काठमाडौं– साउथ इन्डियन स्टार विजय देवकोडाको लाइगरको हिन्दी भर्सनले अहिलेसम्म कुल ५.७५ करोड आम्दानी गरेको छ। यो अपेक्षा गरेकोभन्दा निकै कम भएको भारतीय सञ्चार माध्यमले जनाएका छन्।
हिन्दी बाहेक तमिल, मलयालम र कन्नडमा पनि लाइगर रिलिज भएको थियो। त्यहाँ उक्त फिल्मले १७ करोड आम्दानी गर्न सफल भएको थियो। फिल्मले आफ्नो प्रर्दशनको दोस्रो दिन ४.१० देखि ४.४० करोड रुपैयाँको कलेक्सन गरेको थियो। जसका कारण साउथमा यसको कमाइ २१ करोड प्लस भएको थियो ।
लाइगरलाई शुरुमै नेगेटिभ रिभ्यु मिलेको थियो। यसैको असर स्वरुप फिल्म प्रर्दशनको दोस्रो दिन बक्स अफिस कलेक्सनमा गिरावट देखिन थालेको थियो।
मुख्य रुपमा यो फिल्म तेलगुमा बनेको हो। लाइगर हिन्दी, तमिल, मलयालम र कन्नडमा पनि रिलिज हुनुका साथै अग्रेजी भर्सनमा पनि रिलिज गरिएको थियो। यदि विकेन्टमा पनि लाइगरको बक्स अफिस कलेक्सन गिरावट नै रहेमा फिल्म निर्माताहरुका लागि ठूलो नोक्सान उठाउनुपर्ने देखिएको छ।
यदि फिल्मले दर्शकलाई हलसम्म ल्याउन सक्छ भने दुई हप्ता पर्याप्त समय हुने यसले बक्स अफिसमा कमाइ पनि गराउने भएपनि लाइगरको हकमा त्यो नदेखिएको बलिवुड हङ्गामाले उल्लेख गरेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।