• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
सोमबार, पुस २८, २०८२ Mon, Jan 12, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
राजनीति

वैकल्पिक सरकार बनाउने दोस्रो दिनका दुई रणनीति, दुवै असफल

64x64
डिबी खड्का बुधबार, वैशाख २९, २०७८  २२:१५
1140x725

काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीको विकल्पमा सरकार बनाउने तीन दिनको ‘काउन्टडाउन’मध्य दुई दिन घर्केको छ। तर, सरकार बन्न सक्ने संकेत पनि देखिएको छैन। बरु केही सम्भावनाहरु समेत कमजोर हुँदै गएका दृष्यहरु बुधबार देखिएका छन्।

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस, माओवादी केन्द्र र जसपाको बाबुराम-उपेन्द्र पक्षको सक्रियता बुधबार पनि उपलब्धिमूलक हुन सकेन। बहुमत (१३६ सांसद संख्या) जुटाउन जसपाको महन्थ ठाकुर र राजेन्द्र महतो पक्षका सांसदको साथ पनि अपरिहार्य जस्तै छ। वा कुल सांसदको संख्या (२७१)बाट घटाएर बहुमत पुर्याउन सकिने विकल्प छ। यी तीन घटकसँग १२७ सांसद छन्। १२७ नै बहुमत मानिनका लागि एमालेकै वरिष्ठ नेता माधवकुमार नेपाल समूहका २० जनाले राजीनामा दिनुपर्छ।

प्रधानमन्त्रीले विश्वासको मत माग्दा जसपाको महन्थ–राजेन्द्र पक्ष तटस्थ बसेको थियो भने नेपाल पक्ष अनुपस्थित भएको थियो। त्यसैले दुवै प्रधानमन्त्री ओली र वैकल्पिक सरकारले खेल्ने मैदान यी दुई समूह हुन्।

कांग्रेस सभापति शेरबहादुर देउवाको नेतृत्वमा नयाँ सरकार बनाउने कसरत अन्तर्गत बुधबार दुई रणनीतिक प्रयास भए। पहिलो, जसपाकै अध्यक्ष महन्थ ठाकुर र नेता राजेन्द्र महतो पक्षसँग सहमति गर्ने। दोस्रो, नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल पक्षका २० जना सांसदलाई राजीनामा गराउने। 

जसपामा विवाद उस्तै, विचार उस्तै 
जसपामा बाबुराम-उपेन्द्र पक्षले बुधबार समानान्तर रुपमा दुई रणनीति अख्तियार गर्‍यो। शीर्ष नेताहरूबीच बैठक बसेर सहमति खोज्ने एउटा रणनीति थियो भने कार्यकारिणी समितिमा बहुमत जुटाएर कांग्रेस सभापति देउवाका पक्षमा निर्णय गराउने अर्को रणनीति।

यी दुवै कार्य बिहीबार पनि निरन्तर हुनेछन्। बुधबार बसेको पदाधिकारी जसपा बैठकमा मत बाझिएको छ। वैकल्पिक सरकार गठनका विषयमा छलफल गर्न बसेको अनौपचारिक बैठकमा मत बाझिएपछि बिहीबार फेरि बस्ने गरी बैठक स्थगित भएको हो। 

बाबुराम-उपेन्द्र पक्षले अहिलेको मुख्य अजेन्डा ओलीलाई रोक्नु रहेको धारणा राखेको थियो। त्यसका लागि कांग्रेस र माओवादी केन्द्रसँग सत्तासाझेदारी जरुरी रहेको बताएको थियो। तर, महन्थ-राजेन्द्रले भने सत्ताको खेलमा लाग्न नहुने धारणा राखे। आफ्ना मुद्दा महत्वपूर्ण रहेको बताउँदै प्रधानमन्त्री ओलीले पूरा गरिरहेको जिकिर गरे। अध्यक्षद्वय महन्थ ठाकुर तथा उपेन्द्र यादव, संघीय परिषद् अध्यक्ष बाबुराम भट्टराई र वरिष्ठ नेताद्वय राजेन्द्र महतो र अशोक राई बैठकमा सहभागी थिए। 

बाबुराम-उपेन्द्र पक्षले प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस नेतृत्वमा सरकार बनाउने धारणा राखेपनि महन्थ-राजेन्द्र सहमत हुन सकेनन्। यस विषयमा थप छलफल जरुरी भएको भन्दै बिहीबार दिउसो बैठकलाई निरन्तरता दिने तयारी भएको हो। 

Ncell 2
Ncell 2

अनौपचारिक रुपमा कार्यकारिणी समितिमा बहुमत जुटाएर निर्णय गर्ने तयारी यो पक्षले कायम राखेको छ। यसअघि लुम्बिनी प्रदेशका सांसदलाई कारबाही गरेकै शैलीमा बहुमतको निर्णयसहित कांग्रेस नेतृत्वको सरकारलाई सघाउने निर्णय गर्ने उसको तयारी छ। तर, यसपल्ट महन्थ-राजेन्द्र पक्षले लुम्बिनीकै रणनिति संघमा अख्तियार हुनबाट रोक्ने प्रयास गरेको छ। बुधबार जसपा कार्यकारिणी समिति अध्यक्ष

महन्थ ठाकुर र वरिष्ठ नेता राजेन्द्र महतोले राष्ट्रपति विद्यादेवी भण्डारीसँग भेटेर आफू असहमत रहेको अवगत गराएका छन्। राष्ट्रपतिसँगको भेटमा ठाकुरले आफू पार्टीको पहिलो अध्यक्ष भएकाले अर्को पक्षको सहमतिको अर्थ नहुने ब्रिफिङ गरेका छन्। ‘पार्टीको पहिलो अध्यक्ष म नै हुँ। पार्टीको कुनै पनि निर्णयमा हुने मेरो हस्ताक्षर मात्रै आधिकारक हो’, ठाकुरले राष्ट्रपतिलाई भनेका थिए।

ठाकुरले राष्ट्रपतिलाई पार्टीको धारणा भन्दै सत्ता खेलकुदमा आफूहरु कुनै पक्षमा नरहेको र त्यो धारणालाई आधिकारिक मान्न भन्दै पत्र समेत दिएको जसपाका एक नेताको दाबी छ। यसले जसपाको बाबुराम भट्टराई र उपेन्द्र यादव पक्षले दिने सहमतिबाट मात्रै राष्ट्रपति गठबन्धनको सरकार बनाउन राजी नहुने आकलन गर्न सकिन्छ। गण्डकी प्रदेशमा राष्ट्रिय जनमोर्चाका सांसदले आफू तटस्थ बस्ने भनेर दिएको पत्रलाई मान्यता दिइएको छ। यसबाट पनि बहुमतको निर्णयको अर्थ नहुने देखिन्छ। 

राजीनामाका लागि सांसद संख्या पुग्न मुश्किल
नयाँ सरकार गठनका लागि राष्ट्रपतिले दिएको समयसीमा बिहीबार सकिँदैछ।  प्रधानमन्त्री बन्न पहल गरिरहेका कांग्रेस सभापति देउवाले बहुमत पुर्‍याउने अर्को उपाय नेकपा एमालेकै नेपाल-खनाल पक्षको राजीनामा हो।

त्यसका लागि देउवाले वरिष्ठ नेता नेपालसँग सल्लाह गरेका छन्। बहुमत पुर्‍याउनका लागि नेपाल पक्षका २० जना सांसदले राजीनामा दिन जरुरी हुन्छ। यसअघि प्रधानमन्त्री ओलीले विश्वासको मत लिँदा २८ जना सांसद अनुपस्थित भएका थिए। 

ती सांसदहरुमध्ये अधिकांस पार्टीभित्रको संघर्षमा नेपालसँगै रहेपनि कांग्रेस सभापति देउवाको नेतृत्वको सरकार निर्माणमा सहयोगी हुने कुरामा हच्किएका छन्। नेपालपक्षका प्रभावशाली नेता सुरेन्द्र पाण्डे, सचिवद्वय गोकर्ण विष्ट र योगेश भट्टराईले कांग्रेस नेतृत्वको सरकार बनाउन राजीनामा नदिने संकेत गरिसकेका छन्।

उपाध्यक्ष भीम रावल र उपमहासचिव घनश्याम भूसाल भने राजीनामाको पक्षमा छन्। सरकारको नेतृत्व कसले गर्दैछ भन्दा पनि प्रधानमन्त्री ओलीलाई सत्ताच्युत गर्नु पहिलो कार्य रहेको यो पक्षको बुझाइ छ। यसमा वरिष्ठ नेता नेपाल राजी छन्। आन्तरिक सहमति नजुटेपछि उपाध्यक्ष रावल र उपमहासचिव भूसालले बुधबार सामाजिक सञ्जालमै राजीनामाका पक्षमा माहोल बनाउने प्रयास गरेका छन्। 

बुधबार ट्विटमार्फत् आफ्ना धारणा राख्दै रावलले अहिलेको मुख्य आवश्यकता प्रधानमन्त्री ओलीलाई रोक्नु रहेको बताएका छन्। उनको धारणा छ, 'थप राष्ट्रिय हित, पार्टी विधान विपरीत र अलोकतान्त्रिक कार्य गर्नबाट प्रम केपीलाई रोक्न पदमुक्त गर्नु आवश्यक छ।' असाधारण समस्या रहेको बताउँदै समाधान गर्न असाधारण पाइला चाहिने उनको अभिव्यक्ति छ।

यसैगरी भूसालले आफूहरुले 'आत्मसमर्पण नगर्ने' समेत प्रष्ट पारेका छन्। भुसालले विद्रोह गर्ने संकेत गरेका छन्। विद्रोहले क्रान्तिमा योगदान गर्छ कि गर्दैन भन्ने विषयमा इतिहासमा ठूलो विवाद रहेको उल्लेख गर्दै लेखेका छन्, 'तर आत्मसर्पण क्रान्तिप्रति गद्दारी हो भन्ने कुरा हामीलाई राम्ररी थाहा छ।'

त्यही समूहमा रहेका सचिव भट्टराई भने एमालेमै रहनका लागि संघर्ष गर्नुपर्ने पक्षमा छन्। उनी निकटस्थहरु मार्फत् आफूलाई प्रस्तुत गरिरहेको देखिन्छन्। उनका निकटस्थहरु 'विद्रोह र आत्मसमर्पण दुवै नभएर नयाँ उचाईको एकता' जरुरी भएको बताउन थालेका छन्।

प्रधानमन्त्री ओली सोमबार प्रतिनिधि सभा बैठकबाट विश्वासको मत लिन असफल भएपछि राष्ट्रपति विद्यादेवी भण्डारीले बहुमतका आधारमा सरकार गठनका लागि वैशाख ३० गते (बिहीबार) साँझ ९ बजेसम्मको समयसीमा तोकेकी छन्।  बिहीबार दिउसो नाटकीय परिवर्तन नभए प्रधानमन्त्री ओलीकै अल्पमतको सरकार बन्ने देखिन्छ।

प्रकाशित मिति: बुधबार, वैशाख २९, २०७८  २२:१५

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
डिबी खड्का
नेपाल लाइभका वरिष्ठ संवाददाता खड्का संसदीय मामिला तथा राजनीति बिटमा रिपोर्टिङ गर्छन्।
लेखकबाट थप
ब्याक्टेरिया उमार्ने र मार्ने प्रक्रियाको साक्षी बन्दा...
जिम साइमन्स : विश्वले गुमाएको महान् गणितज्ञ, नेपालले गुमाएको स्वास्थ्यसेवी 
बीएण्डसी मेडिकल कलेजको सम्बन्धन रोकियो कसरी, पाउने भयो किन?
सम्बन्धित सामग्री
काँग्रेसको विशेष महाधिवेशनमा आज बन्द सत्र सुरु हुँदै यसअघि बिहान ८ बजेदेखि हुने भनिए पनि महाधिवेशन प्रतिनिधिको दर्ता गर्ने क्रम बाँकी रहेको र खाजाको समय पनि छुट्टाइएकाले दुई घण्टा ढिला... सोमबार, पुस २८, २०८२
समानुपातिक बन्दसूचीबाट नाम फिर्ता लिने व्यक्तिलाई निवेदन दिन आयोगको आग्रह आयोगले आज एक विज्ञप्ति जारी गर्दै त्यस्ता व्यक्तिले प्रतिनिधिसभा सदस्य समानुपातिक निर्वाचन निर्देशिका, २०८२ को अनुसूची १८ बमोजिम निव... आइतबार, पुस २७, २०८२
देउवालाई गगनको आग्रह : अब आराम गर्नुस्, मार्ग प्रशस्त गर्नुस् विशेष महाधिवेशनको उद्घाटन समारोहलाई सम्बोधन गर्दै समयको मागअनुसार मार्गप्रशस्त गर्न गगनले आग्रह गरे । आइतबार, पुस २७, २०८२
ताजा समाचारसबै
कृत्रिम खुट्टाकै सहारामा सातै महादेशका शिखर आरोहण सोमबार, पुस २८, २०८२
आज अपराह्नसम्ममा समानुपातिक तर्फको उम्मेदवारी फिर्ता लिन सकिने सोमबार, पुस २८, २०८२
काँग्रेसको विशेष महाधिवेशनमा आज बन्द सत्र सुरु हुँदै सोमबार, पुस २८, २०८२
देशभर मौसम मुख्यतया सफा रहने सोमबार, पुस २८, २०८२
समानुपातिक बन्दसूचीबाट नाम फिर्ता लिने व्यक्तिलाई निवेदन दिन आयोगको आग्रह आइतबार, पुस २७, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
इरानमा प्रदर्शन तीव्र, प्रदर्शनकारीमाथि गोली प्रहारको आदेश, संसदमा लाग्यो ‘डेथ टु अमेरिका’को नारा आइतबार, पुस २७, २०८२
गायक तथा अभिनेता प्रशान्त तामाङ रहेनन् आइतबार, पुस २७, २०८२
देउवा पक्षधर केन्द्रीय सदस्यहरू पनि पुगे विशेष महाधिवेशन स्थलमा आइतबार, पुस २७, २०८२
विशेष महाधिवेशनमा ६२ प्रतिशतले गरे नाम दर्ता आइतबार, पुस २७, २०८२
कांग्रेस विशेष महाधिवेशन- ४९ प्रतिशतभन्दा धेरै प्रतिनिधिले गरे नाम दर्ता आइतबार, पुस २७, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
न बदलिएको समाज सुरेश गिरी
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
के बच्चा जन्माउनाले महिलाको आयु घट्छ ? नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
शेखर नआउने भएपछि कांग्रेसको पत्रकार सम्मेलन स्थगित शुक्रबार, पुस २५, २०८२
इरानमा प्रदर्शन तीव्र, प्रदर्शनकारीमाथि गोली प्रहारको आदेश, संसदमा लाग्यो ‘डेथ टु अमेरिका’को नारा आइतबार, पुस २७, २०८२
गायक तथा अभिनेता प्रशान्त तामाङ रहेनन् आइतबार, पुस २७, २०८२
काठमाडौं बस दुर्घटनामा मृतकको संख्या ५ पुग्यो बिहीबार, पुस २४, २०८२
चौतर्फी दबाबपछि मेडिकल काउन्सिलले गर्‍यो डा. यशोदा रिजाललाई निलम्बन शुक्रबार, पुस २५, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्