• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बुधबार, भदौ १०, २०८३ Wed, Aug 26, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
सुरक्षा/अपराध
गायिका सुनार मृत्यु प्रकरण

प्रारम्भिक अनुसन्धानमा आत्महत्या भनेको प्रहरी कसरी पुग्यो हत्याको निष्कर्षमा?

64x64
नारायण अधिकारी बिहीबार, साउन ५, २०७९  १८:०९
1140x725

काठमाडौं–प्रारम्भिक अनुसन्धानको क्रममा लोकदोहोरी गायिका दिलमाया सुनार (विक)ले आत्महत्या गरेको हुनसक्ने विश्लेषण गरेको प्रहरीले विस्तृत अनुसन्धान गर्दा हत्या भएको निष्कर्ष निकालेको थियो। 

२५ दिन लामो अनुसन्धानपछि हत्या भएको निष्कर्ष निकालेको प्रहरीले सोही अनुसार मुद्दा चलाउनुपर्ने भन्दै अनुसन्धान फाइल जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंमा गत सोमबार बुझाएको थियो। 

सरकारी वकिल कार्यालयले पनि फाइल अध्ययन गरिसकेपछि पक्राउ परेका अभियुक्त सूर्य भनिने खिलबहादुर श्रेष्ठविरुद्ध बिहीबार जन्मकैदको सजाय माग गर्दै जिल्ला अदालत काठमाडौंमा मुद्दा दर्ता गरेको छ। 

मुलुकी फौजदारी अपराध संहिताको दफा १७७ को कसुर गरेको भन्दै सोही दफाको  उपदफा २ बमोजिम जन्मकैदको सजाय माग गरिएको छ। साथै पीडित पक्षलाई क्षतिपूर्ति समेत भराउनुपर्ने अभियोगपत्रमा उल्लेख गरिएको छ। 

तर यो घटनाको सुरुआती अनुसन्धानको क्रममा दुरुत्साहन हुनसक्ने विश्लेषण गरिएको थियो। पछि अनुसन्धान गर्दा हत्या भएको निष्कर्ष निकालेपछि घटनामा ट्वीस्ट आएको थियो। टिकाकुमारी पुन, सीमा भनिने ज्ञानु तामाङ, दिलमाया बस्ने घरमै बस्ने सर्वोतम श्रेष्ठ, डाक्टर एवन पौडेलको बयानलाई आधार बनाएर अनुसन्धान टुंग्याएको छ। 

सुनारको हत्याको निष्कर्षमा कसरी पुग्यो? प्रहरीले केलाएका हत्याका कारणहरुबारे नेपाल लाइभले खोतल्ने प्रयास गरेको छ। 

शारीरिक र मानसिक यातना 
गायिका दिलमाया दोहोरी साँझमा गाउने गर्थिन्। दोहोरी साँझमै जाँदा श्रेष्ठसँग चिनजान भएपछि उनीहरु विगत दुई वर्षदेखि प्रेममा थिए। तर, श्रेष्ठलाई दिलमायाले दोहोरी साँझमा गाएको मन परेको थिएन। 

अभियोगपत्रमा उल्लेख भएअनुसार श्रेष्ठले बारम्बार दोहोरी साँझमा नगाउन भन्दै दिलमायालाई भन्ने गरेका थिए। दोहोरीमा गाउन नजाउ भन्दै रोक्ने, केही भन्यो भने धम्की दिने, तेजाब खन्याउछु भन्ने, मैले भनेको नमाने जे पनि गर्नसक्छु भन्ने, मार्छु भन्दै धम्की दिने गरेको कुरा बयान गरिएका मान्छेबाट खुलेको अभियोपत्रमा दाबी गरिएको छ। 

nimb
nimb
Ncell 2
Ncell 2

बेला–बेलामा प्रेमी श्रेष्ठले कोठामा बन्धक बनाएर राख्ने र शारीरिक तथा मानसिक यातना दिने गरेकाले सोही कारण गत वर्षको मंसिर महिनामा विषादी सेवन गरेरसमेत आत्महत्याको प्रयास गरेको भन्ने बयानबाट खुलेको कुरालाई प्रहरीले प्रमाणको रुपमा औंल्याएको अभियोगपत्रबाट खुल्छ।

झुण्डिएर आत्महत्या गर्ने ठाउँ देखिँदैन 
आरोपित श्रेष्ठले दिलामायाले आत्महत्या गरेको भनेर बयान दिए पनि त्यस्तो नदेखिएको प्रहरीको दाबी छ। झुण्डिएको अवस्थामा लाश नहुनु, पासो लगाई आत्महत्या गरेको जस्तो कुनै पनि स्थान तथा वस्तु नदेखिनुलाई प्रहरीले हत्यासँग जोडेर हेरेको छ। 

अर्कोतर्फ घटना भएको रात उनीहरु दुबै जनासँगै बसेर मदिरा सेवन गरेको खुल्नु, मृतकको पाखुरा र खुट्टामा आलो चोटहरु हुनुजस्ता कुराले उनको आत्महत्या भएको नभई हत्या भएको हुनसक्ने निष्कर्ष निकालिएको देखिन्छ।

मोबाइल नभेटिनु
दिलमायाको मोबाइल फोन अहिलेसम्म भेटिएको छैन। मोबाइल फोन नभेटिनुलाई प्रहरीले हत्यासँग दाँजेर हेरेको छ। मोबाइल भेटिएको अवस्थामा त्यसमा भएका प्रमाणहरुबाट आफू दोषी ठहर हुनसक्ने भन्दै प्रेमी श्रेष्ठले नै मोबाइल फालिएको हुनसक्ने विषय औल्याइएको छ। 

श्रेष्ठ आफैंले पनि राति सुत्ने बेलासम्म दिलमाया मोबाइल चलाइरहेको भनेर बयान दिनु र मोबाइल चलाउने मान्छे मृत भेटिँदा मोबाइल नभेटिनुले यसमा प्रेमी श्रेष्ठकै भूमिका रहेको उल्लेख गरिएको छ। 

फेसबुक स्टाटस
गायिका दिलमायाको फेसबुक स्टाटसलाईसमेत आफैंले लेखेको हो भन्ने भ्रम पार्ने उदेश्यले प्रेमी श्रेष्ठले नै लेखेको प्रहरीले निष्कर्ष निकालेको छ।

बाँच्न नसक्ने भन्दै आत्महत्या गर्ने उल्लेख गर्दै यायिका श्रेष्ठको फेसबुकमा स्टाटस लेखिएको थियो। मोबाइलसमेत नभेटिनुले यो स्टाटस नै प्रेमी श्रेष्ठले लेखेको दाबी अभियोगपत्रमा उल्लेख गरिएको छ। 

‘मृतकले आत्महत्या गरेको हो भन्ने भ्रम पार्न फेसबुकमा स्टाटस पोष्ट गरिएको देखिन्छ’ अभियोगपत्रमा उल्लेख गरिएको छ।

कसैलाई खबर नगरी सल लिएर भाग्नु
मदिरा सेवन गरेपछि आफू सुतेको र बिहानीपख ४ बजे ब्युझिएपछि हेर्दा दिलमाया सलको पासो लगाएर आत्महत्या गरेको बयान दिए पनि प्रहरीले भने यो घटनालाई हत्या भएको निष्कर्ष निकालेको छ। 

आत्महत्या गरेको देखेपछि कोही कसैलाई खबर गर्नुपर्नेमा कसैलाई पनि खबर नै नगरी फरार हुनुले संका उब्जाएको कुरा अभियोगपत्रमा उल्लेख गरिएको छ। अर्कोतर्फ आत्महत्या गर्न प्रयोग भनिएको सल नै लिएर श्रेष्ठ भाग्नुले प्रमाण नष्ट गराउने उदेश्य रहेको निष्कर्ष निकालिएको छ। 

आफ्नो फोटा च्यातेर नष्ट गर्नु
प्रहरीले गरेको मुचुल्कामा उल्लेख भएअनुसार मृतक दिलमायाको कोठाको टेवलमा फोटाको एल्बम भेटिएको थियो। जम्मा १५२ थान फोटा भएकोमा एल्बम बाहिर टेबलमाथि ४५ थान फोटा फेला परेका थिए। सोही टेवलमाथि एउटा फोटोको भने च्यातिएको आधा भाग भेटिएको थियो। 

च्यातेको आधा भागमा दिलमायाको फोटा थियो। आधामा भने अभियुक्त श्रेष्ठकै फोटो रहेको खुलेको अभियोग पत्रमा उल्लेख छ। दिलमायासँगै बसेर खिचेका फोटाहरुबाट समेत प्रमाण खुल्ने भन्दै प्रेमी श्रेष्ठले आफ्नो फोटाहरु भने च्यातेर नष्ट गरेको विषयलाई पनि प्रहरीले हत्याको प्रमाणको रुपमा पेस गरेको छ। 

दिलमायासँग खिचिएका भित्तामा टाँसिका फोटाहरु च्यात्नु र कोठाभित्र प्रतिवादीका कुनै पनि फोटाहरु नहुनुलाई श्रेष्ठले प्रमाण नष्ट गर्ने प्रयास गरेको उल्लेख गरिएको छ। 

प्रेमी श्रेष्ठको बयान : ब्युझिँदा दिलमायालाई झ्यालमा झुण्डिएको दखेपछि फस्ने डरले सल लिएर भागेको हुँ 
गोठाटारमा सुनचाँदी पसल सञ्चालन गर्दै सपरिवार बस्दै आएको छौं। अन्दाजी २ वर्ष पहिले रमाईलो गर्न भनी चुच्चेपार्टीस्थित दोहोरी साँझमा दोहोरी हेर्न गएका बेला दिलमायासँग चिनजान भएको हो। त्यसको १०÷११ महिनापछि दिलमायाले इन्द्रेणी कार्यक्रममा आफू पेट सम्बन्धी बिरामी भएको, आर्थिक रुपमा एकदमै कमजोर भएको, श्रीमानसँग सम्बन्ध विच्छेद भएको भनी अन्तर्वार्ता दिएको मैले सुनेको थिएँ। 

त्यसपछि मैले फोन गरेर तपाईंको अन्तर्वार्ता हेरेँ, तपाईंलाई म पनि जतिसक्दो आर्थिक सहयोग गर्न चाहान्छु भन्दा उनले म अहिले टिचिङ अस्पतालमा छु, त्यतै आउनुहोस् भनिन्। त्यतिबेला ४ हजार सहयोग गरेको थिएँ। 

त्यसपछि हामी क्रमिक रुपमा एकअर्कामा नजिक भयौं। २०७८ सालको भदौ महिनामा उनी र म दक्षिणकाली मन्दिर पनि गएका थियौं, सो बेला हामीहरुले फोटोसमेत खिचेका थियौं। पछिका दिनहरुमा म कहिलेकाँही उनको डेरा–कोठामा जाने आउँने गरेका कारण सोही बेलादेखि हामीहरुको शारीरिक सम्बन्धसमेत हुने गरेको थियो। 

यसैक्रममा असार १० गते उनले मलाई फोन गरी तपाईंसँग काम छ, आज मेरो कोठामा आउँनुहोस् भनेकी थिइन्। तर म काम विषेशले जान पाएको थिएनँ, निजले पुनः अपरान्हको समयमा मलाई फोन गरी बोलाएपछि मैले म पसल बन्द गरेर आउँछु तर आज म तिमीसँग बस्न पाउँदैन भन्दा उनले हुन्छ पछि गइहाल्नुहोला भनेकी थिइन्। 

त्यसपछि म पसल बन्द गरी आउँन लाग्दा उनले मलाई खसीको मासु खान मन लागेको छ, खसीको मासु ल्याएर आउनुहोला भनेकीले मैले हुन्छ भनी मोटरसाइकलमा चढी बालाजु चोकमा ५ सयको खसीको मासु किनेर उनको कोठामा गएँ। 

कोठामा मैले लोकल रक्सी, मासु खाएँ उनले मासु र ड्यु खाइन्। त्यसपछि मैले खाना पस्केर हामीहरु दुवै जनाले एउटै थालमा खाना खाएका हौं। मलाई टाउको दुखेकाले दुबै जना मोटरसाइकलमा बसपार्क पुगेर औषधि लिएर आएका थियौं।

कोठामा आएपछि म भुइँको म्याट्रेसमा पल्टिएँ। एकैछिनमा निदाएछु। अन्दाजी बिहानीपख ४ बजेतिर ब्यूझिँदा कोठाको लाईट बन्द थियो। कोठाको पश्चिमतर्फ रहेको झ्यालमा मानिस उभिएको जस्तो बाहिर सडकखण्डमा बलिरहेको बत्तीको उज्यालोले देखिएकोले मैले उक्त दृश्य देख्ने बित्तिकै के हो भन्ने सोची झस्किएँ, हतार–हतार उठेर लाइट बाल्दा उक्त दिलमायालाई झ्यालको माथिल्लो भागमा रहेको दुवै भ्यान्टिलेसनको बीचमा रहेको काठमा सलको पासो लगाई झुण्डिइएको अवस्थामा देखेपछि म आत्तिए।

बोलाउँदा नबोलेपछि एक हातले हल्का माथि सारी अर्को हातले भेन्टिलेसनको बीच काठमा लगाएको पासो खोली उनलार्ई ओच्छ्यामा सुताई मेरो मुखबाट कृतिम अक्सिजन दिई उनको छातीमा दबाए। तर, उनी बोलिनन्। शरीर चिसो भइसकेको रहेछ।  त्यसपछि उनी झुण्डिएको सल खल्तीमा राखी म आफू फस्छु होला भनेर मोटरसाइकलमा आफ्नो कोठामा आएँ।

यो पनि पढ्नुहोस

लोकगायिका सुनारको पोस्टमार्ट रिपोर्ट: मृत्युको कारण ह्याङ्गिङ, ‘घाँटी दबाएको’ देखिएन

यो पनि पढ्नुहोस

गायिका सुनार मृत्यु प्रकरण: मध्यराति सँगै बसेर मदिरा सेवन, मृत्युपछि प्रेमी सल बोकेर फरार!

यो पनि पढ्नुहोस

गायिका सुनारको मृत्यु शंकास्पद देखियो, मोबाइलसमेत भेटिएन : प्रहरी

यो पनि पढ्नुहोस

गायिका सुनार मृत्यु घटना : महाराजगञ्जको नालीमा फेला पर्‍यो सल

यो पनि पढ्नुहोस

दोहोरी गायिका दिलमाया डेरामा मृत भेटिइन्, एक जना पक्राउ

यो पनि पढ्नुहोस

गायिका सुनार मृत्यु प्रकरणमा ट्वीस्ट : हत्या भएको प्रहरी निष्कर्ष, अनुसन्धान फाइल बुझाउँदै

यो पनि पढ्नुहोस

गायिका सुनार हत्या प्रकरण : जन्मकैदको सजाय माग गर्दै मुद्दा दर्ता

 

प्रकाशित मिति: बिहीबार, साउन ५, २०७९  १८:०९

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नारायण अधिकारी
नेपाल लाइभका वरिष्ठ संवाददाता अधिकारी सुरक्षा तथा अपराध बिटमा रिपोर्टिङ गर्छन्।
लेखकबाट थप
भिजिट भिसामा सेटिङ : फरार ६ अध्यागमन अधिकृत सुटुक्क अदालत उपस्थित हुँदै धरौटीमा छुटे
सुन तस्करी प्रकरण : जाँचबुझ आयोगले कृष्णबहादुर महराको मोबाइल डीएफएलमा पठायो
जीबी-रवि जोडिएको सूर्यदर्शन सहकारी प्रकरण : सीआईबीको टोलीले पोखरा पुगेर सुरु गर्‍यो अनुसन्धान
सम्बन्धित सामग्री
महिला ट्राफिक प्रहरीमाथि हातपात गर्ने युवक पक्राउ, पाँच दिनको म्याद लिएर अनुसन्धान सुरु उनीविरुद्ध ड्युटीमा खटिएका राष्ट्रसेवकलाई आफ्नो कर्तव्य निर्वाहमा बाधा गरेको, अभन्द्र व्यवहार गरेको कसुरमा जिल्ला प्रशासन कार्यालय क... मंगलबार, भदौ ९, २०८३
साढे तीन क्वीन्टल बढी गाँजासहित तीन जना पक्राउ उदयपुर, कटारी नगरपालिका—४ मरूवा खोला नजिकबाट लागूऔषध गाँजा १९९ किलो ३२० ग्राम सहित कटारी नगरपालिका—४ कान्छी बजार बस्ने रूपन्देही घर... मंगलबार, भदौ ९, २०८३
स्रोत नखुलेको ३१ लाख नगदसहित चिनियाँ नागरिक पक्राउ पक्राउ पर्नेमा चिनियाँ राहदानी नम्बर ईएलआई ४७८१३८ बाहक ५२ वर्षीय एमए यागुबी रहेका छन्। लागुऔषध नियन्त्रण ब्युरोको टोलीले भदौ ८ गते उ... मंगलबार, भदौ ९, २०८३
ताजा समाचारसबै
लगातार दोस्रो जितको खोजिमा नेपाल बुधबार, भदौ १०, २०८३
देशभर मनसुनी वायुको प्रभाव, कोशी र बागमतीसहितका क्षेत्रमा भारी वर्षाको सम्भावना बुधबार, भदौ १०, २०८३
आज यस्तो छ विदेशी मुद्राको विनिमयदर बुधबार, भदौ १०, २०८३
प्रतिनिधिसभामा प्रधानमन्त्रीले सांसदका प्रश्नको जवाफ आज दिने बुधबार, भदौ १०, २०८३
डोल्पामा एकैपटक देखिए तीन हिउँ चितुवा, आहारको खोजीमा गाउँ पसेको अनुमान मंगलबार, भदौ ९, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
जब अधिवक्ता राइ मुद्दा हारेपछि सर्वोच्चको छतमा पुगे... मंगलबार, भदौ ९, २०८३
तीनवटा अस्पतालले ‘निमोनिया’ ठानेको समस्या, सिटीस्क्यानपछि खुल्यो ७ वर्षीय बालकको श्वासनलीमा इमलीको दाना मंगलबार, भदौ ९, २०८३
संसद् छिर्दा प्रधानमन्त्री बालेनले किन लगाउँछन् कालो चस्मा ? यस्तो रहेछ कारण मंगलबार, भदौ ९, २०८३
सर्वोच्चमा रिट दर्तापछि नेता दीपक खड्काले किन गरे अदालत ‘सेटिङ’को कुरा ? मंगलबार, भदौ ९, २०८३
सम्पत्ति छानबिन आयोगसम्बन्धी मुद्दामा बालेनको विशेष ‘चासो’, सर्वोच्चको आदेशलाई प्रधानन्यायाधीशले गर्लान् ‘न्याय’? मंगलबार, भदौ ९, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
युवा पलायन रोक्न सीप, रोजगारी र उद्यमशीलतामा ठोस नीति हुनुपर्छ : सरोज बाँनिया नेपाल लाइभ
राजनीतिक दल र आदिवासी आन्दोलनले नयाँ पुस्तालाई सम्बोधन गर्न नसक्दा ‘विद्रोह’ भयो : पर्शुराम तामाङ नेपाल लाइभ
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
सबै हेर्नुहोस
विचारसबै
संविधानमा गरिनुपर्ने मुलभूत संशोधन र परिमार्जन डा. नारायण घिमिरे
प्रेस स्वतन्त्रता: बालेन सरकारले संविधान मिचेको तीन प्रमाण नेपाल लाइभ
तत्कालीन राजा ज्ञानेन्द्र शाहकाे प्रत्यक्ष शासनमा म र गगन थापा जयप्रकाश आनन्द
देउवा दाइ, ज्ञानेन्द्र शाहले सकेनन् तर 'यिनी'हरूले सक्नैपर्छ! डिबी खड्का
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
प्रधानमन्त्री र प्रधानन्यायाधीश एकैपटक पोखरा हुँदै मुस्ताङ किन जाँदैछन् ? बिहीबार, भदौ ४, २०८३
प्रधानमन्त्रीसँग प्रश्नोत्तरका लागि ११ सांसदको नाम दर्ता, क–कसले सोध्दैछन् प्रश्न? सोमबार, भदौ ८, २०८३
जब अधिवक्ता राइ मुद्दा हारेपछि सर्वोच्चको छतमा पुगे... मंगलबार, भदौ ९, २०८३
११ हजार कर्मचारी कारबाहीको दायरामा बुधबार, भदौ ३, २०८३
पार्टी निर्णयविपरीत गतिविधि गरेको भन्दै उद्धव थापा पदमुक्त सोमबार, भदौ ८, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्