• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
सोमबार, माघ १२, २०८२ Mon, Jan 26, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
समाचार

अवैध विद्युतीय गाडी विवादमा सर्वोच्चको दोहोरो व्याख्या : संयुक्त इजलासले टुंग्याएको विषय संयुक्तबाटै किन उल्ट्याइयो? 

64x64
नेपाल लाइभ सोमबार, साउन ३२, २०७८  ०७:००
1140x725

काठमाडौं- सर्वोच्च अदालतको संयुक्त इजलास (दुई न्यायाधीशको)ले एकपटक टुंग्याएको विवादलाई फेरि संयुक्त इजलासले नै उल्ट्याउने अभ्यास सामान्यतः गरिँदैन। तर, भर्खरै सर्वोच्चले त्यही न्यायिक परम्परा, मान्यता र पद्धतिविपरीत हुनेगरि फैसला सुनाएको छ। 

भन्सार विभागले अवैध रुपमा आयात भएको दाबी गर्दै गाडी जफत गरेर अनुसन्धान गरिरहेको टेस्ला गाडीको विवादमा सर्वोच्च अदालतका दुई जना न्यायाधीशको दुई भिन्नाभिन्नै संयुक्त इजलासले फरक–फरक फैसला सुनाएका हुन्। श्रीमा डिष्ट्रिब्युटर्सले भित्र्याएका दुईवटा इलेक्ट्रिक गाडीको विवादमा सर्वोच्च अदालतका न्यायाधीशद्वय तेजबहादुर केसी र कुमार चुडालको इजलासले यसअघि संयुक्त इजलासबाट गरेको फैसला विपरीत हुनेगरि फैसला सुनाएको छ।

यो पनि पढ्नुहोस्

अउडीको अवैध आयातमा सर्वोच्चको व्याख्या : प्रिन्साको 'नियत सफा' देखिएनबिहीबार, चैत ५, २०७७

२०७७ कात्तिक १८ गते न्यायाधीशद्वय हरिकृष्ण कार्की र शुष्मलता माथेमाको इजलासले प्रिन्सा अटोमेटिक प्रालिका तर्फबाट रमेशकुमार जलालले दायर गरेको रिट खारेज गर्दै विलासी कार निर्माता जर्मन कम्पनी अउडीका विद्युतीय कार अवैध रूपमा नेपालमा आयात गरिएको ठहर गरेको थियो। सर्वोच्चले गरेको फैसलाको पूर्णपाठमा अउडीका विद्युतीय कार नेपालमा अवैध रूपमा आयात भएको उल्लेख छ। 

न्यायाधीशद्वय कार्की र माथेमाको संयुक्त इजलासले गरेको फैसलामा आयातकर्ता प्रिन्सा अटोमोटिभ्स ‘सफा हात लिएर अदालत आएको नदेखिएको’ उल्लेख छ।  

आफूले आयात गरेका कार सुख्खा बन्दरगाह भन्सार कार्यालय, सिर्सियाले छुटाउन नदिएको भन्दै २०७७ असार २८ गते प्रिन्साले सर्वोच्चमा मुद्दा दायर गरेको थियो। अघिल्लो आर्थिक वर्षमै अउडी भित्र्याएकाले गत वर्षकै कर तिरेर गाडी छुटाउन पाउनुपर्नेसमेत प्रिन्साको माग थियो। तर, सर्वोच्चले त्यसलाई अस्वीकार गर्दै कर तिरेर वैधानिक बाटोबाट लैजान भनेको थियो। तर, एक वर्षपछि यस्तै विवादमा टेस्ला गाडीको पक्षमा हुने गरि रिट जारी हुने फैसला भएको छ। 

यो पनि पढ्नुहोस्

सर्वोच्चको दोहोरो व्याख्या : टेस्लाको ब्याट्री बिग्रने, अउडीको नबिग्रने!शुक्रबार, चैत ६, २०७७

श्रीमाले गाडी छुटाउनुपर्ने दाबी गरेको रिटमा बिहीबार (साउन २८ गते) फैसला सुनाउँदा सर्वोच्चले यस्तो जिकिर गरेको हो।

यी दुई कम्पनीले भित्र्याएका विद्युतीय गाडीको विवाद एकै रहेको थियो। एकै विवादमा संयुक्त इजलासबाट भएको फैसला जानकारी हुँदाहुँदै यस्तो फैसला भएको एक सरकारी वकिलले बताए। इजलासमा बहसका क्रममा सरकारी वकिलले २०७७ कात्तिक १८ गते भएको फैसलाको जानकारी गराएका थिए। 

इजलासले उक्त कुराको जानकारी पाएपछि आफ्नो राय दिँदै पूर्ण इजलासमा पठाउनुपर्नेमा सिधै फैसला गरेको ती सरकारी वकिलको दाबी छ। 

Ncell 2
Ncell 2

सर्वोच्चको पहिलो फैसलामा कर तिरेर वैधानिक बनाइ लैजानुपर्ने भनिएको तर पछिल्लो फैसलाले निवेदकले गाडी लैजान सक्ने भनेकाले करको विषयमा भन्सार विभाग अन्योलमा पर्ने देखिएको छ। एकै अदालतको समान इजलासले यसरी फरक-फरक फैसला सुनाउँदा कुन कार्यान्वयन गर्ने र कुन नगर्ने भन्ने विषयमा पनि भन्सार विभाग अन्योलमा पर्ने सरकारी वकिलको दाबी छ। भन्सार विभागको अनुसन्धानको क्रममा रहेको विषयमा सर्वोच्चबाट यसरी फैसला हुँदा अवैध रुपमा गाडी भित्र्याउनेहरूले प्रश्रय पाउने उनको दाबी छ। 

सर्वोच्च अदालतका पूर्वन्यायाधीश बलरामप्रसाद केसीले संयुक्त इजलासवाट भएको फैसला अर्को संयुक्त इजलासले नमान्न सक्ने तर, उसले आफ्नो रायसहित त्यसको थप ब्याख्याका लागि पूर्ण इजलासमा पठाउनुपर्ने बताए। ‘सबै न्यायाधीश मुद्दामा आफ्नो राय दिन स्वतन्त्र हुने भएकाले पहिलो इजलासको फैसलासँग सहमत हुनैपर्छ भन्ने छैन, यदि असहमत हुने हो भने तीन वा त्यसभन्दा धेरै ध्यायाधीशको इजलासमा जानुपर्छ’, केसीले भने, ‘पहिला क्षेत्रिय अदालतहरुको फैसला फरक–फरक हुँदा अन्योल नहोस् भनेर सर्वोच्चवाट ब्याख्या गराउने गरिएको थियो। यदि दुईजना न्यायाधीशको इजलासले एउटै विषयमा एकपटक एकथरी र अर्कोपटक अर्कोथरी फैसला गर्ने हो भने न्यायिक अराजकता हुन्छ। कार्यान्वयन गर्ने निकाय नै अन्योलमा पर्नेगरि न्याय दिन मिल्दैन। संयुक्त इजलासवाट भएको फैसलामा सहमत भएमा यो विवाद हुँदैन तर, असहमत हुने हो भने आफ्नो रायसहित पूर्ण इजलासमा पठाउनुपर्छ।’ 

के थियो टेस्लाको विवाद?
सरकारले २०७६/७७ का लागि ल्याएको आर्थिक ऐनमा सवारी साधन पैठारीसम्बन्धी विशेष व्यवस्था गरेको थियो। 

यो पनि पढ्नुहोस्

टेस्लाको अवैध आयात : आयातकर्ता पुग्यो अदालत, भन्सारले हाल्यो 'भ्याकेट'मंगलबार, असार ९, २०७७

आर्थिक वर्ष २०७७/७८ का लागि ल्याएको आर्थिक ऐनमा निजी प्रयोजनका विद्युतीय कारमा करको दर बढाइयो। अउडी अवैध रुपमा आयात गरी भन्सारमा थन्किएको बेला चालु आर्थिक वर्षको आर्थिक ऐनअनुसार बढेको भन्सार र अन्तःशुल्क तिरी कार छुटाउन भन्सारले प्रिन्सालाई भनेको थियो। 

आर्थिक वर्ष २०७६/७७ को आर्थिक ऐनअनुसार निजी प्रयोजनका विद्युतीय कारमा १० प्रतिशत भन्सार, १३ प्रतिशत भ्याट र ४ प्रतिशत सडक मर्मत दस्तुर लाग्ने व्यवस्था थियो। चालु आवको आर्थिक ऐनले भन्सार दरबन्दी ८० प्रतिशत (पछि ५० प्रतिशत छुट गरिएको) र अन्तःशुल्क चाहिँ ब्याट्री क्षमताका आधारमा ३० देखि ८० प्रतिशत लाग्ने व्यवस्था गरेको थियो। तर, असोजमा सरकारले अन्तःशुल्कमा उल्लेख्य छुट दिएको थियो।  

प्रिन्सा अटोमोटिभ्सले पहिलो पटक २०७६ भदौमा ३ वटा विद्युतीय कार भित्राएको थियो। त्यसलगत्तै अन्य कम्पनीले पनि आधिकारिक बिक्रेताबिना नै विलासी कार आयात गर्न लागेको विषयमा नेपाल लाइभमा समाचार प्रकाशित भएको थियो। यो समाचार छापिएपछि भन्सार कार्यालयले आधिकारिक बिक्रेताको प्रमाण-पत्र कडाइका साथ जाँच गर्न थालेको थियो। यही विषयमा प्रिन्सा समेत अन्य कम्पनीहरू तानिएका थिए। 

यो पनि पढ्नुहोस्

अवैध आयात भएको टेस्ला छुटाउन सर्वोच्चको आदेशबिहीबार, असार ११, २०७७

श्रीमा डिस्ट्रिब्युटर्सले ल्याएका दुईवटा टेस्लाका इलेक्ट्रिक कार २०७६ माघ १५ गते भन्सार जाँचपासमा शंका लागेको भन्दै फिर्ता गरिएपछि यो विवाद अदालत पुगेको थियो।  श्रीमा डिस्ट्रिब्युटर्स नेपाल प्रालि २०६८ असोज २ गते दर्ता भएको र २०७६ वैशाख १९ गते वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागबाट एजेन्सी प्रमाण-पत्र लिएको थियो। कम्पनीले वाणिज्यबाट लिएको सोही प्रमाणपत्रलाई आधार मानेर श्रीमा डिस्ट्रिब्युटर्सले आफू टेस्लाको नेपालका लागि आधिकारिक विक्रेता भएको जिकीर गर्दै गाडी भित्र्याएको थियो। 

कम्पनीले ती कार हङकङको कम्पनीबाट किनेको थियो। कम्पनीले टेस्ला मोटर एचके लिमिटेडसँग ३१ नोभेम्बर २०१९ मा टेस्ला मोडल एक्स खरिदको सम्झौता गरेको उसकै रिटमा उल्लेख छ। ४ वटा भने साउथ चाइना एक्जिम लिमिटेडसँग खरिद गरेको थियो। गाडी खरिदका लागि कम्पनीले माछापुछ्रे बैंकबाट एलसी खोलेको थियो।  

२०७६ माघ १५ गते वीरगञ्ज भन्सार आइपुगेका र सोही दिन भन्सार जाँचपास भएको श्रीमाको निवेदनमा उल्लेख छ। तर, त्यसको भोलिपल्टै जाँचपासमा शंका भएको भन्दै धादिङबाट भन्सारले गाडी समातेर पुनः वीरगञ्ज पुर्‍याएको थियो। विभिन्न मितिमा गाडी छुटाउन दिएका निवेदनको बेवास्ता गरेको भन्दै श्रीमा डिस्ट्रिब्युटर्सले पछिल्लोपटक २०७७ वैशाख १५ मा पुनः भन्सार कार्यालय वीरगञ्जमा निवेदन दिएको थियो। तर, भन्सार विभागले आफ्नो निवेदनमा निर्णय नगरेको भन्दै श्रीमा असाधारण क्षेत्राधिकार अन्तर्गत् सर्वाेच्च आएको थियो। सर्वोच्चले उसको पक्षमा फैसला सुनाएको छ।  उसको निवेदनमा २०७७ जेठ २६ गते पहिलो पटक सर्वोच्चले अन्तरिम आदेश जारी गरेको थियो। सर्वोच्चले अन्तरिम जारी गरेपछि भन्सार विभाग पनि भ्याकेटको निवेदन लिएर सर्वोच्च पुगेको थियो । तर, सर्वोच्चले भन्सारको भ्याकेटको निवेदन खारेज हुने आदेश गर्‍यो। 

यो पनि पढ्नुहोस्

अवैध टेस्ला वैध बनाउने बाटोमा श्रीमा डिस्ट्रिब्युसनआइतबार, असोज १८, २०७७

पहिलोपटक सर्वोच्चले गाडी सुरक्षित राख्न भन्दै अन्तरिम आदेश जारी गरेको थियो। तर, कम्पनीले गाडी छोड्नुपर्ने व्याख्या गरेको थियो। भन्सार विभागले अस्वीकार गरेपछि ९ र २९ असार २०७७ मा सर्वोच्चमा निवेदन दिएको थियो। सबै निवेदनलाई एकै पटक सुनुवाइ गर्दै बिहीबार सर्वोच्चले रिट जारी हुने फैसला सुनाएको हो। 

प्रकाशित मिति: सोमबार, साउन ३२, २०७८  ०७:००

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
गगन थापाले भने– नागरिकको सेवक हुन सर्लाही आएको हुँ
निर्वाचन सुरक्षामा उच्च सतर्कता अपनाउन सशस्त्र प्रहरी संगठनलाई महानिरीक्षक अर्यालको निर्देशन
बालेन शाहविरुद्ध निर्वाचन आयोगमा उजुरी
सम्बन्धित सामग्री
पूर्वराजा साहले गरे जानकी मन्दिरमा पूजा-अर्चना आइतबार जनकपुर पुगेका पूर्वराजा शाहले सोमबार साँझ जानकी मन्दिरमा धार्मिक विधिअनुसार पूजाआजा सम्पन्न गरेका हुन् । सोमबार, माघ १२, २०८२
४ वटा जलविद्युत् आयोजनालाई राष्ट्रिय वन क्षेत्र प्रयोग गर्न स्वीकृति दिने सरकारको निर्णय सोमबार बसेको मन्त्रिपरिषद् बैठकले ४ वटा जलविद्युत् आयोजनालाई राष्ट्रिय वन क्षेत्र प्रयोग गर्न स्वीकृत दिने निर्णय गरेको सरकारका प्रव... सोमबार, माघ १२, २०८२
सचिव पौडेलले पाइन् बीमा प्राधिकरणको सञ्चालक समिति अध्यक्षको जिम्मेवारी सरकारको निर्णयअनुसार उनलाई उक्त जिम्मेवारी प्रदान गरिएको हो । सोमबार, माघ १२, २०८२
ताजा समाचारसबै
गगन थापाले भने– नागरिकको सेवक हुन सर्लाही आएको हुँ सोमबार, माघ १२, २०८२
निर्वाचन सुरक्षामा उच्च सतर्कता अपनाउन सशस्त्र प्रहरी संगठनलाई महानिरीक्षक अर्यालको निर्देशन सोमबार, माघ १२, २०८२
बालेन शाहविरुद्ध निर्वाचन आयोगमा उजुरी सोमबार, माघ १२, २०८२
पूर्वराजा साहले गरे जानकी मन्दिरमा पूजा-अर्चना सोमबार, माघ १२, २०८२
४ वटा जलविद्युत् आयोजनालाई राष्ट्रिय वन क्षेत्र प्रयोग गर्न स्वीकृति दिने सरकारको निर्णय सोमबार, माघ १२, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
बागमतीमा गिता देवकोटा र प्रेम प्रसाद दंगाल विजयी आइतबार, माघ ११, २०८२
लुम्बिनी प्रदेशबाट राष्ट्रिय सभामा तीनै पदमा एमाले-काँग्रेस-जसपा गठबन्धन विजयी आइतबार, माघ ११, २०८२
गण्डकीबाट महिलामा सम्झना देवकोटा विजयी आइतबार, माघ ११, २०८२
कर्णालीमा कांग्रेसका शाही र एमालेबाट रखाल विजयी आइतबार, माघ ११, २०८२
मधेश प्रदेशबाट राष्ट्रिय सभामा चारै पदमा गठबन्धन विजयी आइतबार, माघ ११, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
न बदलिएको समाज सुरेश गिरी
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
के बच्चा जन्माउनाले महिलाको आयु घट्छ ? नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
बागमतीमा गिता देवकोटा र प्रेम प्रसाद दंगाल विजयी आइतबार, माघ ११, २०८२
कांग्रेसले अहिलेसम्म टुंग्याएको उम्मेदवारहरु मंगलबार, माघ ६, २०८२
राष्ट्रिय भेलाको तयारीमा कांग्रेसको देउवा समूह शनिबार, माघ १०, २०८२
बालेन शाहले गरे झापा–२ की उम्मेदवार इन्दिरा रानामगरको घरमै पुगेर समर्थन बुधबार, माघ ७, २०८२
सुनकाे मूल्य प्रतितोला ३ लाख नाघ्याे शुक्रबार, माघ ९, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्