काठमाडौँ – विश्वकप छनोट तथा यूएईमा ओडीआई र वेस्ट इण्डिजविरुद्ध सिरिज खेलेर नेपाली राष्ट्रिय क्रिकेट टोली स्वदेश फर्किएको छ ।
ओमानबाट स्वदेश फर्किएको टोलीलाई युवा तथा खेलकुदमन्त्री बब्लु गुप्ता र क्यानका सचिव पारस खड्काले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गरे ।
टोलीले यूएईमा वेस्ट इन्डिजविरुद्धको ऐतिहासिक सिरिज हात पार्यो भने ओमानमा टी– २० विश्वकप छनोटको उपाधि हात पार्यो । यूएईमा भएको आईसीसी विश्वकप लिग २ मा भने खराब प्रदर्शन गर्यो ।
लामो समय विदेशमा खेलेर फर्किएका खेलाडी अब भने घरेलु लिग नेपाल प्रिमियर लिगमा सहभागी हुनेछन् । नेपाल प्रिमियर लिग १ मंसिरबाट सुरु हुँदै छ ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।