चीन- अत्याधिक बर्षाका कारण चीनको उत्तरपश्चिमी गान्सु प्रान्तमा ८ जनाको मृत्यु भएको छ भने पूर्वो युगाण्डामा एक लाख ५० हजारभन्दा बढी विस्थापित भएका छन्।
चीनको दिङसी र लोङगान सहरमा गत बुधबार आएको बर्षाका कारण मृत्यु हुनेहरुको संख्या ८ पुगेको स्थानीय अधिकारीहरुले जानकारी दिएका छन्। सो वर्षाले ३ हजार ६९० हेक्टर क्षेत्रफलमा रहेको बालीनाली समेत नष्ट पारेको समाचारमा जनाइएको छ।
त्यसैगरी युगाण्डामा भइरहेको अत्यधिक वर्षाका कारण डेढ लाख व्यक्ति घरबारविहीहीन भएको सरकारी अधिकारीको भनाइ छ।
घरबारविहीन भएकाहरूलाई सुरक्षित ठाउँमा रहेका विद्यालय र चर्चहरुमा राखिएको छ भने उनीहरू अझै त्रसित अवस्थामा रहेका छन्। धेरै जना घरवारबिहीन भएको माउन्टेन इल्गोन क्षेत्रमा हरेक वर्ष यस्ता बाढीपहिरोका घटनाहरू हुने गरेका छन्।रासस/सिन्ह्वा
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।