• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
सोमबार, भदौ २९, २०८३ Mon, Sep 14, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
अन्तर्वार्ता - विचार
अर्थतन्त्र मन्थन-२

कसैमा नविनता देखिँदैन, हामी काल पर्खेका जस्तो भएका छौँ

बाबुराम भट्टराई बुधबार, चैत १६, २०७८  १५:२७
1140x725

हामी पछिल्लो समय निकै थाकेका र गलेका जस्ता देखिन थालेका छौँ। कसैमा नविनता देखिँदैन। हामी खाली काल पर्खेका जस्तो भएका छौँ। ४० वर्षदेखि हाम्रो अर्थतन्त्रको अबस्था यस्तै छ। हामी गरिब छौँ। परनिर्भर छौँ। निर्यातमा मात्र निर्भर छौँ। त्यहीमाथि हाम्रोमा भ्रष्टाचार पनि छ। यस्तो किन भयो त? ज्वर आयो भने किन आयो भनेर हामी औषधि खान्छौँ, उपचार गर्छौँ। ४० वर्षदेखि यही आर्थिक अबस्थामा हामी छौँ, तर उपचार किन गरिरहेका छैनौ त? हामी सँगैका छिमेकी देशहरुले धेरै सुधार गरिसके, हामी किन सकिरहेका छैनौँ? अहिले भुटान र बङ्गलादेशले पनि सुधार गरिसकेको छ। उनीहरु हामीलाई उछिनेर माथि गइसकेका छन्।

कोरिया र सिङ्गापुर त धेरै माथि पुगिसकेका छन्। किन यो भइरहेको छ? यसको संरचना र संस्थागत कारण के हो हाम्रो प्रश्न त्यहाँ हुनुपर्छ।

अहिले विश्व र क्षेत्रीय प्रभाव के हो र यसको प्रवृत्ति के हो? नेपाल के यसबाट मुक्त हुनसक्छ कि सक्दैनौ? यो प्रश्न अब खोज्नुपर्छ। हामी ४ प्रतिशतमात्र औषतमा किन छौँ? यसको विश्लेषणसहितको कुरा आउनुपर्छ। हामी कहाँ चुक्यौँ, ४० वर्षदेखि हामी यही कुरा हामी भनिरहेका छौँ। तिनै मानिस भनेको भन्यै छौं। तर, कहिल्यै सुध्रिँदैन।

हाम्रा छोरा नाति सवै विदेश गइसके, तर हामीमा चेत आएन। अब देशमा हामी वृद्ध वृद्धामात्र हुने भएका छौँ। अब शब्दमा अल्झन हुँदैन। समाजवादउन्मुख अर्थतन्त्र हामीले भनेका छौँ। यो शब्द राख्ने मध्येको म पनि एक हुँ। संविधान सभामा हामीले बहस गरेर बीचको शब्द भनेर समाजवाद उन्मुख भनेका हौं। अहिले समाजवाद  होइन त्यतातिर जानेमात्र भनेको हो। अहिले नै समाजवाद भन्ने हो भने हामी त्यहाँ पुग्दैनौ। 

माओवादीमा म पनि लागेको मानिस हो। क्रान्तिकारीप्रति मलाई गर्व छ, तर अब आजको अबस्थामा त्यसको काम नलाग्ने भयो। अब आर्थिक रुपमा नयाँ निर्माण गर्न नयाँ अर्थराजनीतिक पक्ष लिनुपर्छ

अब के गर्ने? 
पहिलो कुरा अहिलेको अबस्थामा धेरै बस्तुहरु विचारमा आधारित छन्। दोस्रो विश्वयुद्धपछि भएको शीतयुद्ध यसैमा केन्द्रित थियो। अहिले उदारवाद र समाजवाद त्यही रुमपा रहेको छैन। दुवैको सिङ्ग फुक्लेको रहेका छन्। दुवैले आफूलाई नयाँ रुपमा अघि बढाउन खोजेका छन्। युरोपमा पनि समाजवादको खुलेरै विरोध हुने गरेको छ।

चीनमा शास्त्रीय समाजवादको कुरा अब बाँकी रहेको छैन। अब चीन नयाँ अर्थतन्त्रको वादमा रहेको छ। अहिले विश्वमा शून्यता छ। अब नयाँ खोजीको अबस्थामा रहेको छ। समाजवादले तीव्र विकास गरेको हो। रुसमा अक्टोबर क्रान्तिपछि विकास गरेको हो। जापानहरुले उदारवाद  वा पुँजीवादले विकास गरेको हो। तत्कालीन समयमा आफ्नो मात्र बजारले विकास हुँदैन थियो। त्यसमा उदार र पुँजीवादमा उपनिवेषवाद मिलाएर सफलता हासिल गरेका हुन्। उत्पादनको नियन्त्रण राज्यको हुने कुरा आयो। शोभियत संघले यसरी मैरी झै देशेको विकास गर्ने भनेर विकास गर्‍यो।

चीनले पनि एक दलीय व्यवस्था अन्तर्गत विकास गरेकै हो। तर, हामीले यो कुनै पनि गर्न सम्भव छैन। हामीले कृषिको प्रचुरता भएको अर्थतन्त्र हो, तर अन्त्यन्त कम उत्पादन भएको हो। हामीले तीव्र रुपमा आर्थिक विकास गर्ने हो भने दुई बाटो देखिन्छ।

Ncell 2
Ncell 2
nimb
nimb

पुँजीवाद वा उदारवादले वाह्य वजारमा जाने अबसर पनि छैन र एक दलीय व्यवस्थाअनुसार सम्पुर्ण शक्ति केन्द्रित गरेर विकास गर्ने छुट छैन। हामी प्री–इन्डस्ट्रियल स्टेजमा छौँ। हामी अहिलेको अवस्था अनुसारको नीति अब अघि बढ्न लगाउनुपर्छ। म त भन्छु हिजोको शब्दमै नअल्झिउँ भन्ने हो। अब माओवादी ब्राण्ड समातेर देश विकास हुँदैन।

अहिलेको अबस्थामा हामीले व्यापार घाटा कम गर्नुछ, निर्यात वढाउनु छ र रोजगारीका अबसरहरु सिर्जना गर्नु छ। यसका लागि उदारवाद वा साम्यवादभन्दा बाहिर जानुपर्छ

माओवादीमा म पनि लागेको मानिस हो। क्रान्तिकारीप्रति मलाई गर्व छ, तर अब आजको अबस्थामा त्यसको काम नलाग्ने भयो। अब आर्थिक रुपमा नयाँ निर्माण गर्न नयाँ अर्थराजनीतिक पक्ष लिनुपर्छ। अब पेङ वा ली वादी हुनुपर्छ। अब व्यवहारवाद हुनुपर्छ। विरालोको रङ सेतो वा कालो जे भएपनि मुसा मानुपर्छ। 

अहिलेको अबस्थामा हामीले व्यापार घाटा कम गर्नुछ, निर्यात वढाउनु छ र रोजगारीका अबसरहरु सिर्जना गर्नु छ। यसका लागि उदारवाद वा साम्यवादभन्दा बाहिर जानुपर्छ। संसार नै क्यापिटलिस्ट भइसकेको छ। चीनले नै विश्व व्यापार संघको सदस्यता लिएपछि नै तीव्र रुपमा विकास गरेको हो।

विश्व पुँजीवजारको केन्द्र र किनारा छन्। जसले निर्यात गर्छन् र तीव्र विकास गर्ने देशहरु केन्द्रमा छन् र भर्खर विकास गर्न लागेका देशहरु किनारामा छन्। नेपाल र अफ्रिकाजस्ता देशहरु काँठमा रहेका छन्। हामी विकसित देश होइनौँ। कृषिमा आधारित भएर विकसित हुन सक्दैनौँ। ५ प्रतिशतभन्दा कम कृषिमा आश्रित भएर यो  विकसित देश हुँदैन। हामीले हाम्रो विकासको वाटो आफैंले खोज्न जरुरी छ।

 हामीले आसेपासे पुँजीवाद भनेका छौँ। यो भनेको निर्वाहमुखी कृषिमा आधारित हो। हाम्रा छिमेकी देशहरु भारत र चीन औद्योगिक रुपमा अघि बढेका छन्। हामी अन्य देशमा श्रम बेचेर त्यहाँवाट अलि–अलि पैसा ल्याएर विदेशबाट आयात हुने सामाग्रीहरु खरिद गरेर चलाउँदै आएका छौँ।  

अहिले कि त कृषिमा निर्वाहमुखीमा छ कि त विदेश गएर रेमिट्यान्स पठाइरहेको छ। यसरी दुई भागमा विभाजन भएको छ। यही रेमिट्यान्समा चलखेल गरेर  विचौलिया वर्ग हामी भएका छौँ। देशको वास्तविक अबस्था यही हो। यो किनारा पुँजीवाद हो। यसरी अरुले कमाएकोमा खाने जुन वर्ग छ यही नै आसेपासे पुँजीवाद हो। 

छिमेकी भारत पाँचौ बन्दै छ। चीन पहिलो नम्बरमा पुग्ने प्रयासमा छ। हाम्रो प्रतिस्पर्धा पुग्ने क्षेत्र के हुन खोजेर विश्व र क्षेत्रिय पुजीवादसँग मिलेर अघि बढ्नु पर्छ। अर्थतन्त्रको चार आयाममा काम गर्न जरुरी छ। आर्थिक वृद्धिदर २ अंकसम्म नगरेसम्म प्रतिव्यक्ति आय १२ हजार डलरसम्म पुर्‍याउन जरुरी छ। यसका लागि लगानी पनि बढाउनुपर्छ। यसका लागि स्वदेशी र विदेशी पुँजी लगानी गर्नुपर्छ। यो गर्न राज्यले मात्र लगानी सम्भव छैन।

उद्योग र पूर्वाधार निर्माण पनि निजी क्षेत्रलाई दिनुपर्छ। पुँजी बढाउनका लागि नीजि क्षेत्रलाई साथ लिनै पर्छ। राज्यले सेवा क्षेत्रमा मात्र लगानी गर्ने हो। नीजि क्षेत्र र  राज्य  मिलेर काम गर्न जरुरी छ। ४२ खर्बको हाम्रो अर्थतन्त्र छ। ४० प्रतिशत मात्र लगानी गर्ने हो भने २० खर्ब चाहिन्छ भने  हामी ९ खर्बभन्दा बढी पैसा आन्तरिक रुपमा उठाउन सक्दैनौँ। अरु पैसा हामीले बाहिरबाट ल्याउनै पर्छ।  

रेमिट्यान्स त उपभोग गरेर नै  पुग्दैन। यसका लागि त बाहिरवाट ग्राण्ड नै ल्याउनु पर्छ। अहिले अनुदानको चलन नै हराएको छ। अमेरिकाले एमसीसीमा केही शर्त राखेर दिन्छु भन्यो, तर हामीमा राष्ट्रवादको भुत जाग्यो। बल्ल बल्ल मिलाएका छौँ। हामीले झन्डै गुमाएका थियौं।

उत्तरले पनि दिने आस गर्नुपर्छ। हामीले अब लिने भनेको ऋण नै हो। कहाँबाट सस्तोमा पाइन्छ त्यहीँबाट लिने हो। यसरी लिएको ऋण हामीले अन्त कतै लगानी गर्न हुँदैन ठूला पूर्वाधार र राष्ट्रिय गौरवका आयोजनामा मात्र खर्च गर्ने हो।

पूर्वाधार नै पहिलो प्राथमिकता हो। त्यसमा पनि उर्जामा लगानी गर्ने हो। यी सवै निजी क्षेत्रलाई दिनुपर्छ। भारत र चीनसँग जोरी नखोजी उनीहरुलाई लगानी गर्न प्रेरित गर्नु जरुरी छ। बजार पनि उनीहरुकै भएकाले हामीले उनीहरुसँग कम ब्याजदरमा ऋण लिएर काम गर्न जरुरी छ।

राष्ट्रिय औधिकरण गर्ने हो भने उनीहरुकै बजार भएकाले आउ पुँजी लगानी गर भनेर उत्पादन वृद्धिमा जोड दिनुपर्छ। राज्यले पूर्वाधार, शिक्षा, स्वास्थ्यमा काम गर्ने हो अनि निजी क्षेत्रलाई प्रयाप्त मात्रमा लागनी गरेर उत्पादन वृद्धि गरेर प्रशस्त रोजगारी सिर्जना गर्न पर्छ। वितरणमा पनि ध्यान दिनुपर्छ, नत्र कोही धनीमाथि धनी अनि गरिब गरिब नहोस् भन्नेमा ध्यान दिन जरुरी छ। विकसीत अर्थतन्त्र गर्ने हो। कृषिमा आधारित उत्पादन घटाउनै पर्छ। थोरै मानिसलाई मात्र उक्त क्षेत्रमा राखेर उद्योगको विकासतिर नै जानुपर्छ। पूर्वी एसियाको मोडल भनेको कृषिलाई आधुनिककरण गर्ने हो। नत्र श्रमशक्ति पलायनको खतरा रहन्छ। 

हामी गम्भीर अबस्थामा छौं। तीव्र गतिको विकास गर्ने हो भने संरचना सुधार गर्नै पर्छ। हामीले भनेर मात्र पुग्दैन। राजनीतिक स्थायित्व र सुधार हुन जरुरी छ।

आखिर कार्यान्वयन गर्ने राजनीतिले नै हो। यसका लागि प्रत्यक्ष निर्वाचित राष्ट्रपति र प्रधानमन्त्रीको व्यवस्था गर्नुपर्छ। पूर्ण समानुपातिका निर्वाचन प्राणालीमा जाऔँ। यदि यो नहुने हो भने केही समय देशमा सहमतीय सरकार बनाऔं। १० वर्षसम्म यस्तो सरकार बनाऔं। हाम्रा केही आधारभूत नीति हुन्छन्, त्यसमा सहकार्य गरेर सर्वदलीय सरकार बनाऔं। यदि गर्न सकिँदैन भने प्रत्यक्ष निर्वाचनमा जानुपर्छ। नत्र भने बिरालाको घाँटीमा कसले घन्टी बाँध्ने भनेर हुँदैन। अहिलेको प्राणाली, न्यायलय र कार्मचारी संयन्त्र सुधार गर्न जरुरी छ। विकासमा यी पनि बाधक देखिएका छन्। यसलाई पनि पुन:संरचना गरेर जाऔं। त्यस्तै, जतिसुकै मन नपरेपनि भारत र चीनसँग सुमधुर सम्बन्ध राख्नै पर्छ। हाम्रा छिमेकी उनीहरु नै हुन्। पुँजी र बजार उनीहरुसँगै छ। हामीले यसैलाई उपयोग गरेर जान सकेमात्र तीव्र विकास गर्न सक्छौँ। 

(भट्टराईले राष्ट्रिय अर्थशास्त्री सम्मेलनमा गरेको सम्बोधनको सम्पादित अंश)

प्रकाशित मिति: बुधबार, चैत १६, २०७८  १५:२७

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
लेखकबाट थप
खोलाको अधिकारमा सर्वोच्चको पहिलो व्याख्या : ‘जीवित व्यक्तित्व’को मान्यता
हालान्डको गोलमा सिटी विजय
बार्सिलोनाको जितमा यमलको २ गोल
सम्बन्धित सामग्री
खानी र पानी एकैठाउँमा चल्दैन : गोकुल बाँस्कोटा नेपाल कम्युनिष्ट पार्टी (एमाले)का नेता एवं प्रतिनिधिसभा सदस्य गोकुलप्रसाद बाँस्कोटाले पछिल्लो विपद्बाट क्षतिग्रस्त संरचनाको पुनःनिर्... सोमबार, असोज २८, २०८१
मौद्रिक नीतिको तेस्रो त्रैमासिक समीक्षाः मुख्य बुँदा र प्रभाव लघुवित्तका ॠणीहरुहरुले तत्कालको भुक्तान बोझलाई केही पर सार्न सक्नेछन् र लघुवित्तको खराब कर्जा व्यवस्थापनमा केही सहजता हुनेछ। यसले लघ... शनिबार, वैशाख ३०, २०८०
ठूला र नयाँ आयोजना ल्याउन स्रोतले भ्याउने अवस्था छैन : डा मीनबहादुर श्रेष्ठ [अन्तर्वार्ता] आगामी आर्थिक वर्ष सम्भवतः हामीले ठूला नयाँ आयोजना गर्न सक्दैनौंँ । किनभने हाम्रो स्रोतले भ्याउन सक्ने अवस्था छैन । अर्थतन्त्रमा बाह्... बुधबार, माघ ११, २०७९
ताजा समाचारसबै
खोलाको अधिकारमा सर्वोच्चको पहिलो व्याख्या : ‘जीवित व्यक्तित्व’को मान्यता सोमबार, भदौ २९, २०८३
हालान्डको गोलमा सिटी विजय सोमबार, भदौ २९, २०८३
बार्सिलोनाको जितमा यमलको २ गोल सोमबार, भदौ २९, २०८३
ओली भन्छन्– बालेनको सरकार ‘छापा मार सरकार’ जस्तो देखिन्छ सोमबार, भदौ २९, २०८३
आज हरितालिका तीज सोमबार, भदौ २९, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
एशियाली खेलकुदका लागि नेपाली क्रिकेट टोली घोषणा आइतबार, भदौ २८, २०८३
रविको जन्मदिनमा बालेनको शुभकामना देखिएन, बढ्दो दूरीको संकेत हो? आइतबार, भदौ २८, २०८३
देउवा पक्षका नेताका लागि कांग्रेसमा फर्किने बाटो खुल्यो, महाधिवेशन आयोजक बन्न आह्वान आइतबार, भदौ २८, २०८३
ढोगेको तस्बिर सार्वजनिक गर्दै गृहमन्त्री गुरुङले लेखे– ‘राष्ट्रपति कार्यालयमा पुग्दा शरीरमा रगतले लतपतिएको ज्याकेट थियो’ आइतबार, भदौ २८, २०८३
कांग्रेस अनुशासन समितिका संयोजक तारामान गुरुङको राजीनामा स्वीकृत आइतबार, भदौ २८, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
कुनै पनि शव अस्थायी चिहानका रुपमा १२ वर्षसम्म राख्न सकिन्छ : प्राडा हरिहर वस्ती नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
‘इजोत’को ज्योति प्रज्वलित गर्ने ॐको स्मृति धर्मेन्द्र विह्वल
विपत्तिको पीडाले फिक्का बनाएको तीज प्रमिला कार्की
बुवा : आफ्ना सपना थाती राख्ने नायक नेपाल लाइभ
महाविपत्तिमा पनि पक्षधरता : भत्कँदै नेपाली मौलिकता ! प्रदीप सत्याल
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
शिवपुरीको धाप ड्याम फुट्ने त्राससँगै रोकथामको प्रयास जारी शनिबार, भदौ २७, २०८३
शिक्षामन्त्रीमाथि आक्रमणको प्रयास [भिडियोसहित] शनिबार, भदौ २७, २०८३
कालिका मन्दिरका अध्यक्षले अर्थमन्त्रीलाई दिए साट्न नमिल्ने चेक, रास्वपा सांसद सुशील खड्काले गरेका थिए पहल सोमबार, भदौ २२, २०८३
गगनको प्रतिबद्धतापछि खड्का पक्ष महाधिवेशन प्रक्रियामा सहभागी हुने शनिबार, भदौ २७, २०८३
कुशको प्रतिमा बनाएर अन्त्येष्टिपछि बेपत्ता व्यक्ति जीवित भेटिए के हुन्छ ? मंगलबार, भदौ २३, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्