• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बुधबार, असोज २१, २०८३ Wed, Oct 7, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
अर्थ समाचार
अर्थतन्त्र मन्थन-११

प्रधानमन्त्री एवं अर्थमन्त्रीज्यू, अर्थतन्त्र सुधार गर्न पहिला सरकार नै मितव्ययी बन्ने कि! 

64x64
दुर्गा दुलाल सोमबार, वैशाख ५, २०७९  ०९:४१
1140x725

काठमाडौं– देशको अर्थतन्त्र श्रीलंकाको बाटोमा गइरहेको चर्चा भइरहँदा अर्थशास्त्री र पूर्वअर्थमन्त्रीहरूले त्यस्तो ‘नाजुक अवस्था’ नरहेको बताएका छन्। तर, संकटको डिलमा पुगेको उनीहरूको चेतावनी छ। 

दक्षिण एसियाको अर्को मुलुक श्रीलंका जसरी आर्थिक संकटमा फसेको छ, त्यसरी नेपाल फस्ने संभावना कम भए पनि सजग बन्नुपर्ने अर्थशास्त्री विश्वम्भ‍र प्याकुरेलको भनाइ छ। त्यस्तै, सत्ता गठबन्धनमा रहेको दल नेकपा माओवादी केन्द्रका नेता एवं पूर्वअर्थमन्त्री वर्षमान पुन नेपाल श्रीलंकाको अवस्थामा नपुगे पनि सावधानी अपनाउनुपर्ने अवस्थामा पुगेको बताउँछन्। 

नेपाल राष्ट्र बैंकका पूर्वगभर्नर चिरञ्जीवी नेपाल र दीपेन्द्रबहादुर क्षत्रीले पनि अहिले नेपाल संकटतर्फ उन्मुख भए पनि समस्यामा नफसेको बताए। अहिलको अर्थतन्त्र सुधारका लागि भने सरकारले अब केही न केही कदम चाल्नुपर्ने उनीहरूको भनाइ छ। सरकारले समयमै उपयुक्त नीति लिएर सही कदम चाल्न नसके देश आर्थिक संकटमा फस्ने अवस्था रहेको उनीहरूको दाबी छ।

तत्काल के गर्ने?
अर्थशास्त्री एवं पूर्वअर्थमन्त्रीहरूका अनुसार देशलाई आर्थिक संकटबाट बचाउन सरकारले तत्काल केही कदम चाल्नुपर्छ। यसका लागि प्रधानमन्त्री र अर्थमन्त्रीले पहलकदमी लिनुपर्ने उनीहरूको टिप्पणी छ। सरकारले प्रमुख दलहरूलाई सहमतिमा लिएर यस्तो कदम चाल्नुपर्ने उनीहरूको सुझाव छ।

अर्थविद्हरू हुन्डीमा कडाइ, सुपारी र मरिचजस्ता वस्तुको आयातमा रोक, विलासिताका सामानमा कडाइजस्ता कदम तत्काल चाल्नुपर्ने बताउँछन्। त्यसैगरी राष्ट्रिय सहमतिमा आर्थिक नीति बनाउने र मितव्ययिता सरकारले आफैंबाट सुरु गर्नुपर्ने पनि उनीहरूले बताएका छन्।

हुन्डीमा कडाइ
सरकारले तत्कालै चाल्नुपर्ने कदममध्येको एक भनेको वैदेशिक रोजगारीमा जाने नेपालीहरूले पठाउने पैसा भित्रिने गैरकानुनी बाटो रोक्नुपर्छ। हुन्डी (गैरबैंकिङ च्यानल) रोक्न कडाइ गर्नुपर्ने अर्थशास्त्रीहरूको भनाइ छ। अर्थमन्त्री जनार्दन शर्मा आफैँ अमेरिकाबाट आएको ४० करोड रुपैयाँ छुटाउन लागिपरेको आरोप लागेको बेला अर्थशास्त्रीहरूले यस्तो रकम बैंकिङ च्यानलबाट ल्याउन सहजीकरण गर्नुपर्ने बताएका हुन्।

नेपालको वैदेशिक मुद्रा सञ्चिति घट्दै जाँदा अर्थतन्त्रमा संकट हुनसक्ने चर्चा चलेको बेला विदेशी विनिमय जम्मा हुने एक मात्र भरपर्दो स्रोत रेमिटेन्स पनि घट्दै गएको छ। रेमिटेन्सलाई बैंकिङ च्यालनमा अनिवार्य ल्याउन कडा नियम बनाउनुपर्ने अर्थशास्त्री प्याकुरेल बताउँछन्। हुन्डी र क्रिप्टोकरेन्सीले संकट बढाउने भन्दै उनले यसबारे सरकारले गम्भीर भएर अध्ययन गर्नुपर्ने उनी बताउँछन्। ‘रेमिटेन्स बैंकमा जम्मा गरेबापत १ प्रतिशत ब्याज दिनेभन्दा पनि किन हुन्डी र क्रिप्टोकरेन्सीतिर आकर्षण बढ्यो भन्ने कुरा सरकारले ठूलो छाती बनाएर सोच्नुपर्छ,’ उनले भने, ‘बरु हामी पनि डिजिटल करेन्सीतिर जाने कि! पैसा लगानीको अरु अवसर दिने कि!’

पूर्वअर्थमन्त्री वर्षमान पुन पनि रेमिटेन्स भित्र्याउन सरकारले केही न केही योजना ल्याउनुपर्ने बताउँछन्। रेमिटेन्स नेपालको अर्थतन्त्रको एक खम्बा भएकाले घट्दो डलर सञ्चिति बचाउन र बजारमा भएको तरलता अभाव टार्न यसले सहयोग गर्ने उनको भनाइ छ। 

Ncell 2
Ncell 2
nimb
nimb

वैदेशिक रोजगारीमा जाने धेरै नेपाली दक्षिण कोरिया, साउदी अरब, मलेसिया, युएई, कतारलगायत मुलुकमा छन्। यी देशबाट आउने रकमलाई बैंकिङ च्यानलमा ल्याउन सके विदेशी विनिमयमा हत्तपत्त समस्या नहुने पुनको भनाइ छ।

अर्थशास्त्रीहरूको अनुमानमा कोरियाबाट ४० र अन्य देशबाट ३० प्रतिशतभन्दा बढी रकम हुन्डीबाट आउने गरेको छ। पूर्वगभर्नर क्षेत्रीले पनि गैरबैकिङ माध्यमबाट आउने यस्ता रकम रोक्न अर्थ मन्त्रालयले तत्काल पहल गनुपर्ने बताए। आवश्यक परे प्रधानमन्त्रीस्तरबाटै यसका लागि पहल र आह्वान गर्नुपर्ने उनको भनाइ छ।

सुपारी, मरिचजस्ता वस्तुको आयात रोक्ने 
सरकारले केही समयअघि मात्र खोलेको सुपारी, मरिचजस्ता वस्तुहरूको आयात तत्काल बन्द गर्ने निर्णय गर्नुपर्ने अर्थशास्त्रीहरूको भनाइ छ। नेपाल राष्ट्र बैंकका पूर्वनिर्देशक रमेश पोखरेलले अहिलेको समयमा सुपारी र मरिचजस्ता वस्तुको आवश्यकता नभएको बताए। यी वस्तुको आयात खोल्दा नेपालको विदेशी विनिमय सञ्चिति मात्र घटाउने उनको भनाइ छ।

पूर्वगभर्नर क्षेत्री पनि सुपारी र मरिच नेपालको आवश्यकता नभइ भारतमा गैरकानुनी रुपमा निर्यात हुने वस्तु भएकाले आयात रोक्नुपर्ने बताउँछन्। वर्षौँदेखि यी वस्तुको तस्करी भइरहेको जान्दाजान्दै सरकारले आयात खोलेको भन्दै यसमा रोक लगाए नेपालको डलर सञ्चितिमा केही भए पनि सुधार हुने उनको भनाइ छ।

Xtrem

Xtrem

विलासिताका समानमा कडाइ र स्वदेशी उत्पादनलाई प्राथमिकता 
अहिलेको संकट समाधानका लागि सरकारले गरेको विलासिताका वस्तुहरूको आयात कडाइ गर्ने निर्णय स्वागतयोग्य भएको अर्थशास्त्रीहरू बताउँछन्। यसलाई अब लामो समयसम्म कडाइ गर्नुपर्ने उनीहरूको सुझाव छ।

गाडी, मोबाइल, फर्निचरलगायत विलासिताका सामान अब केही समय रोक्नै पर्ने भएकाले सरोकारवालाहरूसँग छलफल गरेर सरकारले आवश्यक नीति बनाउनुपर्ने अर्थशास्त्री केशव आचार्यको भनाइ छ। अर्थशास्त्री प्याकुरेलले पनि यसका लागि सरकारले ठोस नीति नै बनाउनुपर्ने बताए। सरकारले नीति नै बनाएर स्वदेशी उत्पादनलाई प्राथमिकता दिनुपर्ने उनी बताउँछन्।

‘नेपालमै उत्पादन हुने चामल, दाल, तरकारी जस्ता वस्तुहरूमा आत्मनिर्भर हुने बाटोमा अघि बढ्नुपर्छ,’ उनले भने, ‘नत्र हामीले सधैँ यस्तै संकटको सामान गरिरहनुपर्छ।’ नेपालमा उत्पादन हुने अन्य उद्योगलाई पनि  प्राथमिकता दिने नीति बनाउनुपर्ने उनको सुझाव छ।

राष्ट्रिय सहमतिमा आर्थिक नीति
देशको अहिलेको संकट सबैले बेहोर्नु पर्ने भएकाले प्रमुख दलहरूको सहमतिमा राष्ट्रिय नीति बनाउनुपर्ने पूर्वअर्थमन्त्री वर्षमान पुनको भनाइ छ। यो संकट अहिलेको सरकारले मात्र ल्याएर नआएकाले सबै मिलेर समाधानतिर जानुपर्ने उनी बताउँछन्। अझ प्रधानमन्त्री र अर्थमन्त्री समस्या समाधानका लागि थप जिम्मेवार बन्नुपर्ने उनले बताए।

केही दिनअघि बसेको सत्तारुढ दलको संयन्त्रले पनि यो विषयमा अर्थतन्त्रका जानकार र राजनीतिक दलहरूबीच व्यापक छलफल गर्नुपर्ने निर्णय गरेको थियो। अर्थतन्त्रमा पर्ने संकट समाधानका लागि सबै एकजुट भएको सन्देश जानुपर्ने अर्थशास्त्री आचार्य पनि बताउँछन्। ‘सरकार भनेको अभिभावक भएकाले उसले पहल थाल्नुपर्छ र प्रतिपक्ष लगायतका दलहरू पनि जिम्मेवार भएर समाधानमा साथ दिनुपर्छ,’ उनले भने।

मितव्ययिता सरकार आफैँबाट सुरु गर्नुपर्छ
सरकारले मितव्ययिताको सुरुवात आफैँबाट गर्नुपर्ने अर्थशास्त्रीहरूको सुझाव छ। आफू भने गाडी सुविधा उपभोग गर्ने र जनतालाई आइतबार घर बसाउने नीति ल्याउनु हानिकारक हुने अर्थशास्त्री आचार्यको भनाइ छ। ‘जनतालाई घर बस भन्न सरकारले पनि आफूले लिँदै आएका धेरै सुविधा कटौती गर्नुपर्छ,’ उनले भने, ‘सरकारका मन्त्री, सचिव, कर्मचारी र अन्यले लिँदै आएका सबै सुविधा रोकौँ र अत्यावश्यक मात्र प्रयोग गरौँ।’

यसरी सिंहदरबारदेखि ‘गाउँका सिंहदरबार’सम्मले भत्ता नलिने र अन्य सुविधा कटौती गर्ने हो भने जनताले पनि सरकारको कदममा साथ दिने पूर्वगभर्नर क्षेत्री बताउँछन्। ‘नाकाबन्दीको समयमा जनताले सरकारलाई साथ दिएकै हुन् नि,’ उनले भने, ‘जनता अहिले पनि साथ दिन तयार छन्, तर पहिला सरकारले आफूले लिँदै आएको सुविधा कटौती गरेको सन्देश जानुपर्छ। नत्र आफू चाहीँ सुविधा लिने र आफन्तहरू मोजमस्तीमा रमाउने अवस्थामा जनताका लागि मात्र नीति ल्याउँदा त्यसले झन् विद्रोहको वातावरण बनाउँछ।’

यस शृंखलाका थप सामग्री :
सामाजिक सहायतका नाममा गरिबबाट उठाएको पैसाले भोट किन्न पाइन्छ?
कसैमा नविनता देखिँदैन, हामी काल पर्खेका जस्तो भएका छौँ
समाजवादको नाममा ‘गरिबी वितरण’ कहिलेसम्म?
अर्थतन्त्रमा गहिरिँदो संकट, ‘निरीह’ सरकार
विदेशी सञ्चिती बढाउन अत्यावश्यक बाहेकका सामान आयातमा कडाइ गर्दै राष्ट्र बैंक, के–केमा हुनसक्छ कडाइ?
अर्थतन्त्र संकटको अवस्था राजनीतिक नेतृत्वले ल्याएको हो : पूर्वगभर्नर दीपेन्द्रबहादुर क्षत्री [अन्तर्वार्ता]
नेपालमा निबन्धजस्तो होइन, प्रभावकारी बजेट आवश्यक छ : पूर्वगभर्नर चिरञ्जीवी नेपाल [अन्तर्वार्ता]
अर्थतन्त्र दुरवस्थाको बेला कसको स्वार्थमा खोलियो सुपारी आयात?
अर्थतन्त्र बिग्रँदो बाटोमा हुँदा कसको स्वार्थमा खोलियो सुपारीको आयात, किन मौन छन् अर्थमन्त्री?

प्रकाशित मिति: सोमबार, वैशाख ५, २०७९  ०९:४१

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
दुर्गा दुलाल
नेपाल लाइभका चिफ रिपोर्टर दुलाल कानुन तथा सुशासन बिटमा रिपोर्टिङ गर्छन्।
लेखकबाट थप
सुन तस्करी प्रकरण : उच्च तहका राजनीतिक व्यक्तिहरु तस्करसँग पटक–पटक सम्पर्कदेखि केहीलाई पुन: अभियोगपत्र दर्ता गर्नसम्म सिफारिस 
अब्बल न्यायाधीशको बहिर्गमन : सबै फाँटमा खरो उत्रेका न्यायाधीश खतिवडाको अवकाश
गिरिबन्धु टि-स्टेटको जग्गा विवाद : केपी ओलीको समयमा भएकाे  ‘नीतिगत भ्रष्टाचार’ मा न्यायाधीश खतिवडाको अन्तिम फैसला
सम्बन्धित सामग्री
आज यस्तो छ विदेशी मुद्राको विनिमयदर नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १५३ रुपैयाँ... मंगलबार, असोज २०, २०८३
घट्यो सुनको मूल्य आइतबारको तुलनामा सोमबार छापावाल सुनको मूल्य तोलामा ४०० रुपैयाँले घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । सोमबार, असोज १९, २०८३
राष्ट्र बैंकले ३० करोड थान २ रुपैयाँका सिक्का टकमारी गर्ने नेपाल राष्ट्र बैंकले २ रुपैयाँ दरका ३० करोड थान चल्तीका सिक्का टकमारी गरी आपूर्ति गर्न अन्तर्राष्ट्रिय बोलपत्र आह्वान गरेको छ। राष्ट... सोमबार, असोज १९, २०८३
ताजा समाचारसबै
कांग्रेस १५औँ महाधिवेशन : अन्तिम मतदाता नामावली सार्वजनिक मंगलबार, असोज २०, २०८३
जनताको अपेक्षा बुझ्न ‘हामी आउँदैछौँ’ अभियान : प्रवक्ता खरेल मंगलबार, असोज २०, २०८३
सर्वोच्च अदालतको न्यायाधीशमा चार जनाको नाम सिफारिस मंगलबार, असोज २०, २०८३
कांग्रेस उपसभापतिमा पुष्पा भुसाल निर्विरोध मंगलबार, असोज २०, २०८३
काँग्रेस सभापतिमा उम्मेदवारी दिँदै राठौरले भने : ‘पार्टी ठिक ढंगले चलेको छैन, अनुशासित र मर्यादित बनाउँछु’ मंगलबार, असोज २०, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णय सोमबार, असोज १९, २०८३
चोलेन्द्र प्रकरणमा तानिए सशस्त्रका एआईजी वंशीराज दाहाल , सूचना चुहाएको भन्दै निलम्बित सोमबार, असोज १९, २०८३
गोकुलको टिप्पणी– गगनलाई प्रधानमन्त्री बालेनले ‘नयाँ दल’ भनेर नहेपेको भए हुने ! सोमबार, असोज १९, २०८३
यस्तो छ कांग्रेस निर्वाचन कार्यतालिका, मतदान कहाँ-कहाँ? सोमबार, असोज १९, २०८३
प्रधानमन्त्री बालेन शाहको दावी ‘ कांग्रेसले २०१५ सालदेखि घोषणा पत्रमा लेख्यो, हामीले लालपुर्जा वितरण सुरु गर्‍यौं ’ सोमबार, असोज १९, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सबै हेर्नुहोस
ब्लग
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
२८ वर्षपछि चीनलाई एसियाली खेलकुद फुटबलमा पदक, प्रशिक्षक भन्छन्– ‘भविष्य उज्ज्वल छ’ शनिबार, असोज १७, २०८३
३०/५५ को प्रावधानसहितको निजामती सेवा विधेयक संसदमा पेस गर्ने मन्त्रिपरिषद्को निर्णय मंगलबार, असोज १३, २०८३
निम्तो दिने शैलीप्रति असन्तुष्ट देउवा, महाधिवेशनमा नजाने आइतबार, असोज १८, २०८३
चोलेन्द्रसँग सम्पर्क देखिएपछि दीपक भट्टको जेल सरुवा शनिबार, असोज १७, २०८३
फ्लाई दुबई घटनामा नयाँ अपडेट : घाइते क्याप्टेन स्थिर, यूएईले खोज्दैछ घटनाको उद्देश्य बिहीबार, असोज १५, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्