• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
आइतबार, कात्तिक १, २०८३ Sun, Oct 18, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
सुरक्षा/अपराध

संखुवासभा हत्या घटना : ८० लाखमा झापामा किनेको जग्गा पास गर्ने तयारीमा थियो कार्की परिवार

64x64
नारायण अधिकारी सोमबार, भदौ २१, २०७८  १८:५७
1140x725

काठमाडौं– संखुवासभामा एकै परिवारका ६ जनाको हत्या हुनको पछाडि आर्थिक कारण हुनसक्ने प्रहरीको प्रारम्भिक अनुसन्धानले देखाएको छ। 

घटनास्थल पुगेको प्रहरी स्रोतका अनुसार कार्की परिवारको घरमा रकम रहेको आशंकामा डाँका गर्न आएका व्यक्तिबाट हत्या भएको हुनसक्ने देखिएको छ। 

प्रहरी स्रोतका अनुसार हत्या भएका तेजबहादुर कार्कीको परिवारले झापामा ८० लाख बराबरको जग्गा किन्ने तयारीमा थियो। त्यसका लागि केही रकम बैना समेत गरेको पाइएको छ। हत्या भएका तेजबहादुर कार्कीका दुई छोरा रमेश र नरेश वैदेशिक रोजगारीमा छन्। रमेश मलेसियामा छन् भने नरेश दुबईमा छन्। प्रहरी स्रोतका अनुसार उनीहरुले झापामा जग्गा किन्न लागि भनेर केही दिन पहिला पैसा समेत पठाएको पाइएको छ। 

‘जग्गा किन्नका लागि भनेर उनीहरु दुवै जनाले पैसा पठाएको पाइएको छ। रकम निकालेर घरमा ल्याएर राखेको भन्नेसम्म बुझ्न आएकाले हत्याको कारण आर्थिक पाटो हुनसक्ने हाम्रो प्रारम्भिक अनुसन्धान छ’ एक प्रहरी अधिकारीले नेपाल लाइभसँग भने। 

यता मृतक तेजबहादुर कार्कीका भाइ तिलक कार्कीले समेत जग्गा किन्ने तयारी रहेको बताएका छन्। उनी तेह्रथुम बस्दै आएका थिए। घटना भएको जानकारी पाउनसाथ आजै घर पुगेका छन्। उनले नेपाल लाइभसँग भने, ‘कसैसँग दुश्मनी भएको अहिलेसम्म थाहा छैन। कसले किन हत्या गर्‍यो भन्ने रहस्यम नै छ।’

तिलकले पनि जग्गा किन्ने तयारी रहेको बताएका छन्। तिजपछि झापामा किन्न लागेको जग्गा पास गर्ने तयारी रहेको उनले बताए। प्रहरीले घटनास्थल सुरक्षित गरेर राखेकोले अहिलेसम्म कसैलाई पनि घरमा प्रवेश गर्न दिएको छैन। पैसा राखिएको दराज तोडफोड भएको वा रकम नभेटिएको अवस्थामा आर्थिक पाटोकै कारण हत्या भएको हुनसक्ने पाटो झन् मजबुत हुने उनी बताउँछन्।

सोमबार बिहान पौने १ बजेतिर स्थानीय लास देखेपछि प्रहरीलाई खबर गरेका थिए। मृत अवस्थामा फेला पर्नेहरुमा ८४ वर्षीया पार्वती कार्की, ५२ वर्षीय  तेजबहादुर कार्की, ५२ वर्षीया कमला कार्की, ३२ वर्षीया रञ्जना कार्की, ११ वर्षीय दिपेन कार्की र ७ वर्षीया गोमा कार्की रहेका छन्। 

Ncell 2
Ncell 2
nimb
nimb

घटनामा जीवित रहेका ९० वर्षीय वृद्ध बौद्धमान कार्कीले घटनाबारे आफूलाई केही जानकारी नभएको बताएका छन्। बौद्धमानलाई उदृत गर्दै घटनास्थल मादी नगरपालिका–१ उमलिङका वडाध्यक्ष खेमनाथ कटुवालले भने, ‘अहिले म घटनास्थलमै छु। घटना बारेमा सोही परिवारका जीवित सदस्य ९० वर्षीय बौद्धमानसँग बुझ्दा उहाँले कुनै जानकारी नभएको बताउनुभएको छ।’

वडाध्यक्ष कार्कीका अनुसार बौद्धमानले आफू ६ बजे नै खाना खाएर सुतेको र घटनाबारे केही थाहा नभएको बताए। बिहान मात्रै घटनाबारे अरुले भनेपछि जानकारी पाएको उनको भनाइ छ। बौद्धमान राम्रोसँग कान पनि सुन्न सक्दैनन् भने आँखासमेत राम्रोसँग देख्दैनन्।

शव भोलि मात्रै उठाइने
स्थानीय प्रहरीले घटनास्थल सुरक्षित गरेको राखेको छ। अहिले सदरमुमकामबाट डिएसपी लाजध्वज सुवेदीसहितको टोली घटनास्थल पुगिसकेको छ। उता संघीय इकाई प्रहरी कार्यालय धरानबाट पनि फरेन्सिक विज्ञ र कुकुकरसहितको टोली घटनास्थल जाँदै छ।

कुकुर र फरेन्सिक विज्ञको टोली पुगेपछि बल्ल लास जाँच मुचुल्का र घटनास्थल मुचुल्काको काम हुने भएकाले भोलिमात्रै शव उठाउने सम्भावना रहेको प्रदेश १ का डीआईजी अरुणकुमार बिसीले बताए।

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

घटनास्थल एकदमै दुर्गम भएको र उक्त स्थानमा पुग्न सदरमुकामबाट ६ घण्टाभन्दा बढी लाग्ने भएकाले धरानबाट गएको टोलीले भने अहिलेसम्म घटनास्थल पुग्न सकेको छैन।

लखेटी–लेखेटी हत्या गरिएको आशंका
सोमबार बाटो हिँड्ने स्थानीयले बाटोमा शव देखेपछि यस हत्याकाण्डबारे प्रहरीसम्म जानकारी पुगेको थियो। त्यसपछि २ घण्टा टाढा रहेको मादी प्रहरी चौकीबाट प्रहरी हवल्दारको कमाण्डमा ३ जनाको टोली घटनास्थल पुगेको थियो। उनीहरुले घटनास्थललाई सुरक्षित गरेका थिए।

अहिले भने खाँदबारीबाट डिएसपी सुवेदीसहितको टोली घटनास्थल पुगिसकेको छ। उनका अनुसार एउटा शव बाटोमा भेटिएको छ। एउटा शव घरभत्रि रहेको छ। दुई वटा शव बारीको कान्लामा छन् भने बाँकी २ वटा शव खोल्सामा छन्।

विभिन्न ठाउँमा शवहरु छरिएको पाइएपछि लखेटी–लखेटी हत्या भएको हुनसक्ने प्रहरीले प्रारम्भिक अनुमान गरेको छ। ‘शवहरु एकै ठाउँमा छैनन्। छरपस्ट अवस्थामा रहेकाले लखेटी–लखेटी हत्या भएको हुनसक्ने हामीले आशंका गरेका छौं’ डिएसपी सुवेदीले नेपाल लाइभसँग भने। 

सम्बन्धित समाचार :

संखुवासभा हत्याकाण्ड: जीवित रहेका ९० वर्षीय वृद्ध भन्छन्–६ बजे खाना खाएर सुतेको हुँ, केही थाहा छैन

संखुवासभामा एकै परिवारका ६ जनाको हत्या घटना : फरेन्सिक विज्ञ र कुकुरसहितको टोली घटनास्थलतर्फ

संखुवासभामा एकै परिवारका ६ जनाको हत्या

प्रकाशित मिति: सोमबार, भदौ २१, २०७८  १८:५७

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नारायण अधिकारी
नेपाल लाइभका वरिष्ठ संवाददाता अधिकारी सुरक्षा तथा अपराध बिटमा रिपोर्टिङ गर्छन्।
लेखकबाट थप
भिजिट भिसामा सेटिङ : फरार ६ अध्यागमन अधिकृत सुटुक्क अदालत उपस्थित हुँदै धरौटीमा छुटे
सुन तस्करी प्रकरण : जाँचबुझ आयोगले कृष्णबहादुर महराको मोबाइल डीएफएलमा पठायो
जीबी-रवि जोडिएको सूर्यदर्शन सहकारी प्रकरण : सीआईबीको टोलीले पोखरा पुगेर सुरु गर्‍यो अनुसन्धान
सम्बन्धित सामग्री
प्युठान कारागारको वाथरुममा कैदी मृत फेला जिल्ला प्रहरी कार्यालय प्यूठानका अनुसार गौमुखी गाउँपालिका–३ घर भएका घर्ती आइतबार दिउँसो करिब २ बजे कारागारको बाथरुममा झुण्डिएको अवस्... आइतबार, कात्तिक १, २०८३
रौतहट जाँदै गरेको माइक्रोबस भीमफेदीमा दुर्घटनाग्रस्त हुँदा ११ घाइते, एकको अवस्था गम्भीर दुर्घटनामा परेको गाडीका चालक फरार छन् । आइतबार, कात्तिक १, २०८३
कलाकार पन्तको जाहेरीमा पत्रकार किशोरलाई पक्राउ गर्न प्रहरी घरमा, किशोरको उजुरी भने सुनिएन पक्राउ गर्न एसएसपी सन्तोष खड्कासहितको प्रहरी टोली अहिले श्रेष्ठको घर नख्खु पुगेको छ। शनिबार, असोज ३१, २०८३
ताजा समाचारसबै
प्युठान कारागारको वाथरुममा कैदी मृत फेला आइतबार, कात्तिक १, २०८३
पत्रकार किशोर श्रेष्ठ प्रकरणमा प्रेस काउन्सिल अध्यक्षले भने- प्रहरीको कामकारबाहीको जवाफ काउन्सिलले दिने होइन आइतबार, कात्तिक १, २०८३
भारी वर्षपछि कोलकाताको पूजा पण्डालमा भएको भागदौडमा १९ को मृत्यु, २५ घाइते आइतबार, कात्तिक १, २०८३
गृहमन्त्रीले गरे बुढीगण्डकी बाढी प्रभावित क्षेत्रको निरीक्षण आइतबार, कात्तिक १, २०८३
सुनकोशीमा दुर्घटनाकी घाइते महिलालाई सेनाको हेलिकप्टरबाट काठमाडौं ल्याइयो आइतबार, कात्तिक १, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
छुटे किशोर श्रेष्ठ, पन्तसँग तीनबुँदे सहमति शनिबार, असोज ३१, २०८३
‘ग्यालेक्सी टीभी मेरो हो, सहकारीको रकमको जिम्मेवारी पनि मेरै हो’ : जीबी राई शनिबार, असोज ३१, २०८३
कलाकार पन्तको जाहेरीमा पत्रकार किशोरलाई पक्राउ गर्न प्रहरी घरमा, किशोरको उजुरी भने सुनिएन शनिबार, असोज ३१, २०८३
क्यानडासँग पराजित भएपछि संकटमा नेपाल, शीर्ष ६ मा अटाउन ओमानलाई हराउनैपर्ने दवाव शनिबार, असोज ३१, २०८३
साइबर ब्युरोबाट छुटेपछि किशाेर श्रेष्ठले के भने? शनिबार, असोज ३१, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
सम्पदा हेर्न मात्रै होइन, नेपाली चाडपर्वमा रमाउन आउँछन् पर्यटक : विनायक शाह नेपाल लाइभ
आर्थिक संकट र सरकारसँग निजी क्षेत्रको अपेक्षा अञ्जन श्रेष्ठ
दशैंले राष्ट्रिय समस्या पहिल्याउन संवाद गर्न सकोस नेपाल लाइभ
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
मुग्लिन–काठमाडौं सडकखण्ड पुन: बन्द आइतबार, असोज २५, २०८३
निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश ल्याउने योजना पनि छैन : मन्त्री रावल सोमबार, असोज २६, २०८३
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा झुठा उजुरी दिएपछि... बिहीबार, असोज २९, २०८३
एउटै वडाका चार युवा प्रहरी असईमा छनोट, सामुदायिक शिक्षाको सफलता मंगलबार, असोज २७, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्