काबुल– अफगानिस्तानको उत्तरी बाघलान प्रान्तको राजधानी पुल–ए–खुमरीमा गएको आइतबार अपहरणमा परेका ६ जना विदेशीलाई अझै मुक्त गरिएको छैन।
सशस्त्र समूहका भनिएका केही अज्ञात व्यक्तिले उनीहरू सवार गाडीका चालकलाई समेत अपहरण गरी लगेको स्थानीय अधिकारीले बताएका थिए।
अधिकारीहरुले ती नागरिकलाई सुरक्षाकर्मीले व्यापक रुपमा खोजी गरिरहेका र अहिलेसम्म पनि मुक्त गर्न नसकेको बताएका छन्।
विद्युत कम्पनीको उप–केन्द्रमा कार्यरत ती विदेशी प्राविधिकको समूहलाई सशस्त्र समूहले काम गर्न जाने क्रममा अपहरण गरेर अज्ञातस्थलतर्फ लगेका थिए।
प्रहरी प्रवक्ता जाबिहुल्लाह सिजाले सञ्चारकर्मीलाई दिएको जानकारीअनुसार हालसम्म अपहरणकर्ता त्यसको जिम्मेवारी लिएको छैन र प्रहरीले मुक्त गर्न पनि सकिरहेको छैन।
उनले अपहरणमा परेका विदेशी कुन देशका थिए भन्ने विषयमा केही खुलाएनन्। अफगान अधिकारीहरूले अपहरणमा तालिवान लडाकूको हात रहेको बताएका छन्।
प्रहरी प्रवक्ता सिजाले भने,‘अपहरणमा तालिवान कमाण्डर मुल्लाह शाहेनको हात रहेको प्रारम्भिक अनुसन्धानले देखाएको छ, तर यसको एकिन भने भएको छैन।’
अपहरित विदेशीसहित उनीहरूका चालकको सुरक्षित रिहाइका लागि सुरक्षाकर्मीले सम्वद्ध सवैपक्षसँग पहल गरिरहेको उनले बताए। रासस/सिन्ह्वा
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।