सिन्धुली– सिन्धुलीको फिक्कल गाउँपालिका–६ नागथानस्थित मध्यपहाडी लोकमार्गमा टाटा सुमो सुनकोशी नदीमा खस्दा घाइते भएकी एक महिलालाई उद्धार गरी काठमाडौं ल्याइएको छ।
कात्तिक १ गते काठमाडौं बाट खोटाङतर्फ जाँदै गरेको सुमो दुर्घटनामा परेको हो। दुर्घटनामा घाइते भएकी महिलालाई नेपाली सेनाको हेलिकप्टरमार्फत काठमाडौं ल्याइएको नेपाली सेनाले जनाएको छ।
दुर्घटनापछि भवानीबक्स गणबाट खटिएको नेपाली सेनाको टोलीले सुनकोशी नदीमा बेपत्ता भएका अन्य यात्रुको खोजी गरिरहेको छ।
दुर्घटनामा परेको सुमोमा कति यात्रु सवार थिए र अन्य यात्रुको अवस्थाबारे विस्तृत विवरण आउन बाँकी छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।