• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
सोमबार, कात्तिक २, २०८३ Mon, Oct 19, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
समाचार

अवैध विद्युतीय गाडी विवादमा सर्वोच्चको दोहोरो व्याख्या : संयुक्त इजलासले टुंग्याएको विषय संयुक्तबाटै किन उल्ट्याइयो? 

64x64
नेपाल लाइभ सोमबार, साउन ३२, २०७८  ०७:००
1140x725

काठमाडौं- सर्वोच्च अदालतको संयुक्त इजलास (दुई न्यायाधीशको)ले एकपटक टुंग्याएको विवादलाई फेरि संयुक्त इजलासले नै उल्ट्याउने अभ्यास सामान्यतः गरिँदैन। तर, भर्खरै सर्वोच्चले त्यही न्यायिक परम्परा, मान्यता र पद्धतिविपरीत हुनेगरि फैसला सुनाएको छ। 

भन्सार विभागले अवैध रुपमा आयात भएको दाबी गर्दै गाडी जफत गरेर अनुसन्धान गरिरहेको टेस्ला गाडीको विवादमा सर्वोच्च अदालतका दुई जना न्यायाधीशको दुई भिन्नाभिन्नै संयुक्त इजलासले फरक–फरक फैसला सुनाएका हुन्। श्रीमा डिष्ट्रिब्युटर्सले भित्र्याएका दुईवटा इलेक्ट्रिक गाडीको विवादमा सर्वोच्च अदालतका न्यायाधीशद्वय तेजबहादुर केसी र कुमार चुडालको इजलासले यसअघि संयुक्त इजलासबाट गरेको फैसला विपरीत हुनेगरि फैसला सुनाएको छ।

यो पनि पढ्नुहोस्

अउडीको अवैध आयातमा सर्वोच्चको व्याख्या : प्रिन्साको 'नियत सफा' देखिएनबिहीबार, चैत ५, २०७७

२०७७ कात्तिक १८ गते न्यायाधीशद्वय हरिकृष्ण कार्की र शुष्मलता माथेमाको इजलासले प्रिन्सा अटोमेटिक प्रालिका तर्फबाट रमेशकुमार जलालले दायर गरेको रिट खारेज गर्दै विलासी कार निर्माता जर्मन कम्पनी अउडीका विद्युतीय कार अवैध रूपमा नेपालमा आयात गरिएको ठहर गरेको थियो। सर्वोच्चले गरेको फैसलाको पूर्णपाठमा अउडीका विद्युतीय कार नेपालमा अवैध रूपमा आयात भएको उल्लेख छ। 

न्यायाधीशद्वय कार्की र माथेमाको संयुक्त इजलासले गरेको फैसलामा आयातकर्ता प्रिन्सा अटोमोटिभ्स ‘सफा हात लिएर अदालत आएको नदेखिएको’ उल्लेख छ।  

आफूले आयात गरेका कार सुख्खा बन्दरगाह भन्सार कार्यालय, सिर्सियाले छुटाउन नदिएको भन्दै २०७७ असार २८ गते प्रिन्साले सर्वोच्चमा मुद्दा दायर गरेको थियो। अघिल्लो आर्थिक वर्षमै अउडी भित्र्याएकाले गत वर्षकै कर तिरेर गाडी छुटाउन पाउनुपर्नेसमेत प्रिन्साको माग थियो। तर, सर्वोच्चले त्यसलाई अस्वीकार गर्दै कर तिरेर वैधानिक बाटोबाट लैजान भनेको थियो। तर, एक वर्षपछि यस्तै विवादमा टेस्ला गाडीको पक्षमा हुने गरि रिट जारी हुने फैसला भएको छ। 

यो पनि पढ्नुहोस्

सर्वोच्चको दोहोरो व्याख्या : टेस्लाको ब्याट्री बिग्रने, अउडीको नबिग्रने!शुक्रबार, चैत ६, २०७७

श्रीमाले गाडी छुटाउनुपर्ने दाबी गरेको रिटमा बिहीबार (साउन २८ गते) फैसला सुनाउँदा सर्वोच्चले यस्तो जिकिर गरेको हो।

यी दुई कम्पनीले भित्र्याएका विद्युतीय गाडीको विवाद एकै रहेको थियो। एकै विवादमा संयुक्त इजलासबाट भएको फैसला जानकारी हुँदाहुँदै यस्तो फैसला भएको एक सरकारी वकिलले बताए। इजलासमा बहसका क्रममा सरकारी वकिलले २०७७ कात्तिक १८ गते भएको फैसलाको जानकारी गराएका थिए। 

इजलासले उक्त कुराको जानकारी पाएपछि आफ्नो राय दिँदै पूर्ण इजलासमा पठाउनुपर्नेमा सिधै फैसला गरेको ती सरकारी वकिलको दाबी छ। 

Ncell 2
Ncell 2
nimb
nimb

सर्वोच्चको पहिलो फैसलामा कर तिरेर वैधानिक बनाइ लैजानुपर्ने भनिएको तर पछिल्लो फैसलाले निवेदकले गाडी लैजान सक्ने भनेकाले करको विषयमा भन्सार विभाग अन्योलमा पर्ने देखिएको छ। एकै अदालतको समान इजलासले यसरी फरक-फरक फैसला सुनाउँदा कुन कार्यान्वयन गर्ने र कुन नगर्ने भन्ने विषयमा पनि भन्सार विभाग अन्योलमा पर्ने सरकारी वकिलको दाबी छ। भन्सार विभागको अनुसन्धानको क्रममा रहेको विषयमा सर्वोच्चबाट यसरी फैसला हुँदा अवैध रुपमा गाडी भित्र्याउनेहरूले प्रश्रय पाउने उनको दाबी छ। 

सर्वोच्च अदालतका पूर्वन्यायाधीश बलरामप्रसाद केसीले संयुक्त इजलासवाट भएको फैसला अर्को संयुक्त इजलासले नमान्न सक्ने तर, उसले आफ्नो रायसहित त्यसको थप ब्याख्याका लागि पूर्ण इजलासमा पठाउनुपर्ने बताए। ‘सबै न्यायाधीश मुद्दामा आफ्नो राय दिन स्वतन्त्र हुने भएकाले पहिलो इजलासको फैसलासँग सहमत हुनैपर्छ भन्ने छैन, यदि असहमत हुने हो भने तीन वा त्यसभन्दा धेरै ध्यायाधीशको इजलासमा जानुपर्छ’, केसीले भने, ‘पहिला क्षेत्रिय अदालतहरुको फैसला फरक–फरक हुँदा अन्योल नहोस् भनेर सर्वोच्चवाट ब्याख्या गराउने गरिएको थियो। यदि दुईजना न्यायाधीशको इजलासले एउटै विषयमा एकपटक एकथरी र अर्कोपटक अर्कोथरी फैसला गर्ने हो भने न्यायिक अराजकता हुन्छ। कार्यान्वयन गर्ने निकाय नै अन्योलमा पर्नेगरि न्याय दिन मिल्दैन। संयुक्त इजलासवाट भएको फैसलामा सहमत भएमा यो विवाद हुँदैन तर, असहमत हुने हो भने आफ्नो रायसहित पूर्ण इजलासमा पठाउनुपर्छ।’ 

के थियो टेस्लाको विवाद?
सरकारले २०७६/७७ का लागि ल्याएको आर्थिक ऐनमा सवारी साधन पैठारीसम्बन्धी विशेष व्यवस्था गरेको थियो। 

यो पनि पढ्नुहोस्

टेस्लाको अवैध आयात : आयातकर्ता पुग्यो अदालत, भन्सारले हाल्यो 'भ्याकेट'मंगलबार, असार ९, २०७७

आर्थिक वर्ष २०७७/७८ का लागि ल्याएको आर्थिक ऐनमा निजी प्रयोजनका विद्युतीय कारमा करको दर बढाइयो। अउडी अवैध रुपमा आयात गरी भन्सारमा थन्किएको बेला चालु आर्थिक वर्षको आर्थिक ऐनअनुसार बढेको भन्सार र अन्तःशुल्क तिरी कार छुटाउन भन्सारले प्रिन्सालाई भनेको थियो। 

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

आर्थिक वर्ष २०७६/७७ को आर्थिक ऐनअनुसार निजी प्रयोजनका विद्युतीय कारमा १० प्रतिशत भन्सार, १३ प्रतिशत भ्याट र ४ प्रतिशत सडक मर्मत दस्तुर लाग्ने व्यवस्था थियो। चालु आवको आर्थिक ऐनले भन्सार दरबन्दी ८० प्रतिशत (पछि ५० प्रतिशत छुट गरिएको) र अन्तःशुल्क चाहिँ ब्याट्री क्षमताका आधारमा ३० देखि ८० प्रतिशत लाग्ने व्यवस्था गरेको थियो। तर, असोजमा सरकारले अन्तःशुल्कमा उल्लेख्य छुट दिएको थियो।  

प्रिन्सा अटोमोटिभ्सले पहिलो पटक २०७६ भदौमा ३ वटा विद्युतीय कार भित्राएको थियो। त्यसलगत्तै अन्य कम्पनीले पनि आधिकारिक बिक्रेताबिना नै विलासी कार आयात गर्न लागेको विषयमा नेपाल लाइभमा समाचार प्रकाशित भएको थियो। यो समाचार छापिएपछि भन्सार कार्यालयले आधिकारिक बिक्रेताको प्रमाण-पत्र कडाइका साथ जाँच गर्न थालेको थियो। यही विषयमा प्रिन्सा समेत अन्य कम्पनीहरू तानिएका थिए। 

यो पनि पढ्नुहोस्

अवैध आयात भएको टेस्ला छुटाउन सर्वोच्चको आदेशबिहीबार, असार ११, २०७७

श्रीमा डिस्ट्रिब्युटर्सले ल्याएका दुईवटा टेस्लाका इलेक्ट्रिक कार २०७६ माघ १५ गते भन्सार जाँचपासमा शंका लागेको भन्दै फिर्ता गरिएपछि यो विवाद अदालत पुगेको थियो।  श्रीमा डिस्ट्रिब्युटर्स नेपाल प्रालि २०६८ असोज २ गते दर्ता भएको र २०७६ वैशाख १९ गते वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागबाट एजेन्सी प्रमाण-पत्र लिएको थियो। कम्पनीले वाणिज्यबाट लिएको सोही प्रमाणपत्रलाई आधार मानेर श्रीमा डिस्ट्रिब्युटर्सले आफू टेस्लाको नेपालका लागि आधिकारिक विक्रेता भएको जिकीर गर्दै गाडी भित्र्याएको थियो। 

कम्पनीले ती कार हङकङको कम्पनीबाट किनेको थियो। कम्पनीले टेस्ला मोटर एचके लिमिटेडसँग ३१ नोभेम्बर २०१९ मा टेस्ला मोडल एक्स खरिदको सम्झौता गरेको उसकै रिटमा उल्लेख छ। ४ वटा भने साउथ चाइना एक्जिम लिमिटेडसँग खरिद गरेको थियो। गाडी खरिदका लागि कम्पनीले माछापुछ्रे बैंकबाट एलसी खोलेको थियो।  

२०७६ माघ १५ गते वीरगञ्ज भन्सार आइपुगेका र सोही दिन भन्सार जाँचपास भएको श्रीमाको निवेदनमा उल्लेख छ। तर, त्यसको भोलिपल्टै जाँचपासमा शंका भएको भन्दै धादिङबाट भन्सारले गाडी समातेर पुनः वीरगञ्ज पुर्‍याएको थियो। विभिन्न मितिमा गाडी छुटाउन दिएका निवेदनको बेवास्ता गरेको भन्दै श्रीमा डिस्ट्रिब्युटर्सले पछिल्लोपटक २०७७ वैशाख १५ मा पुनः भन्सार कार्यालय वीरगञ्जमा निवेदन दिएको थियो। तर, भन्सार विभागले आफ्नो निवेदनमा निर्णय नगरेको भन्दै श्रीमा असाधारण क्षेत्राधिकार अन्तर्गत् सर्वाेच्च आएको थियो। सर्वोच्चले उसको पक्षमा फैसला सुनाएको छ।  उसको निवेदनमा २०७७ जेठ २६ गते पहिलो पटक सर्वोच्चले अन्तरिम आदेश जारी गरेको थियो। सर्वोच्चले अन्तरिम जारी गरेपछि भन्सार विभाग पनि भ्याकेटको निवेदन लिएर सर्वोच्च पुगेको थियो । तर, सर्वोच्चले भन्सारको भ्याकेटको निवेदन खारेज हुने आदेश गर्‍यो। 

यो पनि पढ्नुहोस्

अवैध टेस्ला वैध बनाउने बाटोमा श्रीमा डिस्ट्रिब्युसनआइतबार, असोज १८, २०७७

पहिलोपटक सर्वोच्चले गाडी सुरक्षित राख्न भन्दै अन्तरिम आदेश जारी गरेको थियो। तर, कम्पनीले गाडी छोड्नुपर्ने व्याख्या गरेको थियो। भन्सार विभागले अस्वीकार गरेपछि ९ र २९ असार २०७७ मा सर्वोच्चमा निवेदन दिएको थियो। सबै निवेदनलाई एकै पटक सुनुवाइ गर्दै बिहीबार सर्वोच्चले रिट जारी हुने फैसला सुनाएको हो। 

प्रकाशित मिति: सोमबार, साउन ३२, २०७८  ०७:००

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
बलिउड अभिनेता टाइगर श्रफलाई ज्यान लिने गरी हमला
भारतकाे प्रियागोल्डका बिस्कुट नेपालमा प्रतिबन्ध, बजारबाट फिर्ता गर्न निर्देशन
मुटुसम्बन्धी समस्या देखिएपछि पूर्वप्रधानमन्त्री झलनाथ खनाल अस्पताल भर्ना
सम्बन्धित सामग्री
भारतकाे प्रियागोल्डका बिस्कुट नेपालमा प्रतिबन्ध, बजारबाट फिर्ता गर्न निर्देशन भारतको सूर्या फुड एन्ड एग्रो लिमिटेडले उत्पादन गर्ने बिस्कुटको पैठारी स्वीकृति स्थगित गर्दै अर्को आदेश नभएसम्म बिक्री नगर्न विभागले... आइतबार, कात्तिक १, २०८३
सुनकोशीमा दुर्घटनाकी घाइते महिलालाई सेनाको हेलिकप्टरबाट काठमाडौं ल्याइयो कात्तिक १ गते काठमाडौं बाट खोटाङतर्फ जाँदै गरेको सुमो दुर्घटनामा परेको हो। दुर्घटनामा घाइते भएकी महिलालाई नेपाली सेनाको हेलिकप्टरमार... आइतबार, कात्तिक १, २०८३
रौतहट जाँदै गरेको माइक्रोबस भीमफेदीमा दुर्घटनाग्रस्त हुँदा ११ घाइते, एकको अवस्था गम्भीर दुर्घटनामा परेको गाडीका चालक फरार छन् । आइतबार, कात्तिक १, २०८३
ताजा समाचारसबै
बलिउड अभिनेता टाइगर श्रफलाई ज्यान लिने गरी हमला आइतबार, कात्तिक १, २०८३
भारतकाे प्रियागोल्डका बिस्कुट नेपालमा प्रतिबन्ध, बजारबाट फिर्ता गर्न निर्देशन आइतबार, कात्तिक १, २०८३
मुटुसम्बन्धी समस्या देखिएपछि पूर्वप्रधानमन्त्री झलनाथ खनाल अस्पताल भर्ना आइतबार, कात्तिक १, २०८३
सुनसरीमा झन्डै एक टन गाँजा बरामद, चार जना पक्राउ आइतबार, कात्तिक १, २०८३
प्युठान कारागारको वाथरुममा कैदी मृत फेला आइतबार, कात्तिक १, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
छुटे किशोर श्रेष्ठ, पन्तसँग तीनबुँदे सहमति शनिबार, असोज ३१, २०८३
‘ग्यालेक्सी टीभी मेरो हो, सहकारीको रकमको जिम्मेवारी पनि मेरै हो’ : जीबी राई शनिबार, असोज ३१, २०८३
कलाकार पन्तको जाहेरीमा पत्रकार किशोरलाई पक्राउ गर्न प्रहरी घरमा, किशोरको उजुरी भने सुनिएन शनिबार, असोज ३१, २०८३
क्यानडासँग पराजित भएपछि संकटमा नेपाल, शीर्ष ६ मा अटाउन ओमानलाई हराउनैपर्ने दवाव शनिबार, असोज ३१, २०८३
पत्रकार किशोर श्रेष्ठ प्रकरणमा प्रेस काउन्सिल अध्यक्षले भने- प्रहरीको कामकारबाहीको जवाफ काउन्सिलले दिने होइन आइतबार, कात्तिक १, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
सम्पदा हेर्न मात्रै होइन, नेपाली चाडपर्वमा रमाउन आउँछन् पर्यटक : विनायक शाह नेपाल लाइभ
आर्थिक संकट र सरकारसँग निजी क्षेत्रको अपेक्षा अञ्जन श्रेष्ठ
दशैंले राष्ट्रिय समस्या पहिल्याउन संवाद गर्न सकोस नेपाल लाइभ
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश ल्याउने योजना पनि छैन : मन्त्री रावल सोमबार, असोज २६, २०८३
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा झुठा उजुरी दिएपछि... बिहीबार, असोज २९, २०८३
एउटै वडाका चार युवा प्रहरी असईमा छनोट, सामुदायिक शिक्षाको सफलता मंगलबार, असोज २७, २०८३
छुटे किशोर श्रेष्ठ, पन्तसँग तीनबुँदे सहमति शनिबार, असोज ३१, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्