• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
मंगलबार, असोज २७, २०८३ Tue, Oct 13, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
अटो

समाचार प्रभाव : टेस्लाका दुई इलेक्ट्रिक कारको दर्ता खारेज

असार १८ मा दर्ता, साउन १८ मा खारेज
64x64
शिव बोहरा आइतबार, साउन १८, २०७७  १७:१२
1140x725

काठमाडौं- यातायात व्यवस्था कार्यालय साना/ठूला सवारीले असार १८ गते कार्यालयमा दर्ता भएका टेस्लाका दुई इलेक्ट्रिक कारको दर्ता खारेज गरेको छ। आइतबार कार्यालयले सर्वोच्च अदालतको अन्तरिम आदेशको दुरुपयोग गर्दै श्रीमा डिस्ट्रिब्युटर्सले अवैध रूपमा आयात गरेका टेस्लाका कारको दर्ता खारेज गरेको हो। 

सर्वोच्च अदालतले मुद्दाको किनारा लागेपछि मात्र कर तथा दर्ताको प्रक्रिया अघि बढाउन मिल्ने गरी गाडी सुरक्षित राख्न आयातकर्ताको जिम्मा लागाउन भन्सार कार्यालयका नाममा अन्तरिम आदेश दिएको थियो। तर आयातकर्ता श्रीमाले उक्त आदेशको दुरुपयोग गर्दै गाडी दर्ता गरेको समाचार नेपाल लाइभले प्रकाशित गरेको थियो। 

२०७६ माघमा आयात भएर भन्सार कार्यालय वीरगञ्ज आइपुगेका टेस्लाका दुई कार आयातकर्ता श्रीमा डिस्ट्रिब्युटर्सले आधिकारिक बिक्रेतालगायतका कागजात बुझाउन सकेको थिएन। भन्सार जाँचपास भएर छुटेका गाडी पुनः कागजात परीक्षणका लागि भन्दै भन्सारले नियन्त्रणमा लिएर कार्यालयमै लगेको थियो। आर्थिक ऐन २०७७ आएपछि गाडी छुटाउन माग गर्दै श्रीमाले सर्वोच्च अदालतमा मुद्दा दायर गरेकोमा सर्वोच्चले जेठ २६ गते अन्तरिम आदेश जारी गरेको थियो। 

वीरगञ्ज भन्सार कार्यालयले यातायात व्यवस्था विभागलाई टेस्लाका दुई गाडी दर्ता नगर्न असार १६ मा पत्र पठाएको थियो। आयातकर्ता श्रीमाले उक्त गाडी असार १८ मा कम्पनीकै नाममा दर्ता गराएको यातायात व्यवस्था कार्यालय साना/ठूला सवारी एकान्तकुना, बागमती प्रदेशको ढड्डामा उल्लेख छ। 

कार्यालयको रेकर्ड अनुसार टेस्लाका दुई गाडी बागमती प्रदेश–०१–०२३ च–५६५६ र बागमती प्रदेश–०१–०२३ च–५६८८ नम्बरमा दर्ता भएको थियो। उक्त गाडी आयातकर्ता कम्पनी श्रीमा डिस्ट्रिब्युटर्सकै नाममा रहेको थियो। 

टेस्लाका दुई वटा इलेक्ट्रिक कारले रोड वर्दिनेस टेस्ट नै नगरी दर्ता भएको थियो। आयातित सवारी दर्ताका लागि यातायात व्यवस्था विभागबाट रोड वर्दिनेस टेस्ट गर्नुपर्ने कानुनी व्यवस्था छ। 

अवैध रुपमा टेस्लाका गाडी आयात गरेको श्रीमा डिस्ट्रिब्युटर्स नेपाल प्रालि सोझै यातायात व्यवस्था कार्यालय साना/ठूला सवारी पुग्यो। श्रीमा डिस्ट्रिब्युटर्सले गाडी नै अवैध रुपमा आयात गरेकाले अवैध काम गर्न पछि परेको देखिँदैन। श्रीमाको अवैध कार्यमा सर्वोच्चले साथ दिएपछि विभागबाट आवश्यक कागजात नै नल्याई गाडी दर्ता गराएको थियो। 

Ncell 2
Ncell 2
nimb
nimb

अब टेस्लाका उक्त दुई कार बागमती प्रदेश–०१–०२३ च–५६५६ र बागमती प्रदेश–०१–०२३ च–५६८८ नम्बरमा देखिने छैनन्। दर्ता खारेज भएपछि ती दुई कार सडकमा निकाल्नसमेत नपाइने भएको छ। ‘आयातकर्ताले यातायात व्यवस्था विभागबाट आवश्यक कागजात नै नल्याई दर्ता गराएको र अदालतमा मुद्दा विचाराधीन नबताएकाले हाललाई गाडीको दर्ता खारेज गरेको हो,’ कार्यालय स्रोतले भन्यो, ‘हामीले दर्ता खारेज भएकोबारे ट्राफिक प्रहरीलाई समेत पत्र लेख्छौं। अब अदालतले मुद्दा फैसला आएपछि मात्र दर्ताको नयाँ प्रक्रिया हुन्छ।’ 

सर्वोच्चको जेठ २६ को अन्तरिम आदेशविरुद्ध भन्सार विभागले जेठ २ मा 'भ्याकेट’ माग  गरेको थियो। आयातकर्ता श्रीमा डिस्ट्रिब्युटर्सको पक्षमा दिएको अन्तरिम आदेशविरुद्ध भन्सार विभागको भ्याकेट निवेदनमा अदालतले असार ११ गते अन्तरिम आदेश खारेज गर्न अस्वीकार गरेको हो। असार ११ मा भएको सुनुवाईमा न्यायाधीशद्वय सपना प्रधान मल्ल र पुरुषोत्तम भण्डारीको संयुक्त इजलासले भन्सारको माग बमोमिज आदेश खारेज गर्न अस्वीकार गरेका हुन्। अदालतले भन्सारको माग अस्वीकार गरेपछि टेस्लाका गाडी छुटाउने बाटो खुलेको थियो।  

श्रीमा डिष्ट्रिब्युटर्सले भन्सारले साविक बमोजिमकै कर तिरेका आधारमा गाडी छुटाउन पाउनुपर्ने मागदाबी गर्दै रिट दायर गरेको थियो। तर सर्वोच्चले मुद्दाको अन्तिम किनारा लागेपछि मात्र कर र सवारी दर्ताको बाटो खुल्ने उल्लेख गरेको छ।  

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

वीरगञ्ज भन्सार कार्यालयले जाँचपास गर्दै छुटाएका गाडी कानुनविपरीत छुटेको समाचार सार्वजनिक भएपछि धादिङको गजुरीबाट फर्काइएको थियो। भन्सारको यार्डमा रहेका दुईवटा टेस्ला गाडी छुटाउन चाहे आयातकर्ताले जेठ १५ गते परिवर्तित करको दरअनुसार भन्सार शुल्क तिरी ३० प्रतिशत जरिवानासमेत तिरेर मात्रै छुटाउनुपर्ने भन्सार विभागको निर्देशनविरुद्ध श्रीमा अदालत गएको थियो। 

नयाँ आर्थिक ऐन २०७७ मा एक पटकका लागि आधिकारिक बिक्रेता बिना नै अवैध रुपमा ल्याएका गाडी भन्सारपछि ३० प्रतिशत जरिवाना तिरेर ल्याउन पाउने व्यवस्था छ। टेस्लाकै इलेक्ट्रिक कार नेपालमा श्रीमाका साथै अर्को कम्पनी ग्यालेक्सी अटोमोटिभ्स प्रालिले समेत आयात गरेको थियो।

प्रकाशित मिति: आइतबार, साउन १८, २०७७  १७:१२
  • #tesla-EV
  • #Tesla-Model-X

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
शिव बोहरा
बोहरा नेपाल लाइभका वरिष्ठ संवाददाता हुन्।
लेखकबाट थप
चक्रपथको दोस्रो खण्ड विस्तार : महाराजगञ्जलाई छोडेर अन्यत्र काम अघि बढाउन चीनलाई आग्रह
मोटरसाइकल कार्यालयको आफ्नै भवन बन्‍न नदिन यातायात विभागको भाँजो
लय समात्‍ने प्रयासमा निर्माण क्षेत्र, रुग्ण आयोजना समस्यामै
सम्बन्धित सामग्री
होण्डाको दशैं अफर : बाइक–स्कुटर किन्दा १ लाखसम्म जित्ने मौका नेपालका लागि होण्डाको आधिकारिक वितरक स्याकार ट्रेडिङ कम्पनीले ‘यो दशैं, आशाको सुरुवात’ योजना ल्याएको हो। योजनाअन्तर्गत नयाँ होण्डा ब... मंगलबार, असोज १३, २०८३
२०२६ को पहिलो ६ महिनामा हुवावे विश्वकै नम्बर १ स्मार्टवाच ब्रान्ड कम्पनीका अनुसार यस उपलब्धिले विश्वव्यापी पहिरनयोग्य प्रविधिको बजारमा हुवावेको स्थान थप बलियो बनाएको छ। नयाँ प्रविधिको विकास र विभिन्... आइतबार, असोज ४, २०८३
नयाँ टियागो ईभीमा ‘जोयफुल विक’ अफर, ४.३ लाख डाउनपेमेन्टमै गाडी लैजान सकिने सेप्टेम्बर १९ देखि २६ सम्म सञ्चालन हुने अभियानमा ग्राहकले ४.३ लाख रुपैयाँ डाउनपेमेन्ट गरेर नयाँ टियागो ईभी घर लैजान सक्ने कम्पनीले ज... आइतबार, असोज ४, २०८३
ताजा समाचारसबै
खुलामञ्चमा क्षति भए कांग्रेसले व्यहोर्ने प्रतिबद्धता सोमबार, असोज २६, २०८३
निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश ल्याउने योजना पनि छैन : मन्त्री रावल सोमबार, असोज २६, २०८३
विवादास्पद अडियोले तानिए सांसद खगेन्द्र सुनार, रास्वपा मौन सोमबार, असोज २६, २०८३
दश किलो गाँजासहित एक जना पक्राउ सोमबार, असोज २६, २०८३
भारतमा विरोध प्रदर्शनका लागि तीन नयाँ स्थल तोकिए सोमबार, असोज २६, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
कांग्रेस महाधिवेशन : ६ हजार मतगणना हुँदा उपसभापतिमा चन्द्रकान्त र महामन्त्रीमा प्रदीप पौडेलको अग्रता आइतबार, असोज २५, २०८३
विवादास्पद अडियोले तानिए सांसद खगेन्द्र सुनार, रास्वपा मौन सोमबार, असोज २६, २०८३
बुढीगण्डकी बाढी : यी हुन् भेडीगोठबाट सम्पर्कविहीन भएका ५ जना आइतबार, असोज २५, २०८३
नेपाल कानुन आयोग संशोधन विधेयकमा परेका २३ वटै संशोधन प्रस्ताव सभामुखद्वारा अस्वीकृत सोमबार, असोज २६, २०८३
कांग्रेस उपसभापतिमा भण्डारी र महामन्त्रीमा पाैडेलको अग्रता कायमै [अपडेट] आइतबार, असोज २५, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
मुग्लिन–काठमाडौं सडकखण्ड पुन: बन्द आइतबार, असोज २५, २०८३
गगनलाई बधाई दिँदा खड्गीले के भने? शनिबार, असोज २४, २०८३
एआईजी बर्खास्त प्रकरणमा गृहमन्त्रीले दिए चारबुँदे प्रस्टीकरण शुक्रबार, असोज २३, २०८३
यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णय सोमबार, असोज १९, २०८३
गगनलाई सर्वसम्मत हुन कसले रोक्यो ?, सहमत भएका खड्गी किन बिच्किए ? बिहीबार, असोज २२, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्