• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शनिबार, भदौ २०, २०८३ Sat, Sep 5, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
अन्तर्वार्ता

नेपाल र जिम्बाब्वेको अध्ययनले जलवायु परिवर्तनको असरबाट स्वास्थ्य प्रणालीलाई जोगाउने उपायहरू पत्ता लगाउनेछ : डा जोआना रेभन

64x64
नेपाल लाइभ आइतबार, फागुन ११, २०८१  १०:२७
1140x725

रोमीका न्यौपाने

डाजोआना रेभन बेलायतस्थित लन्डन स्कूल अफ हाइजिन एण्ड ट्रपिकल मेडिसिन की प्राध्यापक तथा स्वास्थ्य प्रणाली अनुसन्धानकर्ता हुन्। उनले अफ्रिका र एसियामा २० वर्षभन्दा बढी अनुसन्धान, प्रशिक्षण र साझेदारीको अनुभव हासिल गरेकी छिन्। उनी ‘नेपाल र जिम्बाब्वेमा जलवायु संकटको स्वास्थ्य प्रभावको सामना गर्न स्वास्थ्य जनशक्तिलाई सुदृढ गर्ने’ विषयक अनुसन्धान परियोजनाको प्रमुख अन्वेषक हुन्, जुन नेपाल र जिम्बाब्वेमा कार्यान्वयन हुँदैछ। यो अध्ययन नेशनल इन्स्टिच्युट फर हेल्थ एन्ड केयर रिसर्च (एनआईएचआर), युकेको वित्तीय सहयोगमा नेपाल र जिम्बाब्वेमा सुरु गरिएको छ, जुन लिभरपुल स्कुल अफ ट्रपिकल मेडिसिन, युके, सेक्सुअल स्वास्थ्य र एचआईभी एड्स अनुसन्धान केन्द्र, जिम्बाब्वे र हर्ड इन्टरनेशनल, नेपाल को सहकार्यमा सञ्चालन गरिँदैछ। 

केही दिनअघि यही परियोजना अन्तर्गत भएको साझेदारहरूको बैठक र सरोकारवालासँगको  छलफलमा उनीसँग रोमीका न्यौपानेले गरेको कुराकानी: 

यो अनुसन्धानको उद्देश्य के हो र किन जिम्बाब्वे र नेपाललाई छानियो?

जलवायु परिवर्तनले अहिलेको समयमा गम्भीर प्रभाव पारेको छ। जलवायु परिवर्तनका कारण अत्यधिक गर्मी, भारी वर्षा, बाढी, पहिरोजस्ता विभिन्न प्राकृतिक विपत्तिहरू भइरहेका छन्। यसका कारण डेंगु, मलेरिया जस्ता संक्रामक रोगहरू बढेका छन्, साथै गर्मीका कारण अरु थुप्रै स्वास्थ्य समस्याहरु देखिएका छन्।

हाम्रो अनुसन्धानको मुख्य लक्ष्य भनेको स्वास्थ्य प्रणालीले जलवायु परिवर्तनका कारण बढेका स्वास्थ्य समस्याहरूलाई कसरी सम्बोधन गरिरहेको छ भनेर बुझ्नु हो। यो अध्ययनद्वारा विशेषगरी, स्वास्थ्य संस्थाहरूमा कार्यरत स्वास्थ्यकर्मीहरूले जलवायु परिवर्तनलाई कसरी बुझिरहेका छन्, उनीहरूले बढ्दो रोगहरूलाई कसरी व्यवस्थापन गरिरहेका छन् र सीमित स्रोतसाधनबीच कसरी सेवा दिइरहेका छन् भन्ने कुरा अध्ययन गर्न खोजिएको हो।

हामीले जिम्बाब्वे र नेपाललाई छान्नुको कारण यी दुई देशहरू फरक तरिकाले जलवायु परिवर्तनको प्रभाव झेलिरहेका छन्। जिम्बाब्वेमा तीव्र गर्मी लहरहरू र अत्यधिक वर्षाको समस्या छ भने नेपालमा बाढी, पहिरोजस्ता विविध जलवायु चुनौतीहरू छन्। नेपालको विशेषता भनेको यसका तीन भौगोलिक क्षेत्रहरू पहाड, तराई र हिमाल छन् र यी तिन्टै क्षेत्रले विभिन्न किसिमले जलवायु परिवर्तनको असर बेहोर्दैछन्। यी विविधता भएका कारण हामीले यी देशहरूमा अनुसन्धान गर्ने निर्णय गर्यौं।

अनुसन्धानका लागि कुन विधि अपनाइनेछ?

Ncell 2
Ncell 2
nimb
nimb

हामीले सहभागी कार्य अनुसन्धान (पार्टीसिपेटरी एक्सन रिसर्च) विधि अपनाइरहेका छौँ। यसको अर्थ, हामी प्रत्येक अध्ययन क्षेत्रको वास्तविक अवस्था बुझ्नेछौँ।  

यस अनुसन्धानमा हामी विभिन्न विधिहरू प्रयोग गर्नेछौँ, जस्तै: स्वास्थ्यकर्मीहरू र समुदायका सदस्यहरूमा सर्वेक्षण गर्ने, स्वास्थ्य नीतिका अध्ययन गर्ने, स्वास्थ्यकर्मीहरू, समुदायका सदस्यहरू, स्थानीय सरकार (मेयर, उपमेयर, स्वास्थ्य विभाग प्रमुख, जिल्ला स्वास्थ्य प्रमुखसँग अन्तर्वार्ता र छलफल गर्ने।
हाम्रो उद्देश्य अनुसन्धानबाट प्राप्त तथ्यांक, सम्बन्धित निकायहरूलाई प्रस्तुत गर्नु र उहाँहरूको सहकार्यमा जलवायु परिवर्तनका असरहरूलाई सम्बोधन गर्न सक्ने समाधानहरू तयार गर्नु हो। यी समाधानहरू दुइटै देशको विशेष आवश्यकता अनुसार फरक-फरक  हुन सक्छन्।

यस अध्ययनबाट लाभान्वित हुने प्रमुख समूहहरू को हुन्?

यस अध्ययनबाट स्वास्थ्यकर्मीहरू र समुदायका सदस्यहरू प्रत्यक्ष लाभान्वित हुनेछन्। 
यस अध्ययनले स्वास्थ्यकर्मीहरूलाई जलवायु परिवर्तनका असरहरू बुझ्न र त्यसलाई सामना गर्न आवश्यक जानकारी तथा स्रोत उपलब्ध गराउनेछ।
समुदायका सदस्यहरू पनि यस अध्ययनबाट लाभान्वित हुनेछन्, किनभने स्वास्थ्य प्रणाली बलियो बनाएर उनीहरूको स्वास्थ्य सेवा पहुँच सुधार्ने लक्ष्य राखिएको छ।

जलवायु परिवर्तनको असर नेपाल र जिम्बाब्वेमा मात्र सीमित छैन। यसबारे तपाईंको विचार के छ?
वास्तवमा, जलवायु परिवर्तनको असर विश्वव्यापी समस्या हो। तर, उच्च आय भएका देशहरूसँग जलवायु परिवर्तनका कारण उत्पन्न स्वास्थ्य समस्या समाधान गर्न पर्याप्त स्रोत-साधन छन्। तर, नेपालजस्ता निम्न-मध्यम आय भएका देशहरूसँग सीमित बजेट भएकाले चुनौती धेरै छन्।

हाम्रो अनुसन्धानको अर्को उद्देश्य भनेको, कम स्रोत-साधन भएका देशहरूका लागि प्रभावकारी र लागत-मैत्री समाधानहरू पत्ता लगाउनु हो। हामी ती समाधानहरू कति खर्चिलो हुन्छन् र कति प्रभावकारी छन् भन्ने कुरा पनि मूल्यांकन गर्दैछौँ, जसले नीति निर्माणकर्ताहरूलाई स्रोत व्यवस्थापन गर्न मार्गनिर्देशन दिनेछ।

यस अनुसन्धानको दीर्घकालीन प्रभाव कस्तो हुनेछ?

हामीले विकास गर्ने समाधानहरू स्वास्थ्य प्रणालीमा एकीकृत गर्न योग्य छन् वा छैनन् भन्ने कुरा अध्ययन गर्नेछौँ।

त्यसैले, हामीले सहभागी कार्य अनुसन्धान विधि अपनाएको हौँ ताकि यो  प्रभावकारी हुनेछ, किनभने समुदाय, स्वास्थ्यकर्मी र नीति निर्माताहरूलाई अनुसन्धान प्रक्रियामै समावेश गरिनेछ।

यस अनुसन्धानलाई नीति निर्माण तहमा कसरी लैजाने योजना छ?
हामी अनुसन्धानको हरेक चरणमा समुदाय, स्वास्थ्यकर्मी, नीति निर्माता, सरकारका निकाय तथा दातृ संस्था हरूसँग निरन्तर छलफल गर्दै जानेछौँ। फेब्रुअरी १० मा नेपालमा संघीय सरकार, दातृ संस्था, तथा अन्य सरोकारवालाहरूसँग छलफल भइसकेको छ। जिम्बाब्वेमा पनि यस्तै छलफलहरू गरिँदैछ। अनुसन्धानको पहिलो चरणको नतिजा आएपछि सबै सरोकारवालाहरूसँग पुन छलफल गरिनेछ।

अध्ययनबाट तयार गरिएका समाधानहरू (इन्टरभेन्सन) नीति निर्माताहरूलाई प्रस्तुत गरिनेछ। अन्ततः हामी सबै पक्षहरूसँग निरन्तर छलफल गर्दै जानेछौँ, जसले नीति निर्माणमा प्रभाव पार्नेछ।

अनुसन्धानमा अन्य अनुसन्धानकर्ता को-को छन्?

मसँगै अर्को प्रमुख अन्वेषक जिम्बाब्वे बाट डा. इयुफेमिया एल सिबान्डा हुनुहुन्छ। यसैगरी नेपालबाट हर्ड इन्टरनेशनल, जिम्बाब्वेबाट सेक्सुअल स्वास्थ्य र एचआईभी एड्स अनुसन्धान केन्द्र र लिभरपुल स्कुल अफ ट्रपिकल मेडिसिन बाट गरेर, यी तीन संस्थाहरु बाट अनुसन्धानकर्ताहरु हुनुहुन्छ।

हाम्रो अनुसन्धान नेपाल र जिम्बाब्वेमा एकै समयमा सुरु हुनेछ। यी दुई देशहरूमा फरक जलवायु समस्या छन्, राजनीतिक र नीति बनाउने प्रक्रिया फरक छ। त्यसैले, दुवै देशले एकअर्काबाट सिक्न सक्छन्। परिणामहरू फरक हुन सक्छन्, तर केही समानता पनि हुन सक्छ।

यो अनुसन्धान निकै महत्वपूर्ण छ, किनकि यसबाट जलवायु परिवर्तनको असरबाट स्वास्थ्य प्रणालीलाई जोगाउन आवश्यक उपायहरू पत्ता लाग्नेछन्। म साच्चै धेरै नै उत्साहित छु।

प्रकाशित मिति: आइतबार, फागुन ११, २०८१  १०:२७

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
प्रधानमन्त्री दैवी प्रकोप कोषमा ११ अर्बभन्दा बढी रकम सङ्कलन
६ वर्षदेखि पुल अलपत्र, कजवे बग्दा विद्यार्थीसहित तीन जिल्लाका यात्रुलाई सास्ती
जसपाका चार सांसद निष्कासित भएपछि : लुम्बिनी सरकारको सत्ता समीकरण अब कोसँग ?
सम्बन्धित सामग्री
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल ‘हामीलाई विश्वास छ, सर्वोच्च अदालतले १४ औँ महाधिवेशनलाई नै वैधानिकता दिएर १५ औँ महाधिवेशनतर्फ अघि बढ्ने बाटो खोल्नेछ,‘ उनले भने । बर... मंगलबार, भदौ १६, २०८३
कुनै पनि शव अस्थायी चिहानका रुपमा १२ वर्षसम्म राख्न सकिन्छ : प्राडा हरिहर वस्ती उनका अनुसार बेलायत, अमेरिका र अस्ट्रेलियाजस्ता देशमा पनि ठूलो विपद्का बेला सयौँ वा हजारौँ शवको पहिचान तत्काल सम्पन्न हुँदैन । त्यहाँ... आइतबार, भदौ १४, २०८३
युवा पलायन रोक्न सीप, रोजगारी र उद्यमशीलतामा ठोस नीति हुनुपर्छ : सरोज बाँनिया उनले प्रतिस्पर्धात्मक विश्व बजारमा नेपाली युवाको क्षमता अभिवृद्धिका लागि प्राविधिक तथा व्यावसायिक सीपलाई विद्यालय तहदेखि नै प्राथमिक... बुधबार, साउन २७, २०८३
ताजा समाचारसबै
प्रधानमन्त्री दैवी प्रकोप कोषमा ११ अर्बभन्दा बढी रकम सङ्कलन शनिबार, भदौ २०, २०८३
६ वर्षदेखि पुल अलपत्र, कजवे बग्दा विद्यार्थीसहित तीन जिल्लाका यात्रुलाई सास्ती शनिबार, भदौ २०, २०८३
जसपाका चार सांसद निष्कासित भएपछि : लुम्बिनी सरकारको सत्ता समीकरण अब कोसँग ? शनिबार, भदौ २०, २०८३
दुई करोड भन्दा बढीको एप्पल कम्पनीको एयर वर्डस बरामद शनिबार, भदौ २०, २०८३
अमेरिकामा दादुराको प्रकोप तीव्र, सङ्क्रमितको सङ्ख्या तीन हजार पार शनिबार, भदौ २०, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
त्रिशूली–३ ‘ए’ मा उद्धार कार्य बन्द शुक्रबार, भदौ १९, २०८३
रसुवा बाढी :  घाइते भएका दुई जनाको उपचारका क्रममा मृत्यु शुक्रबार, भदौ १९, २०८३
शाेक मनाउने सरकारी निर्णयप्रती रास्वपा नेताबाटै विराेध शुक्रबार, भदौ १९, २०८३
नेपालसहितका राष्ट्रलाई जलवायु न्यायका लागि ४४ देशको सामूहिक आह्वान शुक्रबार, भदौ १९, २०८३
त्रिशूली–३ ‘ए’ उद्धार टोलीका सदस्य भन्छन् : ‘अवस्था जटिल छ, धेरै आशावादी छैनौं’ शुक्रबार, भदौ १९, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
कुनै पनि शव अस्थायी चिहानका रुपमा १२ वर्षसम्म राख्न सकिन्छ : प्राडा हरिहर वस्ती नेपाल लाइभ
युवा पलायन रोक्न सीप, रोजगारी र उद्यमशीलतामा ठोस नीति हुनुपर्छ : सरोज बाँनिया नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
विपत्तिमा राजनीति होइन, उदार नीति प्रदर्शन गरौं डा.रुद्रनाथ अधिकारी
बाढीपछि पुनर्स्थापना : राहतबाट आत्मनिर्भरतातर्फको बाटो नरेन्द्र कटुवाल
भोटेकोशी बाढीः सरकारमाथि प्रश्नको बाढी शंकर भण्डारी
सरकार देखियो तर विपद् व्यवस्थापन किन देखिएन? कमल सापकोटा
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
मुग्लिन–काठमाडौं सडक बन्द, वैकल्पिक बाटोबाट इन्धन–ग्यास ढुवानी हुने आइतबार, भदौ १४, २०८३
काठमाडौंबाट बाहिरिने सवारीसाधनलाई तोकियो दुईवटा वैकल्पिक सडक आइतबार, भदौ १४, २०८३
दुई आईजीपीबीच किन भयो बोलचाल बन्द ? बिहीबार, भदौ १८, २०८३
तत्कालीन निमित्त कार्यालय प्रमुखसहित ५ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर मंगलबार, भदौ १६, २०८३
भोटेकोशी बाढी सम्बन्धी प्रधानमन्त्रीको हरेक पोष्टमा ५० प्रतिशत एआई कन्टेन्ट ? मंगलबार, भदौ १६, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्