काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने पाँचदिने भारत भ्रमणका लागि आज प्रस्थान गर्दैछन् ।
उनी भारतीय जनता पार्टी (भाजपा)का अध्यक्ष नीतिन नवीनको निमन्त्रणामा भारत जान लागेका हुन् । लामिछाने जेठ २२ गते स्वदेश फर्कनेछन् ।
रास्वपा प्रवक्ता मनिष झाले आइतबार नै प्रेस विज्ञप्ति जारी गरेर भ्रमणबारे बताएका थिए । लामिछानेले नयाँ दिल्लीमा उच्च स्तरीय राजनीतिक तथा कूटनीतिक भेटघाट गर्ने कार्यसूची सार्वजनिक भएको छ ।
लामिछानेले भारतमा रहेका नेपाली समुदाय र पार्टीका शुभेच्छुकसँग पनि अन्तर्क्रिया गर्ने तालिका छ । लामिछाने व्यक्तिगत भ्रमणको सिलसिलामा अयोध्यासमेत जाने तालिका छ ।
भारतीय जनता पार्टी (बिजेपी)का विदेश विभाग इन्चार्ज विजय चौथाइवालाले पनि प्रेस विज्ञप्ति जारी गर्दै लामिछानेको भारत भ्रमण हुन लागेको बताएका छन् । उनले भारतीय जनता पार्टीका अध्यक्ष नीतिन नवीनसहित वरिष्ठ नेताहरुसँग नयाँ दिल्लीमा भेटको तालिका रहेको बताएका छन् ।
लामिछानेको भ्रमण टोलीमा रास्वपा सहमहामन्त्री एवम् प्रतिनिधि सभा सदस्य विपिन कुमार आचार्य, सचिवालय सदस्य एवम् प्रतिनिधि सभा सदस्य दीपक बोहोरा, निकिता पौडेल र प्रदीप आचार्य सहभागी छन् ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।