• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बिहीबार, कात्तिक २०, २०८२ Thu, Nov 6, 2025
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
अन्तर्वार्ता

नेपाल र जिम्बाब्वेको अध्ययनले जलवायु परिवर्तनको असरबाट स्वास्थ्य प्रणालीलाई जोगाउने उपायहरू पत्ता लगाउनेछ : डा जोआना रेभन

64x64
नेपाल लाइभ आइतबार, फागुन ११, २०८१  १०:२७
1140x725

रोमीका न्यौपाने

डाजोआना रेभन बेलायतस्थित लन्डन स्कूल अफ हाइजिन एण्ड ट्रपिकल मेडिसिन की प्राध्यापक तथा स्वास्थ्य प्रणाली अनुसन्धानकर्ता हुन्। उनले अफ्रिका र एसियामा २० वर्षभन्दा बढी अनुसन्धान, प्रशिक्षण र साझेदारीको अनुभव हासिल गरेकी छिन्। उनी ‘नेपाल र जिम्बाब्वेमा जलवायु संकटको स्वास्थ्य प्रभावको सामना गर्न स्वास्थ्य जनशक्तिलाई सुदृढ गर्ने’ विषयक अनुसन्धान परियोजनाको प्रमुख अन्वेषक हुन्, जुन नेपाल र जिम्बाब्वेमा कार्यान्वयन हुँदैछ। यो अध्ययन नेशनल इन्स्टिच्युट फर हेल्थ एन्ड केयर रिसर्च (एनआईएचआर), युकेको वित्तीय सहयोगमा नेपाल र जिम्बाब्वेमा सुरु गरिएको छ, जुन लिभरपुल स्कुल अफ ट्रपिकल मेडिसिन, युके, सेक्सुअल स्वास्थ्य र एचआईभी एड्स अनुसन्धान केन्द्र, जिम्बाब्वे र हर्ड इन्टरनेशनल, नेपाल को सहकार्यमा सञ्चालन गरिँदैछ। 

केही दिनअघि यही परियोजना अन्तर्गत भएको साझेदारहरूको बैठक र सरोकारवालासँगको  छलफलमा उनीसँग रोमीका न्यौपानेले गरेको कुराकानी: 

यो अनुसन्धानको उद्देश्य के हो र किन जिम्बाब्वे र नेपाललाई छानियो?

जलवायु परिवर्तनले अहिलेको समयमा गम्भीर प्रभाव पारेको छ। जलवायु परिवर्तनका कारण अत्यधिक गर्मी, भारी वर्षा, बाढी, पहिरोजस्ता विभिन्न प्राकृतिक विपत्तिहरू भइरहेका छन्। यसका कारण डेंगु, मलेरिया जस्ता संक्रामक रोगहरू बढेका छन्, साथै गर्मीका कारण अरु थुप्रै स्वास्थ्य समस्याहरु देखिएका छन्।

हाम्रो अनुसन्धानको मुख्य लक्ष्य भनेको स्वास्थ्य प्रणालीले जलवायु परिवर्तनका कारण बढेका स्वास्थ्य समस्याहरूलाई कसरी सम्बोधन गरिरहेको छ भनेर बुझ्नु हो। यो अध्ययनद्वारा विशेषगरी, स्वास्थ्य संस्थाहरूमा कार्यरत स्वास्थ्यकर्मीहरूले जलवायु परिवर्तनलाई कसरी बुझिरहेका छन्, उनीहरूले बढ्दो रोगहरूलाई कसरी व्यवस्थापन गरिरहेका छन् र सीमित स्रोतसाधनबीच कसरी सेवा दिइरहेका छन् भन्ने कुरा अध्ययन गर्न खोजिएको हो।

हामीले जिम्बाब्वे र नेपाललाई छान्नुको कारण यी दुई देशहरू फरक तरिकाले जलवायु परिवर्तनको प्रभाव झेलिरहेका छन्। जिम्बाब्वेमा तीव्र गर्मी लहरहरू र अत्यधिक वर्षाको समस्या छ भने नेपालमा बाढी, पहिरोजस्ता विविध जलवायु चुनौतीहरू छन्। नेपालको विशेषता भनेको यसका तीन भौगोलिक क्षेत्रहरू पहाड, तराई र हिमाल छन् र यी तिन्टै क्षेत्रले विभिन्न किसिमले जलवायु परिवर्तनको असर बेहोर्दैछन्। यी विविधता भएका कारण हामीले यी देशहरूमा अनुसन्धान गर्ने निर्णय गर्यौं।

अनुसन्धानका लागि कुन विधि अपनाइनेछ?

Ncell 2
Ncell 2

हामीले सहभागी कार्य अनुसन्धान (पार्टीसिपेटरी एक्सन रिसर्च) विधि अपनाइरहेका छौँ। यसको अर्थ, हामी प्रत्येक अध्ययन क्षेत्रको वास्तविक अवस्था बुझ्नेछौँ।  

यस अनुसन्धानमा हामी विभिन्न विधिहरू प्रयोग गर्नेछौँ, जस्तै: स्वास्थ्यकर्मीहरू र समुदायका सदस्यहरूमा सर्वेक्षण गर्ने, स्वास्थ्य नीतिका अध्ययन गर्ने, स्वास्थ्यकर्मीहरू, समुदायका सदस्यहरू, स्थानीय सरकार (मेयर, उपमेयर, स्वास्थ्य विभाग प्रमुख, जिल्ला स्वास्थ्य प्रमुखसँग अन्तर्वार्ता र छलफल गर्ने।
हाम्रो उद्देश्य अनुसन्धानबाट प्राप्त तथ्यांक, सम्बन्धित निकायहरूलाई प्रस्तुत गर्नु र उहाँहरूको सहकार्यमा जलवायु परिवर्तनका असरहरूलाई सम्बोधन गर्न सक्ने समाधानहरू तयार गर्नु हो। यी समाधानहरू दुइटै देशको विशेष आवश्यकता अनुसार फरक-फरक  हुन सक्छन्।

यस अध्ययनबाट लाभान्वित हुने प्रमुख समूहहरू को हुन्?

यस अध्ययनबाट स्वास्थ्यकर्मीहरू र समुदायका सदस्यहरू प्रत्यक्ष लाभान्वित हुनेछन्। 
यस अध्ययनले स्वास्थ्यकर्मीहरूलाई जलवायु परिवर्तनका असरहरू बुझ्न र त्यसलाई सामना गर्न आवश्यक जानकारी तथा स्रोत उपलब्ध गराउनेछ।
समुदायका सदस्यहरू पनि यस अध्ययनबाट लाभान्वित हुनेछन्, किनभने स्वास्थ्य प्रणाली बलियो बनाएर उनीहरूको स्वास्थ्य सेवा पहुँच सुधार्ने लक्ष्य राखिएको छ।

जलवायु परिवर्तनको असर नेपाल र जिम्बाब्वेमा मात्र सीमित छैन। यसबारे तपाईंको विचार के छ?
वास्तवमा, जलवायु परिवर्तनको असर विश्वव्यापी समस्या हो। तर, उच्च आय भएका देशहरूसँग जलवायु परिवर्तनका कारण उत्पन्न स्वास्थ्य समस्या समाधान गर्न पर्याप्त स्रोत-साधन छन्। तर, नेपालजस्ता निम्न-मध्यम आय भएका देशहरूसँग सीमित बजेट भएकाले चुनौती धेरै छन्।

हाम्रो अनुसन्धानको अर्को उद्देश्य भनेको, कम स्रोत-साधन भएका देशहरूका लागि प्रभावकारी र लागत-मैत्री समाधानहरू पत्ता लगाउनु हो। हामी ती समाधानहरू कति खर्चिलो हुन्छन् र कति प्रभावकारी छन् भन्ने कुरा पनि मूल्यांकन गर्दैछौँ, जसले नीति निर्माणकर्ताहरूलाई स्रोत व्यवस्थापन गर्न मार्गनिर्देशन दिनेछ।

यस अनुसन्धानको दीर्घकालीन प्रभाव कस्तो हुनेछ?

हामीले विकास गर्ने समाधानहरू स्वास्थ्य प्रणालीमा एकीकृत गर्न योग्य छन् वा छैनन् भन्ने कुरा अध्ययन गर्नेछौँ।

त्यसैले, हामीले सहभागी कार्य अनुसन्धान विधि अपनाएको हौँ ताकि यो  प्रभावकारी हुनेछ, किनभने समुदाय, स्वास्थ्यकर्मी र नीति निर्माताहरूलाई अनुसन्धान प्रक्रियामै समावेश गरिनेछ।

यस अनुसन्धानलाई नीति निर्माण तहमा कसरी लैजाने योजना छ?
हामी अनुसन्धानको हरेक चरणमा समुदाय, स्वास्थ्यकर्मी, नीति निर्माता, सरकारका निकाय तथा दातृ संस्था हरूसँग निरन्तर छलफल गर्दै जानेछौँ। फेब्रुअरी १० मा नेपालमा संघीय सरकार, दातृ संस्था, तथा अन्य सरोकारवालाहरूसँग छलफल भइसकेको छ। जिम्बाब्वेमा पनि यस्तै छलफलहरू गरिँदैछ। अनुसन्धानको पहिलो चरणको नतिजा आएपछि सबै सरोकारवालाहरूसँग पुन छलफल गरिनेछ।

अध्ययनबाट तयार गरिएका समाधानहरू (इन्टरभेन्सन) नीति निर्माताहरूलाई प्रस्तुत गरिनेछ। अन्ततः हामी सबै पक्षहरूसँग निरन्तर छलफल गर्दै जानेछौँ, जसले नीति निर्माणमा प्रभाव पार्नेछ।

अनुसन्धानमा अन्य अनुसन्धानकर्ता को-को छन्?

मसँगै अर्को प्रमुख अन्वेषक जिम्बाब्वे बाट डा. इयुफेमिया एल सिबान्डा हुनुहुन्छ। यसैगरी नेपालबाट हर्ड इन्टरनेशनल, जिम्बाब्वेबाट सेक्सुअल स्वास्थ्य र एचआईभी एड्स अनुसन्धान केन्द्र र लिभरपुल स्कुल अफ ट्रपिकल मेडिसिन बाट गरेर, यी तीन संस्थाहरु बाट अनुसन्धानकर्ताहरु हुनुहुन्छ।

हाम्रो अनुसन्धान नेपाल र जिम्बाब्वेमा एकै समयमा सुरु हुनेछ। यी दुई देशहरूमा फरक जलवायु समस्या छन्, राजनीतिक र नीति बनाउने प्रक्रिया फरक छ। त्यसैले, दुवै देशले एकअर्काबाट सिक्न सक्छन्। परिणामहरू फरक हुन सक्छन्, तर केही समानता पनि हुन सक्छ।

यो अनुसन्धान निकै महत्वपूर्ण छ, किनकि यसबाट जलवायु परिवर्तनको असरबाट स्वास्थ्य प्रणालीलाई जोगाउन आवश्यक उपायहरू पत्ता लाग्नेछन्। म साच्चै धेरै नै उत्साहित छु।

प्रकाशित मिति: आइतबार, फागुन ११, २०८१  १०:२७

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
दलका नेताहरुको मुखसमेत हेर्न नचाहने प्रधानमन्त्रीले तोकिएको समयमा निर्वाचन गर्नेमा आशंका छ : ओली
राष्ट्रपति पौडेल स्वदेश फिर्ता
रवि र छविको मुद्दामा सुरुकै मिसिल मगाउने आदेश
सम्बन्धित सामग्री
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन सामान्यतया यो उमेर ढल्किदै जाँदा देखा पर्ने समस्या हो । ५५– ६० वर्षका मानिसहरुमा यो समस्या बढी देखिन्छ । यद्यपि यो बालबालिकामा ब्रेन... आइतबार, जेठ २५, २०८२
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा महाशिवरात्रि पर्व हर्षोल्लासपूर्वक सम्पन्न गर्नका लागि संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री एवं पशुपति क्षेत्र विकास कोष सञ्चा... मंगलबार, फागुन १३, २०८१
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  स्वास्थ्य बिमा कार्यक्रम अन्तर्गत वार्षिक ३५ सय रुपैयाँले ५ जनाका परिवारले १ लाख बराबरको उपचार सहुलियत पाउने व्यवस्था छ।  सोमबार, फागुन १२, २०८१
ताजा समाचारसबै
दलका नेताहरुको मुखसमेत हेर्न नचाहने प्रधानमन्त्रीले तोकिएको समयमा निर्वाचन गर्नेमा आशंका छ : ओली बिहीबार, कात्तिक २०, २०८२
राष्ट्रपति पौडेल स्वदेश फिर्ता बिहीबार, कात्तिक २०, २०८२
रवि र छविको मुद्दामा सुरुकै मिसिल मगाउने आदेश बिहीबार, कात्तिक २०, २०८२
पृथ्वी सुब्बा गुरुङको प्रश्न- जेनजीको नाममा कसैले भन्दैमा एमाले नेतृत्वबाट ओलीलाई किन हटाउने ? बिहीबार, कात्तिक २०, २०८२
सर्वपक्षीय अन्तरिम सरकारको माग गर्दै विप्लव समूहको प्रदर्शन बिहीबार, कात्तिक २०, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
जङ्गी अड्डा लाइभ, Gen Z
जङ्गी अड्डा लाइभ, Gen Z बिहीबार, भदौ २६, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
जाँचबुझ आयोगमाथि सर्वोच्चको गम्भीर प्रश्न: पूर्वाग्रहबारे लिखित जवाफ माग बुधबार, कात्तिक १९, २०८२
भृकुटीमण्डपमा नेपाली कम्युनिस्ट पार्टी एकता घोषणा सभा जारी, झलनाथ खनाल पनि सहभागी बुधबार, कात्तिक १९, २०८२
रवि र छविको मुद्दामा सुरुकै मिसिल मगाउने आदेश बिहीबार, कात्तिक २०, २०८२
आज माओवादी केन्द्र र एकीकृत समाजवादीसहित ९ पार्टीबिच एकता घोषणा  हुँदै बुधबार, कात्तिक १९, २०८२
रामकुमारी झाँक्रीले आज पत्रकार सम्मेलन गर्दै बुधबार, कात्तिक १९, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
जेन-जी क्रान्ति: उपलब्धि, अवसर, चुनौती र अबको उत्तरदायित्व अरुण क्षेत्री
नेपालमा मुख स्वास्थ्य संकट: लाखौँलाई असर गर्ने दन्त रोग किन रोक्न सकिएन? नेपाल लाइभ
युवा उमेरमै किन थाक्छ मन र मस्तिष्क? बर्नआउटको कारण र समाधान डा. प्रज्ञा सिंह
दुर्गमका कर्मचारीको सुरक्षा : चुनौती र समाधान नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
प्रेम र आकर्षणको मध्यबिन्दुमा ‘देवयानी’ शनिबार, भदौ ७, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
पेट्राेलकाे मूल्य बढ्याे शुक्रबार, कात्तिक १४, २०८२
ओली र लेखकलाई तोकिएको स्थानहदविरुद्ध सर्वोच्चले दिएन अन्तरिम आदेश शुक्रबार, कात्तिक १४, २०८२
दाहाल संयोजक र नेपाल सहसंयोजक हुने गरी माओवादी र नेकपा एससहित आठ दलबीच एकता आइतबार, कात्तिक १६, २०८२
त्रिपक्षीय बैठकमा मिरजको सात बुँदे सर्त : जिल्ला समन्वय समिति खारेजदेखि जेनजी आन्दोलनलाई जनआन्दोलन घोषणासम्म बिहीबार, कात्तिक १३, २०८२
डीआईजीमा पाँच जना बढुवा : अख्तियारमा खनाल, सीआईबीमा खत्री सोमबार, कात्तिक १७, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2025 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्