• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बुधबार, मंसिर २, २०८३ Wed, Nov 18, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
समाचार

भोटेकोशीका पीडितको सम्झनामा कोप-३१ मा प्रदर्शन

64x64
नेपाल लाइभ बुधबार, मंसिर २, २०८३  १३:४२
1140x725

काठमाडौं– संयुक्त राष्ट्रसंघीय जलवायु परिवर्तन सम्मेलन (कोप-३१) को वार्ताबीच नेपालका युवा, आदिवासी जनजाति अगुवा तथा अन्तर्राष्ट्रिय जलवायु न्याय आन्दोलनका सहभागीहरूले भोटेकोशी विपद्का पीडितको सम्झनामा सांकेतिक प्रदर्शन गर्दै ग्लोबल साउथका लागि जलवायु न्याय, क्षतिपूर्ति र ऋणरहित वित्तको माग गरेका छन् ।

नेपालमा अगस्ट २६ मा भएको विनाशकारी बाढीले ज्यान, घरबार र जीविकोपार्जनमा पुर्‍याएको क्षतिलाई अन्तर्राष्ट्रिय समुदायसमक्ष प्रस्तुत गर्न सम्मेलनस्थलमा मृतकको प्रतिकका रूपमा पुत्ला राखिएको थियो ।

प्रदर्शनमा सहभागीहरूले जलवायु संकटबाट प्रभावित समुदायले आफ्ना प्रियजनको शवसमेत फेला पार्न नसकेको पीडादायी अवस्थालाई स्मरण गर्दै जलवायु वार्तालाई ठोस कार्यमा रूपान्तरण गर्न आग्रह गरेका थिए । जलवायु अभियन्ता आकृति डोटेलले नेपालले भोगेको ठुलो क्षतिप्रति अन्तर्राष्ट्रिय समुदायबाट सहानुभूति प्राप्त भए पनि अब वास्तविक वित्त र क्षतिपूर्तिको आवश्यकता रहेको बताइन् ।

उनले भनिन्, “हामीले धेरै सहानुभूति पाइसक्यौँ। अब ठोस वित्त प्राप्त गर्ने समय हो । जलवायु वित्तबारे कुरा गर्न यो सही मञ्च हो। अहिले यो अवसर गुमायौँ भने धेरै कुरा गुमाउन सक्छौँ ।”

डोटेलले जलवायु विपदबाट प्रभावित समुदायलाई प्रतिस्थापित गर्न ऋणको भार थप्ने वित्तीय व्यवस्थाको सट्टा क्षतिपूर्ति आवश्यक रहेको बताइन् । भोटेकोशी विपद्मा ज्यान गुमाएका व्यक्तिहरूको सम्झना र पीडित समुदायप्रति विश्वव्यापी ऐक्यबद्धता व्यक्त गर्न प्रदर्शन आयोजना गरिएको उनको भनाइ छ ।

वार्ताका दस्तावेजभन्दा समुदायको वास्तविकता फरक
जलवायु अभियन्ता प्रयास अधिकारीले जलवायु सम्मेलनमा जलवायु न्याय, वित्त र हानि तथा नोक्सानीबारे पर्याप्त छलफल भए पनि त्यसले प्रभावित समुदायको वास्तविक जीवनमा परिवर्तन ल्याउन नसकेको बताए ।

उनले भने, “हामीले दस्तावेज र सम्झौतामा धेरै छलफल गर्‍यौँ । तर ती कुराकानीले जमिनको वास्तविकतालाई प्रतिनिधित्व गर्न सकेनन् र समुदायको अवस्था बदल्न सकेनन् । त्यसको एउटा उदाहरण भोटेकोशी हो ।”

अधिकारीले भोटेकोशी विपद् एउटा घटना मात्र नभई जलवायु अनुकूलनमा भएको कमजोरी र विद्यमान प्रणालीको असफलता उजागर गर्ने उदाहरण भएको बताए । विभिन्न देश र महादेशका नागरिक समाज, युवा तथा जलवायु न्याय आन्दोलनका सहभागी मिलेर आयोजना गरेको प्रदर्शनले वार्ता कक्षभित्रका छलफलले प्रभावित समुदायको जीवन र जीविकोपार्जनमा तत्काल परिवर्तन ल्याउनुपर्ने सन्देश दिएको उनको भनाइ छ ।

Ncell 2
Ncell 2
nimb
nimb

उनले भने, “यहाँ हुने साना छलफल र वार्ताले हाम्रो समुदायको जीवन फेरिएको छैन। वार्ता र निर्णयमा एउटा बुँदा वा अल्पविराममा छलफल भइरहँदा हाम्रा मानिसले जीवन र जीविकोपार्जन गुमाइरहेका छन् ।”

मिलियनको प्रतिबद्धता, बिलियनको क्षति र ट्रिलियनको आवश्यकता
जलवायु अभियन्ता प्रज्ञा शेरचनले नेपालले जलवायु संकटमा न्यून योगदान गरे पनि विपदबाट ठुलो क्षति व्यहोर्नुपरेको भन्दै विश्वका विकसित राष्ट्र र नेतृत्वलाई तत्काल निर्णय र कार्यान्वयनमा जान आग्रह गरिन् । उनका अनुसार नेपालका समुदाय, बालबालिका, महिला, ज्येष्ठ नागरिक तथा आदिवासी जनजातिले जलवायुजन्य विपद्को असमान भार भोगिरहेका छन् । त्यसको स्मरण र पीडितप्रति समवेदना व्यक्त गर्न अन्तर्राष्ट्रिय मञ्चमा प्रदर्शन गरिएको उनले बताइन् ।

उनले भनिन्, “हामीलाई बिलियन डलरमा क्षति भइरहेको छ, आवश्यकता ट्रिलियनमा छ, तर प्रतिबद्धता मिलियनमा मात्रै भइरहेका छन् । हानि तथा नोक्सानी कोषमा रकम छुट्याइएको छ भने त्यसलाई अझ बढाउन र विकसित देशहरूले कोषमा पर्याप्त रकम भर्नुपर्छ ।”

शेरचनले कोप–३१ को अन्तिम चरणमा पुगिसकेको वार्तालाई अर्को सम्मेलनसम्म निर्णय सार्ने प्रक्रियामा सीमित नगर्न आग्रह गरिन् ।

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

उनले भनिन्, “हामीलाई अब ढिलाइभन्दा कार्य चाहिएको छ । यो कोप व्यर्थ जानु हुँदैन र निर्णयका लागि अर्को सम्मेलनसम्म पर्खने अवस्था हुनु हुँदैन ।”

ऋण होइन, न्याय र अनुदानको माग
प्रदर्शनकारीहरूले जलवायु संकटको जिम्मेवारी र त्यसको असरबीच रहेको असमानता अन्त्य गर्न ऐतिहासिक जिम्मेवारी भएका राष्ट्रहरूले आफ्नो दायित्व पूरा गर्नुपर्ने माग गरेका थिए । उनीहरूले खोक्रा प्रतिबद्धता, ग्रिनवासिङ र प्रभावित राष्ट्रमाथि ऋणको भार थप्ने वित्तीय संयन्त्रको विरोध गर्दै अनुकूलन, हानि तथा नोक्सानी र न्यायपूर्ण रूपान्तरणका लागि नयाँ, थप, पर्याप्त, समतामूलक तथा ऋणरहित अनुदानमा आधारित वित्त उपलब्ध गराउनुपर्नेमा जोड दिए ।

भोटेकोशीका पीडित समुदायले विपद्पछि आफ्नो जीवन र बस्ती पुनर्निर्माण गर्न ऋण लिनुपर्ने बाध्यतामा पर्न नहुने उनीहरूको माग थियो । जलवायु संकटमा न्यून योगदान गरेका समुदायले त्यसको क्षतिबाट उब्रिन ऋणको भार बोक्नुपर्ने अवस्था न्यायसंगत नहुने प्रदर्शनकारीहरूको भनाइ थियो ।

प्रदर्शनको अन्त्यमा भोटेकोशी विपद्मा ज्यान गुमाएका तथा सबैथोक गुमाएका व्यक्तिहरूको सम्झनामा पुतलाको वरिपरि मैनबत्ती बालेर एक मिनेट मौनधारण गरिएको थियो ।

भोटेकोशीका मृतकको प्रतीकात्मक पुतलासहित गरिएको प्रदर्शनले कोप-३१ को वार्तामा जलवायु वित्त, हानि तथा नोक्शकानी र ऐतिहासिक जिम्मेवारीका विषयमा निर्णयको प्रतीक्षामा रहेका समुदायको पीडालाई प्रत्यक्ष रूपमा प्रस्तुत गरेको थियो । सहभागीहरूले जलवायु न्यायलाई प्रतिबद्धता र दस्तावेजबाट वास्तविक राहत, पुनर्स्थापना र क्षतिपूर्तिमा रूपान्तरण गर्न विश्व नेतृत्वलाई आग्रह गरेका छन् ।

प्रकाशित मिति: बुधबार, मंसिर २, २०८३  १३:४२

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
भोटेकोशीका पीडितको सम्झनामा कोप-३१ मा प्रदर्शन
पूर्वआईजीपी कार्कीको रिटमा बहस सकियो, आदेश आउन बाँकी
पूर्व राष्ट्रपति विद्या भण्डारी एमालेको राष्ट्रिय भेलामा
सम्बन्धित सामग्री
भोटेकोशीका पीडितको सम्झनामा कोप-३१ मा प्रदर्शन नेपालमा अगस्ट २६ मा भएको विनाशकारी बाढीले ज्यान, घरबार र जीविकोपार्जनमा पुर्‍याएको क्षतिलाई अन्तर्राष्ट्रिय समुदायसमक्ष प्रस्तुत गर्... बुधबार, मंसिर २, २०८३
पूर्वआईजीपी कार्कीको रिटमा बहस सकियो, आदेश आउन बाँकी न्यायाधीश श्रीकान्त पौडेलको एकल इजलासमा भएको सुनुवाइपछि आदेश आउन बाँकी छ । बुधबार, मंसिर २, २०८३
पूर्व राष्ट्रपति विद्या भण्डारी एमालेको राष्ट्रिय भेलामा राष्ट्रिय भेलामा सहभागी भएसँगै भण्डारी पार्टीको संगठनात्मक गतिविधिमा सक्रिय देखिएकी छन् । बुधबार, मंसिर २, २०८३
ताजा समाचारसबै
भोटेकोशीका पीडितको सम्झनामा कोप-३१ मा प्रदर्शन बुधबार, मंसिर २, २०८३
पूर्वआईजीपी कार्कीको रिटमा बहस सकियो, आदेश आउन बाँकी बुधबार, मंसिर २, २०८३
पूर्व राष्ट्रपति विद्या भण्डारी एमालेको राष्ट्रिय भेलामा बुधबार, मंसिर २, २०८३
जलवायु परिवर्तनको जोखिममा अस्ट्रेलिया, एक वर्षमै २६ स्थान माथि उक्लियो बुधबार, मंसिर २, २०८३
एमालेप्रति सरकारी निर्मम दमन, महङ्गो पर्नेछ : ओली बुधबार, मंसिर २, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
बसबरिया गाउँपालिकाका अध्यक्ष पक्राउ बुधबार, मंसिर २, २०८३
निरन्तर ओरालो लागेको सुनको मूल्य कतिसम्म पुग्छ ? मंगलबार, मंसिर १, २०८३
लोहोरो प्रहारबाट श्रीमतीको मृत्यु, श्रीमान पक्राउ मंगलबार, मंसिर १, २०८३
आईजीपी पुनर्बहालीका लागि सर्वोच्चको इजलासमा बहस, दानबहादुर कार्कीलाई आजै काममा फर्काउने आदेश गर्न वरिष्ठ अधिवक्ताहरूको जोडबल बुधबार, मंसिर २, २०८३
अन्तर्राष्ट्रिय बजारमा सुन र चाँदीको मूल्य बढ्यो बुधबार, मंसिर २, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
लुम्बिनी लायन्सलाई अझ बलियो बनाउँदै नेपाली क्रिकेटमा योगदान दिन चाहन्छौँ : अध्यक्ष जिसी नेपाल लाइभ
दरबारको दशैं सधैं सम्झिरहन्छु : आनन्द कार्की [दशैं वार्ता] नेपाल लाइभ
दशैंमा स्वास्थ्यको ख्याल राखौं, सन्तुलित खाना खाउँ नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
छठ घाटमा राजनीतिक उपस्थिति : ‘भक्ति’ कि ‘शक्ति’ को खोजी धर्मेन्द्र झा
रावणका दश शिरदेखि लुसिफरको पतनसम्मः नेपालको राजनीतिमा शक्ति र अहंकार सुरेश गिरी
लोकपर्व छठ र यसका विभिन्न महत्वहरु आनन्द अस्तित्व
विश्वव्यापी बन्दै छठ पर्व नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
आईजीपी प्रकरणः दोहोरिएला रुक्मांगद कटवाल काण्ड? शनिबार, कात्तिक २८, २०८३
राइड शेयरिङमा मनपरी भाडा र असमान प्रतिस्पर्धा शनिबार, कात्तिक २८, २०८३
भिन्तुना आन्दोलनः म्हपुजाको दिन प्रधानमन्त्री उपस्थित भएको त्यो क्षण मंगलबार, कात्तिक २४, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
विरोध हुँदाहुँदै सूचना प्रकाशन शनिबार, कात्तिक २८, २०८३
पृथ्वी राजमार्गसहित दुई सडकखण्ड अवरुद्ध शनिबार, कात्तिक २८, २०८३
बझाङमा अटो दुर्घटना अपडेट: मृत्यु हुनेको संख्या ४ पुग्यो, चालक नियन्त्रणमा सोमबार, कात्तिक ३०, २०८३
माइक्रोबस दुर्घटनामा १० जनाको मृत्युु, पाँच घाइते बिहीबार, कात्तिक २६, २०८३
इनम कनेक्सन : कांग्रेस नेता उमेश श्रेष्ठका भाई पक्राउ शनिबार, कात्तिक २८, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्