• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
मंगलबार, असोज ६, २०८३ Tue, Sep 22, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
समाचार

कुमार पौडेलका परिवारको ‘विप्लव’लाई प्रश्न- ‘हामीलाई कसरी न्याय दिन्छौं?’ 

64x64
दुर्गा दुलाल शुक्रबार, फागुन २१, २०७७  २०:२१
1140x725
कला पोडेल।

काठमाडौं- काठमाडौंको राष्ट्रिय सभा गृहमा प्रधानमन्त्री केपी शर्मा ओलीले तामझामका साथ नेत्रविक्रम चन्द 'विप्लव'सँग तीन बुँदे सहमति सार्वजनिक गर्दै गर्दा प्रहरी 'इन्काउन्टर'मा मारिएका कुमार पौडेलको परिवार भने 'विप्लव'निकट नेकपासँग अब कुनै सम्बन्ध नरहेको भनिरहेको थियो।

राष्ट्रिय सभा गृहमा सहमति सार्वजनिक कार्यक्रममा 'विप्लव'ले पनि आफूहरूका विषयमा केही नबोलेको पीडित परिवारको गुनासो छ। आन्दोलनका नाममा अघि सारेर मर्न बाध्य बनाएको तर, त्यसको सम्झना नगरेको भन्दै पौडेल परिवारको मन दुखेको हो।

नेपाल लाइभसँग टेलिफोनमा कुरा गर्दै पौडेलकी श्रीमती कलाले आफ्नो श्रीमान गुमाएकोमा भन्दा अहिले पार्टीले वेवास्ता गरेकोमा धेरै दु:ख लागेको बताइन्। ‘जुन पार्टी र सिद्धान्तमा लाग्दा समातेर हत्या गरियो। अनि, मुठभेडमा मारिएको गलत आरोप लगाइयो।  अहिले पार्टीले शान्ति प्रक्रियामा आउँदा एक शब्द पनि कतै सम्झेन’, कलाले भनिन् ‘हामीले अभिभावक गुमायौं तर, अरुले राजनीतिक अवसर पाए।’

कलाले 'विप्लव'सँग सहमति हुँदैछ भन्ने बिहीबार नै सञ्चारमाध्यमबाट जानकारी पाएकी रहिछन्। शुक्रबार बिहान नेपाल लाइभले सम्पर्क गर्दा कलाले भनेकी थिइन्- ‘खै, हामीले पनि त्यही सुनेको हो। उहाँको पार्टी शान्ति प्रक्रियामा आउँदैछ रे ? प्रधानमन्त्रीसँग हस्ताक्षर गरेर सार्वजनिक हुँदैछ रे?’ 

कुमार पौडेलका भाइ हरिकृष्ण प्रसाद पौडेलले पनि 'विप्लव'ले आफ्ना दाजुलगायत ज्यान गुमाएकाहरूका बारेमा केही नबोलेको भन्दै आक्रोश पोखे। ‘हामी न्याय पाउन अहिले सर्वोच्च अदालतमा धाइरहनु परेको छ’, पौडेलले भने, ‘उहाँका पार्टीका नेताहरू सार्वजनिक भएर हस्ताक्षर त गरे तर एकशब्द पनि विगतमा ज्यान गुमाउनेहरूका बारेमा बोलेनन्।’ 

पौडेलका परिवारले दायर गरेको रिटमा आउँदो चैत ५ गते पेशीमा रहेको छ। उक्त दिनमा न्याय दिने आस रहेको उनले बताए। ‘जिल्लामा दर्ता नगरेपछि हामी सर्वाेच्च धाएका छौं’ पौडेलले भने, ‘मानव अधिकार आयोगले पनि १० जनालाई दोषी भएको र दोहोरो भिडन्त भएको छैन भनेकाले न्याय पाउने आस छ।’ पार्टीले अप्ठारो परेको समय विज्ञप्ति निकालेर मात्र भएपनि सहयोग नगरेको परिवारको गुनासो छ। 

‘पार्टीप्रति हामी जोडिएका छैनौं। पार्टीहरूले हामीलाई कहिल्यै सम्झेन’ कलाले भनिन् ‘विप्लवको कार्यकर्ता बारेमा बोल्न पर्थ्यो होला नि। विज्ञप्ति मात्र निकालेर भएपनि सरकारलाई हाम्रो बारेमा दबाब दिनुपर्थ्यो।’ 

हत्याको बारेमा पार्टीले यसरी बिर्सेकोमा दु:ख लागेको उनले बताइन्। बिहान खड्ग बहादुर विश्वकर्मा 'प्रकाण्ड'ले सम्बोधन गर्दा समेत कुमार पौडेल मारेको कुरा नै नगरेकोप्रति परिवारलाई धेरै दु:ख लागेको उनले बताइन्। शिक्षक हत्या, ऐनसेलको टावर विस्फोटन जस्ता प्रश्न आउँदा कुमार पौडेल हाम्रो कार्यकर्ताको पनि सरकारले हत्या गर्‍यो नि भन्न सक्नु भएन’, कलाले भनिन् ‘कार्यकर्ता र अन्याय भएको महसुस भएको भयो भन्नुहुन्थ्यो होला।’ 

Ncell 2
Ncell 2
nimb
nimb

सरकारले मारेको भन्नु पर्नेमा नभनेको र एक शब्द पनि नलिकालकोमा दु:ख लागेको उनको भनाइ छ। भाइ हरिकृष्ण प्रसादको पनि यही गुनासो छ। ‘पार्टीले केही गर्ला भन्ने आस गरेका छैनौं,  हामीले आस मारेका छौं’ उनले भने ‘भोलिका दिनमा हामी न यो पार्टीसँग जोडिनेछौं न त अपनत्व नै हुन्छ।’ 

तर, विप्लवले पौडेलको हत्या सुकुम्वासीको समस्याका कारण भनेकाले उक्त समस्या समाधान गर्न भने उनले आग्रह गरे। दोहोरो भीडन्तमा मारिएका भनिएका सर्लाही जिल्ला इन्चार्ज पौडेलको परिवारले नियोजित रुपमा नियन्त्रणमा लिएर हत्या गरिएको दाबीमा अझै अडिक रहेको बतायो। २०७६ असार ५ गते सर्लाहीको लालबन्दी नगरपालिका–१ लखनदेही खोलाको छेउमा पौडेलको हत्या भएको थियो। 

प्रहरीसँग मुठभेड नभई निर्देशनको आडमा प्रहरीले नियन्त्रणमा लिएर हाँतखुट्टा भाँचेर, दाँत झारेर गोली हानेको आरोप परिवारको छ। मानव अधिकार आयोगको अनुसन्धानको टोलीले पनि दोहोरो भिडन्त नभई हत्या गरिएको भन्दै कारबाहीको सिफारिस गरेको थियो। 

सादा पोशाकमा रहेका प्रहरीले दाजुको हत्या गरेको र  चार ठाँउमा भाँच्चिएको हात नजिकै हतियारसहित फोटो राखेको भाइ हरिकृष्ण प्रसादको आरोप छ। उनले सागरनाथ वन विकास परियोजनाअन्तर्गत रहेको सुकुम्वासीको विषयलाई उठाएका कारण दाइको हत्या भएको भएकाले यसको जिम्मा अब विप्लवहरूले लिनुपर्ने उनले बताए। 

उनीहरूले छानविन समिति बनाएर वास्तविकता बाहिर ल्याइदिएपनि आफूहरू पार्टीसँग खुशी हुने कलाको भनाई छ। सरकारले स्वतन्त्र छानबिन गरेर आफ्नो श्रीमानको हत्यारालाई कानुनी दायरामा ल्याउनुपर्ने उनको माग छ। 

दोषीलाई कानुनी कारबाही गरे मात्रै आफूहरूले न्याय पाउने उनको भनाइ छ। परिवारले पोष्टमार्टम गर्नुअगाडि प्रहरी प्रशासनले आफूहरूलाई जानकारी नदिएकोप्रति असन्तुष्टि जनाए। 'हत्यापछि पोष्टमार्टम गरियो तर हामीलाई जानकारी गराइएन?’ कलाले भनिन् ‘म सरकारलाई सोध्न चाहन्छु। हामीलाई शव कुहिएको अवस्थामा किन दिइयो?’  उनले 'विप्लव' नेकपा वा सरकार जसले भएपनि न्याय दिनुपर्ने बताइन्। 

सम्बन्धित समाचार

‘विप्लव’लाई धनकुमारीको प्रश्न- ‘कुन क्रान्तिका लागि मेरो श्रीमानलाई मार्‍यौ?’

कुमार पाैडेल इन्काउन्टर : सरकारकाे निवेदन आयाेगद्वारा खारेज

कुमार पौडेल हत्या प्रकरण : बयान दिन आएनन् लेखनदास, पोस्टमार्टममै आयोगलाई शंका

९ राउन्ड गोली हानी कुमार पौडेलको हत्या नै भएको निष्कर्ष, गोली हान्ने प्रहरीलाई कारबाही गर्न निर्देशन

प्रकाशित मिति: शुक्रबार, फागुन २१, २०७७  २०:२१

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
दुर्गा दुलाल
नेपाल लाइभका चिफ रिपोर्टर दुलाल कानुन तथा सुशासन बिटमा रिपोर्टिङ गर्छन्।
लेखकबाट थप
सुन तस्करी प्रकरण : उच्च तहका राजनीतिक व्यक्तिहरु तस्करसँग पटक–पटक सम्पर्कदेखि केहीलाई पुन: अभियोगपत्र दर्ता गर्नसम्म सिफारिस 
अब्बल न्यायाधीशको बहिर्गमन : सबै फाँटमा खरो उत्रेका न्यायाधीश खतिवडाको अवकाश
गिरिबन्धु टि-स्टेटको जग्गा विवाद : केपी ओलीको समयमा भएकाे  ‘नीतिगत भ्रष्टाचार’ मा न्यायाधीश खतिवडाको अन्तिम फैसला
सम्बन्धित सामग्री
भरत दाहाललाई २४ घण्टाभित्र उपस्थित गराउन सर्वोच्चको आदेश, सरकारसँग लिखित जवाफ माग दाहालको तर्फबाट छोरी डेनिकाले सर्वोच्च अदालतमा बन्दीप्रत्यक्षीकरणको रिट निवेदन दिएकी थिइन् । मंगलबार, असोज ६, २०८३
‘कालो चिया सय, मम तीन सय’ भन्दै खगेन्द्र सुनारले संसदमा प्रश्न उठाए, भोलिपल्टै अस्थायी क्यान्टिन बन्द चिया, चाउमिन, मम लगायतको मूल्य नै तोकेर राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद खगेन्द्र सुनाले मंगलबार प्रतिनिधिसभाकै बैठकमा क्यान्टिन स... मंगलबार, असोज ६, २०८३
बी.पी. कोइराला मेमोरियल क्यान्सर अस्पतालमा ६ सदस्य नियुक्त नियुक्त हुनेमा रमिला शिल्पकार, सुरेन्द्र गौचन, शान्ति भुर्तेल, दिपेन्द्र दास, इशा प्रधान र डिल्लीराम भण्डारी छन् । मंगलबार, असोज ६, २०८३
ताजा समाचारसबै
सचिव-सहसचिव र बाल अधिकार परिषद्का सदस्य-सचिवसँग कार्यसम्पादन सम्झौता मंगलबार, असोज ६, २०८३
भरत दाहाललाई २४ घण्टाभित्र उपस्थित गराउन सर्वोच्चको आदेश, सरकारसँग लिखित जवाफ माग मंगलबार, असोज ६, २०८३
‘छोराको लाससँग सांसद पद साटेको होइन, न्याय खोज्न संसद् आएकी हुँ’ : रचना खतिवडा मंगलबार, असोज ६, २०८३
कम्युनिस्ट पार्टीबीच एकताको पहल गर्न नेकपाले बनायो वार्ता समिति मंगलबार, असोज ६, २०८३
‘युवा मर्छ कि मर्दैन भनेर राज्य कुरेर बस्यो’ : बस आगलागीमा दुलालको आरोप मंगलबार, असोज ६, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
अर्थ मन्त्रालयमा व्यापक जिम्मेवारी हेरफेर, ठूला करदाता कार्यालयदेखि भन्सारसम्म नयाँ नेतृत्व सोमबार, असोज ५, २०८३
चिनी बिनाकाे कालो कफी सेवनका फाइदाहरु मंगलबार, असोज ६, २०८३
त्रिपुरेश्वरमा बस जल्नुअघि चालक र ट्राफिक प्रहरीबीच विवाद सोमबार, असोज ५, २०८३
त्रिपुरेश्वर बस आगलागी : मृतकको लाइसेन्समा अर्कैको नाम, पहिचान खोज्दै प्रहरी मंगलबार, असोज ६, २०८३
योगेशको राजीनामा मागप्रति ओलीको कडा टिप्पणी : ‘कमिटीमा छलफल गर्नुस्, मिडियामा होइन’ सोमबार, असोज ५, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
भोटेकोशी बाढीः चीन र भारतबाट लिनुपर्छ क्षतिपूर्ति रेनुका पौडेल
द ग्रेजोनको प्रतिवेदन र भूराजनीतिक दाउपेच गणेश अम्गाई
जलबायू न्यायका लागि नेपालले के गर्ने ? प्राध्यापक डा सूर्यप्रसाद सुवेदी
‘इजोत’को ज्योति प्रज्वलित गर्ने ॐको स्मृति धर्मेन्द्र विह्वल
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
करदाता प्रोत्साहन उपहारमा ३२ विजेता घोषणा, दुई जनाले जिते १०–१० लाख बिहीबार, असोज १, २०८३
४२ उपसचिवको सरुवा, प्रमुख प्रशासकीय अधिकृतसहित को कहाँ पुगे ? शुक्रबार, असोज २, २०८३
गृहले गर्‍यो एकैपटक ७० कर्मचारीको सरुवा, को कहाँ पुगे ? (सूचीसहित) आइतबार, असोज ४, २०८३
बंगालको खाडीमा बनेको विकसित न्यून चापी प्रणालीको असर नेपालमा, मौसम विभागले जारी गर्‍यो चेतावनी आइतबार, असोज ४, २०८३
चाबहिल र कपनबाट १५ हजार बढी पिस हुक्काको फ्लेभर बरामद शुक्रबार, असोज २, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्