• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
सोमबार, पुस १४, २०८२ Mon, Dec 29, 2025
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
अर्थ समाचार

बजेटमाथि छलफल : पूर्वअर्थमन्त्री र पूर्व छाया अर्थमन्त्रीबीच कटाक्ष

64x64
नेपाल लाइभ मंगलबार, जेठ १७, २०७९  १९:०३
1140x725

काठमाडौं- आइतबार सार्वजनिक भएको आर्थिक वर्ष २०७९/८० को बजेटमाथि प्रतिनिधि सभामा छलफल सुरु भएको छ। मंगलबार सुरु भएको छलफलको सुरुवातमा बोल्ने तीन नेता थिए, एमाले उपाध्यक्ष तथा पूर्वअर्थमन्त्री बिष्णु पौडेल, कांग्रेसका पूर्व छाया अर्थमन्त्री मीनेन्द्र रिजाल र माओवादी नेता तथा पूर्वअर्थमन्त्री बर्षमान पुन। सुरुवातमा बोलेका पौडेलले बजेटका कैयौँ विषयलाई लिएर आलोचना र व्यंग्य गरे भने उनीमाथि रिजाल र पुनले उसैगरी घोचपेच गरेका थिए। अगाडि नै बोलेका पौडेलप्रति कटाक्ष गर्न रिजाल र पुनलाई सहज भएको थियो।

पौडेलले बजेटलाई गोस्वारा भाषामा लेखिएको निबन्ध जस्तो भएको बताए। सुख्खा जमिनमा घस्रिन खोजेको चिप्लेकिरा जस्तो भएको बताए। त्यस्तै, उनले निबन्धरुपी बजेटले कुनै डेलिभरी दिन सक्ने विश्वास गर्न नसकिने बताए। उनको निष्कर्ष थियो- 'समग्रतामा यो बजेट उल्टो दिशामा यात्रा गरिरहेको छ। भन्दा समृद्धिको कुरा गरिएको छ। आर्थिक वृद्धिको कुरा गरिएको छ। मुद्रास्फिती नियन्त्रणको कुरा गरिएको छ। तर यसले उल्टो यात्रा तय गरेको छ। यसले हाम्रो देशको अर्थतन्त्रलाई अधोगतितिर लैजाने कुरा निश्चित छ। त्यसकारण यो बजेटको कार्यान्वयनले देशलाई थप धेरै संकटतर्फ धकेल्छ भन्ने ठम्याइ छ।'

पौडेलपछि बोलेका रिजाल र रिजालपछि बोलेका पुन दुवैले पौडेलको ठम्याइप्रति काउन्टर तर्क राखेका थिए। उनीहरुले बजेटको दिशा ठीक रहेको दाबी गरेका थिए। रिजालले भने- 'बजेटको मूल दिशा ठीक छ। यो अवस्थामा योभन्दा पृथक ढंगको बजेट आउन सक्ने थिएन। जस्तो आउनुपर्ने थियो, त्यो आएको छ। मैले अर्थमन्त्रीलाई धन्यवाद दिनुपर्दछ कि ठीक प्राथमिकताहरु समातेर ल्याउनुपर्ने खालको बजेट ल्याउनुभएको छ।'

पुनले भने विभिन्न सन्दर्भमा बजेटलाई क्रान्तिकारी भन्न भ्याए। 'बजेटमा कृषिमा ३२ प्रतिशत बृद्धि भएको छ। यो आफैंमा क्रान्तिकारी छलाङ नै हो। यस अर्थमा अर्थमन्त्री र सरकारलाई विशेष धन्यवाद दिन चाहन्छु', उनको भनाइ थियो।

पौडेलले सगरमाथा पुग्ने फास्ट ट्र्याक र काठमाडौं-चितवन फास्ट ट्र्याकको पनि व्यंग्य मिश्रित आलोचना गरे। निजी क्षेत्रको लगानीमा चतराबाट सगरमाथा र मिर्चैयाबाट लुक्ला हुँदै सगरमाथा जाने दुइटा द्रुत मार्गको प्रस्ताव गरिएको भन्दै उनले यो कार्यक्रमलाई मुक्तकण्ठले प्रशंसा गर्ने कि के गर्ने? भन्दै प्रश्न गरे। त्यसपछि उनी चितवन-काठमाडौं आयोजनातिर लागे। 'चितवनबाट काठमाडौं एक घण्टामा पुग्ने द्रुत मार्गको परिकल्पना त छँदैछ। यो त अत्यावश्यक आयोजना नै हो। यो त पक्कै पनि छिट्टै कार्यान्वयनमा जानेछ भनेर आशा गर्न चाहन्छु', उनले व्यंग्य मिश्रित भाषामा भने।

चितवनमा सत्ता साझेदार दल नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको निर्वाचन क्षेत्र पर्छ। सोही जिल्लामा पर्ने भरतपुर महानगरपालिकाको मेयरमा उनकै छोरी रेनु दाहाल निकै चर्चासाथ दोस्रो पटकका लागि निर्वाचित भएकी थिइन्। पौडेलले प्रचण्डको राजनीतिक फाइदाका लागि यो आयोजना प्रस्ताव गरिएको हो भनेर सन्देश दिने गरी त्यस किसिमले व्यंग्य गरेको बुझ्न कठिन छैन।

पौडेलले सरकारको चुनावसम्मको लागि भए पनि दीर्घकालका लागि बजेट ल्याएको भन्ने दोहोर्‍याए। त्यसमै टेकेर उनले बजेटलाई सत्तारुढ दलको चुनावी पर्चाजस्तो भने। भोट बटुल्ने उद्देश्यले आएको उनको तर्क थियो। पाँच महिनाको चुनावी सरकारले अचम्म अचम्मको दाबी गरेको उनको दाबी छ। रिजालले पौडेलको यो तर्कमाथि पटकपटक कटाक्ष गरिरहे। खासगरी २०७८ सालमा प्रतिनिधि सभा विघटन गरेर अध्यादेशबाट बजेट जारी गरिएकोप्रति रिजालले आफ्नो तारो केन्द्रित गरेका थिए।

'यो बजेटलाई प्रतिनिधि सभाले पारित गर्ने हो। ६/७ महिना अवधि भनेको पनि जुन दिनसम्म प्रतिनिधि सभा रहन्छ, त्यो दिनसम्म प्रतिनिधि सभाबाट अनुमोदन गर्ने बजेटलाई तपाईंले संसद् छलेर, संसद् विघटन गरेर अनि बजेट पनि भन्न नमिल्ने गरी सार्वजनिक खर्चको जानकारी भनेर प्रस्तुत गर्नुपर्ने परिस्थितिसँग तुलना गर्नु उचित भएन। तपाईंले निर्वाचनको घोषणा गरेर निर्वाचनलाई प्रभावित गर्ने खालको जेजे भाषा प्रयोग गर्नुभएको थियो।  त्योभन्दा निकै कम भाषा छ', रिजालको भनाइ छ।

Ncell 2
Ncell 2

रिजालले पौडेलसँग आफ्नो नाता पर्ने र नाता पर्ने ठाउँमा तीव्र आलोचना गर्नु नहुने भनिरहे। तर आलोचना गर्न पनि छाडेनन्। उनको भनाइ थियो, 'जो जो आक्रामक हुनुभएको छ। पोहोर साल मैले (पौडेल) गरेको थिएँ। यसपालि उहाँले (अर्थमन्त्री शर्मा) गर्नुभयो। तर उहाँले (अर्थमन्त्री शर्मा) राम्रै गर्नुभयो। म प्रतिनिधि सभाबाट भागेर गरेको थिएँ। उहाँ प्रतिनिधि सभामा बसेरै गर्नुभएको छ भन्ने मात्रै बुझिएदिए पुग्छ।'

पुनले पनि प्रतिनिधि सभा विघटन गरेपछि आफूहरुको सुझावविपरीत पौडेलले नै 'फुलफ्लेज' सरकार जसरी बजेट ल्याएको स्मरण गराए। ट्याक्स हेरफेर पनि गरेको बताए। अहिलेको सरकार त फुलफ्लेज नै भएको र गठबन्धन पनि चुनावपछिसम्म जाने विश्वास व्यक्त गरे।

पौडेलले आलोचना खेपेको अर्को विषय हो, सामाजिक सुरक्षा भत्ता ६८ वर्ष पूरा भएका नागरिकलाई दिने बजेटमा गरिएको प्रस्ताव। उनले माओवादी केन्द्रबाट अर्थमन्त्री भएका शर्माप्रति लक्षित गर्दै वितरणमुखी कार्यक्रममा उदारमना देखाएको भए पनि सामाजिक सुरक्षा भत्ता पाँच हजार किन नपुर्‍याएको भन्ने प्रश्न गरे। त्यसपछि उनले एमाले र माओवादी केन्द्रको संयुक्त चुनावी घोषणापत्र स्मरण गराए। 'त्यतिबेला एमाले र माओवादीले संयुक्त चुनावी घोषणापत्र थियो। त्यसमा हामीले पाँच वर्षमा पाँच हजार पुर्‍याउँछौँ भनेर दाबी गरेका थियौँ। र स्वभावैले त्यो दाबीसँग वर्तमान अर्थमन्त्रीजी दिलदेखि नै सहमत हुनुहुन्थ्यो भन्ने मलाई थाहा छ। यति धेरै वितरणमुखी अघि सार्न सक्ने सरकारले एक ढंगले जनतासँग गरिएको प्रतिबद्धतालाई किन अनुशरण नगरिएको? किन सामाजिक सुरक्षा भत्तालाई पाँच हजार बनाउने जिम्मेवारीबाट पन्छिएको?'

त्यसलाई रिजालले खण्डन गर्दै सरकार फेरिएकाले सरकार पौडेलहरुको घोषणाको कार्यक्रम कसरी आउँछ? भन्ने प्रतिप्रश्न गरे।

पौडेलले बजेटलाई गठबन्धनको घोषणापत्र भनेका थिए। त्यही तर्कमा टेकेर पुनले सोधे- 'गठबन्धनको घोषणापत्र भनियो। त्यसो हो भने एक लाख बीस पच्चीस हजार संघीय, प्रादेशिक र स्थानीय तहका कर्मचारी, एक लाख सेना, एक लाख प्रहरी र सशस्त्र प्रहरी, ६८ वर्षमाथिका १२ लाख ज्येष्ठ नागरिक सबै गठबन्धनका मान्छे भए? पाँच खर्बको कोष बनाएर किसानहरुलाई राहत दिने कुरा, पेन्सनको कुरा छ। सबै किसान अब गठबन्धनका हुने भए?'

प्रकाशित मिति: मंगलबार, जेठ १७, २०७९  १९:०३

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
आयोगमा रमेश लेखकले भने– आन्दोलनमा बल प्रयोगको आदेश दिएको थिइनँ, लोकतन्त्र विरोधीले आन्दोलन हाइज्याक गरे (पूर्णपाठसहित)
मेक्सिकोमा यात्रु बहाक रेल दुर्घटना हुँदा १३ जनाको मृत्यु, ९८ घाइते
काँग्रेस समानुपातिक उम्मेदवारमा संस्थापन पक्षबाट ६०-४० को भागबन्डा प्रस्ताव
सम्बन्धित सामग्री
सुनको मूल्य तोलामा २ लाख ७० हजार नाघ्यो नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुनको मूल्य तोलामा २ लाख ७० हजार ६०० रुपैयाँ कायम भएको हो । जुन मूल्य हालसम्मकै उच्च... आइतबार, पुस १३, २०८२
बढ्यो अमेरिकी डलरको मूल्य आजका लागि निर्धारित विनिमयदर अनुसार अमेरिकी डलरको मूल्य पुनः बढेको छ । निधारण गरिएको विनिमयदर अनुसार, अमेरिकी डलर एकको खरिददर १४३ रु... शनिबार, पुस १२, २०८२
सुनचाँदीको मूल्य सामान्य घट्यो नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको मूल्य तोलामा ६०० रुपैयाँ र चाँदीको मूल्य २० रुपैयाँ घटेको हो । बिहीबार, पुस १०, २०८२
ताजा समाचारसबै
आयोगमा रमेश लेखकले भने– आन्दोलनमा बल प्रयोगको आदेश दिएको थिइनँ, लोकतन्त्र विरोधीले आन्दोलन हाइज्याक गरे (पूर्णपाठसहित) सोमबार, पुस १४, २०८२
मेक्सिकोमा यात्रु बहाक रेल दुर्घटना हुँदा १३ जनाको मृत्यु, ९८ घाइते सोमबार, पुस १४, २०८२
काँग्रेस समानुपातिक उम्मेदवारमा संस्थापन पक्षबाट ६०-४० को भागबन्डा प्रस्ताव सोमबार, पुस १४, २०८२
समानुपातिक उम्मेदवारको बन्द सूची बुझाउन दलहरू आयोग परिसरमा सोमबार, पुस १४, २०८२
रमेश लेखक बयानका लागि आयोगमा उपस्थित सोमबार, पुस १४, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
पाकिस्तानी सेनाकै गढ रावपिन्डीमा हिन्दू विरासतको अन्त्य, कुनैबेलाका बहुसंख्यक, अहिले अस्तित्व नै खतरामा आइतबार, पुस १३, २०८२
रास्वपा–बालेनबिच सात बुँदे सहमति: रवि पार्टी सभापति, बालेन भावी प्रधानमन्त्रीको उम्मेदवार आइतबार, पुस १३, २०८२
सभामुख घिमिरे र उपसभामुख रानाको कार्यकाल औपचारिक रूपमा समाप्त आइतबार, पुस १३, २०८२
बालेन-रवि सहमतिबारे पोखरेलको टिप्पणी: ‘नेपाललाई युक्रेनजस्तै अस्थिर बनाउने षड्यन्त्रको तयारी हुँदैछ’ आइतबार, पुस १३, २०८२
योगेश भट्टराईको दाबी : ‘राजनीतिमा बाह्य चुनौती बढिरहेको छ’ आइतबार, पुस १३, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
न बदलिएको समाज सुरेश गिरी
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
के बच्चा जन्माउनाले महिलाको आयु घट्छ ? नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
बालेनसँगको वार्तापछि बाहिरिए रवि, सञ्चारकर्मीसँग प्रतिप्रश्न- मेरो अनुहारले के भन्छ ? बिहीबार, पुस १०, २०८२
बालेनलाई भेटेपछि कांग्रेस नेता शर्माले भने- संसद् पुनर्स्थापनाबारे छलफल भयो बिहीबार, पुस १०, २०८२
६ वटा दल खारेज गर्ने आयोगको निर्णय, को–को परे? मंगलबार, पुस ८, २०८२
पाकिस्तानी सेनाकै गढ रावपिन्डीमा हिन्दू विरासतको अन्त्य, कुनैबेलाका बहुसंख्यक, अहिले अस्तित्व नै खतरामा आइतबार, पुस १३, २०८२
लुभु हत्याकाण्डमा अर्को शव पनि फेला सोमबार, पुस ७, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2025 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्