काठमाडौं– पत्रकार किशोर श्रेष्ठलाई फेरि पक्राउ गर्न खोजिएको छ।
पक्राउ गर्न एसएसपी सन्तोष खड्कासहितको प्रहरी टोली अहिले श्रेष्ठको घर नख्खु पुगेको छ।
सत्ताधारी दल राष्ट्रिय स्वतन्त्र पार्टीका नेता तथा कलाकार हिमेश पन्तले साइबर ब्युरोमा जाहेरी दिएपछि श्रेष्ठलाई धरपकड गर्ने प्रयास गरिएको हो।
श्रेष्ठले नेपाललाइभसँग कुरा गर्दै सरकारले नियोजित रूपमा पक्राउ गर्न घरमै प्रहरी पठाएको बताएका छन्। पन्तले धादिङमा छिमेकीको १० रोपनी जग्गा हडपेको भन्दै जनआस्थामा प्रकाशित समाचारलाई लिएर आफूलाई पक्राउ गर्न खोजिएको श्रेष्ठले बताए।
‘समाचारको विषयमा प्रेस काउन्सिलमा समेत नगई सोझै साइबर ब्युरोमार्फत पक्राउ गर्न खोजिएको छ,’ श्रेष्ठले भने।
बालेन सरकार आएपछि श्रेष्ठको यो दोस्रो गिरफ्तारी हुनेछ। श्रेष्ठले आफूलाई साइबर ब्युरो लैजाने जानकारी दिइएको बताए।
श्रेष्ठले आफूले पनि पन्तविरुद्ध साइबर ब्युरोमा जाहेरी दिएको, तर जाहेरी दर्ता नगरी उल्टै पन्तको कुरा सुनेर आफूलाई पक्राउ गर्न खोजिएको बताए।
पन्तले श्रेष्ठले एक वर्षदेखि सामाजिक सञ्जालमा आफूलाई ‘हत्यारा’, ‘बलात्कारी’ र ‘ब्ल्याकमेलिङ’ गर्ने व्यक्ति भन्दै लेख्दै आएको आरोप लगाएका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।