• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शुक्रबार, वैशाख २५, २०८३ Fri, May 8, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
अर्थ समाचार
अर्थतन्त्र मन्थन–१०

अर्थतन्त्र बिग्रँदो बाटोमा हुँदा कसको स्वार्थमा खोलियो सुपारीको आयात, किन मौन छन् अर्थमन्त्री?

64x64
दुर्गा दुलाल आइतबार, वैशाख ४, २०७९  ०९:४०
1140x725

काठमाडौं– गएको सोमबार बालुवाटारमा बसेको सत्ता गठबन्धनको बैठकमा देशको अर्थतन्त्रको विषयमा छलफल भयो। बैठकले अहिले देखिएको अर्थतन्त्रको समस्याबारे सरकार गम्भीर भएर विज्ञहरुसँग छलफल गर्नुपर्ने निष्कर्ष निकाल्यो। नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले अर्थतन्त्र धरासायी भएको समयमा सुपारीजस्ता वस्तुहरुको आयात खुला गरिएकोमा प्रश्नसमेत उठाए। 

नेपाल राष्ट्र बैंकले २०७८ फागुन २७ गते सार्वजनिक गरेको पछिल्लो सात महिनाको आर्थिक  विवरणमा विदेशी विनिमय सञ्चिति ९ अर्ब ७५ करोड डलर रहेको बताएको थियो। यो निकै न्यून रकम हो। राष्ट्र बैंकले देखाएको सूचकले देशको अर्थतन्त्र खस्कँदो अवस्थामा रहेको तथ्य बाहिरिएको थियो। 

उक्त विवरणपछि अर्थविद्हरुले सरकारले आयातमा कडाइ गर्नुपर्ने बताएका थिए। नेपालको शोधनान्तर स्थिति २४७ अर्ब ३ करोड रुपैयाँ पुगेको राष्ट्र बैंकको तथ्यांकमा उल्लेख छ। 

राष्ट्र बैंकले यो तथ्यांक प्रकाशन गरेलगत्तै सार्वजनिक रुपमा नेपालको अवस्थाबारे चिन्ता र चासो व्यक्त हुन थाल्यो। अर्थशास्त्री र सरोकारवालाले सरकारले तत्काल आयातमा कडाइ गर्नुपर्ने आवाज उठाउन थाले। विलासिताका वस्तुको आयात नरोक्ने हो भने हाम्रो विदेशी विनियमले तीन महिनालाई मात्र धान्ने उनीहरुको भनाइ थियो। त्यसपछि देशको आर्थिक अवस्था खराब हुने उनीहरुको चेतावनी थियो। यसरी चिन्ता भइरहँदा मन्त्रिपरिषद् बैठकले चैत ९ गते राजपत्रमा सूचना प्रकाशित गर्दै अप्रत्यासित रुपमा सुपारी, मरिच र केराउको आयात खुलाउने निर्णय गर्‍यो।

अर्थतन्त्र नकारात्मक दिशामा गइरहेको समयमा नेपालमा ठूलो परिमाणमा खपत नहुने ती वस्तुको आयात खोल्नुको एउटै उद्देश्य थियो, केही सीमित व्यापारीलाई तस्करी गर्न दिनु र निर्वाचन खर्च उठाउनु। तेस्रो मुलुकबाट आयात हुने यी वस्तुहरु नेपालबाट फेरि निर्यात गर्दा भारतमा महँगो पर्ने र नेपालमा सस्तो मूल्यमा पाइने भएकाले व्यापारीलाई फाइदा हुने थियो। सो निर्णय हुँदा वाणिज्य मन्त्रालय प्रधानमन्त्री शेरबहादुर देउवाकै मातहतमा थियो। अहिले भने उक्त मन्त्रालय कांग्रेसका दिलेन्द्रप्रसाद बडूको नेतृत्वमा छ। 

प्रधानमन्त्री देउवाले अर्थतन्त्र संकटमा रहेको समयमा गलत निर्णय गरेको नेपाल राष्ट्र बैंकका पूर्वनिर्देशक रमेशकुमार पौडेलकाे भनाइ छ। उनको प्रश्न छ, ‘विदेशी मुद्रा सञ्चिति इतिहासमै सबैभन्दा खराव अवस्थामा पुग्दा सरकारले तेस्रो देशबाट आयात गरी भारत तस्करी हुने सुपारी, केराउ र मरिच किन आयात खुला गर्न किन हतार गरेको हो?’

विशेष अदालतका पूर्वअध्यक्ष गौरीबहादुर कार्कीले पनि सुपारी आयात खोल्नु व्यापारका लागि नभई तस्करीका लागि भएको बताए। उनले नेपाल लाइभमा लेखमार्फत प्रश्न गरेका छन्, सुपारी, मरिच र केराउ तस्करीलाई कहिलेसम्म ‘राष्ट्रिय उद्योग’ बनाउने? ‘५०औं वर्षअगाडि ‘स्टैनलेस’ स्टीलका भाँडाकुँडा, पछि सोयाबिन र सूर्यमुखीलगायत खानेतेल तस्करी हुन थाल्यो,’ उनले भनेका छन्, ‘एकताका नेपालको जनसंख्याभन्दा बढी छाता एक वर्षमै चीनबाट आयत गरेर भारत तस्करी गरिन्थ्यो। दशक अगाडिसम्म कम्प्युटर पार्ट्स तस्करी गरिन्थ्यो। एकताका चीनतर्फ रक्तचन्दन तस्करी अब्बल स्थितिमा थियो।’ 

अहिले देशमा देखिएको आर्थिक संकटबाट बाहिर निकाल्न कानुन वा नीति बनाउनुपर्नेमा राजपत्रमा सूचना नै प्रकाशन गरेर तस्करी हुने वस्तु आयात गर्नु देशलाई धोका भएको उनको बुझाइ छ। ‘अहिले व्यापारघाटा र विदेशी मुद्राको अभावमा कागज किन्न नसकेर विद्यालयको परीक्षासमेत रोक्नु परेको श्रीलंकाको अवस्था भोलि नेपालले पनि व्यहोर्न पर्छ कि भन्ने सन्त्रासबाट सरकारले सिक्नुपर्नेमा डलर खर्च गरेर सुपारी, मरिच, पप्पी सिड, केराउ र छोकडाजस्ता वस्तुको तस्करी गराउन अग्रसर हुनुले देशको भविष्य कस्तो होला भनी अनुमान गरिरहनु पर्दैन होला,’ उनले भने ‘अब अहिलेको प्रश्न यही हो कि नेपालमा तस्करी गर्नेसँग चन्दा लिएर तस्करी उद्योगलाई फष्टाउन दिने कि विश्वव्यापी समस्याबाट पाठ सिकेर अर्थतन्त्रलाई सुधार गरेर देशलाई बढी तहसनहस हुनबाट बचाउने?’ 

nimb
nimb
Ncell 2
Ncell 2

कार्कीको भनाइसँग सहमत छन्– राष्ट्र बैंकका पूर्वनिर्देशक पोखरेल पनि। यसको दोष र जिम्मेवारी सरकार र अर्थमन्त्रीले नै लिनुपर्ने उनले बताए। ‘अर्थतन्त्र यो अवस्थामा आउनुमा कमजोरी सबैको होला, तर प्रमुख जिम्मेवारी सरकारले नै लिनुपर्छ। एक नम्बरमै नेपाल सरकारकै कमजोरी हो,’ उनले भने, ‘आयातमा कोटा लगाउने, आयात निरुत्साहित गर्ने नीति बनाउने, अमुक वस्तुहरुलाई खुला गर्नेदेखि रोक्ने कार्य गर्ने सरकारले नै हो। देशको अवस्थाअनुसार उसले नीति बनाउने हो।’ 

अर्थतन्त्र खराब अवस्थामा जाँदै छ भने सरकारले अग्रसर भएर पहिल्यै त्यसका लागि सावधानी अपनाउने उपाय ल्याउनुपर्ने थियो। तर, यसमा सरकार चुकेको उनको विचार छ। ‘कतिपय कुरामा नेपाल राष्ट्र बैंकसँग सरकारले सल्लाह लिन सक्छ। अझ भनौं अर्थ मन्त्रालय र अर्थमन्त्रीले सल्लाह लिन सक्छन्,’ उनले भने, ‘सवैभन्दा ठूलो सल्लाहकार नेपाल राष्ट्र बैंक हो। मैले ३० वर्ष राष्ट्र बैंकमा विताएको अनुभवले अहिलेको अवस्थामा राष्ट्र बैंकले सुपारीजस्ता वस्तुको आयात खुला गर्ने सल्लाह दिँदैनथ्यो। अर्थतन्त्र यसरी खस्कँदो अवस्थामा राष्ट्र बैंकको नेतृत्व यसमा सहमत हुनै सक्दैन।’

यो जिम्मेवारी अर्थ मन्त्रालय र अर्थमन्त्रीकै भएको उनले बताए। अर्थमन्त्री अर्थतन्त्र जोगाउनेतर्फ भन्दा पनि राजस्व बढाउनेतर्फ लागेको उनको भनाइ छ। अर्थमन्त्री व्यापारीको इसारामा चल्न लागेको उनले आरोपसमेत लगाए। ‘अहिलेको अवस्थामा यो हेलचेक्र्याइ हैन, जघन्य अपराध हो,’ उनले भने, ‘अर्थमन्त्री र सरकारले संकटको समयमा गरेको खेलाचीको प्रतिफल सबै नेपालीले भोग्नुपर्छ।’ 

सरकार यसमा गम्भीर नदेखिएको हो कि अझै सञ्चिति छ भनेर ढुक्क भएको हो अहिले प्रष्ट नदेखिएको टिप्पणी पूर्वगभर्नर चिरञ्जिवी नेपालले गरे। डलर घट्दै गएपछि श्रीलंकाले गाडी आयातका लागि सन् २०१९ देखि नै रोक लगाएको थियो। आर्थिक अवस्था संकटापन्न हुँदासमेत अर्थमन्त्रालय समयमै गम्भीर नदेखिएको उनको दाबी छ। विदेशी सञ्चिति घट्दै गएमा धेरै वस्तुको आयात रोक्नुपर्ने अवस्था आउन उनले बताए। ‘अहिले अर्थतन्त्र खत्तमै भएको छैन। विदेशी सञ्चिति घटेको छ। आयात अत्यधिक बढेको छ। रेमिट्यान्स घटेको छ,’ उनले भने, ‘श्रीलंकाजस्तै हुन्छ भन्ने होइन, तर समयमै सचेत हुन सकेनौं भने समस्या भने पर्छ।’ 

अर्थशास्त्री एवं पूर्वगभर्नर दीपेन्द्रबहादुर क्षत्री पनि अहिलेको अवस्था आउनुमा राजनीतिक नेतृत्वकै कमजोरी देख्छन्। अर्थ मन्त्रालयमा रहने व्यक्ति र सरकार चलाउनेले समयमै सही नीति ल्याउन नसक्दा अहिलेको अवस्था देखिएको उनको बुझाइ छ। ‘अहिलेको अवस्था भनेको मितव्ययी हुने हो। नेपाली उत्पादनको प्रयोग बढाउने, आयात कम गर्ने हो,’ उनले भने, ‘जनतालाई कम डलर खर्च गराएर राज्यको खातामा रहेको विदेशी सञ्चिति बचाउने हो।’ तर, यसलाई कम गर्ने कार्य गर्नुभनेको देशको अर्थतन्त्रलाई थप जोखिममा पार्ने काम मात्र हुने उनको तर्क छ। 

राष्ट्र बैंक अग्रसर हुने कि अर्थमन्त्रालय? 
अहिलेको अवस्था सुधारका लागि मुख्य भूमिका निभाउने निकाय अर्थ मन्त्रालय नै भएको पूर्वगभर्नर नेपालको बुझाइ छ। राष्ट्र बैंकले आफूले नियमन गर्ने बैंक तथा वित्तीय संस्थाहरुसँग छलफल र परामर्श गर्न सक्छ। तर, उक्त निकायले सल्लाहमात्र दिन सक्ने नेपालको भनाइ छ। हस्तक्षेप वा आयात र निर्यातको नीति बनाउने काम अर्थमन्त्रालयले नै गर्नुपर्ने उनले बताए। 

अर्थतन्त्रको समस्यामा नीति र निर्देशन दिने काम सरकार र अर्थमन्त्रालयको भएको नेपाल राष्ट्र बैंकका पूर्वनिर्देशक नेपालले बताए। ‘केही दिनअघि नेपाल राष्ट्र बैंकले वाणिज्य बैंकका प्रमुखहरुलाई बोलाएर गरेको छलफल मात्र हो भन्ने रुपमा मैले बुझेको छु,’ उनले भने, ‘बैंकहरुको नियमन गर्ने निकायका रुपमा अहिले संकटको अवस्था आएकाले सहयोग गर्नुस् भनेर राष्ट्र बैकले भनेको हो उसले यो अधिकार पनि राख्छ। कुन वस्तु आयात गर्ने, कुनमा पूर्ण प्रतिबन्ध लगाउने सवै अधिकार नेपाल सरकार र अर्थमन्त्री (जनार्दशन शर्मा)कै हो।’ देशमा श्रीलंकको परिस्थिति नआओस् भनेर राष्ट्र बैंकले नियामक निकायको भूमिका देखाएको उनको बुझाइ छ। 

अर्थमन्त्री जनार्दन शर्माले अर्थतन्त्र नै नबुझेका कारण अहिलेको समस्या भएको अर्थ मन्त्रालयका कर्मचारीहरु बताउँछन्। सुपारी आयातजस्ता निर्णयले अर्थतन्त्रमा समस्या पर्छ भन्ने विषय अर्थमन्त्रीले नबुझ्दा आफूहरु नै छक्क परेको उनीहरुको दाबी छ। ‘अहिले अर्थमन्त्री उल्टो बाटोमा हुनुहुन्छ’ अर्थमन्त्रालयका एक अधिकारीले भने, ‘राजस्व वृद्धि हुन्छ भनेकै भरमा नेपालबाट तस्करी हुने अनि नेपालको विदेशी सञ्चित घट्ने निर्णय हुँदा कसरी सहमत हुनुभयो। अहिले त राजस्व संकलन हैन अर्थतन्त्र वचाउने समय हो।’ 

अर्थमन्त्रीको टिम नै गतिलो नभएको भन्दै सुरुदेखि नै मन्त्रालयले आर्थिक संकटको अवस्थाबाट पार पाउन उचित कदम चाल्न नसकेको उनीहरुको तर्क छ। ‘सुपारी ल्याउने जस्तो उल्टो बाटो कसको सल्लाहमा हिँड्नु भयो,’ ती अधिकारीले भने, ‘चुनावमा पैसा दिन्छु भनेर दबाब आयो होला, तर लामो समयका लागि हेरेर निर्णय गर्ने टिम नै अर्थमन्त्रीसँग छैन।’ मन्त्रीकहाँ विभिन्न रुपमा मानिस आए पनि मन्त्रीले आफ्नो फाइदाभन्दा देश हित हेर्नुपर्ने उनले बताए। अहिलेको अवस्था सुधार गर्न गाडी, रक्सी, सुपारी, सुन चाँदीजस्ता वस्तु नल्याउदा केही फरक नपर्ने भएकाले त्यसलाई रोक्न किन अर्थमन्त्री चाहानुहुन्न भन्नेले नै वहाँको अवस्था स्पष्ट पार्ने मन्त्रालयका कर्मचारीको दावी छ। 

खाद्यान्न र औद्योगिक कच्चा पदार्थबाहेक सवै वस्तु रोक्नुपर्नेमा मन्त्री अघि नसरेर राष्ट्र बैंक अघि सर्नु अर्थमन्त्रीको असफलता भएको ती कर्मचारीको दाबी छ। अहिले नै देश श्रीलंकाको बाटोमा नजाने मन्त्रालयका एक सहसचिवले बताए। हामीले विदेशी ऋण ठुलो मात्रामा नलिएकाले उक्त बाटोमै भने नजाने उनको दाबी छ। श्रीलंका ऋण र पर्यटनमा पैसा संकलन गर्न नसक्दा समस्यामा परेको तर हाम्रो अवस्था फरक रहेको उनको बुझाइ छ। तर, अहिले बैंकले कर्जा दिन नसकेको अवस्था र सञ्चिति कायम नराख्दा भने समस्या आउने ती कर्मचारीको विचार छ। 

बैंकहरुले कोरोना संक्रमणपछि ठूलो मात्रामा कर्जा प्रवाह गरेको र तिर्न नसक्ने भएर 'डिफल्ट' भएमा भने ठूलो समस्या आउने ती कर्मचारीले बताए। अहिले अर्थमन्त्री र मन्त्रालयले तत्कालै गर्ने भनेको राजस्व नहेरी केही वस्तुको निर्यातमा कडाइ गर्ने नै भएको ती कर्मचारीको दाबी छ। 

खै सरकारवाट मितव्ययिताको सुरुवात? 
नेपालको अर्थतन्त्र बिँग्रदो बाटोमा गएको भन्दै चर्चा भइरहेको समयमा सरकारका तर्फबाट भने मितव्ययी हुने काम हुन नसकेको भन्दै सार्वजनिक रूपमा आलोचना बढेको छ। सरकारले खर्च कम गर्नका लागि हालसम्म कुनै पनि योजना र कार्यक्रम सार्वजनिक नगरेको, तर सवारी आयात रोक्नेदेखि जोरबिजोरसम्म लागू गर्ने योजनामा छलफल हुन थालेपछि सर्वसाधारणले सामाजिक सञ्जालदेखि सार्वजनिक स्थलसम्म सरकारको आलोचना गरिरहेका छन्।

सरकार आफू पनि मितव्ययी हुनुपर्ने र जनता पनि संकटको समयमा सचे हुनुपर्ने पूर्वगभर्नर क्षत्रीले बताए। यसरी मितव्ययीको कुरा गर्दा राष्ट्र बैंकका डेपुटी गभर्नर बोमबहादुर मिश्रले एनआरएनलाई नेपालका विदेशी डलरको खाता खोलेर सहयोग गर्न आग्रह गरे। उनले राष्ट्र बैंकले यस्तो वचत खाता खोलेको भन्दै यस्तो आग्रह गर्दा उनलाई सर्मथन गर्नेभन्दा खिल्लि उडाउने धेरै देखिन्छन्। उनको उक्त भनाइको जवाफ लेख्दै एक ट्वीटर प्रयोगकर्ता नेपाली रञ्जनले लेखेका छन्, ‘नेपाल सरकारले किन्ने करोडौंका गाडी र बिलासी सामान कटौतीमा राष्ट्र बैंक सधै मौन, निलोकोटे हाकिमहरुलाई आफ्नो क्षमता सुधार गर्नुपर्छ भन्ने सोच कहिल्लै आउँदैन, नेताहरुले विदेशमा गरेको डलर खर्चको हिसाब खोई?’ 

त्यस्तै अर्का एक प्रयोगकर्ताले आफ्नो खातामा भएको पैसा नै निकाल्न मुस्किल भएको भन्दै प्रश्न गरे, 'साथमा पैसा नहुने भएपछि कसरी जम्मा गर्ने?' उनीहरुले संघीयताको महँगो खर्चदेखि सरकारमा रहेकाको खर्च कटौतीमा ध्यान नदिएको भन्दै आलोचना पनि गरेका छन्। राजनीतिक विश्लेषक केशव दाहालले सामाजिक सञ्जालमा लेखेका छन्, ‘इन्धनको खपत घटाउन मन्त्री, नेता, परियोजना प्रमुख, ठूला हाकिम र स्वनामधारी भीआईपी, उनका परिवार र सचिवालयले ओगटेका एकभन्दा धेरै गाडी तत्काल खोसौँ। तेलको कोटा घटाऔं, नेताहरूलाई कुपन दिन बन्द गरौं।अर्थतन्त्र उकास्ने नाममा आफ्नो रजगज नछाड्ने, जनता नाङ्गो बनाउने? अति नगरौं।’ 

राष्ट्र बैंकले बैंकहरुलाई एलसीमा कडाइ गर्ने भनिरहँदा आफै भने पौने तीन करोड रुपैयाँको चारपाङ्ग्रे डिजल गाडी किन्ने तयारीमा रहेको त्यहीँका एक कर्मचारी बताउँछन्। ती कर्मचारीका अनुसार राष्ट्र बैंकले अहिले भएकै सवारी साधनबाट काम चलाउन सक्ने अवस्था छ। सिंहदरबारदेखि देशभरका सरकारी निकायमा खर्च कटौतीको कुनै पनि योजना सरकारले सार्वजनिक गरेको छैन। यसले गर्दा सरकारले अहिले पनि आर्थिक संकटका लागि तयारी नगरेको आरोप अर्थशास्त्रीहरुले लगाएका छन्। 

यस शृंखलाका थप सामग्री :
सामाजिक सहायतका नाममा गरिबबाट उठाएको पैसाले भोट किन्न पाइन्छ?

कसैमा नविनता देखिँदैन, हामी काल पर्खेका जस्तो भएका छौँ

समाजवादको नाममा ‘गरिबी वितरण’ कहिलेसम्म?

अर्थतन्त्रमा गहिरिँदो संकट, ‘निरीह’ सरकार

विदेशी सञ्चिती बढाउन अत्यावश्यक बाहेकका सामान आयातमा कडाइ गर्दै राष्ट्र बैंक, के–केमा हुनसक्छ कडाइ?

अर्थतन्त्र संकटको अवस्था राजनीतिक नेतृत्वले ल्याएको हो : पूर्वगभर्नर दीपेन्द्रबहादुर क्षत्री [अन्तर्वार्ता]

नेपालमा निबन्धजस्तो होइन, प्रभावकारी बजेट आवश्यक छ : पूर्वगभर्नर चिरञ्जीवी नेपाल [अन्तर्वार्ता]

अर्थतन्त्र दुरवस्थाको बेला कसको स्वार्थमा खोलियो सुपारी आयात?

प्रकाशित मिति: आइतबार, वैशाख ४, २०७९  ०९:४०

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
दुर्गा दुलाल
नेपाल लाइभका चिफ रिपोर्टर दुलाल कानुन तथा सुशासन बिटमा रिपोर्टिङ गर्छन्।
लेखकबाट थप
सुन तस्करी प्रकरण : उच्च तहका राजनीतिक व्यक्तिहरु तस्करसँग पटक–पटक सम्पर्कदेखि केहीलाई पुन: अभियोगपत्र दर्ता गर्नसम्म सिफारिस 
अब्बल न्यायाधीशको बहिर्गमन : सबै फाँटमा खरो उत्रेका न्यायाधीश खतिवडाको अवकाश
गिरिबन्धु टि-स्टेटको जग्गा विवाद : केपी ओलीको समयमा भएकाे  ‘नीतिगत भ्रष्टाचार’ मा न्यायाधीश खतिवडाको अन्तिम फैसला
सम्बन्धित सामग्री
२७ अंकले बढेर शेयरबजार बन्द मंगलबारको तुलनामा नेप्से परिसूचक २७.४९ अङ्कले बढेर २७४५.६५ विन्दुमा पुगेर बन्द भएको छ । शुक्रबार, वैशाख २५, २०८३
सुनचाँदीको मूल्य बढ्यो आज सुन तोलामा एक हजार तीन सय रुपैयाँले बढेर दुई लाख ९९ हजार नौ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको... शुक्रबार, वैशाख २५, २०८३
यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमय दर यस्तै, युरोपियन युरो एकको खरिददर १७७ रुपैयाँ ०७ पैसा र बिक्रीदर १७७ रुपैयाँ ७७ पैसा, युके पाउन्ड स्टर्लिङ एकको खरिददर २०४ रुपैयाँ ८७... शुक्रबार, वैशाख २५, २०८३
ताजा समाचारसबै
सुकुम्वासी बस्ती नहटाउन सर्वोच्चको अन्तरिम आदेश शुक्रबार, वैशाख २५, २०८३
सुशीला कार्कीले फिर्ता गरिन् सरकारी गाडी शुक्रबार, वैशाख २५, २०८३
समानुपातिक निर्वाचनमा दलहरुको खर्च सार्वजनिक, सबैभन्दा बढी रास्वपाको खर्च [सूचीसहित] शुक्रबार, वैशाख २५, २०८३
अभ्यास सिरिजमा नेपाल ‘ए’को लगातार दोस्रो जित, स्कटल्यान्डपछि अमेरिका ३ विकेटले पराजित शुक्रबार, वैशाख २५, २०८३
मनसुन २०८३ मा अधिकांश क्षेत्रमा औसतभन्दा कम वर्षाको सम्भावना, खडेरीको संकेत शुक्रबार, वैशाख २५, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
ममता बनर्जीले राजीनामा नदिएपछि पश्चिम बंगालको विधानसभा भंग बिहीबार, वैशाख २४, २०८३
सर्वोच्च अदालतका न्यायाधीश डा‍. मनोज शर्मा प्रधानन्यायाधीशमा सिफारिस बिहीबार, वैशाख २४, २०८३
सर्वोच्च अदालतको दैनिक पेशी सूची करिब दुई घण्टा ढिला, मल्ल र शर्मालाई इजलासमा जिम्मेवारी तोकिएन शुक्रबार, वैशाख २५, २०८३
महेश बस्नेतकी पत्नी अम्बिकासहित १० जनालाई धरौटीमा रिहा गर्न आदेश बिहीबार, वैशाख २४, २०८३
संवैधानिक परिषद् बैठक आज, प्रधानन्यायाधीश सिफारिस मुख्य एजेन्डा बिहीबार, वैशाख २४, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
महासंघमा गुटको राजनीति र स्थगित अधिवेशन: एकता र आत्मसुधारको निर्णायक घडी विप्लव अधिकारी
न बदलिएको समाज सुरेश गिरी
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
यी हुन् पदाधिकारी पदमुक्त हुने निकायहरू (सूची) आइतबार, वैशाख २०, २०८३
राष्ट्रपतिद्वारा सातौँ अध्यादेश जारी आइतबार, वैशाख २०, २०८३
समस्याग्रस्त सहकारीका ठुला ऋणीहरूको नाम सार्वजनिक बुधबार, वैशाख २३, २०८३
अर्को विवाह गर्ने एकल महिलाले सम्पत्ति फिर्ता गर्नुपर्ने कानुनी व्यवस्था खारेज सोमबार, वैशाख २१, २०८३
राष्ट्रपति पाैडेलले जारी गरे अर्काे अध्यादेश शुक्रबार, वैशाख १८, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्