काठमाडाै- ओमानमा भइरहेको आईसीसी क्रिकेट विश्वकप लिग २ अन्तर्गत शनिबार भएको खेलमा नेपाल क्यानडासँग २४ रनले पराजित भएको छ ।
ओमानको अल अमरेत क्रिकेट ग्राउन्डमा भएको खेलमा २५७ रनको लक्ष्य पछ्याएको नेपालले ४६ ओभरमै सबै विकेट गुमाएर २३२ रनमा अलआउट भएको हो । ओपनर अर्जुन कुमालको सानदार ब्याटिङ अनी करण केसीको प्रयासका बावजुतका पनि नेपाल २४ बल अगावै अलआउट भएको हो ।
सिरिज अन्तर्गत सुरुवाती दुई खेल जित्दै शीर्ष ६ को सम्भावनालाई बलियो बनाएको नेपाल यो हारपछि ८ टोली सम्मिलित लिग २ को अंकतालिकामा सातौं स्थानमा झरेको छ । सबै ३६ खेल नै खेलिसकेको क्यानडा भने २९ अंकसहित नेपाललाई उछिन्दै छैटौं स्थानमा उक्लेको छ ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।