन्छन् अनि अदालतले पनि सार्छ’, दिलीप महतोकी बहिनी संगमकुमारी महतोले भनिन्, ‘अब त सुनुवाइ होला अनि छिट्टै फैसला होला भन्ने आस नै मर्न लागिसक्यो।’

यसरी सुनुवाइप्रति दिक्दारी र न्याय माग्दामाग्दै थोकेकी संगम तिनै दिलीप कुमारको मुद्दा लडिरहेकी छन् जसलाई अवैध क्रसर रोक्न माग गर्दा निर्मम तरिकाले हत्या गरियो। 

२०७६ साल पुस २५ गते घर पछाडिको खोलामा लोडर र टिपर गुडेको अवाज सुनेपछि दिलीप त्यसलाई रोक्न भन्दै उक्त स्थानमा पुगेका थिए। दिलीपको ना ७ ख ६४१३ टिपरका चालक महोत्तरी बर्दिबास–९ का ३४ वर्षीय मुनिन्द्र महतोले किचेर हत्या गरेको आरोप लागेको थियो। औराही खोलामा अवैध क्रसर रोक्न पुगेका उनलाई सुरुमा नियन्त्रणमा लिएर लिभरले शरीरभरी प्रहार गरेर पछि बाटोमा लगेर टिपरले किचिएको प्रहरीको अनुसन्धानमा पाइएको थियो। 

भारतको भोपालमा इन्जिनियरिङ पढ्दै गरेका मिथिला नगरपालिका–५ श्रीपुरका २४ वर्षीय ओमप्रकाश महतो (दिलीप) त्यसको दुई साताअघि मात्र कलेज बिदामा घर फर्केका थिए।

महतो बिटेक इन्जिनियरिङको अन्तिम सेमेस्टर पढ्दै थिए उनले आफू पास भएको खवर आफूले सुन्न पाएनन् भने परिवारलाई पनि खुसी बाँड्न पाएनन्। यो घटना स्थानीय मात्र भएन। यसले राष्ट्रिय चर्चा पायो। एक महिनाको अनुसन्धानपछि  २०७६ माघ २२ मा जिल्ला अदालत धनुषामा मुद्दा दर्ता भयो।

सरकारी वकिलको कार्यालयले विनोद महतो, मुनिन्द्र महतो, सत्यनारायण महतो, जितेन्द्र कुमार महतो, विपिनकुमार महतो, रोसनकुमार यादव र शत्रुधन महतोलाई विपक्षी बनाउँदै मनसायपूर्वक हत्या गरिएको अभियोगमा मुद्दा दायर गर्‍यो। 

अभियोगपत्रमा दिलीपलाई यातना दिइ क्रुरतापूर्वक मारेको भन्दै सात जनालाई मुलुकी अपराध संहिता २०७४ को दफा ४१ बमोजिम जीवित रहेसम्म कैद सजाय माग गरिएको थियो। जिल्ला न्यायाधीश केशवप्रसाद घिमिरेको एकल इजलासले उद्योग सञ्चालक विपिन तथा कर्मचारीहरू मुनिन्द्र र रञ्जितलाई मात्रै पुर्पक्षका लागि थुनामा पठायो। अदालत पेस भएका रोशनकुमार, सत्यनारायण र शत्रुधनलाई २५ हजार रुपैयाँ धरौटीमा रिहा गर्‍यो। 

एक वर्ष फरार रहेर अदालतमा हाजिर भएका उद्योगका अर्का सञ्चालक विनोद महतो साधारण तारेखमै २०७७ असोज २६ मा जिल्ला अदालतबाटै छुटे। 

Ncell 2
Ncell 2

जिल्लाको आदेशविरुद्ध सरकारी वकिलको कार्यालय जनकपुरले उच्च अदालतमा निवेदन दियो। यसअघि नै थुनामा रहेकाहरुले धरौटीमा रिहाइको माग गर्दै निवेदन दिइसकेका थिए। उच्च अदालतका न्यायाधीशद्वय हरिप्रसाद बगाले र रमेश ढकालले २०७७ पुस २ मा जिल्ला अदालतका सबै आदेशलाई सदर गर्ने निर्णय सुनाएपछि उनीहरु थुनामै रहेका छन्। 

अभियुक्तहरुको धम्की, त्रास र मुद्दा 
अहिले दिलीपको परिवारको काम नै अदालतमा मुद्दाको पेसीमा धाउने भएको उनकी बहिनी लक्ष्मीले बताइन्। ‘हामीहरुको काम नै अहिले जिल्ला र उच्च धाउने मात्रै भएको छ’,उनले भनिन्, ‘कहिल्यै मुद्दाको झमेलामा नपरेको आफ्नो परिवारलाई दाइ गुमाउनुको पीडासँगै आरोपितहरुले एकपछि अर्को अदालतमा मुद्दा दायर गरेर दु:ख दिइरहेका छन्।’ 

अदालतको आदेशपछि निष्फिक्री घुमिरहेका उद्योग सञ्चालक विनोदले उल्टै २०७७ चैत २० मा जनकपुर उच्च अदालतमा मुद्दा हाले। उनले आफ्नो चुरियामाई बालुवा प्रशोधन उद्योगमा हस्तक्षेप गरेको भन्दै दिलीपका बुबा रामजीवन, आमा चन्द्रकलादेवी र दुई बहिनी संगमकुमारी (२२ वर्ष) र लक्ष्मी (२० वर्ष) विरुद्ध मुद्दा दायर गरेका थिए। ‘हामीहरुलाई कमाएर पठाउने र विवाह गरिदिने मानिस पनि छैन, भएको अभिभावक दाइ गुमायौं’, संगमले भनिन्, ‘हाम्रो परिवारमाथि चोरी मुद्दा पनि हालियो। क्रसरमा आगो लगाएको,चोरी गरेको अनि सञ्चालन गर्न नदिएको भनि मुद्दा दायर भयो।’ 

क्रसर मालिकले आफूहरुमाथि गलत मुद्दा लगाएपछि झन् समस्यामा परेको उनले सुनाइन्। सरकारी वकिलले लडिरेहको मुद्दामा फेरि निजी कानुन व्यवसायी राख्नुपर्ने अवस्था सिर्जना भएको उनले बताइन्। 

अदालतले रोक्का राखेको टिपर पनि मिलेमतो गरेर सञ्चालकले लगेको अनि आफूहरुमाथि चोरीको आरोप लगाएको उनको भनाइ छ। तर उच्चले भने उनीहरुविरुद्ध कारण देखाउ आदेश जारी गर्‍यो। त्यसको जवाफ उनीहरुले दिइसकेका छन्।  मुद्दाबाहेक अन्य दु:ख दिने काम भइरहेको उनको दाबी छ। 

उनीहरुले अहिले पनि खोलामा उत्खनन गरिरहेको तर प्रहरी तथा नगरपालिकालाई यसबारे जानकारी गरेर बोलाउँदा कसैले पनि नसुन्ने गरेको भन्दै उनले आक्रोश पोखिन्। बोलाउँदा मिलेमतो गरेर भगाउने र नाम मात्रको अनुगमनको नाटक हुने गरेको उनको दाबी छ। 

न्याय प्राप्तिको लडाइँसँगै दिलीपका बहिनीहरू संगम र लक्ष्मीले दाइको अभियान पनि अघि बढाइरहेका छन् । उनीहरुले दु:ख पाए पनि आफूहरुले अभियान जारी राख्ने र हरेश नखाने जनाए। 

घरमा वृद्ध हजुरबुबा, हजुरआमा, बुबा, आमा, थप दुई बहिनी र एक भाइको जिम्मेवारी बाकेर उनीहरु अहिले अभियानमा सक्रिय छन्। यसका साथै उनीहरु स्नातकोत्तरको अध्ययनको तयारीमा रहेका छन्। 

Dilip_Mahato1660217496.jpg
दिवंगत दिलीप महतो

उनले आफ्नो दाजुको मुद्दा कमजोर बनाउन शुरुमा प्रयास गरेको अनि त्यसमा असफल भएपछि मुद्दा सारिरहेको बताइन्। ‘लिभरले जिउभरी हिर्काएको देखिन्थ्यो। मलाई छोड्दिनु भनेर कति चिच्चाउनु भयो रे! तर, उनीहरुले चल्न नसक्नेगरि कुटेपछि सडकमा राखेर टिपरले घिसारेरर मारे ’ उनले उक्त दिनको सम्झना गरिन् ‘वडा अध्यक्ष र प्रहरीलाई पनि फोन गरेको थियो, मलाई बचाउनुस् भनेको थियो। तर कसैले सुनेनन्।’ 

क्रसरमा लगेर मार्नुका कारण चैं हत्याको अभियोग नलागोस् र कम सजायमै उन्मुक्ति पाइने सवारी ज्यान मुद्दा बनाउने योजना अन्तर्गत भएको संगमको भनाइ छ। 

‘उनीहरुले सकेसम्म्म दुर्घटना बनाउन खोजेका थिए’,उनले भनिन्,‘भोलिपल्ट हामीहरु घटनास्थलमा पुग्दा रगत नै रगत थियो। उनीहरुले रगत मेटाउन पेट्रोल पनि खन्याएका थिए।’ तर सरकारी वकिलहरुले आफूहरुलाई साथ दिएकाले मुद्दा जिल्ला अदालतसम्म पुर्‍याएको तर अन्तिम फैसला नै गराउन नसक्दा आफूहरु निरास र अन्योलमा परेको उनले बताइन्।  

उनले यसरी उक्त स्थानमा मानिसको हत्या गरेर पनि क्रसर सञ्चालन भइरहँदा दु:ख लागेको संगम बताउँछिन्। 
‘दिलीपले वातावरण संरक्षण र खोला नखनियोस् भनि ज्यान दिए तर, अहिले पनि अवस्था उस्तै छ’, उनले भनिन्, ‘हामीले यही खोला भनेर परिवारको अभिभावक नै गुमायौं। आर्थिक रुपमै समस्यामा परेका छौं। पढाइदेखि घरसम्म समस्या भएको छ।’अब घर खेत पनि गुमाउने अवस्थामा रहेको उनले बताइन्। 

अदालतमा मुद्दाको पेसी चढ्छ तर,  हेर्न भ्याइँदैन  
२०७६ माघ १० गते जिल्ला अदालतमा दर्ता भएको मुद्दामा हालसम्म तीन पटक आदेश भएको छ भने ६ पटक स्थगित भएको छ। तीन वर्षमा ११ पटक पेसी चढेको मुद्दामा ९ पटक न्यायाधीशको इजलास तोकियो। मुद्दा दर्ता भए लगत्तै न्यायाधीश केशवप्रसाद घिमिरेको इजलासले पुर्पक्षको आदेश गरेको थियो।

त्यसपछि २०७८ असोज ७ गते न्यायाधीश धुव्रकुमार कार्कीको इजलासले साक्षी बुझ्ने आदेश गर्‍यो। त्यसपछिका हरेक पेसीमा मुद्दा स्थगित भए। एकै पटक २०७८ फागुन २५ गते न्यायाधीश तीर्थराज केसीको इजलासले पुन: साक्षी बुझ्ने आदेश गर्‍यो। यसपछि जिल्ला अदालतमा पनि गोला प्रथाबाट पेसी तोकिने हुन थालेपछि मुद्दा सुनुवाइ हुने भन्दा स्थगित हुने धेरै भयो।

उक्त पेसीपछि न्यायाधीशहरु भिष्मराज प्रसाई, परशुराम भट्टराई र श्रीप्रसाद उप्रेतीको इजलासमा पेसी पर्‍यो तर सुनुवाइ हुन सकेन। बीचमा एक पटक बयान/वकपत्र नभएको भन्दै उक्त प्रक्रिया पूरा गरेर पेस गर्न भनियो। हालै मात्र न्याय परिषदले जिल्ला न्यायाधीशको सरुवा गरेकाले उक्त अदालतमा नयाँ न्यायाधीशहरु गएका छन्।

अब उनीहरुले अर्को पेसीपछि तीन वर्ष पुरानो मुद्दा भएकाले प्राथमिकता दिएर हेर्ने जिल्ला अदालत धनुषाले जनाएको छ। हाल उक्त अदालतमा तीन जना न्यायाधीश रहेका छन्।  दिलीपकी बहिनी लक्ष्मीको गुनासो पनि अदालतमा मुद्दा सधैं पालो नआउने छ। ‘आज पेसी हुन्छ, पालो आउँला भनेर गयो अनि मुद्दा सार्छन्। कहिल्यै पनि किन पालो आउँदैन’, उनले प्रश्न गरिन्, ‘किन न्यायाधीशले मुद्दाको सुनुवाइ गर्दैनन्। अरु अरुको मुद्दा त सुनुवाइ हुन्छ हाम्रो किन हुँदैन? ’ उनले यही कुरा न्यायाधीशलाई इजलासमै प्रश्न गरेको बताइन्। तर कुनै उत्तर नपाएको उनको गुनासो छ। 

अबको सुनुवाइमा यसलाई अन्तिम फैसला होस् भन्ने आफ्नो र परिवारको इच्छा रहेको भए पनि होला भन्नेमा ढुक्क भने नभएको बताइन्। 

आफूहरुले दाजु गुमाएको भए पनि अरु कसैले यस्तो पीडा भोग्न नपरोस् र अदालतको चक्करमा पर्न नपरोस् भन्ने आफूहरुको चाहना भएको उनले बताइन्। 


यो श्रृङ्खलाका थप सामग्रीहरु:

मापदण्ड विपरीत क्रसर उद्योगः वातावरण र बस्ती जोखिममा, दुर्घटना भए ‘दैवी प्रकोप’को नाम

ढुंगा, गिट्टी उत्खननसम्बन्धी मापदण्ड संशोधनसँगै बस्ती छिर्दै क्रसर

प्रकाशित मिति: शुक्रबार, साउन २७, २०७९  १२:३१
  • ##मापदण्ड विपरीत क्रसर

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
हितेन्द्रको रिटमा कारण देखाउ आदेश
जनार्दनले घोषणा गरे ‘प्रगतिशील अभियान,नेपाल’
निकोलस भुसाल पक्राउ
सम्बन्धित सामग्री
दशक ७० मा राजनीति : संविधान, नाकाबन्दीदेखि संसद् विघटनसम्म नेपालले राजनीतिक रुपमा यो दशक कसरी पार गर्‍यो? कस्ता उतारचढाबहरू बेहोर्नुपर्‍यो? त्यसको आकलन गर्न सहज हुने गरी नेपाल लाइभले यस दशकका... मंगलबार, चैत २८, २०७९
०८ सालयताका प्रधानन्यायालयको फैसला उतारिरहेका दिनेशराज पन्त अक्षरहरू ‘गुँथिए’ झैँ लाग्ने पुराना नेपाली कागज टेबलमा राखिएका छन्। हत्तपत्त ठम्याउन नसकिने शब्दहरूलाई उनी पावरवाल चस्माको सहारामा ह... बिहीबार, फागुन १८, २०७९
बबई पुल कसका कारण भयो अलपत्र? सर्वोच्च पुग्यो पप्पु, सडक विभाग नयाँ बोलपत्रको हिम्मत नै गर्दैन पप्पु कन्स्ट्रक्सन प्रालिले निर्माण गरेको उक्त पुल भासिनुमा सडक विभाग निर्माण कम्पनीलाई दोष दिएर पन्छिँदै आएको छ भने निर्माण कम्पनील... सोमबार, फागुन १५, २०७९
ताजा समाचारसबै
हितेन्द्रको रिटमा कारण देखाउ आदेश मंगलबार, कात्तिक १८, २०८२
जनार्दनले घोषणा गरे ‘प्रगतिशील अभियान,नेपाल’ मंगलबार, कात्तिक १८, २०८२
निकोलस भुसाल पक्राउ मंगलबार, कात्तिक १८, २०८२
ज्ञानेन्द्र शाहीको राजेन्द्र लिङ्देन र धवल शमशेरलाई चेतावनीपूर्ण अपिल: "मिलेर जान सक्दैनौ भने युवाहरूको भविष्य बर्बाद गर्ने अधिकार छैन" मंगलबार, कात्तिक १८, २०८२
एकता प्रक्रियामा सहभागी नहुने घोषणा गरेका माओवादी नेता शर्माले पत्रकार सम्मेलन गर्दै मंगलबार, कात्तिक १८, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
जङ्गी अड्डा लाइभ, Gen Z
जङ्गी अड्डा लाइभ, Gen Z बिहीबार, भदौ २६, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
डीआईजीमा पाँच जना बढुवा : अख्तियारमा खनाल, सीआईबीमा खत्री सोमबार, कात्तिक १७, २०८२
कुलमानको निर्णयविरुद्ध अदालत गए हितेन्द्र सोमबार, कात्तिक १७, २०८२
आज यी चार प्रदेशमा वर्षासहित हिमपातको सम्भावना मंगलबार, कात्तिक १८, २०८२
सुरु भयो कांग्रेस संस्थापन पक्षका केन्द्रीय सदस्यहरूको भेला सोमबार, कात्तिक १७, २०८२
एकता प्रक्रियामा सहभागी नहुने घोषणा गरेका माओवादी नेता शर्माले पत्रकार सम्मेलन गर्दै मंगलबार, कात्तिक १८, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
जेन-जी क्रान्ति: उपलब्धि, अवसर, चुनौती र अबको उत्तरदायित्व अरुण क्षेत्री
नेपालमा मुख स्वास्थ्य संकट: लाखौँलाई असर गर्ने दन्त रोग किन रोक्न सकिएन? नेपाल लाइभ
युवा उमेरमै किन थाक्छ मन र मस्तिष्क? बर्नआउटको कारण र समाधान डा. प्रज्ञा सिंह
दुर्गमका कर्मचारीको सुरक्षा : चुनौती र समाधान नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
प्रेम र आकर्षणको मध्यबिन्दुमा ‘देवयानी’ शनिबार, भदौ ७, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
पेट्राेलकाे मूल्य बढ्याे शुक्रबार, कात्तिक १४, २०८२
नेपाल प्रहरीका एसएसपी रानाभाटले दिए राजीनामा बुधबार, कात्तिक १२, २०८२
किस्ट मेडिकल कलेज तथा शिक्षण अस्पताल र मृतकका आफन्तबीच सहमति मंगलबार, कात्तिक ११, २०८२
ओली र लेखकलाई तोकिएको स्थानहदविरुद्ध सर्वोच्चले दिएन अन्तरिम आदेश शुक्रबार, कात्तिक १४, २०८२
दाहाल संयोजक र नेपाल सहसंयोजक हुने गरी माओवादी र नेकपा एससहित आठ दलबीच एकता आइतबार, कात्तिक १६, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2025 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्