काठमाडौं। सोलुखुम्बुको खुम्बु पासाङल्हामु गाउँपालिका–४ स्थित फेरुचे हेलिप्याडमा दुई हेलिकप्टर आपसमा ठोक्किँदा एक विदेशी नागरिकको मृत्यु भएको छ भने एक जना घाइते भएका छन्।
मंगलबार बिहान करिब ८:११ बजे फिस्टेल एयर र डाइनेस्टी एयरका हेलिकप्टर अवतरण गर्ने क्रममा एकआपसमा ठोक्किएर दुर्घटना भएको हो।
दुर्घटनामा एक विदेशी नागरिकको मृत्यु भएको र एक जना घाइते भएको प्रारम्भिक विवरण प्राप्त भएको प्रहरीले जनाएको छ। घाइतेलाई प्रभु हेलिकप्टरमार्फत उद्धार गरी उपचारका लागि लुक्ला पठाइएको छ।
दुर्घटनापछि हेलिकप्टरमा आगलागी भने नभएको जनाइएको छ।
घटनाको विस्तृत विवरण, मृतकको पहिचान र दुर्घटनाको कारणबारे थप जानकारी आउन बाँकी रहेको प्रहरीको भनाइ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।