• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
आइतबार, पुस २७, २०८२ Sun, Jan 11, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
सुरक्षा/अपराध

संखुवासभा हत्या घटना : ८० लाखमा झापामा किनेको जग्गा पास गर्ने तयारीमा थियो कार्की परिवार

64x64
नारायण अधिकारी सोमबार, भदौ २१, २०७८  १८:५७
1140x725

काठमाडौं– संखुवासभामा एकै परिवारका ६ जनाको हत्या हुनको पछाडि आर्थिक कारण हुनसक्ने प्रहरीको प्रारम्भिक अनुसन्धानले देखाएको छ। 

घटनास्थल पुगेको प्रहरी स्रोतका अनुसार कार्की परिवारको घरमा रकम रहेको आशंकामा डाँका गर्न आएका व्यक्तिबाट हत्या भएको हुनसक्ने देखिएको छ। 

प्रहरी स्रोतका अनुसार हत्या भएका तेजबहादुर कार्कीको परिवारले झापामा ८० लाख बराबरको जग्गा किन्ने तयारीमा थियो। त्यसका लागि केही रकम बैना समेत गरेको पाइएको छ। हत्या भएका तेजबहादुर कार्कीका दुई छोरा रमेश र नरेश वैदेशिक रोजगारीमा छन्। रमेश मलेसियामा छन् भने नरेश दुबईमा छन्। प्रहरी स्रोतका अनुसार उनीहरुले झापामा जग्गा किन्न लागि भनेर केही दिन पहिला पैसा समेत पठाएको पाइएको छ। 

‘जग्गा किन्नका लागि भनेर उनीहरु दुवै जनाले पैसा पठाएको पाइएको छ। रकम निकालेर घरमा ल्याएर राखेको भन्नेसम्म बुझ्न आएकाले हत्याको कारण आर्थिक पाटो हुनसक्ने हाम्रो प्रारम्भिक अनुसन्धान छ’ एक प्रहरी अधिकारीले नेपाल लाइभसँग भने। 

यता मृतक तेजबहादुर कार्कीका भाइ तिलक कार्कीले समेत जग्गा किन्ने तयारी रहेको बताएका छन्। उनी तेह्रथुम बस्दै आएका थिए। घटना भएको जानकारी पाउनसाथ आजै घर पुगेका छन्। उनले नेपाल लाइभसँग भने, ‘कसैसँग दुश्मनी भएको अहिलेसम्म थाहा छैन। कसले किन हत्या गर्‍यो भन्ने रहस्यम नै छ।’

तिलकले पनि जग्गा किन्ने तयारी रहेको बताएका छन्। तिजपछि झापामा किन्न लागेको जग्गा पास गर्ने तयारी रहेको उनले बताए। प्रहरीले घटनास्थल सुरक्षित गरेर राखेकोले अहिलेसम्म कसैलाई पनि घरमा प्रवेश गर्न दिएको छैन। पैसा राखिएको दराज तोडफोड भएको वा रकम नभेटिएको अवस्थामा आर्थिक पाटोकै कारण हत्या भएको हुनसक्ने पाटो झन् मजबुत हुने उनी बताउँछन्।

सोमबार बिहान पौने १ बजेतिर स्थानीय लास देखेपछि प्रहरीलाई खबर गरेका थिए। मृत अवस्थामा फेला पर्नेहरुमा ८४ वर्षीया पार्वती कार्की, ५२ वर्षीय  तेजबहादुर कार्की, ५२ वर्षीया कमला कार्की, ३२ वर्षीया रञ्जना कार्की, ११ वर्षीय दिपेन कार्की र ७ वर्षीया गोमा कार्की रहेका छन्। 

Ncell 2
Ncell 2

घटनामा जीवित रहेका ९० वर्षीय वृद्ध बौद्धमान कार्कीले घटनाबारे आफूलाई केही जानकारी नभएको बताएका छन्। बौद्धमानलाई उदृत गर्दै घटनास्थल मादी नगरपालिका–१ उमलिङका वडाध्यक्ष खेमनाथ कटुवालले भने, ‘अहिले म घटनास्थलमै छु। घटना बारेमा सोही परिवारका जीवित सदस्य ९० वर्षीय बौद्धमानसँग बुझ्दा उहाँले कुनै जानकारी नभएको बताउनुभएको छ।’

वडाध्यक्ष कार्कीका अनुसार बौद्धमानले आफू ६ बजे नै खाना खाएर सुतेको र घटनाबारे केही थाहा नभएको बताए। बिहान मात्रै घटनाबारे अरुले भनेपछि जानकारी पाएको उनको भनाइ छ। बौद्धमान राम्रोसँग कान पनि सुन्न सक्दैनन् भने आँखासमेत राम्रोसँग देख्दैनन्।

शव भोलि मात्रै उठाइने
स्थानीय प्रहरीले घटनास्थल सुरक्षित गरेको राखेको छ। अहिले सदरमुमकामबाट डिएसपी लाजध्वज सुवेदीसहितको टोली घटनास्थल पुगिसकेको छ। उता संघीय इकाई प्रहरी कार्यालय धरानबाट पनि फरेन्सिक विज्ञ र कुकुकरसहितको टोली घटनास्थल जाँदै छ।

कुकुर र फरेन्सिक विज्ञको टोली पुगेपछि बल्ल लास जाँच मुचुल्का र घटनास्थल मुचुल्काको काम हुने भएकाले भोलिमात्रै शव उठाउने सम्भावना रहेको प्रदेश १ का डीआईजी अरुणकुमार बिसीले बताए।

घटनास्थल एकदमै दुर्गम भएको र उक्त स्थानमा पुग्न सदरमुकामबाट ६ घण्टाभन्दा बढी लाग्ने भएकाले धरानबाट गएको टोलीले भने अहिलेसम्म घटनास्थल पुग्न सकेको छैन।

लखेटी–लेखेटी हत्या गरिएको आशंका
सोमबार बाटो हिँड्ने स्थानीयले बाटोमा शव देखेपछि यस हत्याकाण्डबारे प्रहरीसम्म जानकारी पुगेको थियो। त्यसपछि २ घण्टा टाढा रहेको मादी प्रहरी चौकीबाट प्रहरी हवल्दारको कमाण्डमा ३ जनाको टोली घटनास्थल पुगेको थियो। उनीहरुले घटनास्थललाई सुरक्षित गरेका थिए।

अहिले भने खाँदबारीबाट डिएसपी सुवेदीसहितको टोली घटनास्थल पुगिसकेको छ। उनका अनुसार एउटा शव बाटोमा भेटिएको छ। एउटा शव घरभत्रि रहेको छ। दुई वटा शव बारीको कान्लामा छन् भने बाँकी २ वटा शव खोल्सामा छन्।

विभिन्न ठाउँमा शवहरु छरिएको पाइएपछि लखेटी–लखेटी हत्या भएको हुनसक्ने प्रहरीले प्रारम्भिक अनुमान गरेको छ। ‘शवहरु एकै ठाउँमा छैनन्। छरपस्ट अवस्थामा रहेकाले लखेटी–लखेटी हत्या भएको हुनसक्ने हामीले आशंका गरेका छौं’ डिएसपी सुवेदीले नेपाल लाइभसँग भने। 

सम्बन्धित समाचार :

संखुवासभा हत्याकाण्ड: जीवित रहेका ९० वर्षीय वृद्ध भन्छन्–६ बजे खाना खाएर सुतेको हुँ, केही थाहा छैन

संखुवासभामा एकै परिवारका ६ जनाको हत्या घटना : फरेन्सिक विज्ञ र कुकुरसहितको टोली घटनास्थलतर्फ

संखुवासभामा एकै परिवारका ६ जनाको हत्या

प्रकाशित मिति: सोमबार, भदौ २१, २०७८  १८:५७

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नारायण अधिकारी
नेपाल लाइभका वरिष्ठ संवाददाता अधिकारी सुरक्षा तथा अपराध बिटमा रिपोर्टिङ गर्छन्।
लेखकबाट थप
भिजिट भिसामा सेटिङ : फरार ६ अध्यागमन अधिकृत सुटुक्क अदालत उपस्थित हुँदै धरौटीमा छुटे
सुन तस्करी प्रकरण : जाँचबुझ आयोगले कृष्णबहादुर महराको मोबाइल डीएफएलमा पठायो
जीबी-रवि जोडिएको सूर्यदर्शन सहकारी प्रकरण : सीआईबीको टोलीले पोखरा पुगेर सुरु गर्‍यो अनुसन्धान
सम्बन्धित सामग्री
सुनसरी गोलीकाण्ड : छानबिन समितिले काम थाल्यो त्यसलगत्तै सुनसरीका साहयक प्रमुख जिल्ला अधिकारी घनश्याम न्यौपानेको संयोजकत्वमा जिल्ला प्रहरी कार्यलय सुनसरीका डीएसपी चन्द्रबहादुर खड... शुक्रबार, पुस १८, २०८२
एम्बुलेन्सबाट ५२१ किलो गाँजा बरामद आइतबार राति केराबारी गाउँपालिका–५ मा प्रहरीले ५ सय २१ किलो गाँजा बरामद गर्नुका साथै तस्करीमा संलग्न दुई जनालाई नियन्त्रणमा लिएको हो। सोमबार, पुस १४, २०८२
७५० केजी गाँजासहित दुई जना पक्राउ को १ ज ३४५६ नम्बरको जिपबाट उक्त परिमाणको गाँजा बरामद भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता केदारमान दोङले बताए । शनिबार, पुस १२, २०८२
ताजा समाचारसबै
समानुपातिक बन्दसूचीबाट नाम फिर्ता लिने व्यक्तिलाई निवेदन दिन आयोगको आग्रह आइतबार, पुस २७, २०८२
देउवालाई गगनको आग्रह : अब आराम गर्नुस्, मार्ग प्रशस्त गर्नुस् आइतबार, पुस २७, २०८२
विशेष महाधिवेशनमा ६२ प्रतिशतले गरे नाम दर्ता आइतबार, पुस २७, २०८२
कांग्रेस विशेष महाधिवेशनमा गगन–विश्वप्रकाशको सम्बोधन (LIVE) आइतबार, पुस २७, २०८२
कांग्रेस दास र लासहरूको पार्टी होइन, अब कांग्रेसमा कार्यकर्तालाई हेप्ने दिन सकिए : गगन थापा आइतबार, पुस २७, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
इरानमा प्रदर्शन तीव्र, प्रदर्शनकारीमाथि गोली प्रहारको आदेश, संसदमा लाग्यो ‘डेथ टु अमेरिका’को नारा आइतबार, पुस २७, २०८२
गायक तथा अभिनेता प्रशान्त तामाङ रहेनन् आइतबार, पुस २७, २०८२
देउवा पक्षधर केन्द्रीय सदस्यहरू पनि पुगे विशेष महाधिवेशन स्थलमा आइतबार, पुस २७, २०८२
कांग्रेस विशेष महाधिवेशन पक्षधरको पदयात्रा कार्यक्रम स्थगित शनिबार, पुस २६, २०८२
विशेष महाधिवेशनमा ६२ प्रतिशतले गरे नाम दर्ता आइतबार, पुस २७, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
न बदलिएको समाज सुरेश गिरी
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
के बच्चा जन्माउनाले महिलाको आयु घट्छ ? नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
शेखर नआउने भएपछि कांग्रेसको पत्रकार सम्मेलन स्थगित शुक्रबार, पुस २५, २०८२
इरानमा प्रदर्शन तीव्र, प्रदर्शनकारीमाथि गोली प्रहारको आदेश, संसदमा लाग्यो ‘डेथ टु अमेरिका’को नारा आइतबार, पुस २७, २०८२
गायक तथा अभिनेता प्रशान्त तामाङ रहेनन् आइतबार, पुस २७, २०८२
काठमाडौं बस दुर्घटनामा मृतकको संख्या ५ पुग्यो बिहीबार, पुस २४, २०८२
चौतर्फी दबाबपछि मेडिकल काउन्सिलले गर्‍यो डा. यशोदा रिजाललाई निलम्बन शुक्रबार, पुस २५, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्