• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
मंगलबार, असोज २०, २०८३ Tue, Oct 6, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
अर्थ समाचार

बजेटमाथि छलफल : पूर्वअर्थमन्त्री र पूर्व छाया अर्थमन्त्रीबीच कटाक्ष

64x64
नेपाल लाइभ मंगलबार, जेठ १७, २०७९  १९:०३
1140x725

काठमाडौं- आइतबार सार्वजनिक भएको आर्थिक वर्ष २०७९/८० को बजेटमाथि प्रतिनिधि सभामा छलफल सुरु भएको छ। मंगलबार सुरु भएको छलफलको सुरुवातमा बोल्ने तीन नेता थिए, एमाले उपाध्यक्ष तथा पूर्वअर्थमन्त्री बिष्णु पौडेल, कांग्रेसका पूर्व छाया अर्थमन्त्री मीनेन्द्र रिजाल र माओवादी नेता तथा पूर्वअर्थमन्त्री बर्षमान पुन। सुरुवातमा बोलेका पौडेलले बजेटका कैयौँ विषयलाई लिएर आलोचना र व्यंग्य गरे भने उनीमाथि रिजाल र पुनले उसैगरी घोचपेच गरेका थिए। अगाडि नै बोलेका पौडेलप्रति कटाक्ष गर्न रिजाल र पुनलाई सहज भएको थियो।

पौडेलले बजेटलाई गोस्वारा भाषामा लेखिएको निबन्ध जस्तो भएको बताए। सुख्खा जमिनमा घस्रिन खोजेको चिप्लेकिरा जस्तो भएको बताए। त्यस्तै, उनले निबन्धरुपी बजेटले कुनै डेलिभरी दिन सक्ने विश्वास गर्न नसकिने बताए। उनको निष्कर्ष थियो- 'समग्रतामा यो बजेट उल्टो दिशामा यात्रा गरिरहेको छ। भन्दा समृद्धिको कुरा गरिएको छ। आर्थिक वृद्धिको कुरा गरिएको छ। मुद्रास्फिती नियन्त्रणको कुरा गरिएको छ। तर यसले उल्टो यात्रा तय गरेको छ। यसले हाम्रो देशको अर्थतन्त्रलाई अधोगतितिर लैजाने कुरा निश्चित छ। त्यसकारण यो बजेटको कार्यान्वयनले देशलाई थप धेरै संकटतर्फ धकेल्छ भन्ने ठम्याइ छ।'

पौडेलपछि बोलेका रिजाल र रिजालपछि बोलेका पुन दुवैले पौडेलको ठम्याइप्रति काउन्टर तर्क राखेका थिए। उनीहरुले बजेटको दिशा ठीक रहेको दाबी गरेका थिए। रिजालले भने- 'बजेटको मूल दिशा ठीक छ। यो अवस्थामा योभन्दा पृथक ढंगको बजेट आउन सक्ने थिएन। जस्तो आउनुपर्ने थियो, त्यो आएको छ। मैले अर्थमन्त्रीलाई धन्यवाद दिनुपर्दछ कि ठीक प्राथमिकताहरु समातेर ल्याउनुपर्ने खालको बजेट ल्याउनुभएको छ।'

पुनले भने विभिन्न सन्दर्भमा बजेटलाई क्रान्तिकारी भन्न भ्याए। 'बजेटमा कृषिमा ३२ प्रतिशत बृद्धि भएको छ। यो आफैंमा क्रान्तिकारी छलाङ नै हो। यस अर्थमा अर्थमन्त्री र सरकारलाई विशेष धन्यवाद दिन चाहन्छु', उनको भनाइ थियो।

पौडेलले सगरमाथा पुग्ने फास्ट ट्र्याक र काठमाडौं-चितवन फास्ट ट्र्याकको पनि व्यंग्य मिश्रित आलोचना गरे। निजी क्षेत्रको लगानीमा चतराबाट सगरमाथा र मिर्चैयाबाट लुक्ला हुँदै सगरमाथा जाने दुइटा द्रुत मार्गको प्रस्ताव गरिएको भन्दै उनले यो कार्यक्रमलाई मुक्तकण्ठले प्रशंसा गर्ने कि के गर्ने? भन्दै प्रश्न गरे। त्यसपछि उनी चितवन-काठमाडौं आयोजनातिर लागे। 'चितवनबाट काठमाडौं एक घण्टामा पुग्ने द्रुत मार्गको परिकल्पना त छँदैछ। यो त अत्यावश्यक आयोजना नै हो। यो त पक्कै पनि छिट्टै कार्यान्वयनमा जानेछ भनेर आशा गर्न चाहन्छु', उनले व्यंग्य मिश्रित भाषामा भने।

चितवनमा सत्ता साझेदार दल नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको निर्वाचन क्षेत्र पर्छ। सोही जिल्लामा पर्ने भरतपुर महानगरपालिकाको मेयरमा उनकै छोरी रेनु दाहाल निकै चर्चासाथ दोस्रो पटकका लागि निर्वाचित भएकी थिइन्। पौडेलले प्रचण्डको राजनीतिक फाइदाका लागि यो आयोजना प्रस्ताव गरिएको हो भनेर सन्देश दिने गरी त्यस किसिमले व्यंग्य गरेको बुझ्न कठिन छैन।

पौडेलले सरकारको चुनावसम्मको लागि भए पनि दीर्घकालका लागि बजेट ल्याएको भन्ने दोहोर्‍याए। त्यसमै टेकेर उनले बजेटलाई सत्तारुढ दलको चुनावी पर्चाजस्तो भने। भोट बटुल्ने उद्देश्यले आएको उनको तर्क थियो। पाँच महिनाको चुनावी सरकारले अचम्म अचम्मको दाबी गरेको उनको दाबी छ। रिजालले पौडेलको यो तर्कमाथि पटकपटक कटाक्ष गरिरहे। खासगरी २०७८ सालमा प्रतिनिधि सभा विघटन गरेर अध्यादेशबाट बजेट जारी गरिएकोप्रति रिजालले आफ्नो तारो केन्द्रित गरेका थिए।

'यो बजेटलाई प्रतिनिधि सभाले पारित गर्ने हो। ६/७ महिना अवधि भनेको पनि जुन दिनसम्म प्रतिनिधि सभा रहन्छ, त्यो दिनसम्म प्रतिनिधि सभाबाट अनुमोदन गर्ने बजेटलाई तपाईंले संसद् छलेर, संसद् विघटन गरेर अनि बजेट पनि भन्न नमिल्ने गरी सार्वजनिक खर्चको जानकारी भनेर प्रस्तुत गर्नुपर्ने परिस्थितिसँग तुलना गर्नु उचित भएन। तपाईंले निर्वाचनको घोषणा गरेर निर्वाचनलाई प्रभावित गर्ने खालको जेजे भाषा प्रयोग गर्नुभएको थियो।  त्योभन्दा निकै कम भाषा छ', रिजालको भनाइ छ।

Ncell 2
Ncell 2
nimb
nimb

रिजालले पौडेलसँग आफ्नो नाता पर्ने र नाता पर्ने ठाउँमा तीव्र आलोचना गर्नु नहुने भनिरहे। तर आलोचना गर्न पनि छाडेनन्। उनको भनाइ थियो, 'जो जो आक्रामक हुनुभएको छ। पोहोर साल मैले (पौडेल) गरेको थिएँ। यसपालि उहाँले (अर्थमन्त्री शर्मा) गर्नुभयो। तर उहाँले (अर्थमन्त्री शर्मा) राम्रै गर्नुभयो। म प्रतिनिधि सभाबाट भागेर गरेको थिएँ। उहाँ प्रतिनिधि सभामा बसेरै गर्नुभएको छ भन्ने मात्रै बुझिएदिए पुग्छ।'

पुनले पनि प्रतिनिधि सभा विघटन गरेपछि आफूहरुको सुझावविपरीत पौडेलले नै 'फुलफ्लेज' सरकार जसरी बजेट ल्याएको स्मरण गराए। ट्याक्स हेरफेर पनि गरेको बताए। अहिलेको सरकार त फुलफ्लेज नै भएको र गठबन्धन पनि चुनावपछिसम्म जाने विश्वास व्यक्त गरे।

पौडेलले आलोचना खेपेको अर्को विषय हो, सामाजिक सुरक्षा भत्ता ६८ वर्ष पूरा भएका नागरिकलाई दिने बजेटमा गरिएको प्रस्ताव। उनले माओवादी केन्द्रबाट अर्थमन्त्री भएका शर्माप्रति लक्षित गर्दै वितरणमुखी कार्यक्रममा उदारमना देखाएको भए पनि सामाजिक सुरक्षा भत्ता पाँच हजार किन नपुर्‍याएको भन्ने प्रश्न गरे। त्यसपछि उनले एमाले र माओवादी केन्द्रको संयुक्त चुनावी घोषणापत्र स्मरण गराए। 'त्यतिबेला एमाले र माओवादीले संयुक्त चुनावी घोषणापत्र थियो। त्यसमा हामीले पाँच वर्षमा पाँच हजार पुर्‍याउँछौँ भनेर दाबी गरेका थियौँ। र स्वभावैले त्यो दाबीसँग वर्तमान अर्थमन्त्रीजी दिलदेखि नै सहमत हुनुहुन्थ्यो भन्ने मलाई थाहा छ। यति धेरै वितरणमुखी अघि सार्न सक्ने सरकारले एक ढंगले जनतासँग गरिएको प्रतिबद्धतालाई किन अनुशरण नगरिएको? किन सामाजिक सुरक्षा भत्तालाई पाँच हजार बनाउने जिम्मेवारीबाट पन्छिएको?'

त्यसलाई रिजालले खण्डन गर्दै सरकार फेरिएकाले सरकार पौडेलहरुको घोषणाको कार्यक्रम कसरी आउँछ? भन्ने प्रतिप्रश्न गरे।

Xtrem

Xtrem

पौडेलले बजेटलाई गठबन्धनको घोषणापत्र भनेका थिए। त्यही तर्कमा टेकेर पुनले सोधे- 'गठबन्धनको घोषणापत्र भनियो। त्यसो हो भने एक लाख बीस पच्चीस हजार संघीय, प्रादेशिक र स्थानीय तहका कर्मचारी, एक लाख सेना, एक लाख प्रहरी र सशस्त्र प्रहरी, ६८ वर्षमाथिका १२ लाख ज्येष्ठ नागरिक सबै गठबन्धनका मान्छे भए? पाँच खर्बको कोष बनाएर किसानहरुलाई राहत दिने कुरा, पेन्सनको कुरा छ। सबै किसान अब गठबन्धनका हुने भए?'

प्रकाशित मिति: मंगलबार, जेठ १७, २०७९  १९:०३

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
कांग्रेस १५औँ महाधिवेशन : अन्तिम मतदाता नामावली सार्वजनिक
जनताको अपेक्षा बुझ्न ‘हामी आउँदैछौँ’ अभियान : प्रवक्ता खरेल
सर्वोच्च अदालतको न्यायाधीशमा चार जनाको नाम सिफारिस
सम्बन्धित सामग्री
आज यस्तो छ विदेशी मुद्राको विनिमयदर नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १५३ रुपैयाँ... मंगलबार, असोज २०, २०८३
घट्यो सुनको मूल्य आइतबारको तुलनामा सोमबार छापावाल सुनको मूल्य तोलामा ४०० रुपैयाँले घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । सोमबार, असोज १९, २०८३
राष्ट्र बैंकले ३० करोड थान २ रुपैयाँका सिक्का टकमारी गर्ने नेपाल राष्ट्र बैंकले २ रुपैयाँ दरका ३० करोड थान चल्तीका सिक्का टकमारी गरी आपूर्ति गर्न अन्तर्राष्ट्रिय बोलपत्र आह्वान गरेको छ। राष्ट... सोमबार, असोज १९, २०८३
ताजा समाचारसबै
कांग्रेस १५औँ महाधिवेशन : अन्तिम मतदाता नामावली सार्वजनिक मंगलबार, असोज २०, २०८३
जनताको अपेक्षा बुझ्न ‘हामी आउँदैछौँ’ अभियान : प्रवक्ता खरेल मंगलबार, असोज २०, २०८३
सर्वोच्च अदालतको न्यायाधीशमा चार जनाको नाम सिफारिस मंगलबार, असोज २०, २०८३
कांग्रेस उपसभापतिमा पुष्पा भुसाल निर्विरोध मंगलबार, असोज २०, २०८३
काँग्रेस सभापतिमा उम्मेदवारी दिँदै राठौरले भने : ‘पार्टी ठिक ढंगले चलेको छैन, अनुशासित र मर्यादित बनाउँछु’ मंगलबार, असोज २०, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णय सोमबार, असोज १९, २०८३
चोलेन्द्र प्रकरणमा तानिए सशस्त्रका एआईजी वंशीराज दाहाल , सूचना चुहाएको भन्दै निलम्बित सोमबार, असोज १९, २०८३
गोकुलको टिप्पणी– गगनलाई प्रधानमन्त्री बालेनले ‘नयाँ दल’ भनेर नहेपेको भए हुने ! सोमबार, असोज १९, २०८३
यस्तो छ कांग्रेस निर्वाचन कार्यतालिका, मतदान कहाँ-कहाँ? सोमबार, असोज १९, २०८३
प्रधानमन्त्री बालेन शाहको दावी ‘ कांग्रेसले २०१५ सालदेखि घोषणा पत्रमा लेख्यो, हामीले लालपुर्जा वितरण सुरु गर्‍यौं ’ सोमबार, असोज १९, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सबै हेर्नुहोस
ब्लग
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
२८ वर्षपछि चीनलाई एसियाली खेलकुद फुटबलमा पदक, प्रशिक्षक भन्छन्– ‘भविष्य उज्ज्वल छ’ शनिबार, असोज १७, २०८३
३०/५५ को प्रावधानसहितको निजामती सेवा विधेयक संसदमा पेस गर्ने मन्त्रिपरिषद्को निर्णय मंगलबार, असोज १३, २०८३
निम्तो दिने शैलीप्रति असन्तुष्ट देउवा, महाधिवेशनमा नजाने आइतबार, असोज १८, २०८३
चोलेन्द्रसँग सम्पर्क देखिएपछि दीपक भट्टको जेल सरुवा शनिबार, असोज १७, २०८३
फ्लाई दुबई घटनामा नयाँ अपडेट : घाइते क्याप्टेन स्थिर, यूएईले खोज्दैछ घटनाको उद्देश्य बिहीबार, असोज १५, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्