Vianet Content Block Ad new Vianet Content Block Ad new
Skip This
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बुधबार, मंसिर १०, २०८२ Wed, Nov 26, 2025
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
अटो

टेस्लाको अवैध आयात : आयातकर्ता पुग्यो अदालत, भन्सारले हाल्यो 'भ्याकेट'

64x64
शिव बोहरा मंगलबार, असार ९, २०७७  १८:४८
1140x725

काठमाडौं- अवैध रूपमा नेपाल भित्र्याइएका टेस्ला गाडी साविक बमोजिम तिरेको करकै आधारमा छुटाउन पाउनु पर्ने माग गर्दै आयातकर्ता श्रीमा डिष्ट्रिब्युटर्सले भन्सार विरुद्ध सर्वोच्च अदालतमा रिट दाय गरेको छ। आगामी आर्थिक वर्षको बजेटसँगै ल्याइएको आर्थिक ऐनबाट लगाइएको जरिवाना र कर गैरकानुनी भएको र आफूलाई त्यसअनुसार व्यवहार गर्न नहुने मागदावी गर्दै श्रीमा अदालत पुगेको हो। 

वीरगञ्ज भन्सार कार्यालयले जाँचपास गर्दै छुटाएको गाडी कानुनविपरीत छुटेको समाचार बाहिरिएपछि धादिङको गजुरीबाट फर्काइएको थियो। अहिले भन्सारको यार्डमा रहेका दुईवटा गाडी छुटाउन चाहे आयातकर्ताले जेठ १५ गते परिवर्तित करको दरअनुसार भन्सार शुल्क तिरी ३० प्रतिशत जरिवाना तिरेर मात्रै ल्याउन पाउने व्यवस्था गरेपछि श्रीमा अदालत गएको हो। 

श्रीमाले दायर गरेको रिटको प्रारम्भिक सुनुवाइ गर्दै सर्वोच्च अदालतले जेठ २६ गते अन्तरिम आदेश दिएको थियो। उक्त अन्तरिम आदेश खारेजीका लागि भन्सार विभागले सर्वोच्चमा निवेदन दर्ता गराएको छ।

भन्सार विभागले महान्यायाधिवक्ताको कार्यालयमार्फत् असार २ गते आर्थिक ऐन र भन्सार ऐनले दिएको अधिकार बमोजिम अन्तरिम आदेश खारेजको माग गर्दै निवेदन दिएको छ। भन्सार ऐन, २०६४ को दफा २८ को उपदफा ८ बमोजिम एकपटक जाँचपास भएका मालवस्तु भन्सारबाट छुटाई लैजानु पूर्व पुनः पूरा वा आंशिक जाँचपास गर्न पाइने व्यवस्था छ। 

श्रीमा डिस्ट्रिब्युटर्सले ल्याएका दुईवटा टेस्लाका इलेक्ट्रिक कार २०७६ माघ १५ गते भन्सार जाँचपासमा शंका लागेको भन्दै फिर्ता गरिएको थियो। श्रीमा डिस्ट्रिब्युटर्स नेपाल प्रालि २०६८ असोज २ गते दर्ता भएको र २०७६ बैसाख १९ गते वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागबाट एजेन्सी प्रमाणपत्र लिएको रिट निवेदनमा उल्लेख छ। कम्पनीले वाणिज्यबाट लिएको सोही प्रमाणपत्रलाई आधार मानेर आफू टेस्लाको नेपालका लागि आधिकारिक विक्रेता भएको जिकिर गरेको थियो। 

कम्पनीले ती कार हङकङको कम्पनीबाट किनेको थियो। कम्पनीले टेस्ला मोटर एचके लिमिटेडसँग ३१ नोभेम्बर २०१९ मा टेस्ला मोडल एक्स खरिदको सम्झौता गरेको रिटमा उल्लेख छ। ४ वटा गाडी खरिद भने साउथ चाइना एक्जिम लिमिटेडसँग खरिद गरेको थियो। गाडी खरिदका लागि कम्पनीले माछापुछ्रे बैंकबाट एलसी खोलेको हो। 

२०७६ माघ १५ गते वीरगञ्ज भान्सार आइपुगेका र सोही दिन भन्सार जाँचपास भएको श्रीमाको निवेदनमा उल्लेख छ। तर त्यसको भोलिपल्टै जाँचपासमा शंका भएको भन्दै धादिङबाट भन्सारले गाडी समातेर पुनः वीरगञ्ज पुर्‍याएको थियो। विभिन्न मितिमा गाडी छुटाउन दिएका निवेदनको बेवास्ता गरेको भन्दै श्रीमा डिस्ट्रिब्युटर्सले पछिल्लोपटक २०७७ बैशाख १५ मा पुनः भन्सार कार्यालय वीरगञ्जमा निवेदन दिएको दाबी गरेको छ। 

भन्सार विभागले भन्सार ऐन, २०६५ र आर्थिक ऐन, २०७७ अनुसार गाडी ल्याउन अनुरोध गरेकोमा कम्पनीले बेवास्ता गरेको दाबी गरेको छ। सरकारले २०७६/७७ का लागि ल्याएको आर्थिक ऐनमा सवारीसाधन पैठारीसम्बन्धी विशेष व्यवस्था गरेको थियो।

Ncell 2
Ncell 2

यस्तै व्यवस्था विगतका आर्थिक ऐनसमेत रहेको थियो। ऐनको दफा १२ मा सवारी वा ढुवानीका साधन पैठारी गर्दा देहायका सर्तहरु पालना गर्नुपर्नेछ भनी लेखिएको छ। जसको बुँदा ‘क’मा निर्माता कम्पनी वा निजको आधिकारिक बिक्रेताबाट खरिद गरिएका नयाँ सवारी वा ढुवानीका साधन नेपालस्थित आधिकारिक बिक्रेताले मात्र पैठारी गर्न पाउनेछन्। 

त्यस्तै सोही उपदफाको बुँदा ‘ङ’ मा ‘यस उपदफाको खण्ड ’क’ वा खण्ड ’ख’मा उल्लिखित सर्तहरू उल्लंघन गरी पैठारी गरिएको सवारी वा ढुवानीका साधनहरु जफत गर्न सकिने छ’ भनी  उल्लेख छ। नयाँ आर्थिक ऐन २०७७ मा एक पटकका लागि आधिकारिक बिक्रेता बिना नै अवैध रुपमा ल्याएका गाडी भन्सारपछि ३० प्रतिशत जरिवाना तिरेर ल्याउन पाउने व्यवस्था छ। भन्सार विभागले श्रीमा डिस्ट्रिब्युटर्स नेपाललाई सोही आधारमा गाडी छुटाउन भनेको छ। 

यो पनि पढ्नुहोस्

टेस्ला र अउडीको आधिकारिक प्रमाणपत्र दिने कम्पनी एउटैबिहीबार, माघ १६, २०७६

यसका साथै उक्त ऐनमा विद्युतीय कारमा लाग्ने भन्सार वृद्धि गरी र अन्तःशुल्क लगाइएको छ। त्यसैले गाडीको मूल्य निक्कै महँगो हुनेछ। गाडी आयात अवैध भएपनि वैध भएको दाबी गर्दै कम्पनी गाडी छुटाउने आदेशको माग गर्दै सर्वोच्च पुगेको हो। 

टेस्लाकै इलेक्ट्रिक कार नेपालमा अर्को कम्पनी ग्यालेक्सी अटोमोटिभ्स प्रालिले समेत आयोत गरेको थियो। उक्त कारसमेत भन्सारमै रोकिएको छ। एकै उत्पादक कम्पनीले कुन आधारमा दुई आयातकर्तालाई समानान्तर रूपमा आधिकारिक बिक्रेता दियो भन्ने विषयसमेत उठेको छ। 

सवारी साधन व्यवसायीहरुले नेपाली बजारमा सवारी आयात गर्दा आधिकारिक बिक्रेतामार्फत् मात्रै ल्याउनुपर्ने माग लामो सयम राखे। यसको मुख्य उद्देश्य थियो आयातमा एकद्वार प्रणाली ल्याउने जसका कारण आवश्यक पार्टपुर्जा र मर्मतमा समस्या नहोस् र व्यवसायिक नाफा कायम होस्।  

व्यवसायीको उक्त लबिङपछि सरकारले २०६३ देखि आधिकारिक बिक्रेता बिना नेपालमा सवारी आयात गर्न नपाइने व्यवस्था आर्थिक ऐनमै गर्‍यो। आर्थिक ऐनमा आधिकारिक बिक्रेता बिना गाडी आयात गर्न नपाइने व्यवस्था गरिएसँगै व्यक्तिगत रूपमा गाडी आयात बन्द भएको थियो।

प्रकाशित मिति: मंगलबार, असार ९, २०७७  १८:४८

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
शिव बोहरा
बोहरा नेपाल लाइभका वरिष्ठ संवाददाता हुन्।
लेखकबाट थप
चक्रपथको दोस्रो खण्ड विस्तार : महाराजगञ्जलाई छोडेर अन्यत्र काम अघि बढाउन चीनलाई आग्रह
मोटरसाइकल कार्यालयको आफ्नै भवन बन्‍न नदिन यातायात विभागको भाँजो
लय समात्‍ने प्रयासमा निर्माण क्षेत्र, रुग्ण आयोजना समस्यामै
सम्बन्धित सामग्री
यामाहाले गर्यो विशेष अफरहरू सहितको ‘यामाहा मेगा सर्भिस क्याम्प’ क्याम्प यहि फागुन १८ देखि २४ गतेसम्म देशभरका सबै यामाहा सेवा केन्द्रहरूमा आयोजना भएको छ । जसमा देशभरका यामाहा चालकहरूका लागि एक रोमा... मंगलबार, फागुन २०, २०८१
चारपाङ्ग्रे सवारीको आयातमा कमी, दुई पाङ्ग्रेको वृद्धि चालु आवको भदौ मसान्तसम्ममा वीरगञ्ज नाका हुँदै रु ४२ करोड ४० लाख दुई हजार मूल्यपर्ने दुई सय ३० वटा जिप, कार र भ्यान आयात भएको छ। आव २... बुधबार, असोज ९, २०८१
नाडा अटो सो: 'ब्रम्बी' गाडीमा विशेष छुट, डाक्टर र स्वास्थ्यकर्मीलाई थप अफर बीएडब्लुले बजारमा ल्याएको ब्रम्बी विद्युतीय गाडीमा नाडा ओटो सो अवधिभर गाडी बुकिङ गर्ने सबैलाई छुटको अवसर दिइएको छ। यसका साथै नेपाली... शुक्रबार, भदौ १४, २०८१
ताजा समाचारसबै
एक एआईजी र दुई डिआईजीलाई दर्ज्यानी चिह्न प्रदान बुधबार, मंसिर १०, २०८२
विशेष महाधिवेशन पक्षधरको सभा सम्पन्न बुधबार, मंसिर १०, २०८२
थाइल्यान्ड र मलेसियामा भीषण बाढी: ३० भन्दा बढीको मृत्यु, हजारौँ विस्थापित बुधबार, मंसिर १०, २०८२
रास्वपा र विवेकशील साझाबीच एकता हुँदै, आइतबार घोषणा हुने बुधबार, मंसिर १०, २०८२
आलोचनासँगै प्रधानमन्त्रीको सचिवालय २० बाट घटाएर अब जम्मा ६ जनामा सीमित बुधबार, मंसिर १०, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
टी-२० विश्वकप तालिका सार्वजनिक, नेपालको पहिलो खेल इंग्ल्यान्डसँग मंगलबार, मंसिर ९, २०८२
रास्वपाले ७ वटै प्रदेश इन्चार्जलाई जिम्मेवारीबाट हटायो बुधबार, मंसिर १०, २०८२
आलोचनासँगै प्रधानमन्त्रीको सचिवालय २० बाट घटाएर अब जम्मा ६ जनामा सीमित बुधबार, मंसिर १०, २०८२
ईश्वर पोखरेलद्वारा एमाले अध्यक्षमा उम्मेदवारी घोषणा मंगलबार, मंसिर ९, २०८२
मन्त्रिपरिषद्का १४ निर्णय सार्वजनिक (सूचीसहित) मंगलबार, मंसिर ९, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
के बच्चा जन्माउनाले महिलाको आयु घट्छ ? नेपाल लाइभ
ज्येष्ठ नागरिक स्वास्थ्य सेवाः अझै छैन सरकारको प्राथमिकतामा लक्ष्मी चौलागाईं
जेन–जेड आन्दोलनपछि नेपालको राजनीति: अस्थिरता रोक्न संवैधानिक सुधार अपरिहार्य सागर पौडेल
जेन-जी क्रान्ति: उपलब्धि, अवसर, चुनौती र अबको उत्तरदायित्व अरुण क्षेत्री
सबै हेर्नुहोस
ब्लग
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
प्रेम र आकर्षणको मध्यबिन्दुमा ‘देवयानी’ शनिबार, भदौ ७, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
टी-२० विश्वकप तालिका सार्वजनिक, नेपालको पहिलो खेल इंग्ल्यान्डसँग मंगलबार, मंसिर ९, २०८२
जेन–जेड आन्दोलनपछि नेपालको राजनीति: अस्थिरता रोक्न संवैधानिक सुधार अपरिहार्य बुधबार, मंसिर ३, २०८२
रास्वपाले ७ वटै प्रदेश इन्चार्जलाई जिम्मेवारीबाट हटायो बुधबार, मंसिर १०, २०८२
अमेरिकाबाट डिपोर्ट भएका थप ३५ नेपाली काठमाडौं फर्किए बिहीबार, मंसिर ४, २०८२
सुमनराज अर्याल मुख्यसचिव नियुक्त सोमबार, मंसिर ८, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2025 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्