• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
सोमबार, असोज ५, २०८३ Mon, Sep 21, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
फिचर

‘विप्लव’लाई धनकुमारीको प्रश्न- ‘कुन क्रान्तिका लागि मेरो श्रीमानलाई मार्‍यौं?’

64x64
दुर्गा दुलाल शुक्रबार, फागुन २१, २०७७  १८:१९
1140x725

काठमाडाैं- सरकार र भूमिगत एवं हिंसात्मक राजनीति गर्दै आएको नेत्रविक्रम चन्द 'विप्लव' नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीबीच शान्तिपूर्ण राजनीतिका लागि शुक्रबार तीन बुदेँ सहमति सार्वजनिक गरियो। काठमाडौंको राष्ट्रिय सभामा गृहमा तीन बुदेँ सहमित सार्वजनिक कार्यक्रमा प्रधानमन्त्री केपी शर्मा ओलीले विप्लवको प्रशंसा समेत गर्न भ्याए। उनले नेपाल  शान्तिपूर्ण युगमा प्रवेश गरेको भने। 

यसरी केन्द्रीय राजधानी काठमाडाैंमा तामझामका साथ सहमतिको घोषणा सभा भइरहँदा विप्लव पक्षबाट हत्या गरिएका शिक्षक राजेन्द्रकुमार श्रेष्ठकी श्रीमती धनकुमारी श्रेष्ठ भने मोरङको मिक्लाजुङबाट विस्थापित भएर पुगेको नयाँ स्थानमा कसरी जीवन गुजारा चलाउने भन्ने चिन्तामा डुबिरहेकी थिइन्। 

धनकुमारीले आफ्नो पतिको हत्या गर्ने विप्लव समूहमाथि लागेका मुद्दा सरकारले फिर्ता लिन लागेको बिहीबार सुनिन्। पतिको हत्यापछि  मिक्लाजुङ छोडेकी धनकुमारीको मन अमिलो भयो। 

विद्यालयमा पढाइरहेको र आफ्नो दैनिकी चलारहेका पतिलाई गोली हानी मार्ने मानिसहरु अब छुट्छन् रे भन्दा उनले रातभर पत्याउन सकिनन्। शुरुमा उक्त खबरले छक्क परेको र यसरी निर्दोष मानिसहरुलाई गोली हान्नेलाई कसरी फिर्ता लिन मिल्छ भनि सोचमग्न भएको उनले नेपाल लाइभसँग बताइन्। शुक्रबार विहान टेलिफोनमा कुरा गर्दै उनले  भनिन् ‘मुद्दा त जिल्ला अदालतमा छ कसरी हामीलाई नसोधी लिन मिल्छ र!’ 

यो पनि पढ्नुहोस्

शिक्षक हत्या प्रकरण : 'अपहरणको जानकारी आउँदा हत्या भइसकेछ, ट्रयाक्टरमा घटनास्थल जादैछौँ'मंगलबार, मंसिर २३, २०७७

धनकुमारीका पति श्रेष्ठलाई विप्लव समूहले गएको मंसिर २३ गते गोली हानी हत्या गरेको थियो। 

मोरङको उत्तरी भेग मिक्लाजुङ गाउँपालिकाको वर्खेका राजेन्द्रलाई बिहान झिसमिसेमै घरबाट नकावधारी समूहले लगेर नजिकैको जंगलमा पुर्‍याइ निर्मम ढंगले हत्या गरेको थियो।  त्यहीँको सरस्वती प्राथमिक विद्यालयका प्रधानाध्यापकसमेत रहेका राजेन्द्रलाई घाँटी रेटेर मारिएको थियो। 

‘यसरी घाँटी रेटेर मार्नेहरुलाई माफी हुन्छ भने, राज्यबाट हामी जस्ता निमुखाहरुले कसरी न्याय पाउँछौं’ धनकुमारीले भनिन्, ‘न अहिलेसम्म शहिद घोषणा गरिएको छ न त क्षतिपुर्ति नै पाएका छौं। उल्टै अहिले सबै परिवारको भार मलाई आएको छ। पुरानो थलोबाट विस्थापित भएका छौं।’ 

छोरा, छोरी र नातीसमेत गरि ६ जनाको परिवारको अभिभावकको रुपमा अहिले आफूले सम्हालिरहेको उनले बताइन्। 

Ncell 2
Ncell 2
nimb
nimb

शुरुमा उनलाई पतिको हत्या कसले गरेको हो भन्ने पत्तै भएन। जब प्रहरी अनुसन्धानबाट हत्यामा विप्लव समूहको संलग्नता खुल्यो अनि अहिलेसम्म पनि उनले बुझ्न नसकेको कुरा के हो भने कतै पनि संलग्नता नभएका आफ्ना पतिलाई किन गोली हानियो। 

‘मैले अहिलेसम्म पनि जवाफ पाएको छैन  मेरा पतिले के गल्ती गर्नु भयो जसले यति निर्ममतापूर्वक मार्नुपर्‍यो? ’ धनकुमारीले भनिन् ‘केही गल्ती थिएन भने  उनीहरुलाई किन माफी दिने त? ’ 

यो पनि पढ्नुहोस्

दुई शिक्षक संगठनको चेतावनी–शिक्षक हत्याका दोषीमाथि कारबाही नभए देशभर आन्दोलन बिहीबार, मंसिर २५, २०७७

विप्लव समूह स्वयंले पनि विज्ञप्ति निकालेर घटनाको जिम्मेवारी लिएको थियो। प्रहरीले सो घटनामा संलग्नताको अभियोगमा विप्लव समूहका मोरङ जिल्ला इन्जार्च डीबी सिलवाल भनिने धनबहादुर विकलाई पक्राउ गरेर मुद्दा दायर गरेको छ। मुख्य अभियुक्तका रुपमा उनी मोरङ जिल्ला अदालतको आदेशले पुर्पक्षका लागि थुनामा रहेका छन्। घटनामा अरु १५ जनाभन्दा बढी संलग्न रहेको प्रहरीको अनुसन्धानबाट खुले पनि उनीहरू फरार छन्।   

उनीहरुलाई प्रतिवादी बनाई प्रहरीले कर्तव्य ज्यान मुद्दामा जन्मकैदको सजाय माग गरेर मुद्दा दायर गरेको छ।  

‘मेरा श्रीमान्‌ले के बिराएका थिए ? उहाँलाई मार्नेहरूलाई सरकारले कारबाही गरिदिनुपर्‍यो। अरु कुरा म जान्दिनँ ’ धनकुमारीले भनिन् ‘पढेको छैन, जानेको छैन तर न्याय त पाउनु पर्‍यो नि। मेरा पतिलाई किन मारे मेरो जान्ने हक त होला नि।’ 

विस्थापित भइन् धनकुमारी 

श्रीमानको बर्बर्तातापूर्वक हत्या भएपछि उनी गाउँमा बस्न सकिनन्। अहिले उनी मधुमल्ला भन्ने क्षेत्रमा बसाइँ सरेकी छन्। यो मधेश क्षेत्रमा पर्ने र शहरी इलाका भएकाले केही काम गरेर खान पाइन्छ भनेर यता सरेको उनको  भनाइ छ। उनीहरु यसअघि मोरङको विकट क्षेत्र वर्खेमा बस्दै आएका थिए। इलाम र धनकुटासँग सीमा जोडिएको यो क्षेत्रमा श्रीमानको सम्झना बोकेर बस्न नसक्ने भएपछि उनी विस्थापित भएकी हुन्। 

‘श्रीमानकाे हत्यापछि मैले  गाउँमा बस्न असुरक्षित पनि महसुस गरेँ’, उनले भनिन् ‘त्यहाँबाट विस्थापित भई अहिले मधुमल्ला भन्ने ठाउँमा बसाइँ सरेकी छु।’ गाउँको सबै जमिन बाँझै छोडेर उनी यता आएकी हुन्। 

यो पनि पढ्नुहोस्

शिक्षक हत्या प्रकरण : दोषीलाई कारबाही र मृतकलाई सहिद घोषणा गर्न मागमंगलबार, मंसिर २३, २०७७

‘पालेका बाख्रा श्रीमानको हत्या भएको भोलिपल्टै यता ल्याएँ। केही दिनपछि गाइवस्तु पनि आफन्तहरुले ल्याइदिनु भयो’ उनले भनिन् ‘जमिन बाँझै छ। बाली लगाउने मानिस पाए फर्केर जान पर्दैन थियो।’ 

पहाडमा बूढाबूढी मात्रै बस्ने गरेको र छोरा-बुहारी शहरै भएकाले सँगै बस्न आएको उनले बताइन्।  ‘उहाँको हत्यापछि म एक्लै बस्न सकिनँ’, धनकुमारीले भनिन्, ‘धेरै दिनसम्म निकै डर पनि लाग्यो। अनि छोरा–बुहारीसँगै यता झरेकी हुँ।’ 

राजेन्द्रको नाममा विद्याललयबाट आउने पेन्सन पट्टा पनि नआएको उनको गुनासो छ। उनले भनिन्, ‘म धेरै जान्दिनँ हत्याराहरुलाई कारवाही होस्। अनि मैले क्षतिपुर्ति पाउन पर्‍यो।’ 

प्रकाशित मिति: शुक्रबार, फागुन २१, २०७७  १८:१९

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
दुर्गा दुलाल
नेपाल लाइभका चिफ रिपोर्टर दुलाल कानुन तथा सुशासन बिटमा रिपोर्टिङ गर्छन्।
लेखकबाट थप
सुन तस्करी प्रकरण : उच्च तहका राजनीतिक व्यक्तिहरु तस्करसँग पटक–पटक सम्पर्कदेखि केहीलाई पुन: अभियोगपत्र दर्ता गर्नसम्म सिफारिस 
अब्बल न्यायाधीशको बहिर्गमन : सबै फाँटमा खरो उत्रेका न्यायाधीश खतिवडाको अवकाश
गिरिबन्धु टि-स्टेटको जग्गा विवाद : केपी ओलीको समयमा भएकाे  ‘नीतिगत भ्रष्टाचार’ मा न्यायाधीश खतिवडाको अन्तिम फैसला
सम्बन्धित सामग्री
कोरला नाकाबाट भित्रिए च्याङ्ग्रा, अनलाइन डेलिभरीको तयारी, दशैंमा मूल्य बढ्ने अनुमान हालै संघीय कृषि तथा पशुपन्छी विकासमन्त्रीले समेत कोरला नाकामा पशुजन्य वस्तुको व्यापार र च्याङ्ग्राको ओसारपसारलाई व्यवस्थित बनाउन क्व... शनिबार, असोज ३, २०८३
भोटेकोशी बाढी : छोराको बिछोडको पीडा सहन नसकेकी आमाको पनि दु:खद अन्त्य उमाकुण्ड गाउँपालिका–१ गुम्देलका ङिमा शेर्पाले जीवनको सबै क्षण हाइड्रोपावरमा श्रम गरेरै बिताए। आफ्नै गाउँघर नजिकै निर्माणाधीन लिखु हा... शनिबार, भदौ २७, २०८३
‘आइरिस’सँगै फर्कियो ९० को दशक, सामाजिक सञ्जालमा ‘नोस्टाल्जिया’को लहर! झण्डै तीन दशकअघि सार्वजनिक भएको ‘आइरिस’ अहिले फेरि सामाजिक सञ्जालमा सुनिन थालेको छ। पुराना तस्बिर, पुरानो पहिरन र पुरानो गीतले मानिस... शुक्रबार, भदौ २६, २०८३
ताजा समाचारसबै
बालेनको सचिवालयले पासपोर्ट ठेक्का दिन खोजेको आइडिमियाको रिट सर्वोच्चद्वारा खारेज सोमबार, असोज ५, २०८३
प्रधानमन्त्री बालेन नोभेम्बरमा दिल्ली जाने तयारी सोमबार, असोज ५, २०८३
३५ उपसचिवको सरुवा : को कहाँ ? (नामावलीसहित) सोमबार, असोज ५, २०८३
अर्थ मन्त्रालयमा व्यापक जिम्मेवारी हेरफेर, ठूला करदाता कार्यालयदेखि भन्सारसम्म नयाँ नेतृत्व सोमबार, असोज ५, २०८३
भोटेकोशी बाढीपीडितका लागि अस्थायी आवासको तयारी तीव्र सोमबार, असोज ५, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
बंगालको खाडीमा बनेको विकसित न्यून चापी प्रणालीको असर नेपालमा, मौसम विभागले जारी गर्‍यो चेतावनी आइतबार, असोज ४, २०८३
गृहले गर्‍यो एकैपटक ७० कर्मचारीको सरुवा, को कहाँ पुगे ? (सूचीसहित) आइतबार, असोज ४, २०८३
राजनीतिक विश्लेषक भरत दाहाल पक्राउ आइतबार, असोज ४, २०८३
चक्कु प्रहारबाट एक युवकको मृत्यु, तीन जना पक्राउ आइतबार, असोज ४, २०८३
बालकृष्ण खाणसहित २३ जना क्षेत्रीय प्रतिनिधि निर्विरोध आइतबार, असोज ४, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
भोटेकोशी बाढीः चीन र भारतबाट लिनुपर्छ क्षतिपूर्ति रेनुका पौडेल
द ग्रेजोनको प्रतिवेदन र भूराजनीतिक दाउपेच गणेश अम्गाई
जलबायू न्यायका लागि नेपालले के गर्ने ? प्राध्यापक डा सूर्यप्रसाद सुवेदी
‘इजोत’को ज्योति प्रज्वलित गर्ने ॐको स्मृति धर्मेन्द्र विह्वल
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
करदाता प्रोत्साहन उपहारमा ३२ विजेता घोषणा, दुई जनाले जिते १०–१० लाख बिहीबार, असोज १, २०८३
४२ उपसचिवको सरुवा, प्रमुख प्रशासकीय अधिकृतसहित को कहाँ पुगे ? शुक्रबार, असोज २, २०८३
प्रधानमन्त्रीसँग बैठक बसेलगत्तै सिंहदरबारबाट किन पक्राउ परे किस्माङ गाउँपालिका अध्यक्ष ? सोमबार, भदौ २९, २०८३
गौरीघाटमा बागमती नदीले सतर्कता तह पार गर्‍यो सोमबार, भदौ २९, २०८३
बंगालको खाडीमा बनेको विकसित न्यून चापी प्रणालीको असर नेपालमा, मौसम विभागले जारी गर्‍यो चेतावनी आइतबार, असोज ४, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्