• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बिहीबार, असोज २९, २०८३ Thu, Oct 15, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
अटो

अवैध टेस्ला वैध बनाउने बाटोमा श्रीमा डिस्ट्रिब्युसन

दर्ता खारेज सच्याउन पुनः पुग्यो सर्वोच्च
64x64
शिव बोहरा आइतबार, असोज १८, २०७७  १४:३०
1140x725

काठमाडौं- अवैधरूपमा आयात भएको अमेरिकी इलेक्ट्रिक कार टेस्ला मोडल एक्सलाई सुरक्षित राख्न सर्वोच्च अदालतले आदेश दिएको थियो। तर त्यस विपरित आयातकर्ता श्रीमा डिष्ट्रिब्युसन प्रालिले 'रोड वर्दिनेस टेस्ट' नै नगरी दुईवटा कार दर्ता गराएको थियो। 

कार्यालयले कानुनविपरीत दर्ता भएको भन्दै दर्ता खारेज गरेपछि त्यो रोक्न माग गर्दै श्रीमा पुनः सर्वोच्च पुगेको हो। टेस्लाले कुनै पनि कम्पनीलाई आधिकारिक बिक्रेताको प्रमाणपत्र नदिएको अवस्थामा श्रीमाले आफू आधिकारिक बिक्रेता भएको दाबी गरेको छ। 

त्यस्तै कम्पनीले सर्वोच्चले इलेक्ट्रिक कार सुरक्षित राख्न दिएको आदेशविपरीत दर्ता गरेर चलाएको थियो। यो विषयमा नेपाल लाइभले निरन्तर समाचार लेखेपछि यातायात व्यवस्था कार्यालय साना/ठूला सवारी एकान्तकुनाले साउन १८ मा दर्ता खारेज गरेको थियो। 

यो पनि पढ्नुहोस्

समाचार प्रभाव : टेस्लाका दुई इलेक्ट्रिक कारको दर्ता खारेजआइतबार, साउन १८, २०७७

त्यसविरुद्ध श्रीमा डिष्ट्रिव्यसनले असोज ९ गते सर्वोच्च अदालतमा दर्ता खारेज बदर गरी पाउँ भन्दै मुद्दा दायर गरेको थियो। असोज १३ गते न्यायाधीश प्रकाशसिंह राउतको एकल इजलासले दुई पक्षलाई छलफलमा बोलाउन अन्तरिम आदेश दिएको हो। असोज २० मा पेशी तोकिएको भएपनि आइतबार सर्वोच्चका १७ न्यायाधीश क्वारेन्टिनमा गएकाले पेशी सर्ने देखिन्छ। 

कार्यालयले सर्वोच्च अदालतको अन्तरिम आदेशको दुरुपयोग गर्दै श्रीमा डिस्ट्रिब्युसनले अवैधरूपमा आयात गरेका दुई टेस्लाका कारको असार १८ मा भएको दर्ता साउन १८ मा खारेज गरेको थियो। सर्वोच्च अदालतले मुद्दाको किनारा लागेपछि मात्र कर तथा दर्ताको प्रक्रिया अघि बढाउन मिल्ने गरी गाडी सुरक्षित राख्न आयातकर्ताको जिम्मा लागाउन भन्सार कार्यालयका नाममा अन्तरिम आदेश दिएको थियो। 

तर, आयातकर्ता श्रीमाले उक्त आदेशको दुरुपयोग गर्दै गाडी दर्ता गरेको थियो। २०७६ माघमा आयात भएर भन्सार कार्यालय वीरगञ्ज आइपुगेका टेस्लाका दुई कार आयातकर्ता श्रीमा डिस्ट्रिब्युटसनले आधिकारिक बिक्रेतालगायतका कागजात बुझाउन सकेको थिएन। भन्सार जाँचपास भएर छुटेका गाडी पुनः कागजात परीक्षणका लागि भन्दै भन्सारले नियन्त्रणमा लिएर कार्यालयमै लगेको थियो। 

आर्थिक ऐन २०७७ आएपछि गाडी छुटाउन माग गर्दै श्रीमाले सर्वोच्च अदालतमा मुद्दा दायर गरेकोमा सर्वोच्चले जेठ २६ गते अन्तरिम आदेश जारी गरेको थियो। वीरगञ्ज भन्सार कार्यालयले यातायात व्यवस्था विभागलाई टेस्लाका दुई गाडी दर्ता नगर्न असार १६ मा पत्र पठाएको थियो। 

आयातकर्ता श्रीमाले उक्त गाडी असार १८ मा कम्पनीकै नाममा दर्ता गराएको यातायात व्यवस्था कार्यालय सानारठूला सवारी एकान्तकुना, बागमती प्रदेशको ढड्डामा उल्लेख छ। कार्यालयको रेकर्ड अनुसार टेस्लाका दुई गाडी बागमती प्रदेश–०१–०२३ च–५६५६ र बागमती प्रदेश–०१–०२३ च–५६८८ नम्बरमा दर्ता भएको थियो। 

Ncell 2
Ncell 2
nimb
nimb

उक्त गाडी आयातकर्ता कम्पनी श्रीमा डिस्ट्रिब्युटसनकै नाममा रहेको थियो। टेस्लाका दुईवटा इलेक्ट्रिक कारले रोड वर्दिनेस टेस्ट नै नगरी दर्ता भएको थियो। आयातित सवारी दर्ताका लागि यातायात व्यवस्था विभागबाट रोड वर्दिनेस टेस्ट गर्नुपर्ने कानुनी व्यवस्था छ। 

श्रीमा डिस्ट्रिब्युटसनले गाडी नै अवैधरूपमा आयात गरेकाले अवैध काम गर्न पछि परेको देखिँदैन। श्रीमाको अवैध कार्यमा सर्वोच्चले साथ दिएपछि विभागबाट आवश्यक कागजात नै नल्याई गाडी दर्ता गराएको थियो। 

श्रीमाले ल्याएका टेस्लाका दुई कारले कराडौं राजश्व तिरेको जिकिर गरेको छ। तर उक्त कारको कर आर्थिक ऐन २०७६ कै व्यवस्थाअनुसार हुने वा ०७७ को ऐन आकर्षित हुने भन्ने टुंगो सर्वोच्च अदालतले लगाएको छैन। त्यसअनुसार श्रीमाले १ लाख ५ हजार अमेरिकी डलरमा खरिद गरेको टेस्ला मोडल एक्सले १० प्रतिशत भन्सार, १३ प्रतिशत भ्याट र ४ प्रतिशत सडक सम्भार दस्तुर तिरेको छ। 

१ डलरको १०० रुपैयाँमान्दा यो कारले १० लाख ५० हजार भन्सार, ११ लाख ५५ हजार भ्याट र साढे ५ लाख सकड मर्मत दस्तुर तिरेको देखिन्छ। यस हिसाबले टेस्लाको एक मोडल एक्सले सरकारलाई ३० लाखभन्दा कम कर तिरेकोमा श्रीमाले भने करोडौं कर तिरेको गलत कुरा सर्वोच्चमा बुझाएको निवेदनमा छ। 

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

श्रीमा डिष्ट्रिब्युटसनले भन्सारले साविक बमोजिमकै कर तिरेका आधारमा गाडी छुटाउन पाउनुपर्ने मागदाबी समेत गर्दै रिट दायर गरेको थियो। तर सर्वोच्चले मुद्दाको अन्तिम किनारा लागेपछि मात्र कर र सवारी दर्ताको बाटो खुल्ने उल्लेख गरेको छ। 

वीरगञ्ज भन्सार कार्यालयले जाँचपास गर्दै छुटाएका गाडी कानुनविपरीत छुटेको समाचार सार्वजनिक भएपछि धादिङको गजुरीबाट फर्काइएको थियो।

भन्सारको यार्डमा रहेका दुईवटा टेस्ला गाडी छुटाउन चाहे आयातकर्ताले जेठ १५ गते आएको आर्थिक ऐन २०७७ अनुसार परिवर्तित करको दरअनुसार भन्सार शुल्क तिरी ३० प्रतिशत जरिवानासमेत तिरेर मात्रै छुटाउनुपर्ने भन्सार विभागको निर्देशनविरुद्ध श्रीमा अदालत गएको थियो। 

श्रीमाले हङकङमा नेपालीकै नाममा रहेको साउथ चाइना एक्जिम लिमिटेडबाट लिएको आधिकारिक बिक्रेताको प्रमाणपत्रलाई टेस्लाले दिएको र वाणिज्य विभागबाट लिएको एजेन्सी दर्ताको प्रमाणपत्र पेश गर्दै आधिकारिक कागज भनेको छ।

लामो समयदेखि कारको व्यापार गरिरहेका व्यवसायीहरू सर्वोच्चले यस्ता मुद्दालाई गम्भीरताका साथ नलिने हो भने भविष्यमा सेकेन्ड ह्यान्ड कार नेपाल भित्रिने जोखिम बढ्ने बताउँछन्। 'सर्वोच्चले सरकारमार्फत टेस्ला अमेरिकालाई आधिकारिकताको विषयमा इमेल लेख्ने हो भने पनि यस विषय प्रष्ट हुनेछ,' एक व्यवसायीले भने, 'त्यसो नगर्ने हो भने उत्पादक कम्पनीबाट आधिकारिकता चाहिने कानुन नै परिवर्तन गर्नु उचित हुन्छ। यी दुई विषयलाई चासो नदिएर श्रीमाहरुले गरेको कार्यलाई सर्वोच्चले वैधानिकता दिँदा भोलीका दिनमा नेपालमा सेकेन्ड ह्यान्ड गाडी अउन सक्छ।' विद्यमान कानुनअनुसार नेपालमा सेकेन्ड ह्यान्ड कार आयात गर्न पाइँदैन।

प्रकाशित मिति: आइतबार, असोज १८, २०७७  १४:३०

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
शिव बोहरा
बोहरा नेपाल लाइभका वरिष्ठ संवाददाता हुन्।
लेखकबाट थप
चक्रपथको दोस्रो खण्ड विस्तार : महाराजगञ्जलाई छोडेर अन्यत्र काम अघि बढाउन चीनलाई आग्रह
मोटरसाइकल कार्यालयको आफ्नै भवन बन्‍न नदिन यातायात विभागको भाँजो
लय समात्‍ने प्रयासमा निर्माण क्षेत्र, रुग्ण आयोजना समस्यामै
सम्बन्धित सामग्री
होण्डाको दशैं अफर : बाइक–स्कुटर किन्दा १ लाखसम्म जित्ने मौका नेपालका लागि होण्डाको आधिकारिक वितरक स्याकार ट्रेडिङ कम्पनीले ‘यो दशैं, आशाको सुरुवात’ योजना ल्याएको हो। योजनाअन्तर्गत नयाँ होण्डा ब... मंगलबार, असोज १३, २०८३
२०२६ को पहिलो ६ महिनामा हुवावे विश्वकै नम्बर १ स्मार्टवाच ब्रान्ड कम्पनीका अनुसार यस उपलब्धिले विश्वव्यापी पहिरनयोग्य प्रविधिको बजारमा हुवावेको स्थान थप बलियो बनाएको छ। नयाँ प्रविधिको विकास र विभिन्... आइतबार, असोज ४, २०८३
नयाँ टियागो ईभीमा ‘जोयफुल विक’ अफर, ४.३ लाख डाउनपेमेन्टमै गाडी लैजान सकिने सेप्टेम्बर १९ देखि २६ सम्म सञ्चालन हुने अभियानमा ग्राहकले ४.३ लाख रुपैयाँ डाउनपेमेन्ट गरेर नयाँ टियागो ईभी घर लैजान सक्ने कम्पनीले ज... आइतबार, असोज ४, २०८३
ताजा समाचारसबै
भोटेकोशी बाढीपीडितलाई राहत : ४ हजारभन्दा बढी परिवारले पाए ४५ हजार बुधबार, असोज २८, २०८३
साउदी अरबका प्रस्तावित राजदूत सुनारको नाम संसदीय सुनुवाइ समितिबाट अस्वीकृत बुधबार, असोज २८, २०८३
मलेसियाका लागि प्रस्तावित राजदूत खरेलकाे नाम अस्वीकृत बुधबार, असोज २८, २०८३
प्रधानमन्त्री बालेनकाे भारत भ्रमण तय बुधबार, असोज २८, २०८३
नेपालमा शंकास्पद रुपमा बसेका २४ दक्षिण कोरियाली नागरिक निष्काशित बुधबार, असोज २८, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
एउटै वडाका चार युवा प्रहरी असईमा छनोट, सामुदायिक शिक्षाको सफलता मंगलबार, असोज २७, २०८३
खगेन्द्र सुनारलाई प्रहरीले पक्राउ गर्छ ? मंगलबार, असोज २७, २०८३
कांग्रेसको निर्वाचित महिला खुला सदस्य विरुद्ध अदालतमा मुद्धा परेपछि... मंगलबार, असोज २७, २०८३
राष्ट्रपतिबाट दुई अध्यादेश जारी मंगलबार, असोज २७, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
दशैंले राष्ट्रिय समस्या पहिल्याउन संवाद गर्न सकोस नेपाल लाइभ
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
मुग्लिन–काठमाडौं सडकखण्ड पुन: बन्द आइतबार, असोज २५, २०८३
निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश ल्याउने योजना पनि छैन : मन्त्री रावल सोमबार, असोज २६, २०८३
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
एउटै वडाका चार युवा प्रहरी असईमा छनोट, सामुदायिक शिक्षाको सफलता मंगलबार, असोज २७, २०८३
गगनलाई बधाई दिँदा खड्गीले के भने? शनिबार, असोज २४, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्