हवाना- क्युवामा बोइङ जहाज दुर्घटना हुँदा एक सयभन्दा बढीको मृत्यु भएको छ।
राजधानी हवानामा रहेको जोसमार्टी अन्तर्राष्ट्रिय विमानस्थलबाट ११० यात्रु बोकेको बोइङ ७३७ जहाज उडेको केहीबेरमै दुर्घटनामा परेको हो। फ्लाइट डिएमजे ०९७२ नम्बरको जहाज पूर्वी क्यूवाको होल्गुइनका लागि उडेको थियो। शुक्रबार राति स्थानीय समयअनुसार १२:८ बजे सेन्टियागो डिलास भेगास क्षेत्रमा सो दुर्घटना भएको हो।
जहाजमा धेरैजसो क्युवाली नागरिक थिए भने ६ जना म्याक्सिकन र अरु ५ जना विदेशी नागरिक थिए। क्युबाका राष्ट्रपति माइगुल डियाज केनेलले दुर्घटना दुर्भाग्यपूर्ण रहेको बताएका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।