• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शुक्रबार, भदौ २६, २०८३ Fri, Sep 11, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
विचार

नेपालको आर्थिक समृद्धिको आधार बन्न सक्छ ‘धार्मिक पर्यटन’

राजेश कुमार शाह बिहीबार, जेठ १, २०८२  १७:२९
1140x725

पछिल्लो समय नेपालको आर्थिक गतिविधि ठप्प जस्तै छ। ठूला सहरमा लाखौं खर्चिएर बनेका होटल, रेस्टुराँ धमाधम बन्द हुँदैछन्। सरकारले अर्थतन्त्र लयमै छ भनेर दाबी गरिरहे पनि दिनदिनै व्यवसायीहरु पलायन हुनुले वास्तविकता के होला भनेर अनुमान गर्न खासै गाह्रो पर्दैन।उद्योगी व्यवसायीहरु लगानीका लागि उत्साहित छैन। राजनीतिक नेतृत्व शक्ति संघर्षमै व्यस्त छ। दैनिक दुई हजार भन्दा बढी युवाहरु रोजगारीका लागि विमानस्थलमा फ्लाइट कुरेर बस्छन्। कक्षा १२ सक्नेबित्तिकै विद्यार्थीहरु उच्च शिक्षा र साथै केही आम्दानी होस् भन्ने हेतुले विदेशको सपना बुनिरहन्छन्। सत्ता र शक्तिको नजिक हुने केही अपवाद बाहेक अन्यका लागि देशमा सम्भावना क्षण हुँदै गएको देखिन्छ।

चिया चौतारी, चोकदेखि गाउँघरमासमेत यो देशमा केही छैन भन्दै बहस गर्नेहरुको भीड छ। उमेर पुगेकाहरु बेलैमा विदेश जान नपाएकोमा पश्चाताप गर्छन् भने नयाँ युवालाई देशमा नबस्न सुझाव दिन्छन्। १८ वर्ष पुग्नेबित्तिकै अभिभावकसमेत चिन्तित हुन्छन् अब हाम्रो बच्चाको भविष्य के। सञ्चारमाध्यमहरुमा आउने समाचारहरु पनि केही गरौं भन्ने भन्दा पनि अहिल्यै यो देश छाडेर जानु नै बुद्धिमानी हुनेछ भन्ने मनसाय बनाउने उत्प्रेरित गर्ने खालका छन्। 

के साँच्चिकै यो देशमा अब केही छैन त ? के यहाँ बसेर केही गर्न सकिँदैन ? के अब घर खर्च चलाउनका लागि पनि मातृभूमि छाड्नैपर्ने दिन आइसक्यो ? यी प्रश्नहरु अहिले गाउँघरदेखि शहरसम्मका आम मानिसका हुन्। प्राकृतिक स्रोत साधन सम्पन्न, भूगोलअनुसार मौसममा भिन्नता र थोरै दु:ख गर्दा पनि मनग्य आम्दानी लिन सकिने यो देश यस्तो कसरी भयो ?

थुप्रै प्रश्नहरु तेर्सिरहँदा पनि यो देशमा केही पनि छैन भन्ने कुरामा सहमत भने छैन। हो देशको स्रोत साधनको अवस्था हेर्दा जति हुनुपर्थ्यो त्यो नभएकै हो। तर, देश मरुभूमि नै बनिसकेको छैन। त्यसमा आम नागरिकको पनि केही अठोट अवश्य हुन्छ तर देशलाई आर्थिक समृद्धिमा कसरी लैजाने भन्ने सोच राजनीतिक नेतृत्व र सरकारको हुन्छ। 

सरकारले आँट र अठोट गर्ने हो भने हाम्रो जस्तो स्रोत साधनले भरिपूर्ण देशको प्रगति हुन धेरै समय लाग्दैन। यहाँ सम्भावनाहरु थुप्रै छन्। तर ती सम्भावनाहरु पहिल्याउन सरकारले नै विशेष योजना ल्याउनुपर्छ। हाम्रो जनशक्तिलाई यही बस्ने मात्र होइन, उनीहरुको व्यक्तिगत उन्नति र राष्ट्रको समृद्धिमा लगाउने योजना सरकारसँग हुनपर्छ। 

विश्वका धनि देशहरुले आफूलाई यहाँसम्म ल्याइपुर्‍याउन औद्योगिक क्रान्ति गरे। विभिन्न ठूला–ठूला कम्पनीहरु स्थापना गरे। विश्वलाई नै आफ्नो बजार बनाए। तर हाम्रो देशमा अहिले त्यस्ता ठूला कम्पनीहरु तत्कालै स्थापना गरेर आजकै भोलि कायापलट गर्न सकिन्छ भन्ने चाहिँ सहज छैन। तर हामीसँग भएका स्रोत साधन र हाम्रो देशको विशेषता हेरेर लगानी गर्न सकिने हो भने छिट्टै प्रतिफल भने लिन सकिन्छ। त्यसबाट सरकार मात्र होइन, जनता पनि लाभाम्वित हुनेछन्। 

गत माघ फागुनमा भारतको प्रयागराजमा महाकुम्भ मेला आयोजना भयो। १४५ वर्षपछि आयोजना भएको महाकुम्भमा भारत सरकारले विश्वभरबाट ४० करोड धार्मिक पर्यटक भित्र्याउने लक्ष्य राखेको थियो। तर त्यो लक्ष्यभन्दा बढी करिब ६५ करोडको हाराहारीले दर्शन गरे। सोचेभन्दा धेरै पर्यटक आउँदा व्यवस्थापनमासमेत कठिनाई भयो। त्यसबाट उक्त क्षेत्रमा स्थानीय मात्र नभइ समग्र देशले नै आर्थिक, सामाजिक र पहिचानको लाभ लियो। विश्वभरका हिन्दूहरुका लागि भारत प्रमुख गन्तव्य हो। हिन्दूहरु मात्र नभइ त्यहाँ युरोप अमेरिकाबाट परिचित र प्रतिष्ठित व्यक्तित्वहरुसमेतले दर्शन गरे।

हो यस्तै ठूलो महाकुम्भ, महायज्ञ वा यस्तै भव्य समारोह आयोजना गर्न के नेपालले सक्दैन ? नेपाल त झन् हिन्दू मात्र नभइ बौद्धमार्गीहरुका लागि पनि प्रमुख गन्तव्य हो। भगवान गौतम बुद्धको जन्मस्थल लु्म्बिनी संसारभरका बौद्धमार्गीहरुका लागि महत्त्वपूर्ण स्थल हो। भगवान शिवका अवतारमध्ये प्रमुख मानिने पशुपति हामीसँगै छ। त्यो पनि यी दुवै क्षेत्र विश्वसम्पदा सूचीमा सूचीकृत छन्।

Ncell 2
Ncell 2
nimb
nimb

हाम्रो देशको अर्थतन्त्र र हाम्रो अवस्था हेर्ने हो भने अहिल्यै ठूला संरचना निर्माण गरी विश्वका लग्जरियस लाइफ बिताउन चाहनेका लागि गन्तव्यस्थल बनाउन सक्दैनौं। त्यसका लागि अझै कैयौं दशक लाग्छ। तर हामीसँग भएका सम्पत्ति भनेकै प्राकृतिक सम्पदा र धार्मिक सम्पदा नै हुन्। यीनबाट तत्काल लाभ पनि लिन सकिन्छ। तर सरकारले यसबारेमा विशेष योजना बनाउनुपर्छ। 

केही अमुख धर्मगुरुले लगाएको महायज्ञमा करोडौं रकम उठ्ने पनि हाम्रै देश हो। तर त्यस्तो कामबाट उठेका रकमहरु देश विकासमा प्रयोग हुन सकेको छैन। अझ भन्नुपर्दा केही अपवादबाहेक अन्त्यमा धार्मिक गुरुहरुकै गोजीमा जाने गर्छ। 

के गर्दा उपयुक्त हुन्छ ? 

सबैभन्दा छिटो र विश्वभरका मानिसहरुको ध्यान आकर्षित गर्न सकिने भनेकै हाम्रा लागि हाम्रो धार्मिक सम्पदालाई विश्वमाझ चिनाएर त्यहाँका धार्मिक पर्यटकलाई भित्र्याउनु हो। त्यसका लागि एक महिनाको कार्यक्रम राख्नु्पर्छ। त्यो पनि एकै ठाउँमा भने होइन। पशुपतिलाई पहिलो प्राथमिकतामा राखेर कुनै विशेष महायज्ञ गर्न सकियो भने लाखको संख्यामा होइन करोडौं भित्रिन्छन्। शिवरात्रिमा भारतबाट मात्रै दशौं हजार बाबाहरु आउँछन्। तिनलाई फर्किँदा पशुपतिले खर्च दिएर पठाउँछ। तर अब बाबा बोलाउने मात्र नभइ यहाँ आएर खर्च गर्ने जनशक्ति बोलाउने कार्यक्रम गर्नुपर्छ। 

त्यसका लागि लामो समयको कुनै विशेष कार्यक्रम आयोजना गर्नुपर्छ। हिन्दू धर्ममा आधारित कार्यक्रम भएमा भारितय धार्मिक पर्यटकहरुलाइ तान्न सकिन्छ। किनकी भारतमा एक सय करोड हिन्दू धर्मावलम्बीहरु छन्। बेलामौका पारी उनीहरु नेपाल आउँछन् पनि। तर केही हजारको संख्यामा नभएर एकैपटक लाखौं आउने गरी निम्तो गरौं। त्यसका लागि सरकारी तवरबाटै कार्यक्रमको आयोजना गरी भारत सरकारसँग नेपालले समन्वय गर्न सकिन्छ। त्यहाँको हिन्दू जनसंख्याको एक प्रतिशत मात्रै पनि भित्र्याउन सक्यौं भने एक करोड मानिसहरु नेपालमा एक महिनामै आउँछन्। अन्य मुलुकबाट पनि हजारौंको संख्यामा आउँछन्। भारतबाट मात्रै १ करोड जनसंख्या नेपाल आए र उनीहरुले २० हजार नेपाली रकम खर्च गरेमा नेपाली अर्थतन्त्रमा २ खर्व आर्जन हुन्छ। यस्तो आम्दानीले शिथिल अर्थतन्त्रलाइ त्राण दिनसक्छ।

कुनै बिशेष कार्यक्रम गरेर धार्मिक पर्यटक भित्र्याउन सक्ने हो भने तिनीहरु देशका अन्य धार्मिक क्षेत्रमा पनि पुग्न सक्छन्। पशुपती आएकाहरु पोखरा वा चितवन देखि सुदूरपश्चिम खप्तड हुँदै कैलाश दर्शनका लागि हुम्लासम्म पुग्न सक्छन्। तर सरकारले यस्ता कार्यक्रमका निम्ती भ्रमण प्याकेजहरु ल्याउन सक्नुपर्छ। त्यसका लागी निजी क्षेत्रसँग सहकार्य गर्नुपर्छ। 

अहिले पनि भारतबाट गाडी लिएर आउनेलाई धेरै दुMख दिइन्छ। तर यदि घुम्नकै लागि आएका हुन् भने उनीहरुका सवारी साधनलाई अनावश्यक ठाउँमा रोकेर झन्झटिलो बनाउन हुँदैन। एकपटक आएको पर्यटक कम्तिमा दुई साता बस्न सक्नेगरी खुला हृदयले स्वागत गर्न सक्नुपर्छ। कुनै ठूलो कार्यक्रम राखेर निम्तो दिने हो भने उनीहरुका लागि नेपाल आउने, बस्ने र केही दिन घुमेर खर्च गर्ने वातावरण सरकारले मिलाइदिनुपर्छ। 

हामीले एक वर्षमा यस्ता ठूला कार्यक्रम गरी विश्वभरबाट पाँच करोड पर्यटक मात्र भित्र्याउन सक्यौं भने अहिले देखिएको सुस्त आर्थिक गतिविधि केही दिनमै फस्टाउने छ। उनीहरु यहाँ आएर फर्किएपछि अरुलाई पनि जान प्रेरित गर्नेछन्। कम्तिमा एक महिनालाई भए पनि हाम्रा होटल, यातायात, पर्यटन सबै क्षेत्रले काम पाउनेछन्। तलब दिन नसकेर कर्मचारी कटौती गर्नुपरेका उद्योगी व्यवसायीको उत्पादनले पनि बजार पाउँछ र अझ बढी उत्पादनमा प्रेरित हुन्छन्। 

अहिलेको परिस्थितिमा छोटो समयमा हाम्रो अर्थतन्त्रलाई माथि उकास्ने प्रमुख रामवाण भनेकै पर्यटन हो। त्यसमा पनि धार्मिक पर्यटन। यसका मुख्य दुई कारण छन्। पहिलो हो विश्वभरका प्रमुख धर्ममध्ये दुई हिन्दू र बौद्धका लागि प्रमुख स्थल नेपाल हुनु। अर्को नेपालमा कुनै प्रकारको द्वन्द्व र संघर्ष चलिरहेको छैन। निर्वाध कुनै पर्यटक रात्रिमा सडकमा एक्लै हिँड्दा पनि लुटिने या आक्रमण हुने कुनै प्रकारको थ्रेट छैन। ठूलो कार्यक्रम हुँदा बाहिरबाट हुनसक्ने घुसपैठलाई पनि कडाइ गर्नुपर्छ। 

पहिला एक कार्यक्रम सफल पार्न सक्यौं भने लगत्तै अर्को गर्न पनि सक्छौं। पशुपतिलाई केन्द्रमा राखेर नेपालभरमा धार्मिक स्थल पुग्न सक्ने गरी आयोजना गरिएको कार्यक्रम सफल भयो भने हामीले बौद्धमार्गीहरुलाई पनि त्यसरी नै ल्याउन सक्छौं। यसरी आउने पर्यटकबाट केवल दर्शन मात्र हुनेछैन। उनीहरुले फर्किँदा नेपालको सामाजिक रहनसहन र प्राकृतिक सुन्दरताको अनुभव पनि सँगै लिएर जानेछन्। त्यसले विश्वभरमा नेपालको पर्यटन क्षेत्रका लागि नयाँ ढोका खोल्नेछ। 

हाम्रो भूगोल उनीहरुका लागि घुम्ने मात्र नभइ गर्मी छल्ने हिलस्टेशन पनि हो। त्यसैले धार्मिक कार्यक्रमलाई मु्ख्य केन्द्रमा राख्दै प्राकृतिक पर्यटनको आधार पनि सँगै जोड्नुपर्छ। तर त्यसका लागि हाम्रो सडक संचना भने चुस्त बनाउन सक्नुपर्छ। यदि हामीले हाम्रो देशको सुन्दरता र यहाँसम्म पुग्न बाटोको पहुँच बनाउन सक्यौं भने गर्मीमा चिसो हावा खान आउने र हिँदमा हिउँमा चिप्लेटी खेल्दै चिसोको मजा लिन आउने जोडीहरुले डाँडाकाँडा ढाकिनेछन्। त्यसले स्थानीय उत्पादनको माग बढ्नेछ, रोजगारी बढ्ने छ र सरकारले पनि आम्दानी गर्नेछ।

 ( राजेश कुमार शाह सिए तथा व्यवसायी हुन्।)
 

 

प्रकाशित मिति: बिहीबार, जेठ १, २०८२  १७:२९

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
लेखकबाट थप
सिभिल सहकारी ठगी प्रकरण : पूर्वसांसद इच्छाराज तामाङलाई अदालतले दियो पाँच वर्ष ६ महिना कैद सजाय
भक्तपुरमा एलपी ग्यास कालोबजारी गर्ने दुई जना पक्राउ
आठौंपटक ३५ टन राहत सामग्री बोकेर नेपाल आइपुग्यो भारतीय वायुसेनाको विमान
सम्बन्धित सामग्री
महाविपत्तिमा पनि पक्षधरता : भत्कँदै नेपाली मौलिकता ! संकटको समयमा सामाजिक सञ्जालमा फैलिने अपुष्ट सूचना, सनसनीपूर्ण प्रचार, दोषारोपण र अफवाहले उद्धार तथा राहतको कामलाई थप जटिल बनाउन सक्छ... बिहीबार, भदौ २५, २०८३
बीपीको प्रजातान्त्रिक समाजवाद र कांग्रेसका राजनीतिक सौदाबाजी अब कुरा गरौँ, बीपीको प्रजातान्त्रिक समाजवादमा अडिएको नेपाली कांग्रेसले बीपी मार्गमा हिँड्यो कि हिँडेन? बीपीको राजनीतिक तथा आर्थिक सम... बुधबार, भदौ २४, २०८३
लोकतान्त्रिक समाजवाद : अवधारणा कि कार्यान्वयनमा समस्या ? आजकै दिन अर्थात १९७१ सालमा यस धरामा अवतरण गरेका विपिले २०३९ साउन ६ गते महाप्रस्थान गरेका थिए । नेपाली कांग्रेसका संस्थापक नेता विपि... बुधबार, भदौ २४, २०८३
ताजा समाचारसबै
सिभिल सहकारी ठगी प्रकरण : पूर्वसांसद इच्छाराज तामाङलाई अदालतले दियो पाँच वर्ष ६ महिना कैद सजाय बिहीबार, भदौ २५, २०८३
भक्तपुरमा एलपी ग्यास कालोबजारी गर्ने दुई जना पक्राउ बिहीबार, भदौ २५, २०८३
आठौंपटक ३५ टन राहत सामग्री बोकेर नेपाल आइपुग्यो भारतीय वायुसेनाको विमान बिहीबार, भदौ २५, २०८३
भारतसँग १९० परमाणु हतियार, थप ३५ बनाउन सक्ने अनुमान बिहीबार, भदौ २५, २०८३
भदौभित्रै कृष्णभीरमा यातायात सञ्चालन गर्ने गरी काम तीव्र बिहीबार, भदौ २५, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
न्यायाधीश कुमार रेग्मी र अख्तियार प्रमुख प्रेमकुमार राईविरुद्ध महाभियोगको सूचना संसद् सचिवालयमा दर्ता बिहीबार, भदौ २५, २०८३
प्रधानमन्त्री शाहले बोलाए मन्त्रिपरिषद् बैठक, यस्ता विषयमा हुँदैछ छलफल बिहीबार, भदौ २५, २०८३
पदभारपछि नवनियुक्त उद्योगमन्त्रीले भने–‘जनताको आवश्यकता जति ग्यास दिनैपर्छ’ बिहीबार, भदौ २५, २०८३
गौरीकुमारीको राजीनामापछि उद्योगमन्त्रीमा दीपककुमार साह सिफारिस बिहीबार, भदौ २५, २०८३
अस्पतालले लिएन भर्ना,बबिताले सडकपेटीमै जन्माइन् बच्चा बिहीबार, भदौ २५, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
कुनै पनि शव अस्थायी चिहानका रुपमा १२ वर्षसम्म राख्न सकिन्छ : प्राडा हरिहर वस्ती नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
महाविपत्तिमा पनि पक्षधरता : भत्कँदै नेपाली मौलिकता ! प्रदीप सत्याल
बीपीको प्रजातान्त्रिक समाजवाद र कांग्रेसका राजनीतिक सौदाबाजी लोकराज अवस्थी
लोकतान्त्रिक समाजवाद : अवधारणा कि कार्यान्वयनमा समस्या ? धर्मेन्द्र विह्वल
क्षणभरमै सत्ता खरानी हुन सक्छ भन्ने जेन्जी विद्रोहको सन्देश नभुलौँ नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
गणतन्त्रपछि पहिलोपटक मन्त्रालयमा झुण्ड्याइयो पूर्वराजाको तस्बिर आइतबार, भदौ २१, २०८३
गृहमन्त्री गुरुङ सैनिक अस्पताल भर्ना आइतबार, भदौ २१, २०८३
कालिका मन्दिरका अध्यक्षले अर्थमन्त्रीलाई दिए साट्न नमिल्ने चेक, रास्वपा सांसद सुशील खड्काले गरेका थिए पहल सोमबार, भदौ २२, २०८३
त्रिशूली–३ ‘ए’ मा उद्धार कार्य बन्द शुक्रबार, भदौ १९, २०८३
केसीले दिए कांग्रेस मिलाउने पाँच सूत्र, के–के हुन् प्रस्ताव? आइतबार, भदौ २१, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्