• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बुधबार, कात्तिक ४, २०८३ Wed, Oct 21, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
समाचार

कुमार पौडेलका परिवारको ‘विप्लव’लाई प्रश्न- ‘हामीलाई कसरी न्याय दिन्छौं?’ 

64x64
दुर्गा दुलाल शुक्रबार, फागुन २१, २०७७  २०:२१
1140x725
कला पोडेल।

काठमाडौं- काठमाडौंको राष्ट्रिय सभा गृहमा प्रधानमन्त्री केपी शर्मा ओलीले तामझामका साथ नेत्रविक्रम चन्द 'विप्लव'सँग तीन बुँदे सहमति सार्वजनिक गर्दै गर्दा प्रहरी 'इन्काउन्टर'मा मारिएका कुमार पौडेलको परिवार भने 'विप्लव'निकट नेकपासँग अब कुनै सम्बन्ध नरहेको भनिरहेको थियो।

राष्ट्रिय सभा गृहमा सहमति सार्वजनिक कार्यक्रममा 'विप्लव'ले पनि आफूहरूका विषयमा केही नबोलेको पीडित परिवारको गुनासो छ। आन्दोलनका नाममा अघि सारेर मर्न बाध्य बनाएको तर, त्यसको सम्झना नगरेको भन्दै पौडेल परिवारको मन दुखेको हो।

नेपाल लाइभसँग टेलिफोनमा कुरा गर्दै पौडेलकी श्रीमती कलाले आफ्नो श्रीमान गुमाएकोमा भन्दा अहिले पार्टीले वेवास्ता गरेकोमा धेरै दु:ख लागेको बताइन्। ‘जुन पार्टी र सिद्धान्तमा लाग्दा समातेर हत्या गरियो। अनि, मुठभेडमा मारिएको गलत आरोप लगाइयो।  अहिले पार्टीले शान्ति प्रक्रियामा आउँदा एक शब्द पनि कतै सम्झेन’, कलाले भनिन् ‘हामीले अभिभावक गुमायौं तर, अरुले राजनीतिक अवसर पाए।’

कलाले 'विप्लव'सँग सहमति हुँदैछ भन्ने बिहीबार नै सञ्चारमाध्यमबाट जानकारी पाएकी रहिछन्। शुक्रबार बिहान नेपाल लाइभले सम्पर्क गर्दा कलाले भनेकी थिइन्- ‘खै, हामीले पनि त्यही सुनेको हो। उहाँको पार्टी शान्ति प्रक्रियामा आउँदैछ रे ? प्रधानमन्त्रीसँग हस्ताक्षर गरेर सार्वजनिक हुँदैछ रे?’ 

कुमार पौडेलका भाइ हरिकृष्ण प्रसाद पौडेलले पनि 'विप्लव'ले आफ्ना दाजुलगायत ज्यान गुमाएकाहरूका बारेमा केही नबोलेको भन्दै आक्रोश पोखे। ‘हामी न्याय पाउन अहिले सर्वोच्च अदालतमा धाइरहनु परेको छ’, पौडेलले भने, ‘उहाँका पार्टीका नेताहरू सार्वजनिक भएर हस्ताक्षर त गरे तर एकशब्द पनि विगतमा ज्यान गुमाउनेहरूका बारेमा बोलेनन्।’ 

पौडेलका परिवारले दायर गरेको रिटमा आउँदो चैत ५ गते पेशीमा रहेको छ। उक्त दिनमा न्याय दिने आस रहेको उनले बताए। ‘जिल्लामा दर्ता नगरेपछि हामी सर्वाेच्च धाएका छौं’ पौडेलले भने, ‘मानव अधिकार आयोगले पनि १० जनालाई दोषी भएको र दोहोरो भिडन्त भएको छैन भनेकाले न्याय पाउने आस छ।’ पार्टीले अप्ठारो परेको समय विज्ञप्ति निकालेर मात्र भएपनि सहयोग नगरेको परिवारको गुनासो छ। 

‘पार्टीप्रति हामी जोडिएका छैनौं। पार्टीहरूले हामीलाई कहिल्यै सम्झेन’ कलाले भनिन् ‘विप्लवको कार्यकर्ता बारेमा बोल्न पर्थ्यो होला नि। विज्ञप्ति मात्र निकालेर भएपनि सरकारलाई हाम्रो बारेमा दबाब दिनुपर्थ्यो।’ 

हत्याको बारेमा पार्टीले यसरी बिर्सेकोमा दु:ख लागेको उनले बताइन्। बिहान खड्ग बहादुर विश्वकर्मा 'प्रकाण्ड'ले सम्बोधन गर्दा समेत कुमार पौडेल मारेको कुरा नै नगरेकोप्रति परिवारलाई धेरै दु:ख लागेको उनले बताइन्। शिक्षक हत्या, ऐनसेलको टावर विस्फोटन जस्ता प्रश्न आउँदा कुमार पौडेल हाम्रो कार्यकर्ताको पनि सरकारले हत्या गर्‍यो नि भन्न सक्नु भएन’, कलाले भनिन् ‘कार्यकर्ता र अन्याय भएको महसुस भएको भयो भन्नुहुन्थ्यो होला।’ 

Ncell 2
Ncell 2
nimb
nimb

सरकारले मारेको भन्नु पर्नेमा नभनेको र एक शब्द पनि नलिकालकोमा दु:ख लागेको उनको भनाइ छ। भाइ हरिकृष्ण प्रसादको पनि यही गुनासो छ। ‘पार्टीले केही गर्ला भन्ने आस गरेका छैनौं,  हामीले आस मारेका छौं’ उनले भने ‘भोलिका दिनमा हामी न यो पार्टीसँग जोडिनेछौं न त अपनत्व नै हुन्छ।’ 

तर, विप्लवले पौडेलको हत्या सुकुम्वासीको समस्याका कारण भनेकाले उक्त समस्या समाधान गर्न भने उनले आग्रह गरे। दोहोरो भीडन्तमा मारिएका भनिएका सर्लाही जिल्ला इन्चार्ज पौडेलको परिवारले नियोजित रुपमा नियन्त्रणमा लिएर हत्या गरिएको दाबीमा अझै अडिक रहेको बतायो। २०७६ असार ५ गते सर्लाहीको लालबन्दी नगरपालिका–१ लखनदेही खोलाको छेउमा पौडेलको हत्या भएको थियो। 

प्रहरीसँग मुठभेड नभई निर्देशनको आडमा प्रहरीले नियन्त्रणमा लिएर हाँतखुट्टा भाँचेर, दाँत झारेर गोली हानेको आरोप परिवारको छ। मानव अधिकार आयोगको अनुसन्धानको टोलीले पनि दोहोरो भिडन्त नभई हत्या गरिएको भन्दै कारबाहीको सिफारिस गरेको थियो। 

सादा पोशाकमा रहेका प्रहरीले दाजुको हत्या गरेको र  चार ठाँउमा भाँच्चिएको हात नजिकै हतियारसहित फोटो राखेको भाइ हरिकृष्ण प्रसादको आरोप छ। उनले सागरनाथ वन विकास परियोजनाअन्तर्गत रहेको सुकुम्वासीको विषयलाई उठाएका कारण दाइको हत्या भएको भएकाले यसको जिम्मा अब विप्लवहरूले लिनुपर्ने उनले बताए। 

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

उनीहरूले छानविन समिति बनाएर वास्तविकता बाहिर ल्याइदिएपनि आफूहरू पार्टीसँग खुशी हुने कलाको भनाई छ। सरकारले स्वतन्त्र छानबिन गरेर आफ्नो श्रीमानको हत्यारालाई कानुनी दायरामा ल्याउनुपर्ने उनको माग छ। 

दोषीलाई कानुनी कारबाही गरे मात्रै आफूहरूले न्याय पाउने उनको भनाइ छ। परिवारले पोष्टमार्टम गर्नुअगाडि प्रहरी प्रशासनले आफूहरूलाई जानकारी नदिएकोप्रति असन्तुष्टि जनाए। 'हत्यापछि पोष्टमार्टम गरियो तर हामीलाई जानकारी गराइएन?’ कलाले भनिन् ‘म सरकारलाई सोध्न चाहन्छु। हामीलाई शव कुहिएको अवस्थामा किन दिइयो?’  उनले 'विप्लव' नेकपा वा सरकार जसले भएपनि न्याय दिनुपर्ने बताइन्। 

सम्बन्धित समाचार

‘विप्लव’लाई धनकुमारीको प्रश्न- ‘कुन क्रान्तिका लागि मेरो श्रीमानलाई मार्‍यौ?’

कुमार पाैडेल इन्काउन्टर : सरकारकाे निवेदन आयाेगद्वारा खारेज

कुमार पौडेल हत्या प्रकरण : बयान दिन आएनन् लेखनदास, पोस्टमार्टममै आयोगलाई शंका

९ राउन्ड गोली हानी कुमार पौडेलको हत्या नै भएको निष्कर्ष, गोली हान्ने प्रहरीलाई कारबाही गर्न निर्देशन

प्रकाशित मिति: शुक्रबार, फागुन २१, २०७७  २०:२१

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
दुर्गा दुलाल
नेपाल लाइभका चिफ रिपोर्टर दुलाल कानुन तथा सुशासन बिटमा रिपोर्टिङ गर्छन्।
लेखकबाट थप
सुन तस्करी प्रकरण : उच्च तहका राजनीतिक व्यक्तिहरु तस्करसँग पटक–पटक सम्पर्कदेखि केहीलाई पुन: अभियोगपत्र दर्ता गर्नसम्म सिफारिस 
अब्बल न्यायाधीशको बहिर्गमन : सबै फाँटमा खरो उत्रेका न्यायाधीश खतिवडाको अवकाश
गिरिबन्धु टि-स्टेटको जग्गा विवाद : केपी ओलीको समयमा भएकाे  ‘नीतिगत भ्रष्टाचार’ मा न्यायाधीश खतिवडाको अन्तिम फैसला
सम्बन्धित सामग्री
दसैंको शुभकामना दिंदै प्रधानमन्त्री शाहले भने- भ्रष्टाचार हटाउन एकजुट हुनुपर्छ बुधबार, कात्तिक ४, २०८३
दशैंमा पिङ चढ्दा बाल्यकाल फर्किएझैं लाग्छ: विपीन कार्की बच्चा बेलामा पनि म साथीभाइलाई हँसाइरहन्थेँ। सबैको लागि प्रिय थिएँ। हसाउनका लागि धेरै विषय हुन्थे मसँग। मिलनसार थिएँ। सबैको आँखामा पर... बुधबार, कात्तिक ४, २०८३
जटिल प्रसूति समस्यामा परेकी १७ वर्षीया महिलाको हवाई उद्धार बुधबार, कात्तिक ४, २०८३
ताजा समाचारसबै
दशैं गीत :  २५ वर्षमा तीन पटक रेकर्ड भएको 'नमुछे आमा दहीमा टीका' बुधबार, कात्तिक ४, २०८३
राष्ट्रपतिले पुराेहितकाे हातवाट लगाए टीका बुधबार, कात्तिक ४, २०८३
दसैंको शुभकामना दिंदै प्रधानमन्त्री शाहले भने- भ्रष्टाचार हटाउन एकजुट हुनुपर्छ बुधबार, कात्तिक ४, २०८३
दशैंको टीका लगाउँदा लगाइ दिने र लगाइ माग्ने कुन दिशामा बस्ने? बुधबार, कात्तिक ४, २०८३
सुरेश अधिकारी भन्छन्–  ‘दशैं गीत’ ले मेरो जीवन नै सार्थक बनायो बुधबार, कात्तिक ४, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
नर्स बिनिताको दशैं अनुभव : अनि आइसियुमा भर्ना भएका बिरामीको हातबाट टीका थापें बुधबार, कात्तिक ४, २०८३
दशैंको टीका लगाउँदा लगाइ दिने र लगाइ माग्ने कुन दिशामा बस्ने? बुधबार, कात्तिक ४, २०८३
दशैं गीत :  २५ वर्षमा तीन पटक रेकर्ड भएको 'नमुछे आमा दहीमा टीका' बुधबार, कात्तिक ४, २०८३
सुरेश अधिकारी भन्छन्–  ‘दशैं गीत’ ले मेरो जीवन नै सार्थक बनायो बुधबार, कात्तिक ४, २०८३
फलोअप: फरार अभियुक्तले फेसबुकबाट हटाए गृहमन्त्रीसँग खिचेको सेल्फी र भिडियो, अनि भने... मंगलबार, कात्तिक ३, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
दरबारको दशैं सधैं सम्झिरहन्छु : आनन्द कार्की [दशैं वार्ता] नेपाल लाइभ
दशैंमा स्वास्थ्यको ख्याल राखौं, सन्तुलित खाना खाउँ नेपाल लाइभ
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
यस कारण जरुरी छ दशैंमा शारीरिक व्यायाम डा राजेन्द्र कोजु
जटिल प्रसूति समस्यापछि गर्भवती महिलाको सेनाद्वारा हवाई उद्धार नेपाल लाइभ
सम्पदा हेर्न मात्रै होइन, नेपाली चाडपर्वमा रमाउन आउँछन् पर्यटक : विनायक शाह नेपाल लाइभ
आर्थिक संकट र सरकारसँग निजी क्षेत्रको अपेक्षा अञ्जन श्रेष्ठ
सबै हेर्नुहोस
ब्लग
नर्स बिनिताको दशैं अनुभव : अनि आइसियुमा भर्ना भएका बिरामीको हातबाट टीका थापें बुधबार, कात्तिक ४, २०८३
गाडीमा यात्रा गर्दा किन आउँछ वाकवाकी? कसरी जोगिने मंगलबार, कात्तिक ३, २०८३
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
फरार अभियुक्तसँग गृहमन्त्रीको सेल्फी सोमबार, कात्तिक २, २०८३
नर्स बिनिताको दशैं अनुभव : अनि आइसियुमा भर्ना भएका बिरामीको हातबाट टीका थापें बुधबार, कात्तिक ४, २०८३
दशैंको टीका लगाउँदा लगाइ दिने र लगाइ माग्ने कुन दिशामा बस्ने? बुधबार, कात्तिक ४, २०८३
अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा झुठा उजुरी दिएपछि... बिहीबार, असोज २९, २०८३
दशैं गीत :  २५ वर्षमा तीन पटक रेकर्ड भएको 'नमुछे आमा दहीमा टीका' बुधबार, कात्तिक ४, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्