मुम्बई- मलयालम फिल्मका सुपरस्टार ममूती ७१ वर्ष पुगेका छन्। ५० वर्षको फिल्म करिअरमा उनका १०० भन्दा बढी फिल्म हिट छन्। उनी अहिले पनि फिल्ममा सक्रिय छन्। उनका छोरा दुलकर सलमान पनि फिल्म क्षेत्रमा छन्।
तीनपटक पद्मश्रीबाट सम्मानित ममूटीले करिअरको सुरुआत १९७१ मा मलयालम फिल्म 'अनुभावंगल पालिचकल'बाट गरेका हुन्। एलएलबी पढेका उनले दुई वर्षसम्म वकालत गरे। फिल्ममा रुचि भएका उनी वकालत छाडेर अभिनयमा सक्रिय बने।
ममूटी धेरै फिल्म खेल्ने अभिनेतामा गनिन्छन्। ८० को दशमा उनले एकै वर्ष ३५ फिल्ममा अभिनय गरेका थिए। उनको नाम मलयालमा फिल्ममा सबैभन्दा धेरै ‘डबल’ भूमिका निभाउने अभिनेताका रुपमा पनि परिचित छ।
उनी रोमान्स, एक्सन र इमोसनल सबै विधामा उत्तिकै जमेका अभिनेता हुन्। उनको फ्यान फलोइङ यस्तो छ कि फिल्मको टिकटका लागि रातभर लाइनमा बस्न दर्शक तयार हुन्छन्।
उनलाई साउथका अम्बानी पनि भनिन्छ। उनी मलयालम कम्युनिकेशनका चेअरमेन हुन्। जसअन्तर्गत कैराली टीभी, कैराली न्यूज र कैराली–बी टीभी रहेका छन्। रिपोर्ट्सका अनुसार उनको प्रतिवर्ष आम्दानी ५० करोड रुपैयाँ हो। उनी प्रत्येक फिल्मका लागि पारिश्रमिक १० करोड रुपैयाँ लिन्छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।