• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बुधबार, भदौ २४, २०८३ Wed, Sep 9, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
अर्थ समाचार
अर्थतन्त्र मन्थन–५

विदेशी मुद्रा सञ्चिती बढाउन अत्यावश्यक बाहेकका सामान आयातमा कडाइ गर्दै राष्ट्र बैंक, के–केमा हुनसक्छ कडाइ?   

64x64
सुमित्रा कार्की मंगलबार, चैत २२, २०७८  १८:२४
1140x725

काठमाडौं– सोमबार नेपाल राष्ट्र बैंकले वाणिज्य बैंकका सीईओहरूलाई आपतकालीन रुपमा बोलाएर छलफल गर्‍यो। राष्ट्र बैंकले पछिल्लो समय देखिएको आर्थिक स्थितिको बारेमा छलफलका लागि उनीहरूलाई बोलाएको थियो। 

देशको आर्थिक अवस्था बिग्रँदै गएको, व्यापार घाटा बढिरहेको र विदेशी मुद्रा सञ्चिती घट्दै गएको बारेमा राष्ट्र बैंकले छलफल गरेको हो। राष्ट्र बैंकले उक्त छलफलमा कडाइका साथ बैंकहरूलाई केही निर्देशन समेत जारी गरेको छ। राष्ट्र बैंकले गाडीको एलसी खोल्ने कार्य रोक्नेदेखि अत्यावश्यकीय वस्तु बाहेक (विलासिताभित्र पर्ने) वस्तुहरूको आयात रोक्नका लागि बैंकहरूलाई मौखिक निर्देशन दिएको छलफलमा सहभागी एक वाणिज्य बैंकका सीईओले बताए। केही समयदेखि देशको अर्थतन्त्र  खराब अवस्थामा गएको देखेपछि नेपाल राष्ट्र बैंक कडा रुपमा प्रस्तुत भएको हो। 

राष्ट्र बैंकले पछिल्लो समय रित्तिदै गएको राष्ट्रको ढुकुटी बचाउनका लागि वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृतहरूलाई बोलाएर गाडीलगायत (विलासिताका) वस्तुको आयात रोक्नका लागि एलसी नदिन आग्रह गरेको हो। 

केन्द्रीय बैंकले २७ वटै वाणिज्य बैंकका सीईओहरूलाई बोलाएर अत्यावश्यक बाहेकका वस्तु अन्यमा एलसी नखोल्न आग्रह गरेको नबिल बैंकका कार्यकारी अधिकृत (सीईओ) अनिल केशरी साहले बताए। उनका अनुसार राष्ट्र बैंकसँगको उक्त छलफलपछि बैंकहरूले मंगलबारबाटै गाडीको एलसी बन्द गरेका छन्। 

चालु आर्थिक वर्षको सुरुवातबाटै घट्दै गएको विदेशी मुद्रा सञ्चितिलाई जोगाउन राष्ट्र बैंकले निजी सवारी साधन आयातको प्रतितपत्र (एलसी) नखोल्न बैंकहरूलाई  निर्देशन दिएको छ। सोही अनुसार बैंकहरूले आजै (मंगलबार चैत २२ गते)बाट अनिश्चित समयका लागि निजी सवारी साधनको एलसी रोकेको शाहले बताए। 

नेपाल बैंकर संघका अध्यक्ष अनिल शर्माले पनि राष्ट्र बैंकसँगको छलफलमा अहिले देखिएको आर्थिक अवस्थाको बारेमा गम्भीर छलफल भएको र बैंकहरूलाई अत्यावश्कीय वस्तुबाहेक अन्यका लागि एलसी नखोल्न मौखिक निर्देशन दिएको बताए।

‘राष्ट्र बैंकले सोमबार बैंकहरूलाई बोलाएर अति आवश्यक भन्दा बाहिरकोमा रोक लगाउने कुरा भएको छ। तर, अति आवश्यकताका वस्तुहरू के के हुन्? के के कुरामा रोक लगाउने भन्ने कुरामा अहिलेसम्म टुङ्गो लागेको छैन’, उनले भने ‘यसका लागि सरकार र राष्ट्र बैंक लगायत सम्बन्धित निकायले छलफल गरिरहेका छन्। एक÷दुई दिनमा के कुरामा रोक लगाउने भन्ने टुङ्गो लाग्छ।’

राष्ट्र बैंकले गाडीसहित विदेशमा धेरै रकम जाने वस्तुहरूको आयातमा कडाइ गर्न आग्रह गरेको छ। सुन, महंगा सामग्री, मोबाइल, टेलिभिजन जस्ता सामग्रीहरू जसले धेरै रकम डलरमा भुक्तानी गर्नुपर्ने हुन्छ, त्यसलाई रोक्न निर्देशन दिएको छलफलमा सहभागी राष्ट्र बैंकका एक कर्मचारीले बताए। त्यस्तै, बैंकहरूले गरेको ऋण प्रवाहका विषयमा पनि केही निर्देशन जारी गरिएको र आगामी दिनमा लगानी गर्दा विलासिताका क्षेत्रहरूमा कडाइका साथ नगर्न भनिएको ती कर्मचारीले बताए। राष्ट्र बैंकको उद्देश्य अहिले भएको मौज्दात विदेशी मुद्रा कायम रहोस् भन्ने रहेको उनले बताए। बैंकहरूको पैसा अभावको समस्या समाधान गर्नमा केन्द्रित रहेको ती कर्मचारीले बताए। 

Ncell 2
Ncell 2
nimb
nimb

के–के आयातमा कडाइ हुनसक्छ? 
राष्ट्र बैंकले अहिले देखिएको आर्थिक समस्याको समाधान गर्नका लागि आयात पूर्ण रुपमा रोक्नेभन्दा पनि कडाइ र विस्तारै रोक्नेतिर जाने देखिन्छ। अति आवश्यक र खाद्यान्य जस्ता वस्तुको आयातलाई निरन्तरता दिएर विलासिता र धेरै मुद्रा विदेश भुक्तानी गर्नुपर्ने वस्तुहरूलाई रोक्ने राष्ट्र बैंकको प्रयास हो। भन्सार कार्यालयको तथ्यांक हेरेर अर्थ मन्त्रालयले यसको निर्णय लिने भएकाले राष्ट्र बैंकले बैंकहरूलाई त्यस्ता वस्तुहरूमा लगानी नगर्न सचेत गराएको राष्ट्र बैंकका कर्मचारीको दाबी छ। 

राष्ट्र बैंकले यो वस्तु आयात गर्न रोक्नुपर्छ भनेर निर्देशन दिन नस्कने भएकाले अहिले देखिएको अर्थतन्त्रको समस्या समाधानका लागि सोमबार वाणिज्य बैंकका सीईओहरूसँग छलफल गरेको नेपाल राष्ट्र बैंकका सहायक प्रवक्ता नारायणप्रसाद पोखरेलले बताए। 

‘राष्ट्र बैंकले कुनै पनि वस्तु आयात नगर्नु भनेर प्रतिबन्ध लगाउन वा रोक्न मिल्दैन’, पोखरेलले भने ‘अहिले अर्थतन्त्रमा देखिएको समस्यालाई समाधान गर्नका लागि आयातित वस्तुमा कडाइ भने गर्न सक्छ। अहिले त्यही गरिएको हो।’ राष्ट्र बैंकको निर्देशनमा नेपालमा आयात भइरहेको काठ, चप्पल, कस्मेटिकका सामग्रीहरू, चकलेट, मदिरा र सुर्तिजन्य पदार्थहरूमा कडाइ गर्न भनिएको छ। यस्ता ३० भन्दा धेरै वस्तुहरूमा कडाइ गर्नुपर्ने देखिएको राष्ट्र बैंकका अर्का एक कर्मचारीले बताए। 

‘नेपालमा धेरै आयात भएको र विदेशी मुद्रामा ठूलो परिणाममा भुक्तानी गर्नुपर्ने तर अत्यावश्यक वस्तुमा नपर्ने कुराहरू रोक्न जरुरी देखिएकाले बैंकहरूलाई आग्रह गरिएको हो’, ती कर्मचारीले भने। 

राष्ट्र बैंकको निर्देशनपछि अर्थमन्त्री शर्माले पनि थाले छलफल 
राष्ट्र बैंकले बैंकहरूलाई कडा निर्देशन जारी गरेपछि अर्थमन्त्री जनार्दन शर्माले पनि उच्चस्तरीय छलफल थालेका छन्। उनले मंगलवबार योजना आयोगका उपाध्यक्ष विश्व पौडेल, प्रधानमन्त्री कार्यालयका राज्यमन्त्री उमेश श्रेष्ठ, गभर्नर महाप्रसाद अधिकारी र अर्थ मन्त्रालयका सचिवसँग छलफल गरेका छन्। 

अर्थमन्त्री शर्माले वस्तु आयातमा कडाइ गर्ने विषयमा उच्चस्तरीय छलफल गरेका हुन्।  चालू आर्थिक वर्षमा मुद्रा सञ्चिती निरन्तर घटिरहेको र वस्तु आयात निरन्तर बढिरहेको विषयमा भन्सारको तथ्यांकसहित प्रस्तुतिका लागि अर्थ मन्त्रालयका सचिवद्ववय मधुकुमार मरासैनी र कृष्णहरि पुष्करलाई यसअघि नै भनेका थिए। अहिलेको देशको आयात निर्यातको अवस्था लगायतको विषयमा अर्थ मन्त्रालयमा तथ्यांकसहित छलफल भएको अर्थ मन्त्रालयका प्रवक्ता ढुन्डीप्रसाद निरौलाले नेपाल लाइभलाई जानकारी दिए। 

अहिले देखिएको अर्थतन्त्रको समस्यालाई कसरी कम गर्न सकिन्छ? आयात निर्यातलाई कसरी सन्तुलनमा ल्याउन सकिन्छ भन्ने विषयमा कुराकानी भएको उनले बताए। 

‘हाम्रो अहिलेको अर्थतन्त्र आयातमा निर्भर छ। लगभग १२ खर्बको आयात हुँदा १ खर्ब रुपैयाँको मात्र निर्यात हुने अवस्था छ’, उनले भने, ‘यसकारण अहिले हाम्रो विदेशी सञ्चिती पनि घट्दो छ। चालु आर्थिक वर्षको माघ मसान्तसम्ममा वैदेशिक मुद्रा सञ्चिती १६ दशमलव २ प्रतिशतले घटेको छ। यसले हाम्रो लगभग ६ महिनाको आयात धान्न सक्ने अवस्था छ।’ 

असारमा  १३ खर्ब ९९ अर्ब ३ करोड बराबर रहेको कूल विदेशी विनिमय सञ्चिती १६.२ प्रतिशतले कमी आउँदै २०७८ माघ मसान्तमा ११ खर्ब ७३ अर्ब २ करोड कायम  छ। 

२०७८ असार मसान्तमा अमेरिकी डलरमा ११ अर्ब ७५ करोड रहेकोमा २०७८ माघ मसान्तमा १७.० प्रतिशतले कमी आउँदै  ९ अर्ब ७५ करोड कायम भएको छ। 

सीडी रेसियो ९० कटेका बैंकलाई कर्जा वितरण गर्न रोक! 
नेपाल राष्ट्र बैंकले सीडी रेसियो ९० प्रतिशतभन्दा बढी पुगेका वाणिज्य बैंकलाई सीडी रेसियो सीमामा ल्याउन आग्रह गरेको राष्ट्र बैंकका सहायक प्रवक्ता पोखरेलले बताए। उनले कुनै पनि बैंकलाई कर्जा वितरण गर्न रोक लगाउने कार्य भने राष्ट्र बैंकले नगरेको स्पष्ट पारे।  

‘राष्ट्र बैंकले सीडी रेसियो ९० भन्दा बढी भएको बैंकलाई कर्जा रोक्न भनेर कुनैपनि निर्देशन दिइएको छैन’, उनले भने ‘बैंकहरूलाई यस्तो रेसियो असार मसान्तसम्ममा सीमामा ल्याउनु भन्ने सम्मको निर्देशन पहिले नै राष्ट्र बैंकले जारी गरेको थियो।’ 

नेपाल राष्ट्र बैंकको तथ्यांक अनुसार समग्रमा बैंकहरूको सीडी रेसियो ९०.६५ प्रतिशत रहेको छ। यसैगरी, हालसम्म २२ वटा बैंकको सीडी रेसियो ९० प्रतिशतभन्दा धेरै रहेको पोखरेलले जानकारी दिए। यीमध्ये २२ बैंकहरूको रेसियो ९२ देखि ९५ प्रतिशतभन्दा माथि रहेको उनले बताए। सीडी रेसियोको बारेमा पहिल्यै नै राष्ट्र बैंकले स्पष्ट निर्देशन जारी गरेकाले अहिले थप केही पनि नभनेको उनको दाबी छ। 

अर्थतन्त्र मन्थन श्रृङ्खला 
अर्थतन्त्रमा गहिरिँदो संकट, ‘निरीह’ सरकार

समाजवादको नाममा ‘गरिबी वितरण’ कहिलेसम्म?
कसैमा नविनता देखिँदैन, हामी काल पर्खेका जस्तो भएका छौँ
सामाजिक सहायतका नाममा गरिबबाट उठाएको पैसाले भोट किन्न पाइन्छ?

प्रकाशित मिति: मंगलबार, चैत २२, २०७८  १८:२४

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
सुमित्रा कार्की
लेखकबाट थप
निर्वाचन खर्चमा अपारदर्शिता : मनपरी खर्च हुन्छ, नियमन हुँदैन
३५ वर्ष बैंकिङ क्षेत्रमा बिताएका पर्शुराम
जनार्दन अर्थमन्त्री हुँदा एक वर्षदेखि नभएको कर्जा मार्गदर्शनको संशोधन विष्णु पौडेल आएलगत्तै कसरी भयो सम्भव?
सम्बन्धित सामग्री
आज यस्तो छ विदेशी मुद्राको विनिमयदर नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ। राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १५१ रुपैयाँ... बुधबार, भदौ २४, २०८३
प्रधानमन्त्री राहत कोषमा पौने १२ अर्ब प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका अनुसार मङ्गलबार बिहान ९ः०० बजेसम्म प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष र प्रधानमन्त्री... मंगलबार, भदौ २३, २०८३
तोलामा ३ हजार ५ सय रुपैयाँ बढ्यो सुन नेपाल सुनचाँदी व्यवसायी महासंघले यस दिनका लागि सुनको मूल्य प्रतितोला ३ लाख ५ हजार ४ सय रुपैयाँ तोकेको छ । अघिल्लो दिन ३ लाख १ हजार ९... मंगलबार, भदौ २३, २०८३
ताजा समाचारसबै
बाढीपहिरोका कारण विभिन्न राजमार्गमा यातायात प्रभावित, काठमाडौं–धादिङ सडकखण्डमा एकतर्फी बुधबार, भदौ २४, २०८३
आज यस्तो छ विदेशी मुद्राको विनिमयदर बुधबार, भदौ २४, २०८३
संघीय संसद्का दुवै सदनको बैठक बस्दै बुधबार, भदौ २४, २०८३
दुई वर्षपछि मेसी बालोन डी’ओरको मनोनयनमा बुधबार, भदौ २४, २०८३
देशभर मनसुनी वायुको प्रभाव, बागमतीसहित ५ प्रदेशमा भारी वर्षाको सम्भावना बुधबार, भदौ २४, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
कुशको प्रतिमा बनाएर अन्त्येष्टिपछि बेपत्ता व्यक्ति जीवित भेटिए के हुन्छ ? मंगलबार, भदौ २३, २०८३
हयातको सानदार शतकसँगै नेपाललाई विशाल लक्ष्य मंगलबार, भदौ २३, २०८३
माइतीघरमा युवतीले गरिन् आत्मदाह प्रयास, उद्धार गरी ट्रमा सेन्टर पठाइयो मंगलबार, भदौ २३, २०८३
धर्मको आडमा धन्दा चलाउने आरोप लाग्दै आएका विवादास्पद पात्रलाई मञ्चमा राखेर गृहमन्त्रीले दिए पुराना दललाई चेतावनी मंगलबार, भदौ २३, २०८३
जेन–जी आन्दोलनले व्यवस्था बदलेको होइन, उत्सव मनाएर बिदा दिनुको औचित्य छैन : पेम्बा गुरुङ मंगलबार, भदौ २३, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
कुनै पनि शव अस्थायी चिहानका रुपमा १२ वर्षसम्म राख्न सकिन्छ : प्राडा हरिहर वस्ती नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
क्षणभरमै सत्ता खरानी हुन सक्छ भन्ने जेन्जी विद्रोहको सन्देश नभुलौँ नेपाल लाइभ
जेनजी आन्दोलनको एक वर्ष : परिवर्तन भयो त? नेपाल लाइभ
विपत्तिमा राजनीति होइन, उदार नीति प्रदर्शन गरौं डा.रुद्रनाथ अधिकारी
बाढीपछि पुनर्स्थापना : राहतबाट आत्मनिर्भरतातर्फको बाटो नरेन्द्र कटुवाल
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
दुई आईजीपीबीच किन भयो बोलचाल बन्द ? बिहीबार, भदौ १८, २०८३
गणतन्त्रपछि पहिलोपटक मन्त्रालयमा झुण्ड्याइयो पूर्वराजाको तस्बिर आइतबार, भदौ २१, २०८३
मुटुको शल्यक्रिया गर्ने औजारमा बदमासी गर्ने बायोमेड कालोसूचीमा बुधबार, भदौ १७, २०८३
गृहमन्त्री गुरुङ सैनिक अस्पताल भर्ना आइतबार, भदौ २१, २०८३
कालिका मन्दिरका अध्यक्षले अर्थमन्त्रीलाई दिए साट्न नमिल्ने चेक, रास्वपा सांसद सुशील खड्काले गरेका थिए पहल सोमबार, भदौ २२, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्