नयाँ दिल्ली– भारत सरकारले विवादास्पद भूमि कास्मिरमा बुधबार एकतर्फी युद्धविरामको घोषणा गरेको छ।
मुश्लिम समुदायको एकमहिने पर्व रमजानको अवधिभर कास्मिरमा लडाकूहरूविरुद्ध कुनै सैन्य कारबाही नगर्ने भारतीय पक्षले घोषणा गरेको छ।
‘केन्द्रीय सरकारले रमजान अवधिभर जम्मु र कास्मिरमा कुनै सैन्य कारबाही नगर्न निर्देशन दिएको छ,’ केन्द्रीय गृहमन्त्री राजनाथ सिंहकाे भनाइलाई उदृत गर्दै भारतकाे गृह मन्त्रालयले ट्विटमा लेखेकाे छ।

उनले यस निर्णयले शान्तिपूर्ण वातावरणमा रमजान पर्व मनाउन त्यस क्षेत्रका मुस्लिम समुदायलाई सघाउ पुर्याउने विश्वास लिइएको बताए।
सरकारको तर्फबाट भएको युद्धविरामप्रति सरोकारवालाहरूबाट सकारात्मक सहयोगको अपेक्षा गरिएको सिंहले उल्लेख गरेका छन्।
भारत नियन्त्रित कास्मिरका मुख्यमन्त्री मेहबुब मुफतीले केन्द्रीय सरकारको निर्णयको स्वागत गरेका छन्।
यस्ता निर्णयले वार्ताको वातावरण बनेर दीर्घकालीन शान्ति स्थापनाका लागि सहयोग पुग्ने उनले विश्वास व्यक्त गरेका छन्।
कास्मिरमा सन् १९८९ देखि भारत र पाकिस्तानबीच तनाव जारी छ। रासस/सिन्ह्वा
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।