• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बुधबार, जेठ २०, २०८३ Wed, Jun 3, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
अर्थ समाचार

संसदमा बजेटमाथि रस्साकस्सी : कमिसनको विषयमा घोचपेच, प्रतिपक्षीको आलोचना बचाउमा केन्द्रित सत्तापक्ष

64x64
नेपाल लाइभ मंगलबार, जेठ १७, २०७९  १९:३०
1140x725

काठमाडौं– सरकारले प्रस्तुत गरेको आर्थिक वर्ष २०७९/८० को बजेटलाई प्रतिपक्षी दलहरुले वितरणमुखी र चुनावी घोषणपत्रजस्तो भन्दै आलोचना गरेका छन्। बजेटमाथि प्रतिनिधिसभामा जारी छलफलका क्रममा सत्तापक्षीय सांसदहरुले भने सरकारको बचाउ गरेका थिए। 

प्रमुख प्रतिपक्षी एमालेका उपाध्यक्ष एवं पूर्वअर्थमन्त्री विष्णु पौडेलले मंगलबार बजेटमाथिको छलफलमा बोल्दै सामाजिक सुरक्षा भत्ता किन पाँच हजार नपुर्‍याएको भनेर प्रश्न गरे। 

‘यता बाँड्ने, त्यता बाँड्ने, उता बाँड्ने, पर्याप्त मात्रामा वितरणमुखी छ यो कार्यक्रम। सबैतिर वितरण नै वितरण छन्,’ उनले भने, ‘धेरै उदारमना नेतृत्व पाएको छ बजेटले भन्ने कुरा छर्लङग छ। यति धेरै वितरणमुखी बजेट ल्याउन सक्ने अवस्था हो भने सामाजिक सुरक्षा भत्ता पाँच हजार किन नपुर्‍याएको?’

पौडेलले मतदाता रिझाउन बजेट ल्याएको भनेर गरेको टिप्पणीलाई कांग्रेस सांसद डा मीनेन्द्र रिजालले प्रतिवाद गरे। उनले गतवर्ष संसद् विघटन गरेर निर्वाचन घोषणा गर्दा ल्याइएको र अहिलेको बजेट पढ्न पौडेललाई सुझाव दिए। ‘पूर्ववक्ता मेरो मित्रले बजेट निर्वाचनमुखी छ भन्नुभयो। अघिल्लो वर्ष जेठ ८ गते प्रतिनिधिसभा विघटन भयो। प्रतिनिधिसभा नभएका बेला जेठ १५ गते बजेट प्रस्तुत गर्नुभयो,’ उनले भने, ‘संसद छलेर निर्वाचनको घोषणा गरेर जसरी बजेट ल्याउनुभएको थियो, त्यो भन्दा त अहिलेको बजेट निकै राम्रो छ।’ उनले आफ्नो भूमिका बदलियो भन्नेबित्तिकै छलाङ मार्ने टिप्पणी नगर्न प्रतिपक्षी दलका नेताहरुलाई सुझाव दिए। 

माओवादी केन्द्रका नेता एवं पूर्वअर्थमन्त्री वर्षमान पुन पनि बजेटमा बचाउमा उत्रिए। सरकारको प्राथमिकतामा रहेर प्रस्तुत गरिएको बजेट अहिलेको अर्थतन्त्रको मागअनुरुपको भएको उल्लेख गर्दै उनले यो बजेट समयमै कार्यान्वयन हुने र निश्चित उद्देश्य हासिल गर्न सफल हुने उनको भनाइ थियो।

पुनले नेपालको अर्थतन्त्र निर्यातमुखी नभएर आयातमुखी रहेको भन्दै यसलाई कम गर्न अहिलेको बजेटले सकारात्मक भूमिका निर्वाह गर्ने दाबी गरे। उत्पादनमा आधारित अर्थतन्त्र, रोजगारी सिर्जना गर्नेलगायतका कुराहरु राखिएको भन्दै उनले सरकारले बजेट यथार्थपरक नै रहेको बताए। ‘रोजगारी वृद्धि र स्वरोजगार बनाउने बजेट आफैँमा महत्वपूर्ण छ,’ उनले भने, ‘उनले निर्यात दोब्बर गर्ने कुरा र आयात २० प्रतिशतले घटाउने कुरा राम्रो छ।’

सरकारले ल्याएको बजेट चुनावी घोषणापत्रजस्तो भनी पूर्व अर्थमन्त्री पौडेलले गरेको टिप्पणीको जवाफ फर्काउँदै पूर्व अर्थमन्त्री पुनले प्रश्न गरे, ‘गठबन्धनको घोषणापत्र हो भने कर्मचारी, सेना, प्रहरी किसान, ज्येष्ठ नागरिक सबै अब गठबन्धनकै भए त? ६८ वर्षकाले वृद्धभत्ता पाउनेछन् ती सबै हाम्रै भए त? कृषिमा उत्पादन वृद्धिको कुरा  गरिएको छ, त्यसो भए ती सबै किसान गठबन्धनकै हुने भएन त?’

उनले अघिल्लो पटक संसद विघटन भएका बेला पनि पूर्णआकारमै बजेट ल्याएको विषयलाई नर्बिसन पौडेललाई आग्रह गरे। 

nimb
nimb
Ncell 2
Ncell 2

पूर्व अर्थमन्त्री पुनले बजेटमा ४ दशमलब ८ प्रतिशतका हिसाबले सार्वजनिक ऋण घटाउने विषय सकारात्मक भएको बताए। अहिलेको गठबन्धन सरकार पछिसम्म जाने भन्दै उनले अहिले सार्वजनिक भएको बजेटबाट महत्वपूर्ण आयोजनाले सार्थकता पाउने बताए।

‘बजेटले नागरिक खुसी’
नेकपा एकीकृत समाजवादीका सांसद मेटमणि चौधरीले समग्र नेपालीको माग सम्बोधन गर्ने खालको बजेट आएको बताए। सरकारले उत्पादन वृद्धि गर्ने, गरिबी निवारण गर्नेलगायतका कुराहरुलाई प्राथमिकतामा राखेका कारण यो बजेट सकारात्मक रहेको उनको भनाइ छ। सरकारले ल्याएको बजेटले नागरिक खुसी रहेको उनको दाबी छ। 

लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) सांसद अनीलकुमार झाले यो बजेट जनताको हितमा नरहेको भन्दै आलोचना गरे। बजेट सांसद र ठूला नेताको चाहनाहरु अनुसार आएको र वितरणमुखी भएको उनको भनाइ छ। 

‘यो बजेट आगामी चुनावकेन्द्रित भएर ल्याइएको छ, वर्षायाममा आउनसक्ने बाढीपहिरोलगायतका प्राकृतिक विपत्तीलाई समेट्ने खालका कुनै योजना बजेटमा छैनन्, यो आपत्तीजनक हो,’ उनले भने। 

‘कमिसन नआउने भएर स्वास्थ्य र शिक्षाको बजेट घटाइएको हो?’
एमाले सांसद योगेश भट्टराईले शिक्षा र स्वास्थ्य क्षेत्रमा बजेट घटाइएको भन्दै आपत्ती जनाए। अर्थमन्त्रीलाई शिक्षा र स्वास्थ्यमा कमिसन नआउने भएर बजेट घटाएको हो भन्दै प्रश्न गरे। ‘टिकटकमा भिडियो आएको छ, उहाँ प्रतिनिधिसभाको सदस्य हुँदा एउटा इन्टरभ्यु दिनुभएको रहेछ,’ उनले भने, ‘शिक्षा र स्वास्थ्यमा २० प्रतिशत बजेट हुनुपर्‍यो, त्यो भिडियोमा उहाँले किन बजेट बढाउँदैनन् भन्दा त्यहाँबाट कमिसन आउँदैन भन्नुभएको रहेछ।’ 

‘अहिलेको बजेटमा उहाँले शिक्षा र स्वास्थ्यमा बजेट २० प्रतिशत पनि पुर्‍याउनु भएन। अब अर्थमन्त्रीलाई सोध्न चाहन्छु शिक्षा र स्वास्थ्य क्षेत्रबाट कमिसन नआउने भएर बजेट नबढाउनुभएको हो?’, भट्टराईले भने। 

नेपाली कांग्रेसका सांसद तथा व्यवसायी विनोद चौधरीले सरकारले ल्याएको बजेट सकारात्मक भन्दै सरकारले नयाँ दृष्टिकोण र दृढता प्रस्थान गर्ने विन्दृुमा बजेट आएको बताए। यसपालिको बजेटले निजी क्षेत्रको विकासको कुरालाई प्रष्टरुपमा स्वीकार गरेको उनको भनाइ छ। 

‘समस्या पैसाको होइन रहेछ भन्ने कुरा विगतका आयोजनाले प्रष्ट पारिसकेका छन्,’ उनले भने, ‘प्रदेशलाई जिम्मेवार बनाउने र बजेट दिने कामलाई नकारात्मक रुपमा हेर्न सक्दैनौं।’ पूर्वपश्चिम राजमार्ग चार लेनको बनाउनेलगायत संरचना निर्माणमा छुट्टाइएको बजेट महत्वपूर्ण रहेको उनको भनाइ छ। ‘१० लाख पर्यटक भित्र्याउने भनिएको छ। त्यतिमात्रै होइन। यहाँ पूर्वाधार र संरचना निर्माण गर्न सकेमा चीन र भारतबाट मात्रै ५० लाख पर्यटक ल्याउन सकिन्छ,’ उनले भने।

अहिलेको बजेटले विकास आयोजनालाई अगाडि बढाउन प्रष्ट खाका ल्याएको भन्दै उनले कार्यान्वयनमा लैजान सके त्यसले समग्र मुलुकको विकास हुने बताए। 

'शिक्षकलाई पार्टीको काममा मात्र लगाइयो, तालिम पनि दिऊँ’

माओवादी केन्द्रका सांसद सुरेन्द्र कार्कीले नेपाललाई अगाडि बढाउन किसानलाई प्राथमिकतामा राख्नपर्ने अवस्था रहेको बताए। सरकारले कृषि क्षेत्रलाई प्राथमिकतामा राखेका कारण यो बजेट सकारात्मक रहेको भन्दै उनले यसलाई कार्यान्वयनमा जोड दिन सुझाव दिए। उनले शिक्षकलाई तालिम दिने व्यवस्था गर्न पनि अर्थमन्त्रीको ध्यानाकर्षण गराए। 

‘पार्टीबाहेक शिक्षकलाई अन्यत्र काममा नै लगाइएन, यो बन्द गरौं। उनीहरुलाई शिक्षित बनाउनेतर्फ ध्यान दिऊँ,’उनले भने,‘तबमात्र शिक्षामा छुट्टाइएको बजेटको पूर्ण सदुपयोग हुन्छ र त्यसले प्रतिफल दिन्छ।’ उनले शिक्षा र स्वास्थ्यमा छुट्टाएको बजेटलाई कसरी प्रभावकारी बनाउने भन्नेतर्फ कार्यक्रम सञ्चालन गरिनुपर्ने बताए। 
‘मेलम्ची नेपालमै पर्छ हैन र?’
एमाले सांसद शेरबहादुर तामाङले सिन्धुपाल्चोकको मेलम्चीमा बाढीले पुर्‍याएको क्षतिको पुनःनिर्माण र प्रभावित जनतालाई राहत दिने काममा अर्थमन्त्रीको किन आँखा नपरेको भन्दै प्रश्न गरे। 

‘मेलम्चीको बाढी आयो, सरकारको अर्थमन्त्रीको आँखा पर्दैन। त्यो नेपालमै पर्छ हैन र? त्यहाँको नदी नियनत्रण गर्ने जनतालाई पुनःस्थापना गर्ने कार्यक्रम ल्याउनुपर्दैन?,’ प्रश्न गर्दै उनले भने,‘नीति तथा कार्यक्रमदेखि हेर्दै आएँ तर, केही भएन।’ 

उनले स्वास्थ्य बिमा निजी क्षेत्रलाई दिने हो भने जनताको स्वास्थ्य अझ महंगो हुने बताए। ‘बिमा कम्पनी भनेर बोलेको छ। कतै निजी क्षेत्रलाई दिन खोजेको त होइन?’उनले भने,‘जुनसुकै रोग लागोस् बिमाबाट शतप्रतिशत ओगट्छु भनेर किन भन्न सक्नु हुन्न?,’ उनले भने।

कांग्रेस सांसद मानबहादुर विश्वकर्माले बजेटले प्रविधिको क्षेत्रमा विशेष ध्यान दिएको भन्दै बजेट जनताको स्तरोन्नति गर्न केन्द्रित भएको दाबी गरे। 

‘जनताको भावना पढेर आएको बजेट’
माओवादी केन्द्रका सांसद गजेन्द्रबहादुर महतले सरकारले कर्णाली क्षेत्रका लागि सकारात्मक बजेट ल्याएको बताए। उनले अर्थमन्त्रीले डाक्टर पढेरभन्दा पनि जनताको भावना पढेर बजेट ल्याएको भन्दै प्रशंसा गरे। इडक्सन चुल्हो वितरण गायत कृषि क्षेत्रमा ल्याइएका कार्यक्रममा कर्मचारी र बिचौलियाको चलखेल अहिलेदेखि सुरु भइसकेको भन्दै उनले सरकारले त्यसमा ध्यान दिनुपर्ने बताए। 

‘प्रत्येक घरमा एउटा विद्युतीय चुल्हो दिने भनेर कार्यक्रम राखिएको छ। यसमा अहिलेदेखि नै कर्मचारी र विचौलियाले चलखेल गर्न लागिसके,’ उनले भने, ‘त्यो चुल्हो कहाँबाट ल्याउने, कति कमिसन आउँछ भनेर चक्कर लगाउन थालिसके।’ उनले कृषि मन्त्रालयमा नै सबैभन्दा बढी भ्रष्टाचार र कमिसनको खेल हुने भन्दै सरकारले यसमा ध्यान दिनुपर्ने बताए।

नेपाली कांग्रेसका सांसद मोहनप्रसाद पाण्डे योजना छनोट गर्दा तागत पुगेको ठाउँमा मात्रै छनोट गरिएको भन्दै आपत्ति जनाए। उनले बाटा र राजमार्गका धेरै नाम आए पनि सिद्धार्थ राजमार्गका बारेमा किन नबोलेको भन्दै अर्थमन्त्रीलाई प्रश्न गरे। ‘अरु राजमार्गमा अर्बौं बजेट विनियोजन गर्दा पोखरा–बुटबल खण्डका लागि किन बजेट विनियोजन गरिएन,’ उनले भने। उनले सांसद विकास कोषलाई कटौती गरिएको भन्दै त्यो सकारात्मक नभएको बताए।

राष्ट्रिय सभामा एमसीसीको प्रश्न
राष्ट्रियसभाको बैठकमा माओवादी सांसद नारायणकाजी श्रेष्ठले एमसीसी परियोजना खारेज भएको हो भनेर अर्थमन्त्री जनार्दन शर्मालाई प्रश्न गरेका छन्। उनले सरकारले ल्याएको बजेट सकारात्मक भए एमसीसी परियोजनाबारे कुरा नउठेकोमा असन्तुष्टि व्यक्त गरे। नेपालको संसद्बाट एमसीसी पारित गर्दा १२ बुँदे व्याख्यात्मक घोषणा गरिएको भन्दै उनले त्यो अमेरिकाले नमाने तत्काल खारेज गर्ने भनिएको उल्लेख गरे।

उनले अहिलेसम्म अमेरिकाबाट त्यस्तो कुनै प्रतिक्रिया नभएको बताए। ‘लप्सीफेदी, रातमाटे, हेटौंडा, दमौली, बुटवल, गोरखपुर ४ सय केबीको प्रसारण लाइन निर्माण गर्ने कार्य अगाडि बढाइने कुरा बजेटमा प्रस्तुत भएको छ,’उनले प्रश्न गरे,‘त्यो भनेको के हो? यसअघि भनेजस्तै एमसीसी योजनाअनुसार हो कि सरकार आफैँ बनाउन खोजेको हो?’ उनले गठबन्धन सरकारका तर्फबाट प्रस्तुत गरेको बजेट सकारात्मक र स्वागतयोग्य भएको भन्दै कार्यान्वयनको प्रक्रियामा सबैले साथ सहयोग आवश्यक रहेको बताए।

प्रकाशित मिति: मंगलबार, जेठ १७, २०७९  १९:३०

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
केन्द्रीय समिति र लिङ्देनले वैधानिकता गुमाइसकेको धवल शम्शेर राणाको दाबी
सेय बजार २.६६ अंकले वृद्धि
मोदीसँग भेटेपछि रविले भने, ‘नेपाल–भारत सम्बन्धलाई विकास कूटनीतिको नयाँ युगतर्फ अघि बढाउनु पर्छ’
सम्बन्धित सामग्री
सेय बजार २.६६ अंकले वृद्धि १४९ कम्पनीको मूल्य बढ्दा ११६ को घट्यो भने ६ को स्थिर रह्यो । कारोबार रकम बढेको छ । अघिल्लो दिन ५ अर्ब २६ करोडको कारोबार भएकोमा आज ५... बुधबार, जेठ २०, २०८३
सुनचाँदीको मूल्य बढ्यो, आज कतिमा हुँदैछ कारोबार ? सुन प्रतितोला ४ सय रुपैयाँले बढेर आज प्रतितोला ३ लाख ११ हजार ३ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको... मंगलबार, जेठ १९, २०८३
अर्थमन्त्री वाग्लेले भने– बिजुलीमा उपभोक्तालाई मार पर्दैन नेपाल सरकारको पूर्ण स्वामित्वमा सात सय मेगावाट हाइड्रो इलेक्ट्रिक प्लान्टहरु रहेका र तीबाट ट्वान्टी नाइन हन्ड्रेड मिलियन (२ अर्ब ९०... सोमबार, जेठ १८, २०८३
ताजा समाचारसबै
केन्द्रीय समिति र लिङ्देनले वैधानिकता गुमाइसकेको धवल शम्शेर राणाको दाबी बुधबार, जेठ २०, २०८३
सेय बजार २.६६ अंकले वृद्धि बुधबार, जेठ २०, २०८३
मोदीसँग भेटेपछि रविले भने, ‘नेपाल–भारत सम्बन्धलाई विकास कूटनीतिको नयाँ युगतर्फ अघि बढाउनु पर्छ’ बुधबार, जेठ २०, २०८३
रास्वपा सभापति रवि लामिछाने र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबिच भेटवार्ता बुधबार, जेठ २०, २०८३
मानवअधिकार आयोगको प्रतिवेदनबारे ओलीले के भने ? बुधबार, जेठ २०, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
करिब ५५ लाख रुपैयाँ लुकाएर मलेसिया जान लागेका एयरलाइन्सका एक कर्मचारी पक्राउ मंगलबार, जेठ १९, २०८३
भीडले बनाएको नेतृत्व किन अन्ततः एक्लिन्छ ? मंगलबार, जेठ १९, २०८३
एक खेल अगावै नेपाल एसियन गेम्समा छनोट मंगलबार, जेठ १९, २०८३
रास्वपाले भन्यो : सीमाबारे प्रधानमन्त्रीको अभिव्यक्तिले नेपाललाई अझ बलियो बनायो मंगलबार, जेठ १९, २०८३
काँग्रेस संसदीय दलका नेता तथा सुदूरपश्चिमका मुख्यमन्त्रीलाई दलको नेताबाट हटाउन अविश्वास प्रस्ताव दर्ता मंगलबार, जेठ १९, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
भीडले बनाएको नेतृत्व किन अन्ततः एक्लिन्छ ? सुरेश गिरी
महासंघमा गुटको राजनीति र स्थगित अधिवेशन: एकता र आत्मसुधारको निर्णायक घडी विप्लव अधिकारी
न बदलिएको समाज सुरेश गिरी
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
कर्मचारीको तलब २१ प्रतिशतले वृद्धि शुक्रबार, जेठ १५, २०८३
एमएमएमा रवीन्द्रको ऐतिहासिक जित, रोड टु यूएफसीको सेमिफाइनलमा बिहीबार, जेठ १४, २०८३
अमेरिकाले इरानलाई पठायो सम्झौताको सुरुवाती ड्राफ्ट बुधबार, जेठ १३, २०८३
सन्दीप, दीपेन्द्र र कुशल लंका प्रिमियर लिगमा अनुबन्धित सोमबार, जेठ १८, २०८३
अर्थमन्त्रीले पनि भने– सबैले इन्डक्सन चुलो बाल्ने र इलेक्ट्रिक गाडी चढ्ने हो भने देशभर विस्फोट हुन्छ आइतबार, जेठ १७, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्