१. संसद्को आयु बढाउने सरकारको प्रस्तावमा प्रतिपक्ष र सत्तापक्षकै सांसदको आपत्ति, फागुनसम्म लैजाने प्रक्रियाबाट पछि हट्दै सरकारद्वारा संशोधन स्वीकार, अब संसद्को आयु असोज १ गतेसम्म मात्र । (पछि हट्यो सरकार)
२. कांग्रेसले ८० सिटको वरिपरि मान्ने सम्भावना बढेको प्रचण्डको दाबी, माओवादीले ६० आसपास सिट पाउने उल्लेख, सिट बाँडफाँटको विषय पेचिलो बनिरहेको माधव नेपालको भनाइ । (प्रचण्डको दाबी)
३. भर्ना र शान्ति मिसन छनोटमा ब्यापक अनियमितता भएको विषय १८७ जना आर्मीमाथिको कोर्टमार्सल सैनिक अदालत हुँदै सर्वोच्चसम्म, दुई मेजरको पुनर्बहाली योजना समाप्त । (टुंगियो कोर्टमार्सलको मुद्दा)
४. श्रमशक्तिको अभाव भएपछि अस्ट्रेलियाले बढायो स्थायी आप्रवासन गर्न पाउने विदेशीको कोटा, एक लाख ९५ हजार विदेशी नागरिकलाई स्थायी आप्रवासनको अनुमति दिने । ( अस्ट्रेलियाले बढायो कोटा)
५. र, नवौं राष्ट्रिय खेलकुदका लागि कर्णाली प्रदेशद्वारा क्रिकेट टिमको घोषणा, रविन्द्र जंग शाहीको कप्तानीमा १४ सदस्ययी टोली, कर्णालीको पहिलो खेल भदौ २३ मा लुम्बिनी प्रदेशविरुद्ध । (कर्णालीको टोली घोषणा)
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।