काठमाडौं– गोली प्रहारबाट गम्भीर घाइते भएका जापानका पूर्व प्रधानमन्त्री शिन्जो आबेको निधन भएको छ।
उनको उपचारका क्रममा अस्पतालमा निधन भएको जापानी सरकारी समाचार संस्थाले पुष्टि गरेको छ, भने विभिन्न अन्तर्राष्ट्रिय सञ्चार माध्यमले पनि निधन भएको जनाएका छन्।
शुक्रबार बिहान चुनावी अभियानका क्रममा नारा सहरको सडकमा आयोजना गरिएको एक कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा एक बन्दूकधारीले उनीमाथि गोली प्रहार गरेका थिए।
लगत्तै बेहोस भएका उनलाई अस्पताल लगिएको थियो। उपचारका क्रममा उनको निधन भएको हो।
जापानका प्रधानमन्त्री फुमियो किशिदाले घृणित कार्य भएको प्रतिक्रिया दिएका छन्। गोली प्रहार गर्ने व्यक्तिलाई जापानी सुरक्षा अधिकारीहरुले पक्राउ गरिसकेका छन्। गोली किन प्रहार गरियो र उनी को हुन भन्नेबारे केही सार्वजनिक भएको छैन।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।