• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
मंगलबार, कात्तिक १८, २०८२ Tue, Nov 4, 2025
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
अटो

सर्वोच्चको दोहोरो व्याख्या : टेस्लाको ब्याट्री बिग्रने, अउडीको नबिग्रने!

64x64
शिव बोहरा शुक्रबार, चैत ६, २०७७  १७:५६
1140x725

काठमाडौं- अवैध रुपमा आयात भएका टेस्ला र अउडीका कारसम्बन्धी दुईवटा मुद्दा समान प्रकृतिका भए पनि सर्वोच्च अदालतले दोहोरो व्याख्या गरेको छ। सर्वोच्चले टेस्लाको कार तत्काल छुटाउन आदेश दियो, तर अउडीका कार रोकेर मुद्दा फैसला भएपछि मात्र छुटेका छन्।

टेस्ला आयातकर्ता श्रीमा डिस्ट्रिब्युसनले दायर गरेको मुद्दामा सर्वोच्चले तत्काल कार छुटाउन आदेश दियो भने अउडी आयातकर्ता प्रिन्सालाई मुद्दा फैसला भएपछि मात्र छुटाउन दिइयो।

टेस्लाका कार छुटाएर सुरक्षित रुपमा राख्‍न आयातकर्तालाई दिन सर्वोच्चले भन्सार कार्यालयको नाममा अन्तरिम आदेश दिएको थियो। यसरी अन्तरिम आदेश दिने मुख्य आधार कारमा प्रयोग भएको ब्याट्री बिग्रिन्छ भन्‍ने नै थियो।

श्रीमाले दायर गरेको रिटमाथि सुनुवाइ गर्दै न्यायाधीश प्रकाशकुमार ढुंगानाले २०७७ जेठ २६ मा दिएको अन्तरिम आदेशमा ‘कारमा जडित ब्याट्री बिग्रने र कम्प्युटर जडित पार्टपुर्जा बिग्रिएर आयाकर्तालाई अपूरणीय क्षति पुग्‍ने हुँदा लाग्‍ने दस्तुरलगायत अन्तिम फैसला आएपछि टुंगिने गरी निवेदकलाई दुईवटा कार दिनू’ भनिएको छ।

यो पनि पढ्नुहोस्

टेस्ला र अउडीको अवैध आयात : सर्वोच्चले श्रीमालाई वैधता दिँदा प्रिन्सालाई के भयो?सोमबार, मंसिर ८, २०७७

टेस्ला आयातकर्ता श्रीमाले ल्याएका ती कार २०७६ माघमा भन्सारमा आइपुगेका थिए। जेठ १५ मा आर्थिक ऐन २०७७ आएसँगै श्रीमाले जेठ १९ मा सर्वोच्चमा मुद्दा दायर गरेको थियो। सर्वोच्चले जेठ २६ मा गाडी छुटाउन अन्तरिम आदेश दियो। त्यसविरुद्ध भन्सारले असार २ मा भ्याकेट हालेको भए पनि सर्वोच्चले असार ११ मा भ्याकेट खारेज गरिदियो। भन्सारको भ्याकेट न्यायाधीशद्वय सपना प्रधान मल्ल र पुरुषोत्तम भण्डारीको संयुक्त इजलासले खारेज गरेको थियो।

Ncell 2
Ncell 2

तर, श्रीमाले ल्याएका टेस्लाका कार छुटेपछि अउडीको आयातकर्ता प्रिन्सा अटोमोटिभ्स पनि सर्वोच्च पुगेको थियो। प्रिन्साको तर्फबाट रमेशकुमार जालानले असार २८ मा सर्वोच्चमा मुद्दा दायर गरेकोमा त्यसको भोलिपल्ट, २९ गते न्यायाधीश तेजबहादुर केसीको इजलासले छलफलमा बोलाउन आदेश दिएको थियो।

साउन २७ मा पुनः पेशी तोकिएकोमा न्यायाधीशद्वय सुस्मालता माथेमा र हरिकृष्ण कार्कीको संयुक्त इजलासले फाइल मगाउन आदेश दिएको थियो। प्रिन्साले पनि २०७६ माघमा नै तीनवटा अउडी कार ल्याएको थियो।

सर्वोच्च अदालतको आदेश

प्रिन्साले पनि इलेक्ट्रिक कार बिग्रने भन्दै तत्काल छुटाउन माग गरेको थियो। तर, सर्वोच्चले प्रिन्साको उक्त जिकिरलाई बेवास्ता गरेको देखिन्छ। टेस्ला कार ल्याएको श्रीमाले कारमा प्रयोग भएको ब्याट्री बिग्रने जिकिर गरेको र त्यसैलाई आधार मानेर सर्वोच्चले कार छुटाउन आदेश दिएको थियो। 

त्यतिमात्र होइन, सर्वोच्चले अउडीको आयातकर्ता प्रिन्साले आधिकारिक बिक्रेताको प्रमाणित कागजात पेस गर्न नसकेको फैसला दिएको छ। यता टेस्लाको आयातकर्ता श्रीमाले समेत काजगात पेस गरेको थिएन। पछिल्लोपटक टेस्लाका कार श्रीमा डिस्ट्रिब्युसनले नभई अरेत इन्टरनेसनल नामक कम्पनीले आयात गर्न थालेको छ। यी दुवै कम्पनी एकै समूहबाट सञ्‍चालित छन्।

यो पनि पढ्नुहोस्

एउटै बाटोबाट आएका दुई कार : सर्वोच्चले टेस्ला छाड्यो, अउडी अड्कायोबिहीबार, साउन २९, २०७७

टेस्लाको २०११ मा जारी बिक्री नीतिअनुसार उसले आफ्ना कार जुन देशमा बिक्री गर्छ त्यही देशको कम्पनीसँग साझेदारी गरेर खोलिएको नयाँ कम्पनीबाट मात्र बिक्री हुने उल्लेख छ। 

पछिल्लोपटक टेस्ला ल्याएको कम्पनी अरेतले आफूलाई हङकङ टेस्लाले आधिकारिक बिक्रेता दिएको दाबी गरेको छ। त्यसरी नेपाली कम्पनीलाई आधिकारिक बिक्रेता दिने अधिकार हङकङ टेस्लालाई छैन। तर, कम्पनीले त्यस्तो कागजातसमेत सर्वोच्चमा पेस गरेको छैन। यसबाट पनि सो कम्पनीले किर्ते कागजातकै भरमा कार आयात गरिरहेको पुष्टि हुन्छ।

प्रकाशित मिति: शुक्रबार, चैत ६, २०७७  १७:५६

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
शिव बोहरा
बोहरा नेपाल लाइभका वरिष्ठ संवाददाता हुन्।
लेखकबाट थप
चक्रपथको दोस्रो खण्ड विस्तार : महाराजगञ्जलाई छोडेर अन्यत्र काम अघि बढाउन चीनलाई आग्रह
मोटरसाइकल कार्यालयको आफ्नै भवन बन्‍न नदिन यातायात विभागको भाँजो
लय समात्‍ने प्रयासमा निर्माण क्षेत्र, रुग्ण आयोजना समस्यामै
सम्बन्धित सामग्री
यामाहाले गर्यो विशेष अफरहरू सहितको ‘यामाहा मेगा सर्भिस क्याम्प’ क्याम्प यहि फागुन १८ देखि २४ गतेसम्म देशभरका सबै यामाहा सेवा केन्द्रहरूमा आयोजना भएको छ । जसमा देशभरका यामाहा चालकहरूका लागि एक रोमा... मंगलबार, फागुन २०, २०८१
चारपाङ्ग्रे सवारीको आयातमा कमी, दुई पाङ्ग्रेको वृद्धि चालु आवको भदौ मसान्तसम्ममा वीरगञ्ज नाका हुँदै रु ४२ करोड ४० लाख दुई हजार मूल्यपर्ने दुई सय ३० वटा जिप, कार र भ्यान आयात भएको छ। आव २... बुधबार, असोज ९, २०८१
नाडा अटो सो: 'ब्रम्बी' गाडीमा विशेष छुट, डाक्टर र स्वास्थ्यकर्मीलाई थप अफर बीएडब्लुले बजारमा ल्याएको ब्रम्बी विद्युतीय गाडीमा नाडा ओटो सो अवधिभर गाडी बुकिङ गर्ने सबैलाई छुटको अवसर दिइएको छ। यसका साथै नेपाली... शुक्रबार, भदौ १४, २०८१
ताजा समाचारसबै
एकता प्रक्रियामा सहभागी नहुने घोषणा गरेका माओवादी नेता शर्माले पत्रकार सम्मेलन गर्दै मंगलबार, कात्तिक १८, २०८२
बाढीपहिरोबाट इलाममा ११ अर्ब ८१ करोडको क्षतिको आकलन मंगलबार, कात्तिक १८, २०८२
स्रोत नखुलेको २३ लाखसहित दुई जना पक्राउ मंगलबार, कात्तिक १८, २०८२
सुनको मुल्य घट्यो मंगलबार, कात्तिक १८, २०८२
काभा महिला यू–१९ च्याम्पियनसिपमा नेपालले आज कीर्गिस्तानसँग प्रतिस्पर्धा गदै मंगलबार, कात्तिक १८, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
जङ्गी अड्डा लाइभ, Gen Z
जङ्गी अड्डा लाइभ, Gen Z बिहीबार, भदौ २६, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
डीआईजीमा पाँच जना बढुवा : अख्तियारमा खनाल, सीआईबीमा खत्री सोमबार, कात्तिक १७, २०८२
कुलमानको निर्णयविरुद्ध अदालत गए हितेन्द्र सोमबार, कात्तिक १७, २०८२
सुरु भयो कांग्रेस संस्थापन पक्षका केन्द्रीय सदस्यहरूको भेला सोमबार, कात्तिक १७, २०८२
आज यी चार प्रदेशमा वर्षासहित हिमपातको सम्भावना मंगलबार, कात्तिक १८, २०८२
आलोकनगरमा प्रचण्ड, माधव र नारायणकाजीबीच छलफल सोमबार, कात्तिक १७, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
जेन-जी क्रान्ति: उपलब्धि, अवसर, चुनौती र अबको उत्तरदायित्व अरुण क्षेत्री
नेपालमा मुख स्वास्थ्य संकट: लाखौँलाई असर गर्ने दन्त रोग किन रोक्न सकिएन? नेपाल लाइभ
युवा उमेरमै किन थाक्छ मन र मस्तिष्क? बर्नआउटको कारण र समाधान डा. प्रज्ञा सिंह
दुर्गमका कर्मचारीको सुरक्षा : चुनौती र समाधान नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
प्रेम र आकर्षणको मध्यबिन्दुमा ‘देवयानी’ शनिबार, भदौ ७, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
पेट्राेलकाे मूल्य बढ्याे शुक्रबार, कात्तिक १४, २०८२
नेपाल प्रहरीका एसएसपी रानाभाटले दिए राजीनामा बुधबार, कात्तिक १२, २०८२
किस्ट मेडिकल कलेज तथा शिक्षण अस्पताल र मृतकका आफन्तबीच सहमति मंगलबार, कात्तिक ११, २०८२
ओली र लेखकलाई तोकिएको स्थानहदविरुद्ध सर्वोच्चले दिएन अन्तरिम आदेश शुक्रबार, कात्तिक १४, २०८२
दाहाल संयोजक र नेपाल सहसंयोजक हुने गरी माओवादी र नेकपा एससहित आठ दलबीच एकता आइतबार, कात्तिक १६, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2025 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्