• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बुधबार, असोज ७, २०८३ Wed, Sep 23, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
विचार
अर्थतन्त्र मन्थन–८

अर्थतन्त्र दुरवस्थाको बेला कसको स्वार्थमा खोलियो सुपारी आयात? 

रमेशकुमार पोखरेल आइतबार, चैत २७, २०७८  ०९:३२
1140x725

अहिले हाम्रो अर्थतन्त्रको बाह्य सन्तुलन एकदम बिग्रेको छ। विदेशी विनिमय सञ्चयले अब ६ महिना पनि धान्न मुस्किल हुने अवस्था छ। तर, आयातलाई नियन्त्रण नगर्ने हो भने तीनदेखि चार महिनामा नै पनि सञ्चित विदेशी विनिमय सकिन्छ। त्यसैले योबेला नेपाल राष्ट्र बैंक, सरकार, निजी क्षेत्र र जनता सबैले देशलाई संकटबाट बचाउनतर्फ लाग्नुपर्छ। 

हामीले सकेसम्म मितव्ययी हुने र अनावश्यक आयातलाई घटाउने विकल्प रोज्नुपर्छ। विलासिताका वस्तुहरूको प्रयोग कम गर्नुपर्छ। अति आवश्यक वस्तुहरूको आयातमा मात्र सहजीकरण गर्नुपर्छ। यस्तो संकटको अवस्थामा सरकारका तर्फबाट केही गलत निर्णयहरू भएका छन्। 

अहिले श्रीलंकामा जुन वित्तीय संकट देखिएको छ, हाम्रो देश पनि त्यसतर्फ नजाओस् भन्न सचेत हुनुपर्ने हो। तर, त्यस्तो अवस्था देखिँदैन। सरकारले उल्टै स्वार्थपरक दृष्टि राखेर केही व्यापारीलाई फाइदा हुने गरी सुपारी, केराउ र मरिचजस्ता वस्तुको आयात खोलेको छ। यी वस्तुहरू हामीलाई आयात नै नगरे पनि केही फरक पर्दैन। यस्ता वस्तु तेस्रो मुलुकबाट आयात गरेर सबै भारततर्फ पठाइन्छ। आधिकारिक रूपमा निर्यात नगरी तस्करीबाट भारत लगिने हो। 

यसले व्यापारीहरूलाई दुईवटा फाइदा गर्छ। एउटा, त्यसबाट अतिरिक्त मूल्य पाउँछन्। दोस्रो उनीहरूले निर्यात गरेपछि नगद अनुदान लिन पाउँछन्। यहाँ ‘प्याकेजिङ’ मात्र हुने यस्ता वस्तुहरूले हाम्रो विदेशी विनिमय सञ्चय घटाउने मात्र गर्छ। हामी गम्भीर संकटमा पर्न सक्छौँ, जसले भोलि हामीलाई तेल आयात गर्ने पैसा पनि नहुन सक्छ। विगतमा रोकिएका यस्ता वस्तुलाई सरकारले हतारहतार खुला गर्नुपर्ने के आवश्यकता पर्‍यो? कसको स्वार्थमा गरियो? यो त अहिलेको संकटपूर्ण अवस्थालाई बुझ्दै नबुझी गरिएको निर्णय हो। 

जो जिम्मेवारीमा छन्
अर्थतन्त्र यो अवस्थामा आउनुमा कमजोरी सबैको होलान्, तर अन्तिम जिम्मेवारी सरकारको हुन्छ। आयातमा कोटा लगाउने, आयात निरुत्साहित गर्न नीतिहरू बनाउने सरकारले नै हो। देशको अवस्थाअनुसार नीति बनाउनुपर्छ। अर्थतन्त्र खराब अवस्थामा जाँदै छ भने त्यसका लागि सरकारले अग्रसर भएर पहिल्यै सावधानी अपनाउन योजना बनाउनुपर्छ। उपायहरूबारे छलफल हुनुपर्छ। अर्थ मन्त्रालय र अर्थमन्त्रीले विभिन्न निकाय र थिङ्क ट्याङ्कसँग सल्लाह माग्न सक्छन्। अहिलेको अवस्था सुधारका लागि मुख्य भुमिका निभाउने निकाय अर्थ मन्त्रालय नै हो। 

सरकारको सबैभन्दा ठूलो सल्लाहकार नेपाल राष्ट्र बैंक हो। मैले ३० वर्ष राष्ट्र बैंकमा बिताएको अनुभवले अहिलेको अवस्थामा राष्ट्र बैंकले पक्कै सुपारीजस्ता वस्तु आयात खुला गर्ने सल्लाह दिएन। अर्थतन्त्रको खस्कँदो अवस्थामा राष्ट्र बैंकको नेतृत्वले यस्तो सल्लाह दिँदै दिँदैन। यदि, दिएको हो भने राष्ट्र बैंकको नेतृत्वले ठूलो कमजोरी गरेको हो। तर, सल्लाहबारे अध्ययन गरेर त्यसलाई रोक्ने जिम्मेवारी पनि सरकारकै हो। यस्तो गम्भीर विषयमा धेरै अध्ययन र छलफल हुन जरुरी छ।

यो पनि पढ्नुहोस्

सुपारी, मरिच र केराउ तस्करीलाई कहिलेसम्म 'राष्ट्रिय उद्योग' बनाउने?

केही दिनअघि नेपाल राष्ट्र बैंकले वाणिज्य बैंकका प्रमुखहरूलाई बोलाएर छलफल गरेको छ। बैंकहरूको नियमन गर्ने निकायले संकटको अवस्थामा वाणिज्य बैंकहरूसँग सहयोग माग्न वा निर्देशन दिन सक्छ। नियमनकारी निकायले यति अधिकार राख्छ। राष्ट्र बैंकले कुन वस्तु आयात गर्ने, कुनमा पूर्ण प्रतिबन्ध लगाउने र कुन वस्तु निर्यात हुन नदिने भनेर निर्णय गर्ने अधिकार सरकार र अर्थमन्त्री (जनार्दशन शर्मा)कै हो। तर, राष्ट्र बैंकले थालेको छलफललाई सकारात्मक रूपमा लिनुपर्छ। उसले आवधिक प्रतिवेदन तयार गर्ने भएकोले यस विषयमा चासो दिएर वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृतहरूसँग छलफल गरेको हो। अहिले राष्ट्र बैंकले दिएको निर्देशन बाध्यकारी भने होइन। 

निर्वाचनपछि सुधार हुन्छ भन्नु भ्रम मात्र
अहिले कतिपय नेताहरूले निर्वाचनपछि अर्थतन्त्र ठीक ठाउँमा आउने अनुमान गरिरहेका छन्। तर, मलाई यस्तो होला भन्ने लाग्दैन। यो आत्मरतिमा रमाउने विषय मात्र हो।

Ncell 2
Ncell 2
nimb
nimb

कुनै न कुनै हिसाबले कालो बजारी र हुन्डी गर्नेहरूले केही पैसा लुकाएर राखेका होलान्। तर, मलाई लाग्दैन त्यो पैसा निर्वाचन हुनेवित्तिकै बाहिर आउँछ, अनि हुन्डी र कालोबजारी नियन्त्रण हुन्छ। मलाई सही च्यानलबाट पैसा आउँछ भन्ने नै लाग्दैन। यस्तो तर्क संकटमोचन गर्ने उपयुक्त दृष्टिकोण हुँदैन होइन। विदेशी विनिमय सञ्चिती बढाउनुपर्ने, व्यापार घाटा कम गर्नुपर्ने र वचत बढाउनुपर्ने अवस्था भएकाले निर्वाचनपछि सुधार हुनका लागि अहिले नै केही योजना ल्याएको हुनुपर्छ। नत्र आफैं ठीक भएर जाने अवस्था हुँदैन।

किन घट्दैछ रेमिट्यान्स?
नेपालको अर्थतन्त्र रेमिट्यान्सले धानेको भनिन्छ। तर, हाम्रो देशमा कस्ता मानिसले रेमिट्यान्स पठाउँछन् भन्ने विषय ख्याल गरिनुपर्छ। परिवार नेपालमा छाडेर गएकाहरूले खाडी मुलुकमा ज्यान जोखिममा राखेर कमाएको पैसा पठाउने हो। १८ घन्टा परिश्रम गरेर पैसा पठाएका छन्। विदेशमा गएर शोखले कमाएर वा व्यापार गरेर कमाएको होइन, सानो अंश मात्र यस्तो होला।

विपन्नताको रेखामुनिका मानिसले पठाएको पैसामा देशको अर्थतन्त्र टिकेको छ। तर, अहिले त्यही पैसा पनि घटेको अवस्था हो। यस्तो पैसाको प्रवाह किन घट्दो दरमा छ भन्ने तत्काल खोजी गर्नुपर्छ।

वैदेशिक रोजगारी बढेको देखिन्छ। विदेश जाने युवाहरूको संख्या बढेको छ। तर, रेमिट्यान्स घट्दो छ। यसो हुनुको प्राथमिक कारण दुई तीनवटा हुनसक्छन्। पहिलो, रेमिट्यान्स पठाउनेहरूले यहाँ आधिकारिक रूपमा दिइने विनिमय दरभन्दा धेरै दिने हुन्डी कारोबारीको प्रलोभनमा परेर ती कारोबारीले ‘साइफनिङ’ गरेको हुनसक्छ। दोस्रो, उनीहरूले पैसा पठाउन अनाकानी गरेको हुनसक्छ। कतिपय कामदार बैंकबाट पैसा पठाउने विषयमा जानकार र शिक्षित नभएको हुनसक्छ। अर्थात्, वैधानिक रूपमा पैसा नेपाल पठाउन नजानेको हुनसक्छ। कतिपयले बैंकिङ प्रणालीमा नदिएर आफ्ना एजेन्टलाई पैसा जिम्मा लगाउँछन्। त्यो पैसा बाहिरको च्यानलबाट पठाइन्छ। तेस्रो, उनीहरूले आफ्नो पैसा उतै मुनाफा देखेर लगानी गरेको हुनसक्छ। यस्तो लगानीलाई अस्वाभाविक मान्नु हुँदैन। 

हाम्रो विदेशी सञ्चिति नबढ्नुको कारण नेपाली व्यापारीहरूले गर्ने ‘अन्डर प्राइसिङ’ पनि हो। यस्तो अन्डर प्राइसिङ कपडा वा अन्य वस्तु आयातमा गरिन्छ। बिलमा वास्तविकभन्दा कम मूल्य देखाएर आयात गर्ने र बाँकी रकम अवैधानिक बाटो वा माध्यमबाट भुक्तानी गर्ने भइरहेको पनि हुनसक्छ। 

हामीले बुझ्नुपर्ने कुार चाहिँ, हाम्रो अर्थतन्त्र यो अवस्थामा आउनुमा एउटा मात्र नभइ धेरै कारण छन्। तर, यसको समाधान खोज्ने प्रमुख सरोकारवाला भने सरकार नै हो।

(नेपाल राष्ट्र बैंकका पूर्वनिर्देशक पोखरेलसँगको कुराकानीमा आधारित)

यस शृंखलाका थप सामग्री :
सामाजिक सहायतका नाममा गरिबबाट उठाएको पैसाले भोट किन्न पाइन्छ?
कसैमा नविनता देखिँदैन, हामी काल पर्खेका जस्तो भएका छौँ
समाजवादको नाममा ‘गरिबी वितरण’ कहिलेसम्म?
अर्थतन्त्रमा गहिरिँदो संकट, ‘निरीह’ सरकार
विदेशी सञ्चिती बढाउन अत्यावश्यक बाहेकका सामान आयातमा कडाइ गर्दै राष्ट्र बैंक, के–केमा हुनसक्छ कडाइ?
अर्थतन्त्र संकटको अवस्था राजनीतिक नेतृत्वले ल्याएको हो : पूर्वगभर्नर दीपेन्द्रबहादुर क्षत्री [अन्तर्वार्ता]
नेपालमा निबन्धजस्तो होइन, प्रभावकारी बजेट आवश्यक छ : पूर्वगभर्नर चिरञ्जीवी नेपाल [अन्तर्वार्ता]

प्रकाशित मिति: आइतबार, चैत २७, २०७८  ०९:३२

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
लेखकबाट थप
एसियाली खेलकुदमा नेपालले सात खेलमा प्रतिस्पर्धा गर्दै
ऊर्जामन्त्री श्रेष्ठले प्रतिनिधि सभालाई सम्बोधन गर्ने
बाढीपछिको पुनर्निर्माणका लागि अमेरिकाले नेपाललाई ३ करोड १० लाख अमेरिकी डलर दिने
सम्बन्धित सामग्री
सडक दुर्घटना कहिलेसम्म समाचार मात्रै बन्ने? दुर्घटनामा मृत्यु हुनेको संख्या निस्सन्देह महत्त्वपूर्ण छ। तर मृत्युबाट बचेका घाइतेको जीवनबारे हाम्रो बहस झन् कमजोर छ । बुधबार, असोज ७, २०८३
भोटेकोशी बाढीः चीन र भारतबाट लिनुपर्छ क्षतिपूर्ति हरितगृह ग्यास उत्सर्जनमा विश्वको पहिलो र तेस्रो नम्बरमा रहेका चीन र भारतको कारण हिमालय अत्यधिक प्रभावित भएको र त्यसको दुष्प्रभाव नेप... आइतबार, असोज ४, २०८३
द ग्रेजोनको प्रतिवेदन र भूराजनीतिक दाउपेच अन्तर्राष्ट्रिय खोजमूलक सञ्चार माध्यमद्वारा हालै सार्वजनिक गरिएको प्रतिवेदनले नेपालको राजनीति, नागरिक समाज र समग्र राज्य संयन्त्रभित... बुधबार, भदौ ३१, २०८३
ताजा समाचारसबै
एसियाली खेलकुदमा नेपालले सात खेलमा प्रतिस्पर्धा गर्दै बुधबार, असोज ७, २०८३
ऊर्जामन्त्री श्रेष्ठले प्रतिनिधि सभालाई सम्बोधन गर्ने बुधबार, असोज ७, २०८३
बाढीपछिको पुनर्निर्माणका लागि अमेरिकाले नेपाललाई ३ करोड १० लाख अमेरिकी डलर दिने बुधबार, असोज ७, २०८३
सडक दुर्घटना कहिलेसम्म समाचार मात्रै बन्ने? बुधबार, असोज ७, २०८३
परराष्ट्रमन्त्री खनालले गरे न्युयोर्कस्थित नेपाली महावाणिज्य दूतावासको अवलोकन बुधबार, असोज ७, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
प्रतिनिधि सभामा रास्वपा सांसदको बोली बन्द!, किन रोके सभामुखले? [भिडियोसहित] मंगलबार, असोज ६, २०८३
रेशम चौधरीको कैद मिनाहा सदर, राष्ट्रपतिको निर्णयविरुद्धको रिट खारेज मंगलबार, असोज ६, २०८३
त्रिपुरेश्वर बस आगलागी : मृतकको लाइसेन्समा अर्कैको नाम, पहिचान खोज्दै प्रहरी मंगलबार, असोज ६, २०८३
प्रधानमन्त्री शाहको अमेरिका भ्रमण, के–के छ तालिका? मंगलबार, असोज ६, २०८३
महासभाको यात्रामा बालेनलाई स्वर्णिमले किन दिए ‘द राइज एन्ड फल अफ द ग्रेट पावर्स’? मंगलबार, असोज ६, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
सडक दुर्घटना कहिलेसम्म समाचार मात्रै बन्ने? कमल सापकोटा
भोटेकोशी बाढीः चीन र भारतबाट लिनुपर्छ क्षतिपूर्ति रेनुका पौडेल
द ग्रेजोनको प्रतिवेदन र भूराजनीतिक दाउपेच गणेश अम्गाई
जलबायू न्यायका लागि नेपालले के गर्ने ? प्राध्यापक डा सूर्यप्रसाद सुवेदी
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
करदाता प्रोत्साहन उपहारमा ३२ विजेता घोषणा, दुई जनाले जिते १०–१० लाख बिहीबार, असोज १, २०८३
४२ उपसचिवको सरुवा, प्रमुख प्रशासकीय अधिकृतसहित को कहाँ पुगे ? शुक्रबार, असोज २, २०८३
गृहले गर्‍यो एकैपटक ७० कर्मचारीको सरुवा, को कहाँ पुगे ? (सूचीसहित) आइतबार, असोज ४, २०८३
बंगालको खाडीमा बनेको विकसित न्यून चापी प्रणालीको असर नेपालमा, मौसम विभागले जारी गर्‍यो चेतावनी आइतबार, असोज ४, २०८३
चाबहिल र कपनबाट १५ हजार बढी पिस हुक्काको फ्लेभर बरामद शुक्रबार, असोज २, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्