• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शुक्रबार, भदौ १९, २०८३ Fri, Sep 4, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
राजनीति

वैकल्पिक सरकार बनाउने दोस्रो दिनका दुई रणनीति, दुवै असफल

64x64
डिबी खड्का बुधबार, वैशाख २९, २०७८  २२:१५
1140x725

काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीको विकल्पमा सरकार बनाउने तीन दिनको ‘काउन्टडाउन’मध्य दुई दिन घर्केको छ। तर, सरकार बन्न सक्ने संकेत पनि देखिएको छैन। बरु केही सम्भावनाहरु समेत कमजोर हुँदै गएका दृष्यहरु बुधबार देखिएका छन्।

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस, माओवादी केन्द्र र जसपाको बाबुराम-उपेन्द्र पक्षको सक्रियता बुधबार पनि उपलब्धिमूलक हुन सकेन। बहुमत (१३६ सांसद संख्या) जुटाउन जसपाको महन्थ ठाकुर र राजेन्द्र महतो पक्षका सांसदको साथ पनि अपरिहार्य जस्तै छ। वा कुल सांसदको संख्या (२७१)बाट घटाएर बहुमत पुर्याउन सकिने विकल्प छ। यी तीन घटकसँग १२७ सांसद छन्। १२७ नै बहुमत मानिनका लागि एमालेकै वरिष्ठ नेता माधवकुमार नेपाल समूहका २० जनाले राजीनामा दिनुपर्छ।

प्रधानमन्त्रीले विश्वासको मत माग्दा जसपाको महन्थ–राजेन्द्र पक्ष तटस्थ बसेको थियो भने नेपाल पक्ष अनुपस्थित भएको थियो। त्यसैले दुवै प्रधानमन्त्री ओली र वैकल्पिक सरकारले खेल्ने मैदान यी दुई समूह हुन्।

कांग्रेस सभापति शेरबहादुर देउवाको नेतृत्वमा नयाँ सरकार बनाउने कसरत अन्तर्गत बुधबार दुई रणनीतिक प्रयास भए। पहिलो, जसपाकै अध्यक्ष महन्थ ठाकुर र नेता राजेन्द्र महतो पक्षसँग सहमति गर्ने। दोस्रो, नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल पक्षका २० जना सांसदलाई राजीनामा गराउने। 

जसपामा विवाद उस्तै, विचार उस्तै 
जसपामा बाबुराम-उपेन्द्र पक्षले बुधबार समानान्तर रुपमा दुई रणनीति अख्तियार गर्‍यो। शीर्ष नेताहरूबीच बैठक बसेर सहमति खोज्ने एउटा रणनीति थियो भने कार्यकारिणी समितिमा बहुमत जुटाएर कांग्रेस सभापति देउवाका पक्षमा निर्णय गराउने अर्को रणनीति।

यी दुवै कार्य बिहीबार पनि निरन्तर हुनेछन्। बुधबार बसेको पदाधिकारी जसपा बैठकमा मत बाझिएको छ। वैकल्पिक सरकार गठनका विषयमा छलफल गर्न बसेको अनौपचारिक बैठकमा मत बाझिएपछि बिहीबार फेरि बस्ने गरी बैठक स्थगित भएको हो। 

बाबुराम-उपेन्द्र पक्षले अहिलेको मुख्य अजेन्डा ओलीलाई रोक्नु रहेको धारणा राखेको थियो। त्यसका लागि कांग्रेस र माओवादी केन्द्रसँग सत्तासाझेदारी जरुरी रहेको बताएको थियो। तर, महन्थ-राजेन्द्रले भने सत्ताको खेलमा लाग्न नहुने धारणा राखे। आफ्ना मुद्दा महत्वपूर्ण रहेको बताउँदै प्रधानमन्त्री ओलीले पूरा गरिरहेको जिकिर गरे। अध्यक्षद्वय महन्थ ठाकुर तथा उपेन्द्र यादव, संघीय परिषद् अध्यक्ष बाबुराम भट्टराई र वरिष्ठ नेताद्वय राजेन्द्र महतो र अशोक राई बैठकमा सहभागी थिए। 

बाबुराम-उपेन्द्र पक्षले प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस नेतृत्वमा सरकार बनाउने धारणा राखेपनि महन्थ-राजेन्द्र सहमत हुन सकेनन्। यस विषयमा थप छलफल जरुरी भएको भन्दै बिहीबार दिउसो बैठकलाई निरन्तरता दिने तयारी भएको हो। 

Ncell 2
Ncell 2
nimb
nimb

अनौपचारिक रुपमा कार्यकारिणी समितिमा बहुमत जुटाएर निर्णय गर्ने तयारी यो पक्षले कायम राखेको छ। यसअघि लुम्बिनी प्रदेशका सांसदलाई कारबाही गरेकै शैलीमा बहुमतको निर्णयसहित कांग्रेस नेतृत्वको सरकारलाई सघाउने निर्णय गर्ने उसको तयारी छ। तर, यसपल्ट महन्थ-राजेन्द्र पक्षले लुम्बिनीकै रणनिति संघमा अख्तियार हुनबाट रोक्ने प्रयास गरेको छ। बुधबार जसपा कार्यकारिणी समिति अध्यक्ष

महन्थ ठाकुर र वरिष्ठ नेता राजेन्द्र महतोले राष्ट्रपति विद्यादेवी भण्डारीसँग भेटेर आफू असहमत रहेको अवगत गराएका छन्। राष्ट्रपतिसँगको भेटमा ठाकुरले आफू पार्टीको पहिलो अध्यक्ष भएकाले अर्को पक्षको सहमतिको अर्थ नहुने ब्रिफिङ गरेका छन्। ‘पार्टीको पहिलो अध्यक्ष म नै हुँ। पार्टीको कुनै पनि निर्णयमा हुने मेरो हस्ताक्षर मात्रै आधिकारक हो’, ठाकुरले राष्ट्रपतिलाई भनेका थिए।

ठाकुरले राष्ट्रपतिलाई पार्टीको धारणा भन्दै सत्ता खेलकुदमा आफूहरु कुनै पक्षमा नरहेको र त्यो धारणालाई आधिकारिक मान्न भन्दै पत्र समेत दिएको जसपाका एक नेताको दाबी छ। यसले जसपाको बाबुराम भट्टराई र उपेन्द्र यादव पक्षले दिने सहमतिबाट मात्रै राष्ट्रपति गठबन्धनको सरकार बनाउन राजी नहुने आकलन गर्न सकिन्छ। गण्डकी प्रदेशमा राष्ट्रिय जनमोर्चाका सांसदले आफू तटस्थ बस्ने भनेर दिएको पत्रलाई मान्यता दिइएको छ। यसबाट पनि बहुमतको निर्णयको अर्थ नहुने देखिन्छ। 

राजीनामाका लागि सांसद संख्या पुग्न मुश्किल
नयाँ सरकार गठनका लागि राष्ट्रपतिले दिएको समयसीमा बिहीबार सकिँदैछ।  प्रधानमन्त्री बन्न पहल गरिरहेका कांग्रेस सभापति देउवाले बहुमत पुर्‍याउने अर्को उपाय नेकपा एमालेकै नेपाल-खनाल पक्षको राजीनामा हो।

त्यसका लागि देउवाले वरिष्ठ नेता नेपालसँग सल्लाह गरेका छन्। बहुमत पुर्‍याउनका लागि नेपाल पक्षका २० जना सांसदले राजीनामा दिन जरुरी हुन्छ। यसअघि प्रधानमन्त्री ओलीले विश्वासको मत लिँदा २८ जना सांसद अनुपस्थित भएका थिए। 

ती सांसदहरुमध्ये अधिकांस पार्टीभित्रको संघर्षमा नेपालसँगै रहेपनि कांग्रेस सभापति देउवाको नेतृत्वको सरकार निर्माणमा सहयोगी हुने कुरामा हच्किएका छन्। नेपालपक्षका प्रभावशाली नेता सुरेन्द्र पाण्डे, सचिवद्वय गोकर्ण विष्ट र योगेश भट्टराईले कांग्रेस नेतृत्वको सरकार बनाउन राजीनामा नदिने संकेत गरिसकेका छन्।

उपाध्यक्ष भीम रावल र उपमहासचिव घनश्याम भूसाल भने राजीनामाको पक्षमा छन्। सरकारको नेतृत्व कसले गर्दैछ भन्दा पनि प्रधानमन्त्री ओलीलाई सत्ताच्युत गर्नु पहिलो कार्य रहेको यो पक्षको बुझाइ छ। यसमा वरिष्ठ नेता नेपाल राजी छन्। आन्तरिक सहमति नजुटेपछि उपाध्यक्ष रावल र उपमहासचिव भूसालले बुधबार सामाजिक सञ्जालमै राजीनामाका पक्षमा माहोल बनाउने प्रयास गरेका छन्। 

बुधबार ट्विटमार्फत् आफ्ना धारणा राख्दै रावलले अहिलेको मुख्य आवश्यकता प्रधानमन्त्री ओलीलाई रोक्नु रहेको बताएका छन्। उनको धारणा छ, 'थप राष्ट्रिय हित, पार्टी विधान विपरीत र अलोकतान्त्रिक कार्य गर्नबाट प्रम केपीलाई रोक्न पदमुक्त गर्नु आवश्यक छ।' असाधारण समस्या रहेको बताउँदै समाधान गर्न असाधारण पाइला चाहिने उनको अभिव्यक्ति छ।

यसैगरी भूसालले आफूहरुले 'आत्मसमर्पण नगर्ने' समेत प्रष्ट पारेका छन्। भुसालले विद्रोह गर्ने संकेत गरेका छन्। विद्रोहले क्रान्तिमा योगदान गर्छ कि गर्दैन भन्ने विषयमा इतिहासमा ठूलो विवाद रहेको उल्लेख गर्दै लेखेका छन्, 'तर आत्मसर्पण क्रान्तिप्रति गद्दारी हो भन्ने कुरा हामीलाई राम्ररी थाहा छ।'

त्यही समूहमा रहेका सचिव भट्टराई भने एमालेमै रहनका लागि संघर्ष गर्नुपर्ने पक्षमा छन्। उनी निकटस्थहरु मार्फत् आफूलाई प्रस्तुत गरिरहेको देखिन्छन्। उनका निकटस्थहरु 'विद्रोह र आत्मसमर्पण दुवै नभएर नयाँ उचाईको एकता' जरुरी भएको बताउन थालेका छन्।

प्रधानमन्त्री ओली सोमबार प्रतिनिधि सभा बैठकबाट विश्वासको मत लिन असफल भएपछि राष्ट्रपति विद्यादेवी भण्डारीले बहुमतका आधारमा सरकार गठनका लागि वैशाख ३० गते (बिहीबार) साँझ ९ बजेसम्मको समयसीमा तोकेकी छन्।  बिहीबार दिउसो नाटकीय परिवर्तन नभए प्रधानमन्त्री ओलीकै अल्पमतको सरकार बन्ने देखिन्छ।

प्रकाशित मिति: बुधबार, वैशाख २९, २०७८  २२:१५

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
डिबी खड्का
नेपाल लाइभका वरिष्ठ संवाददाता खड्का संसदीय मामिला तथा राजनीति बिटमा रिपोर्टिङ गर्छन्।
लेखकबाट थप
देउवा दाइ, ज्ञानेन्द्र शाहले सकेनन् तर 'यिनी'हरूले सक्नैपर्छ!
सरकारको 'पूर्वहस्ताक्षर' सर्तको खुलासा : विभिन्न संस्थाका पदाधिकारीहरुको नियुक्तिसँगै लिइएको छ राजीनामा
ब्याक्टेरिया उमार्ने र मार्ने प्रक्रियाको साक्षी बन्दा...
सम्बन्धित सामग्री
नुवाकोटका बाढीपीडितको पुनस्र्थापनाबारे मन्त्री रावलद्वारा जनप्रतिनिधिसँग छलफल भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री प्रतिभा रावलले नुवाकोटका बाढी प्रभावितको अवस्था, अस्थायी तथा स्थायी... शुक्रबार, भदौ १९, २०८३
प्रधानमन्त्री भन्छन्– विपत्तिमा धैर्यको परीक्षा हुन्छ प्रधानमन्त्री बालेन शाहले श्रीकृष्ण जन्माष्टमीको अवसरमा शुभकामना व्यक्त गरेका छन्। शुक्रबार, भदौ १९, २०८३
बालेन अमेरिका जान लागेका हुन् ? अमेरिकाको न्युयोर्कमा हुन लागेको संयुक्त राष्ट्रसंघको ७९ औं महासभामा भाग लिनका लागि प्रधानमन्त्री शाह जान लागेको बताइएको छ । बिहीबार, भदौ १८, २०८३
ताजा समाचारसबै
त्रिशूली–३ ‘ए’ को सुरुङभित्रबाट अर्का व्यक्तिको पनि जीवित उद्धार शुक्रबार, भदौ १९, २०८३
त्रिशूली–३ ‘ए’ को सुरुङभित्रबाट एक जनाको जीवितै उद्धार गरियो शुक्रबार, भदौ १९, २०८३
शाेक मनाउने सरकारी निर्णयप्रती रास्वपा नेताबाटै विराेध शुक्रबार, भदौ १९, २०८३
यस्तो छ, आजको तरकारी तथा फलफूलको मूल्य शुक्रबार, भदौ १९, २०८३
भोटेकोशी बाढी : १ हजार २९० शव फेला, ४ हजार ७९८ बेपत्ताको खोजी जारी शुक्रबार, भदौ १९, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
दुई आईजीपीबीच किन भयो बोलचाल बन्द ? बिहीबार, भदौ १८, २०८३
तत्कालीन प्रमुख प्रशासकीय अधिकृतसहित ४ जनाविरूद्ध भ्रष्टाचार मुद्दा दायर बिहीबार, भदौ १८, २०८३
सर्वोच्च अदालतको अभिलेख शाखामा आगलागी बिहीबार, भदौ १८, २०८३
मध्यरातमा सर्वोच्च अदालतको नयाँ भवनमा कसरी लाग्यो आगो ? बिहीबार, भदौ १८, २०८३
मन्त्रिपरिषद् बैठक: यस्ता छन् सात निर्णय बिहीबार, भदौ १८, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
कुनै पनि शव अस्थायी चिहानका रुपमा १२ वर्षसम्म राख्न सकिन्छ : प्राडा हरिहर वस्ती नेपाल लाइभ
युवा पलायन रोक्न सीप, रोजगारी र उद्यमशीलतामा ठोस नीति हुनुपर्छ : सरोज बाँनिया नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
भोटेकोशी बाढीः सरकारमाथि प्रश्नको बाढी शंकर भण्डारी
सरकार देखियो तर विपद् व्यवस्थापन किन देखिएन? कमल सापकोटा
कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको रजिष्ट्रारमा तीन उम्मेदवार : प्रतिष्ठानको भविष्यका लागि कसको नेतृत्व बढी उपयोगी ? नेपाल लाइभ
रसुवाको बाढीः वास्तविक पीडितसम्म अझै किन पुगेन सरकार? गोविन्द आचार्य
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
मुग्लिन–काठमाडौं सडक बन्द, वैकल्पिक बाटोबाट इन्धन–ग्यास ढुवानी हुने आइतबार, भदौ १४, २०८३
काठमाडौंबाट बाहिरिने सवारीसाधनलाई तोकियो दुईवटा वैकल्पिक सडक आइतबार, भदौ १४, २०८३
तत्कालीन निमित्त कार्यालय प्रमुखसहित ५ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर मंगलबार, भदौ १६, २०८३
भोटेकोशी बाढी सम्बन्धी प्रधानमन्त्रीको हरेक पोष्टमा ५० प्रतिशत एआई कन्टेन्ट ? मंगलबार, भदौ १६, २०८३
दुई आईजीपीबीच किन भयो बोलचाल बन्द ? बिहीबार, भदौ १८, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्