तस्बिर : रोयटर्स।
काठमाडौं– जापानका पूर्वप्रधानमन्त्री सिन्जो आबेमाथि गोली प्रहार भएको छ। अबेको छातीमा गोली लागेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन्।
जापानको नारा सहरमा भाषण गर्दागर्दै उनीमाथि गोली प्रहार भएको बीबीसीले उल्लेख गरेको छ। गोली लागेपछि उनी सडकमै ढलेका थिए। उनी ढलेको ठाउँमा रगत देखिएको थियो। उनलाई तत्काल उपचारका लागि अस्पताल लगिएको छ।
स्थानीय समयअनुसार बिहान साढे ११ बजे उनीमाथि गोली प्रहार भएको भएको। गोली प्रहारमा संलग्न रहेको आरोपमा एक जना पुरूषलाई पक्राउ गरी हिरासतमा राखिएको रोयटर्सले लेखेको छ।
आगामी आइतबार जापानको माथिल्लो सदनका लागि चुनाव हुँदैछ। उक्त चुनावी अभियानको कार्यक्रममा आबेले सम्बोधन गरिरहेका थिए। आबे सन् २०१२ देखि २०२० सम्म जापानको प्रधानमन्त्री थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।