काठमाडौं – नेपाल प्रिमियर लिग(एनपीएल) अन्तर्गत केहिबेरमा शुरू हुने खेलमा विराटनगर किंग्सले चितवन राइनोजविरुद्ध टस जितेको छ ।
कीर्तिपुरस्थित टियु क्रिकेट मैदानमा केहिबेरमा शुरु हुने खेलमा विराटनगरका कप्तान सन्दीप लामिछानेले टस जितेर पहिले बलिङ रोजेका हुन् ।
विराटनगरसामु यो खेल जितेर अंक तालिकाको शीर्ष स्थानमा उक्लने अवसर हुनेछ र यससँगै प्ले–अफमा खेल्ने सम्भावनालाई बलियो बनाउन सक्नेछ । लगातार तीन खेल जितेको विराटनगरको छ अंक रहेको छ ।
सुदूरपश्चिम रोयल्स समान छ अंकमा शीर्ष स्थानमा छ । चितवन भने दुई खेलबाट दुई अंकमा पाँचौँ स्थानमा रहेको छ । विराटनगरले अहिलेसम्म खेलेका खेलमा पोखरा एभेन्जर्सलाई ५३ रन, काठमान्डु गोर्खाजलाई पाँच विकेट तथा जनकपुर बोल्ट्सलाई नौ रनले पराजित गरेको थियो ।
चितवनले आफ्नो पहिलो खेलमा कर्णाली याक्सलाई चार विकेटले हराएयता लुम्बिनी लायन्सविरुद्ध छ विकेटले पराजित भएको थियो । पहिलो सिजनको खेलमा विराटनगरले चितवनलाई ५१ रनले पराजित गरेको थियो ।
विराटनगरको किंग्सको प्लेइङ ११ : जोर्ज मुन्से, लोकेश बम, साम हेजलेट, नरेन भट्ट, बासिर अहमद, शुभम रान्जाने, नारायण जोशी, प्रतिष जिसी, सन्दीप लामिछाने(कप्तान), सुर्य तामाङ, मर्चान्ट डे लान्गे।
चितवन राइनोजको प्लेइङ ११ : डेविड मलान, अर्जुन साउद, देव खनाल, कुशल मल्ल(कप्तान), रवि बोपारा, सैफ जैब, दीपक बोहोरा, अमर सिंह रौटेला, रञ्जित कुमार, कमल सिंह एरी, सोहिल तन्भिर।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।