सांकेतिक तस्वीर काठमाडौं–संखुवासभामा एकै परिवारका ६ जनाको हत्या भएको छ। मादी नगरपालिका–१ खोला गाउँका तेजबहादुर कार्कीको परिवारका ६ जनाको हत्या भएको प्रहरीले जनाएको छ।
धारिलो हतियार प्रहार गरी हत्या गरेको अवस्थामा शव फेला परेको संखुवासभाका प्रहरी नायव उपरीक्षक (डीएसपी) लालध्वज सुवेदीले नेपाल लाइभलाई बताए।
सोमबार बिहान मृत अवस्थामा रहेको भन्ने खबर पाएपछि हवल्दारको कमाण्डमा सुरुमा घटनास्थलमा प्रहरी पुगेको थियो। एक जना भने जिवितै रहेको भन्ने खबर आएको सुवेदीले नेपाल लाइभलाई बताए ।
अन्य मृतकहरु भने शरीरभर चोटपटक रहेको उनले जानकारी दिए। डीएसपी सुवेदीसहितको टोली अहिले घटनास्थल जाँदैछ ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।