• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बुधबार, असोज २८, २०८३ Wed, Oct 14, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
जीवनशैली

३५ वर्ष बैंकिङ क्षेत्रमा बिताएका पर्शुराम

64x64
सुमित्रा कार्की शनिबार, पुस ३०, २०७९  २०:३७
1140x725

काठमाडौं– भारतको मुम्बईमा जन्मेका पर्शुराम कुँवर क्षेत्रीका बुबा त्यतिबेला हिस्दुस्तान लिभरमा काम गर्थे। एक्कासि पोखरामा रहेको उनीहरुको जग्गा सार्वजनिकीकरण हुने हल्ला चल्यो। त्यस्तो हल्ला चलेपछि पर्शुरामको परिवार १८ वर्षको मुम्बई बसाइ अन्त्य गर्दै पोखरा फर्कियो।

मुम्बई हुँदा पर्शुराम कक्षा २ मा पढ्थे। अंग्रेजी फरर जानेका उनलाई हिन्दी र नेपाली भने खासै आउँदैनथ्यो। ‘त्यो बेला नेपालमा कक्षा ४ बाट मात्र अंग्रेजी पढाइ हुन्थ्यो। म मुम्बईबाट आएर सिधै ४ कक्षामा भर्ना भएँ,’ उनी भन्छन्।

कक्षा ६ सम्मको अध्ययन पोखराको अमरसिंह माध्यमिक विद्यालयमा गरेका क्षेत्रीले २०३४ सालमा पोखराको प्रभात माध्यमिक विद्यालयबाट एसएलसी दिए। त्यो बेला पोखरामा एउटा मात्र क्याम्पस थियो, पृथ्वीनारायण क्याम्पस। सोही क्याम्पसबाट आफूले आईकम र बीकम गरेको उनी बताउँछन्। क्षेत्रीले स्नातकोत्तर गर्ने समयमा पोखरामा व्यवस्थापनको पढाइ हुँदैनथ्यो। उनीसँग एउटा मात्र विकल्प थियो, अर्थशास्त्र पढ्ने।

क्षेत्री भन्छन्, ‘अर्थशास्त्र पढ्ने निधो गर्दै फर्म भर्न पृथ्वीनारायण क्याम्पस गएको थिएँ। त्यो क्याम्पसका सहायक डिनले सोध्नुभयो, ‘किन आएको?’ मैले भनें, ‘म इकोनोमिक्स पढ्ने भएँ सर। फर्म भर्न आएको।'

क्षेत्री भन्छन्, ‘त्यो बेला मलाई सरले इकोनोमिक्स होइन, काठमाडौं जाउ र म्यानेजमेन्ट पढ भन्नुभयो। काठमाडौंमा म्यानेजमेन्ट पढेर पोखरामा फर्क र स्कुल पढाउ। यहाँ शिक्षकको धेरै अभाव छ। बिहान–बेलुका अन्य काम गर्न पनि पाइन्छ भन्नुभयो।

२०३९ सालमा काठमाडौं आएका क्षेत्रीको उद्देश्य थियो, व्यवस्थानमा मास्टर्स गर्ने र पोखरा गएर स्कुल र क्याम्पस पढाउने। उनी भन्छन्, ‘पोखरामा क्याम्पस पढ्दाका साथी थिए कृष्णराज लामिछाने। पछि उनी अन्नपूर्ण फाइनान्स, कैलाश विकास बैंक र महालक्ष्मी विकास बैंकको सीईओ पनि भए। उनै लामिछाने र मैले काठमाडौंमा सँगै बसेर पढ्ने सल्लाह गरेका थियौं। हामी दुवै जना रुममेट भएर काठमाडौंमा स्नातकोत्तर पढ्न थाल्यौं।’

क्षेत्री काठमाडौं आएर शंकरदेव क्याम्पसमा म्यानेजमेन्ट पढ्न थाले। ‘म काठमाडौं आएर शंकरदेवमा भर्ना भएँ र साथीसँगै बागबजार बस्न थालें। त्यतिबेला बागबजार क्षेत्रमा क्याम्पसै क्याम्पस थिए।’

काठमाडौंमा पढ्न थालेपछि क्षेत्रीलाई शिक्षक बन्ने अवसर आयो। गोलढुंगामा रहेको नागार्जुन माध्यमिक विद्यालयमा अंग्रेजी पढाउने अफर आएको उनी सम्झन्छन्। उनी भन्छन्, ‘मैले उक्त स्कुलमा २८ महिना पढाएँ। तर सँगै पढाउने र पढ्ने गर्दा स्नातकोत्तर पहिलो वर्षको परीक्षा खासै राम्रो भएन।’ क्षेत्रीले आईकम र बीकममा क्याम्पस टप गरेका थिए। ‘पहिले क्याम्पस टप भएको व्यक्ति, पछि आएर चित्त बुझ्दो रिजल्ट नै आएन,’ उनी सुनाउँछन्, ‘त्यसले मेरो पोखरा गएर शिक्षक बन्ने कुरालाई असर गर्‍यो।’ 

Ncell 2
Ncell 2
nimb
nimb

रिजल्ट नै कमजोर भएपछि एकेडेमिक लाइनमा जान मन नलागेको क्षेत्री बताउँछन्। उनी भन्छन्, ‘विकल्प खोज्न थालें।’ त्यतिबेला नयाँनयाँ बैंक खुल्दै थिए। नबिल बैंक आइसकेको थियो। अन्य बैंक पनि आउँदै थिए। मैले चार/पाँच ठाउँमा आवेदन हालेको थिएँ। केही बैंकले बोलाए। त्यसमध्येको एक थियो, तत्कालीन ग्रिनलेज बैंक (हाल स्ट्याण्डर्ड चार्टर्ड बैंक) ले बोलायो।’ 

ग्रिनलेज बैंकको जागिरको लगभग फाइनल भएर काम गर्न थालेका क्षेत्री फेरि नेपाल बैंकको अधिकृत लेभलमा नाम निकाल्न सफल भए। उनी भन्छन्, ‘यता जागिर फिक्स भएलगत्तै नेपाल बैंकको अधिकृत पाँचौंमा पनि नाम निस्कियो। त्यही बेला कृष्ण लामिछानेको पनि उक्त पदमा नाम निस्कियो। लामिछाने गए, तर मलाई भने सरकारी जागिरमा जान जुरेन त्यो बेला। परिवारबाट सरकारी जागिर खानुपर्छ भन्ने प्रेसर त थियो तर म ग्रिनलेजमै गएँ,’ उनले सुनाए।

क्षेत्री सन् १९८६ जुन १५ मा ग्रिनलेज बैंकमा भर्ना भएका थिए। जसको कारोबार १९८७ जनवरीदेखि सुरु भएको उनी बताउँछन्। भन्छन्, ‘म यो बैंकका जोइन हुँदा मेरो पद थियो, बिल्स डिपार्टमेन्टमा ‘विल्स क्लर्क’को। यो भनेको अहिलेको ट्रेनी असिस्टेन्ट जस्तो हो। जुन डिपार्टमेन्टले क्यास र क्लियरिङबाहेक सबै काम गर्थ्यो।’

त्यो बेलामा एउटै बैंकमा भर्ना भएका उनका सहकर्मी थिए अजय श्रेष्ठ। क्षेत्री भन्छन्, ‘अजय श्रेष्ठजी पछि बैंक अफ काठमाडौंको सीईओ हुनुभएको थियो। तलब १७०० रुपैयाँ थियो। त्यसमा २३० रुपैयाँ खाजा भत्ता भनेर थपिदिन्थ्यो। ग्रिनलेज बैंक भर्खर सुरु हुन लागेकाले टिम बनाइरहेको थियो। मसँगै ७ जना एकैपटक भर्ना भए।’ 

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

त्योभन्दा अघि ६ जना भर्ना भइसकेका थिए। १३ जना जतिको टिम बन्यो। दुई जना भारतीय र एक जना ब्रिटिस सीईओ थिए। उनीसँगै भर्ना भएका धेरै बैंकर पछि विभिन्न बैंकमा सीईओ भएका छन्। उनी भन्छन्, मसँगै बैंकिङ क्षेत्रमा आएका अजय श्रेष्ठ, उदय उपाध्याय, सुदेश खालिङ, उपेन्द्र पौडेल सबै जना बैंकको कार्यकारी अधिकृत (सिईओ) पोस्टमा पुगेर अहिले पनि कति जना बैकिङ क्षेत्रमा नै हुनुहुन्छ।’

क्षेत्रीभन्दा जुनियर (दोस्रो ब्याच)मा भर्ना भएकाहरु पनि अहिले धेरै जना सिईओ भइसकेको उनी बताउँछन्। अनिल शाह, निरज श्रेष्ठ, अनुपमा खुञ्जेली, सुमन जोशी, सुनिल केसी लगायतका व्यक्तिहरु पनि अहिले बैंकिङ क्षेत्रमा सिईओ पोस्टमा रहेको क्षेत्री बताउँछन्।

क्षेत्री आफूले स्ट्याण्डर्ड चार्टर्डमा १७ वर्षसम्म जागिर खाएको बताउँछन्। उनी भन्छन्, ‘१७ वर्षसम्म खाएको जागिर छाडेर सन् २००३ जुलाईमा म नेपाल बैंकमा गएँ।’ त्यो बेला नेपाल बैंकमा क्षेत्रीलाई वल्र्ड बैंकको सम्झौतामा सञ्चालित एक वर्षको प्रोजेक्टका लागि लगिएको थियो। तर उनले त्यहाँ तीन वर्षसम्म काम गरे। वल्र्ड बैंकको समझौतामा सञ्चालिन प्रोजेक्ट सकिन लागेको बेला नेपालमा अर्को बैंक सञ्चालनमा आउने चर्चा चलिरहेको थियो। त्यो बैंकको हो, सिटिजन्स बैंक। उक्त बैंकमा उनलाई अफर आयो। 

क्षेत्रीलाई सिटिजन्स बैंकमा ल्याउनको लागि खोज्दै घरमै आइपुगेका थिए राजनसिंह भण्डारी। भण्डारीले क्षेत्रीलाई उक्त बैंकका सिईओ पोस्टको लागि अफर गरेका थिए। सन् २००७ जनवरीमा उनी सिटिजन्स बैंकका गए। उनी त्यहाँ गइसकेपछि बैंकले लाइसेन्स पनि पायो। क्षेत्री भन्छन्, ‘बैंक सञ्चालनमा आएको डेढ वर्ष हुँदै थियो। प्रमोटरबीच खटपट भयो। मलाई चित्त बुझेन। त्यही बेला अर्को अफर आयो, बैंक अफ एसियाबाट। बैंक अफ एसिया सञ्चालनमा आएको ५÷६ महिनामात्र भएको थियो। सीईओ थिएनन्।’

क्षेत्रीले सिटिजन्स बैंक छाडेर बैंक अफ एसियामा जाने मन बनाए र भण्डारीसँग सल्लाह गरे। भण्डारीले आफ्नो लाइफ बन्छ भने अर्को बैंकका जानको लागि सुझाव दिएको उनी बताउँछन्। भन्छन्, ‘सिटिजन्स बैंक छाडेर सन् २००८ मेमा चार वर्षे कार्यकालको लागि बैंक अफ एसियामा गएँ। चार वर्षको कार्यकाल सकियो र त्यही बेला बैंक अफ एसिया र एनआईसी मर्ज भए।’

त्यसपछि केही समय बैंकिङ क्षेत्रबाट बाहिरिएर उनी अध्यापनतिर लागे। क्षेत्री भन्छन्, ‘मलाई पढाउन एकदमै मन पर्ने। तालिम दिने र पढाउने विषयलाई म एकदमै महत्वको साथ हेर्छु। मलाई आफ्नो मृत्यु अब्दुल कलामजस्तै कक्षामा पढाउँदापढाउँदै होस् भन्ने इच्छा छ।’

उनले सन् २०१५ मा ग्रान्ड बैंकमा ६ महिना सीईओकै रुपमा कन्सल्टिङको काम गरेका छन्। त्यसपछि क्षेत्रीको बैंकिङ लाइफ जनता बैंकतिर मोडियो। ग्राण्ड बैंक छाडे लगत्तै जनता बैंकमा सल्लाहाकारको भूमिकामा काम गरे। त्यहीबेला जनता बैंकले त्रिवेणी विकास बैंकसँग मर्ज गर्ने भनेर प्रक्रिया अगाडि बढायो।

जनता र त्रिवेणी विकास बैंकको मर्जर सम्झौता समेत भइसकेको थियो। उनी भन्छन्, ‘त्यसलाई अन्तिम रुप दिने जिम्मेवारी मेरै कार्यकालमा भएको हो। त्यो बेला जनता बैंकको सिईओको कार्यकाल सकियो। केही समयसम्म बैंकमा कसलाई सिईओ बनाउँने भन्नेबारेमा डिसिजन हुन सकेन। अन्त्यमा मैले नै जनता बैंकको सिईओ बन्नुपर्ने अवस्था आयो।’

त्यो बेला क्षेत्री जनता बैंकमा दुई वर्ष सिईओमा काम गर्छु भनेर जोइन भएका थिए। जनता बैंक ग्लोबल आइएमई बैंकसँग मर्जरमा जाने भयो। मर्जपछि पनि ग्लोबल आइएमई बैंकको सीईओमा पनि क्षेत्री नै थिए। ग्लोबल आइएमई बैंकको सिईओ पदबाट क्षेत्रीले ७ महिनापछि राजीनामा दिए। 

लगभग ३५ वर्षसम्म बैंकिङ क्षेत्रमा बिताएका क्षेत्री विगत साढे दुई वर्षदेखि अवकाश जीवन बिताइरहेका छन्। अहिले उनी घरमै अध्ययन, अनुसन्धानमा समय दिइरहेका छन्। बैंकिङ क्षेत्रमा हुने विभिन्न ट्रेनिङ तथा कार्यक्रमहरुमा सहभागी हुने गरेको उनी बताउँछन्। उनी भन्छन्, ‘मेरो दैनिकी सिक्ने र सिकाउने काममा बितिरहेको छ। विभिन्न कार्यक्रम, बैठकहरुमा भाग लिइरहेको छु।’

उनीसँग नेपालको बैंकिङ क्षेत्रमा साढे तीन दशक लामो अनुभव र विज्ञता छ। सन् १९८६ देखि बैंकिङ करिअर सुरु गरेका क्षेत्री स्ट्याण्डर्ड चार्टर्ड बैंकलाई बैंकिङ क्षेत्रको महाविद्यालय ठान्छन्। उनी भन्छन्, ‘मैले सात बैंकमा जिम्मेवार पदमा रहेर काम गरे। तर मेरो बैंकिङ करिअरको पहिलो खुड्किलो भनेको ग्रिनलेज (हालको स्टाण्डर्ड चार्टर्ड बैंक) हो।’

बैंकिङ करिअरबाट निस्किँदै गर्दा क्षेत्री पछिल्लो पटक ग्लोबल आइएमई बैंकको प्रमुख कार्यकारी अधिकृत थिए। बैंकिङ क्षेत्रको बारेमा पढाए, तालिम दिए र धेरै परामर्शको काम गरे। धेरै बैंक मर्जरको साक्षी पनि भए। सक्रिय बैंकिङ करिअरबाट विश्राम लिँदै गर्दा नेपालको अग्रणी मोबाइल भुक्तानी सेवा प्रदायक इसेवाको अध्यक्ष बनेका छन्। तीन देशकमा नेपालको बैंकिङ क्षेत्रमा ठूलो परिवर्तन आएको छ। यस परिवर्तनको साक्षी क्षेत्रीले सेवा सुरु गर्दाको बैंकिङ क्षेत्र र अहिले निकै फरक भएको छ।

प्रकाशित मिति: शनिबार, पुस ३०, २०७९  २०:३७

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
सुमित्रा कार्की
लेखकबाट थप
निर्वाचन खर्चमा अपारदर्शिता : मनपरी खर्च हुन्छ, नियमन हुँदैन
३५ वर्ष बैंकिङ क्षेत्रमा बिताएका पर्शुराम
जनार्दन अर्थमन्त्री हुँदा एक वर्षदेखि नभएको कर्जा मार्गदर्शनको संशोधन विष्णु पौडेल आएलगत्तै कसरी भयो सम्भव?
सम्बन्धित सामग्री
मोजाभित्र प्याज राखेर सुत्दा ज्वरो निको हुन्छ? के भन्छ विज्ञान ‘यदि रुघाखोकी लागेको छ भने प्याजलाई गोलो काटेर मोजाभित्र राख्नुस् र त्यो मोजा लगाएर रातभर सुत्नुस्।’ शनिबार, असोज २४, २०८३
के कुकुरले पनि मान्छेले बोलेको शब्द पहिचान गर्न सक्छ ? कुकुरले मानिसको निरन्तर बोलीलाई शब्दको लयअनुसार प्रशोधन गर्न सक्ने र त्यस क्रममा व्यञ्जन ध्वनिमा आधारित शब्द संरचनाप्रति विशेष प्रति... सोमबार, असोज १२, २०८३
के तपाई मधुमेहका बिरामी हुनुहुन्छ ? ख्याल गर्नुस् अनि यस्तो गल्ती नगरौं मधुमेहका बिरामीले औषधिभन्दा धेरै खानपानमा ध्यान दिन जरुरी हुन्छ। मधुमेह भएपछि शरीरले इन्सुलिन हर्मोन ठीकसँग बनाउन वा यसको उपयोग गर्न... आइतबार, असोज ११, २०८३
ताजा समाचारसबै
नेपालबाट बाहिरियो मनसुन बुधबार, असोज २८, २०८३
सातै प्रदेशका मुख्यमन्त्रीद्वारा ‘कोशी घोषणा–२०८३’ जारी गर्दै सकियो मुख्यमन्त्री सम्मेलन (पूर्ण पाठसहित) बुधबार, असोज २८, २०८३
पोखरा–दुबई उडानः वर्षदिनको टिकट बुकिङ खुला बुधबार, असोज २८, २०८३
भियतनाममा युद्धमा मारिएका ७३१ सैनिकको सम्मानमा अन्त्येष्टि बुधबार, असोज २८, २०८३
उच्चस्तरीय भ्रमण र कन्सुलर सेवा सुधार मेरो मुख्य प्राथमिकता बुधबार, असोज २८, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
एउटै वडाका चार युवा प्रहरी असईमा छनोट, सामुदायिक शिक्षाको सफलता मंगलबार, असोज २७, २०८३
खगेन्द्र सुनारलाई प्रहरीले पक्राउ गर्छ ? मंगलबार, असोज २७, २०८३
कांग्रेसको निर्वाचित महिला खुला सदस्य विरुद्ध अदालतमा मुद्धा परेपछि... मंगलबार, असोज २७, २०८३
राष्ट्रपतिबाट दुई अध्यादेश जारी मंगलबार, असोज २७, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
दशैंले राष्ट्रिय समस्या पहिल्याउन संवाद गर्न सकोस नेपाल लाइभ
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
मुग्लिन–काठमाडौं सडकखण्ड पुन: बन्द आइतबार, असोज २५, २०८३
निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश ल्याउने योजना पनि छैन : मन्त्री रावल सोमबार, असोज २६, २०८३
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
गगनलाई बधाई दिँदा खड्गीले के भने? शनिबार, असोज २४, २०८३
एउटै वडाका चार युवा प्रहरी असईमा छनोट, सामुदायिक शिक्षाको सफलता मंगलबार, असोज २७, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्