काठमाडौं– एक्कासी पानी पर्दा भारतको एक पूजा पण्डालमा भागदोड हुँदा १९ जनाको मृत्यु भएको छ भने २५ जना घाइते भएका छन् । घाइतेमध्ये एकको अवस्था गम्भीर छ ।
भारतको समाचार संस्था पिटीआइका अनुसार, उत्तरी कोलकाताको चोरबगान भन्ने स्थानमा बनाइएको पूजा पण्डालमा शनिवार साँझ भागदौड भएको थियो।
पश्चिम बङ्गालका मुख्यमन्त्री शुभेन्दु अधिकारीले भागदौडपछि १७ जनाको घटनास्थलमै र अन्य दुई जनाको पछि मृत्यु भएको हो ।
मृतक र घाइतेको पहिचान गर्ने प्रयास भइरहेको समाचारमा जनाइएको छ । पूजामा सहभागी हुन कोलकाता बाहिरका विभिन्न जिल्लाबाट उनीहरू पण्डालमा पुगेको बताइएको छ ।
पश्चिम बङ्गालका स्वास्थ्यमन्त्री शरद्वत मुखर्जीले अचानक भिषण पानी पर्न थालेपछि पण्डाल भित्रका मानिसहरू बाहिर जान नचाहेको र बाहिरका मानिसहरू भित्र आउन चाहेको अवस्थामा यो घट्ना भएको बताए ।
उत्तरी कोलकातामा ठूलो धनराशि खर्च गरेर आयोजना गरिने पूजामा एकाएक शोकको स्थिति बनेको छ ।
कोलकाताका अन्य तीन ठूला र प्रसिद्ध पूजा पण्डालहरूमा भक्तजनहरूलाई प्रवेश गर्न रोक लगाइएकाले चोरबगानुमा बनाइएको पूजा पण्डालमा भिड बढेको थियो ।
भागदौड मच्चिएको घटनामा कोलकाता प्रहरीले चोरबगान दुर्गा पूजाका आयोजकसहित १२ जनालाई नियन्त्रणमा लिएको पीटीआईको समाचारमा उल्लेख छ ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।