• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बुधबार, वैशाख २३, २०८३ Wed, May 6, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
राजनीति

एमालेको पुन:मिलनमा फेरि ‘बादल’

64x64
डिबी खड्का बुधबार, जेठ ५, २०७८  २१:११
1140x725

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वासको मत लिँदै गर्दा विभाजनको डिलमै पुगेर जोगिएको सूर्य चिह्नधारी पार्टी, नेकपा एमालेको पुन:मिलनमा 'बादल' देखिन थालेको छ। एकताका लागि बनेको कार्यदलले विषय प्रवेश गर्नुअघि नै राष्ट्रिय सभाको बागमती प्रदेश उपनिर्वाचनको विषय अनेकताको कारक हुनसक्ने संकेत देखिन थालेका छन्।

नेकपा एमालेको सूर्य चिह्नबाट माओवादी केन्द्र परित्याग गरेर एमाले प्रवेश गरेका नेता रामबहादुर थापा ‘बादल’ उम्मेदवार छन्। एमालेको ओली पक्षले उनलाई उम्मेदवार बनाएको हो। एमालेकै वरिष्ठ नेता माधवकुमार नेपाल पक्षले एमाले समर्थक रहेका संघीयता विज्ञ डा खिमलाल देवकोटालाई उम्मेदवार बनाएर प्रतिपक्षी दल नेपाली कांग्रेस, माओवादी केन्द्र र जनता समाजवादी पार्टी (जसपा)को समेत समर्थन जुटाएको छ। 

पार्टीमा एकताको कुनै सारसंकेत नदेखिएको समयमा भएको उम्मेदवारी दर्ता मिल्न खोजिरहेको समयका लागि सकसपूर्ण बनेको छ। किनभने एमालेका दुवै पक्ष एउटै उम्मेदवारलाई समर्थन गरेर मतदान गर्ने अवस्थामा छैनन्। 

पार्टी एकताका स्पष्ट खाका बनिनसक्दै आएको यो निर्वाचन दुवैको 'शक्ति प्रदर्शन' जस्तो देखिँदैछ। यस्तो अवस्था पार्टी एकताका लागि प्रत्युत्पादक बन्न सक्छ। जसले एकताका लागि बाँकी त्यान्द्रो समेत चुँडाएर दुईकिनार बनाउन सक्छ।

‘बादल’ पक्षको स्टन्ट र नेपाल पक्षको स्पष्टोक्ति
एकता प्रक्रिया अघि बढेकै मेसोमा उपनिर्वाचन भेटवार्ता गर्ने बाटो बनेको छ। यही बाटो हुँदै मंगलबार गृहमन्त्री समेत रहेका राष्ट्रिय सभाका उम्मेदवार बादल वरिष्ठ नेता नेपाललाई भेट्न उनकै निवास कोटेश्वर पुगे। पार्टीमा पुनःमिलन प्रक्रिया चलिरहेकाले सूर्य चिह्नबाट चुनाव लडिरहेको आफूलाई सहयोग गर्न बादलले नेपालसँग आग्रह गरे। 

दुई नेताबीच भएको संवादको सत्य बाहिर आउनुअघि नै गृहमन्त्री बादलको सचिवालय सक्रिय भयो। उनको सचिवालयबाट सन्देश प्रवाह भयो, ‘भेटमा नेता नेपालले राष्ट्रिय सभाको निर्वाचनमा उम्मेदवार रहेका बादललाई सहयोग गर्ने बचन दिनुभयो।‘ गृहमन्त्री थापाका प्रेस संयोजकबाट प्रवाहित सन्देश नेकपा एमाले पक्षीय सञ्चारमाध्यममा समाचार बन्न थाले। यसले मतदातामा समेत प्रभाव पर्न थाल्यो। 

उम्मेदवार देवकोटा र नेपाल पक्षीय मतदाताले वरिष्ठ नेता नेपाललाई 'क्लियर' गर्न दबाब दिएपछि त्यसको काउन्टरमा नेपालको सचिवालयबाट विज्ञप्ति आयो। स्पष्ट रुपमा डा देवकोटालाई समर्थन रहेको उक्त 'खण्डन विज्ञप्ति'मा उल्लेख थियो। भनिएको छ, 'बादलसँगको भेटमा पूर्व प्रधानमन्त्री एवम् वरिष्ठ नेता माधवकुमार नेपालले उम्मेदवारी दर्ताको परिस्थितिमा अन्य दलहरू सहितलाई सहमत गराएर डा. खिमलाल देवकोटालाई आफ्नै पहलमा उम्मेदवार बनाएकाले अहिले अन्यथा गर्न नसक्ने कुरा स्पष्ट पार्नुभयो।'

त्यसपछि बादलले मध्यमार्गी प्रस्ताव गरेको नेपालका स्वकीय सचिव मोहन गौतमले जारी गरेको खण्डनमा उल्लेख थियो। गौतमका अनुसार बादलको चाहना नेपाल कुनै पक्षमा पनि नखुलिदिए हुन्थ्यो भन्ने थियो। त्यसो हुँदा नेपाल पक्षीय एमालेका नेता नै मतदाता भएकाले सूर्य चिह्नमा भोट हाल्ने उनको अपेक्षा थियो। 

nimb
nimb
Ncell 2
Ncell 2

मंगलबारको ‘स्टन्ट’ र त्यसको खण्डनले एमालेको पुन:मिलन प्रक्रियामा अपेक्षित उपलब्धी हासिल हुन नसकेको दर्शाउँछ। जसका कारण नेपाल समूह एमाले र सूर्य चिह्नका नाममा अहिल्यै सम्झौता गर्न खोजिरहेको छैन।

कार्यदलको कार्यक्षेत्र बाहिर ‘बादल’
अध्यक्ष ओली र वरिष्ठ नेता नेपालपक्षका यस्तै नमिलेका कुरालाई मिलाउने आधार खोजेर ३ दिनभित्र  प्रतिवेदन दिन १० सदस्यीय कार्यदल गठन भएको छ। ३ दिनको म्याद गुज्रिदै गर्दा कार्यदल बैठक एकपल्ट बस्न सकेको छ। त्यसले विवादको चुरो पहिल्याएर त्यसलाई व्यवस्थापन गर्ने आधार नभेटेको पहिलो बैठकको निर्णयबाट प्रष्ट हुन्छ। 

पहिलो बैठकमा कार्यदलले निर्णय गर्‍यो- ‘कार्यदलको कार्यक्षेत्र, कार्यविधि र आचारसंहिता तुरुन्त तय गरी लागू गर्ने।‘ कार्यदलको यो निर्णयले दुई पक्षबीच रहेका सबै विवादको निरुपण कार्यदलको कार्यक्षेत्रभित्र नपर्ने स्पष्ट पार्छ। मुख्य विषय कार्यदलको क्षेत्रभित्र नपर्ने पनि त्यही बैठकले संकेत गरेको छ। 

एमाले पुन:मिलनका लागि पहिलो बाटो राष्ट्रिय सभा नै हो। किनभने सम्मुखमै राष्ट्रिय सभाको निर्वाचन भएकाले त्यसका लागि हुने सहमति नै यो पार्टीका नेताहरुको मिलनबिन्दू हुन सक्छ। तर, यो विवाद समेत विवाद निरुपण गर्न बनाइएको कार्यदलको कार्य क्षेत्रभित्र नपरेको बैठक पछिका प्रतिक्रियाले दर्शाउँछ।

कार्यदलको बैठकपछि नेपालपक्षका कार्यदलका संयोजक भीम रावललाई नेपाल लाइभले यही विषयमा प्रश्न गरेको थियो। उनी प्रतिक्रियाबिहीन रहे। त्यसैगरी एमाले प्रवक्ता तथा परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले छलफल नै नभएको बताए। उनले राष्ट्रिय सभाको उपनिर्वाचनमा बागमती प्रदेशमा उम्मेदवारी  दिएका खिमलाल देवकोटालाई एमालेको उम्मे‌दवार  भन्न नमिल्ने बताए। एमालेका तर्फबाट एकमात्र उम्मेदवार बादल भएको उनले उल्लेख गरे। 

बुधबार बोलाइएको कार्यदलको बैठक बस्दै नबसी बिहीबारसम्मका लागि स्थगन गरिएको छ। बुधबारको बैठक बस्न नसक्नुको कारणबारे कार्यदलका एक सदस्यले भने, 'कार्यदलको तहबाट एकखाले प्रयास हुने हो, शीर्ष नेतृत्व तहबाट भोलिको निर्वाचनका लागि एकताको जस्तो मेसेज दिनुपर्ने थियो, त्यसभन्दा फरक अनेकताको मेसेज दिएपछि कार्यदल बस्नु र नबस्नुको के अर्थ भयो र!'

नेपाल पक्षबिना बादलको अवस्था 
नेपाली कांग्रेस, माओवादी केन्द्र, एमालेको माधवकुमार नेपाल पक्ष र जसपाका साझा उम्मेदवार डा देवकोटा हुन्। चार पक्षको साझा उम्मेदवार बनेका डा देवकोटाले एमाले उम्मेदवार थापालाई पराजित गर्नसक्ने आकलन गरिएको छ। 

१३ जिल्ला रहेको बागमतीमा ११९ स्थानीय तह छन्। ११९ स्थानीय तहका प्रमुख र उपप्रमुख गरी २३८ मतदाता हुन्छन्। उनीहरुको कूल मतभार ४ हजार २८४ हुन्छ। प्रदेश सभाका ११० सदस्य गरी ३४८ मतदाताले राष्ट्रिय सभाको उपनिर्वाचनमा भाग लिने छन्। प्रतिव्यक्ति ४८ मतभार रहेका ११० प्रदेश सभा सदस्यहरुको कूल मतभार ५२८० रहेको छ। यसरी कुल मतभार ९ हजार ५ सय ६४ हुन आउँछ। 

१३ जिल्लाका स्थानीय तहमा एमालेका प्रमुख/उपप्रमुख गरी १३३ जना छन्। दुई ध्रुवमा देखिएका एमालेको ओली पक्षमा ८९ छन् भने नेपाल पक्षमा ४४ जना छन्। यसरी हेर्दा एमालेबाट स्थानीय तहमा १ हजार ६ सय दुई मत बादलले पाउनेछन्। यसैगरी ७९२ मत डा देवकोटाले पाउनेछन्।

५६ जना प्रदेशसभा सदस्यमध्ये २२ जना माधव नेपाल पक्षमा खुलेका छन्। यसअनुसार बादलले १ हजार ६ सय ३२  मत पाउनेछन्। १ हजार ५६ मत डा देवकोटाले पाउनेछन्। बादलले राप्रपाबाट २ प्रदेश सभा सदस्य र ३ स्थानीय तहका प्रतिनिधी गरी १३२ मत पाउनेछन्। यसरी हेर्दा बादलका पक्षमा एमालेको ३ हजार ३ सय ६६ मत देखिन्छ। पूर्वमाओवादी, एमाले छाड्न नचाहने नेपाल पक्षका जनप्रतिनिधी र जसपाको महन्थ-राजेन्द्र पक्षको समेत भोट तानेर जित्ने प्रयासमा बादल हुनेछन्। 

एमालेको नेपाल पक्षबाट १ हजार ८ सय ४८ मत नै डा देवकोटाले लिन सकेमा नेपाली कांग्रेसबाट २ हजार २ सय ८०, नेकपा माओवादीबाट १ हजार ६ सय ९८, विवेकशील साझा १४४ र जसपा ६६ गरी ६ हजार ३६ मतसहित जित निकाल्न सक्नेछन्। 

ओली पक्षको साख, नेपाल पक्षको विश्वास
राष्ट्रिय सभाको यो निर्वाचन एमालेका दुवै पक्षका लागि ठूलो लडाइँ बनेको छ। ओली पक्षका लागि साखको विषय बनेको छ भने नेपाल पक्षका लागि विश्वासको। 

गत फागुन २३ गते नेकपा (एमाले) पुनःस्थापना भएपछि हुन गइरहेको निर्वाचनको विशेष महत्व रहेको ओलीले बिज्ञप्तिमा उल्लेख गरेका छन्। ‘यसले हाम्रो पार्टीको सामर्थ्य, एकता र अनुशासनलाई त स्थापित गर्ने नै छ। सँगसँगै २०७५ साल जेठ ३ गते एकीकरण भएको, तर कतिपय नेताका अवसरवादी एवं विभाजनकारी व्यवहारका कारण भङ्ग नेकपाको बिरासत पनि यसै पार्टीले बोक्छ र यो नै वामपन्थी तथा लोकतान्त्रिक आन्दोलनको मूलप्रवाह हो भन्ने पुष्टि पनि गर्ने छ’, ओलीले बुधबार जारी गरेको आह्वानमा भनिएको छ। 

बागमती प्रदेशका उम्मेदवार बादल नेपालको कम्युनिष्ट आन्दोलनको एकजना वरिष्ठ नेता रहेको र उनको विजयले कम्युनिष्ट आन्दोलनको भावनात्मक एकतामा समेत बल पुर्‍याउने ‌ओलीले दाबी गरेका छन्। 'तसर्थ, यस निर्वाचनमा एकतावद्ध भएर आफ्नो पार्टीका उम्मेद्वारलाई विजयी बनाउनु हुन आग्रह गर्दछु', ओलीले भनेका छन्। 

एमाले पंक्तिले बादललाई स्वीकार्ने वा नस्वीकार्ने पनि यही निर्वाचनले तय गर्ने देखिएको छ। त्यसैले यस्तो आव्हान गरिएको देखिन्छ।

माधवकुमार नेपाल पक्षको ओली पक्षसँग अझै एकता हुन नसकेको प्रष्ट देखिन्छ। एकता प्रक्रिया टुंगोमा नपुगेमा विपक्षी गठबन्धनसँग मिलेर आगामी राजनीतिक यात्रा तय गर्नुपर्नेछ, नेपाल पक्षले।  विपक्षी गठबन्धनमा सहभागी नभएर विश्वास गुमाइसकेका नेपालले योबेला उनीहरुको मतको सम्मान गर्नुपर्नेछ। नेपालकै विश्वासमा परेर आफ्नो उम्मेदवार बनाएका कांग्रेस र माओवादी केन्द्रको विश्वास कायम राख्न देवकोटालाई जिताउन नेपाल पक्ष लागिपर्ने देखिएको छ। 

र, दुवैको बटमलाइनमा पनि बादल 
एमालेलाई  २०७५ जेठ २ मै फर्काउनुपर्ने नेपाल पक्षको प्रष्ट अडान छ। नेपाल पक्षले एकताका लागि राखेका अजेन्डाको पहिलो नम्बरमै पार्टीलाई जेठ २ को अवस्थामा फर्काउनुपर्ने भनेको छ। 

एमाले जेठ २ मा फर्कंदा बादल र उक्त समूहका अन्य नेताहरुको पार्टीमा 'हैसियत' के हुने? अन्योल छ। बादल समूहका विषयमा  त्यसपछि बस्ने संयुक्त स्थायी कमिटीको बैठकमा छलफल गरेर निर्णय लिनुपर्ने प्रस्‍ताव नेपाल पक्षको छ।

तर, ओलीलाई अप्ठ्यारो परेका समयमा काँध थापेको बादल समूहलाई फेरि भूमिकाविहीन बनाउने प्रस्ताव ओली पक्षलाई स्वीकार्य छैन। बादल समूहले एमालेमा प्राप्त गरेको वर्तमान भूमिकालाई नै मानेर जेठ २ मा फर्किन सकिने संकेत ओली पक्षले गरेको छ। यही मिलन बिन्दू हुन सक्ने बालुवाटारको बुझाइ छ। ओली र नेपाल पक्षबीचको एक वार्तामा समेत बादललाई सहभागी गराएर ओली पक्षले त्यो सन्देश प्रवाह गरिसकेको छ।

हाल चौथो वरियतामा रहेका बादललाई त्यहीँ स्वीकारेर अघि बढ्न नेपाल पक्षीय नेताले चाहेका छैनन्। यसकारण दुवैको 'बटमलाइन'मा बादल छन्। एउटा त्यसलाई पछि भित्र्याउने गरी निर्णय लिन चाहन्छ, अर्को बादलसहित। बादल समूहको व्यवस्थापन नै एमाले पुन:मिलनको मुख्य बिन्दु बनेको देखिन्छ।

प्रकाशित मिति: बुधबार, जेठ ५, २०७८  २१:११

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
डिबी खड्का
नेपाल लाइभका वरिष्ठ संवाददाता खड्का संसदीय मामिला तथा राजनीति बिटमा रिपोर्टिङ गर्छन्।
लेखकबाट थप
ब्याक्टेरिया उमार्ने र मार्ने प्रक्रियाको साक्षी बन्दा...
जिम साइमन्स : विश्वले गुमाएको महान् गणितज्ञ, नेपालले गुमाएको स्वास्थ्यसेवी 
बीएण्डसी मेडिकल कलेजको सम्बन्धन रोकियो कसरी, पाउने भयो किन?
सम्बन्धित सामग्री
वैशाख २८ गतेका लागि राष्ट्रपति पौडेलद्वारा संघीय संसद्को दुवै सदनको अधिवेशन आह्वान सोमबारका दिउँसाे २ बजे संघीय संसद भवन, सिहंदरबारमा बस्नेगरी दुवै सदनकाे अधिवेशन आह्वान गरिएकाे हाे । मंगलबार, वैशाख २२, २०८३
वैशाख २८ गते संघीय संसद्को अधिवेशन आह्वान गर्न सिफारिस मंगलबार सिंहदरबारमा बसेको मन्त्रिपरिषद् बैठकले वैशाख २८ गते दिउँसो २ बजे अधिवेशन आह्वानका लागि राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष सिफार... मंगलबार, वैशाख २२, २०८३
मन्त्रिपरिषद् बैठक बस्दै प्रधानमन्त्री वालेन्द्र शाह (बालेन)ले आज दिउँसो ३ बजेका लागि बैठक आह्वान गरेको उनको सचिवालयले जनाएको छ। मंगलबार, वैशाख २२, २०८३
ताजा समाचारसबै
‘तीन दिनभित्र अतिक्रमित जग्गाको विवरण उपलब्ध गराउनु’: जिल्ला प्रशासन बुधबार, वैशाख २३, २०८३
आज यी पाँच प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना बुधबार, वैशाख २३, २०८३
ट्रेड युनियन कार्यालयहरू बन्द गरेर तोकिएको जिम्मेवारीमा तत्काल फर्कन कर्मचारीलाई सरकारको निर्देशन मंगलबार, वैशाख २२, २०८३
बागमतीमा घटाइयो मन्त्रालय संख्या मंगलबार, वैशाख २२, २०८३
वैशाख २८ गतेका लागि राष्ट्रपति पौडेलद्वारा संघीय संसद्को दुवै सदनको अधिवेशन आह्वान मंगलबार, वैशाख २२, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
संवैधानिक परिषद्को बैठक बस्न गणपूरक संख्या ४, निर्णय ३ जनाले गर्नसक्ने मंगलबार, वैशाख २२, २०८३
व्यवसायी शेखर गोल्छा रिहा लगत्तै पक्राउ मंगलबार, वैशाख २२, २०८३
ट्रेड युनियन कार्यालयहरू बन्द गरेर तोकिएको जिम्मेवारीमा तत्काल फर्कन कर्मचारीलाई सरकारको निर्देशन मंगलबार, वैशाख २२, २०८३
डब्ल्यूएचओद्वारा दोस्रो हान्टाभाइरस सङ्मणको पुष्टि मंगलबार, वैशाख २२, २०८३
बागमतीमा घटाइयो मन्त्रालय संख्या मंगलबार, वैशाख २२, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
महासंघमा गुटको राजनीति र स्थगित अधिवेशन: एकता र आत्मसुधारको निर्णायक घडी विप्लव अधिकारी
न बदलिएको समाज सुरेश गिरी
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
यी हुन् पदाधिकारी पदमुक्त हुने निकायहरू (सूची) आइतबार, वैशाख २०, २०८३
राष्ट्रपतिद्वारा सातौँ अध्यादेश जारी आइतबार, वैशाख २०, २०८३
अर्को विवाह गर्ने एकल महिलाले सम्पत्ति फिर्ता गर्नुपर्ने कानुनी व्यवस्था खारेज सोमबार, वैशाख २१, २०८३
राष्ट्रपति पाैडेलले जारी गरे अर्काे अध्यादेश शुक्रबार, वैशाख १८, २०८३
यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णयहरु सोमबार, वैशाख २१, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्